"दीक्षा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Removing links to spamming site facebook.com
सा वेवसाइट blogspot.com को लिङ्क हटाउँदै
पङ्क्ति २६: पङ्क्ति २६:
==='आ'को अर्थ===
==='आ'को अर्थ===


"आ"को अर्थ आनन्द हो। मन, बुद्धि, चित्त आदिका विषयहरू - काम, क्रोध, मद, लोभ, मोह, मात्सर्य आदि समस्त विकारहरू नष्ट भई जीवको भौतिक जीवनमा अन्तःकरणको दिव्य चेतना प्रकाशित हुनासाथ प्रसन्नता, समता र दिव्यप्रेम प्रकट हुन्छ, त्यस अवस्थालाई 'आनन्द' भनिन्छ। हामीभित्रको सांसारिक जीवले ज्ञान प्राप्त गर्दछ, त्यही अवस्थाको नाम 'आनन्द' हो, आनन्दलाई शब्दद्वारा होइन अनुभूतिका माध्यमले बुझ्न सकिन्छ।<ref>साझासंकृति : http://sajhasanskrity.blogspot.com/2013/05/diksha.html</ref>
"आ"को अर्थ आनन्द हो। मन, बुद्धि, चित्त आदिका विषयहरू - काम, क्रोध, मद, लोभ, मोह, मात्सर्य आदि समस्त विकारहरू नष्ट भई जीवको भौतिक जीवनमा अन्तःकरणको दिव्य चेतना प्रकाशित हुनासाथ प्रसन्नता, समता र दिव्यप्रेम प्रकट हुन्छ, त्यस अवस्थालाई 'आनन्द' भनिन्छ। हामीभित्रको सांसारिक जीवले ज्ञान प्राप्त गर्दछ, त्यही अवस्थाको नाम 'आनन्द' हो, आनन्दलाई शब्दद्वारा होइन अनुभूतिका माध्यमले बुझ्न सकिन्छ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१५:२४, १४ जुन २०१४ जस्तै गरी पुनरावलोकन

गुरुका समीपमा बसेर सिकेको र जानेको शिक्षालाई समापन गर्नु नै 'दीक्षा' हो। शिक्षाले हाम्रो जीवनका अन्धकार र अज्ञानतालाई नाश गरेर हाम्रो चेतनालाई विकसित तुल्याउँदछ, तर दीक्षाले हामीलाई आफ्नो लक्ष प्राप्त गर्ने मार्ग निर्देशन गर्दछ। के भन्ने गरिन्छ भने हामीले पुस्तक, शास्त्र, परिवार, समाज र अनुभूतिका आधारमा निरन्तर रूपमा शिक्षा त प्राप्त गर्न सक्दछौं तर 'दीक्षा' प्राप्त गर्न वा लक्षतर्फ उन्मुख हुन एकजना मार्गनिर्देशक, सद्गुरु वा महापुरुषको प्रेरणा, उपदेश र निर्देशनबाट मात्र सम्भव छ। उदाहरणका लागि राज पृथ्वीनारायण शाहमा असीम सामर्थ्य र उत्साह थियो तर बिसे नगर्चीको सद्बुद्धिबाट मात्र नेपाल रज्यको एकीकरण सम्भव भयो, त्यस्तै स्वामी विवेकानन्दसित आधुनिक र भौतिक ज्ञानको अथाह समुद्र अर्थात् विशाल भण्डार नै थियो तर स्वामी रामकृष्णले दिनुभएको 'दीक्षा'बाट मात्र वहाँले जीवनको एउटा नयाँ लक्ष निर्धारण गर्न सक्नुभयो।[१]

पौराणिक अर्थ

दीक्षा शब्दको अर्थ खोज्दै जाँदा वैदिक साहित्य र पुराणहरूमा भिन्नभिन्न सन्दर्भमा यसको प्रयोग गरिएको भेटिन्छ। यस शब्दमा दुईवटा व्यञ्जन र दुईवटा स्वर वर्णको सम्मीलन भएको पाइन्छ

"द्"

"ई"

"क्ष्" ('क्ष्' भित्र आधुनिक भाषाशास्त्रले 'क्' र 'ष्' को संयोग मान्दछ र उच्चारण प्रक्रियामा 'छ्य्' भएको ठान्दछ, तर संस्कृत भाषामा 'क्ष्'लाई एउटा छुट्टै वर्ण मानिन्छ)

"आ"

'द्'को अर्थ

"द"को अर्थ हो दमन। सदगुरुबाट ज्ञान प्राप्त गरेपछि विवेकका माध्यमले सङ्कल्पवान् भई सांसारिकता र भौतिक शरीरमा विद्यमान विषयवासनाबाट निरासक्त हुनु र आफ्नो मनलाई एकाग्र बनाई अनुकूल जीवन धान्ने अभ्यास गर्नु नै दमन हो। अर्को शब्दमा इन्द्रियहरूलाई निग्रह र मनलाई वशमा राख्न सक्नु नै 'दमन' हो।

'ई'को अर्थ

"ई"को अर्थ ईश्वर उपासना हो। विषयातीत मानसिक बुद्धिलाई सद्गुरु र शास्त्रले निर्देशन गरेको विधि र मार्गलाई अनुसरण गर्दै चित्तलाई एकाग्र तुल्याई परमात्मामा तन्मय भई स्थिर भाव कायम गर्ने प्रक्रियालाई 'ईश्वर उपासना' भन्दछन्।

'क्ष्'को अर्थ

"क्ष"को अर्थ हो क्षय। ईश्वर उपासनामा तन्मय भएपछि जब व्यक्तिको मनस्थिति परमात्मामा लीन हुन्छ, त्यस विशिष्ट अवस्थालाई 'क्षय' भन्दछन्, 'क्षय'अवस्थामा पुगेपछि समस्त विषयवासना नष्ट हुनजान्छन्।

'आ'को अर्थ

"आ"को अर्थ आनन्द हो। मन, बुद्धि, चित्त आदिका विषयहरू - काम, क्रोध, मद, लोभ, मोह, मात्सर्य आदि समस्त विकारहरू नष्ट भई जीवको भौतिक जीवनमा अन्तःकरणको दिव्य चेतना प्रकाशित हुनासाथ प्रसन्नता, समता र दिव्यप्रेम प्रकट हुन्छ, त्यस अवस्थालाई 'आनन्द' भनिन्छ। हामीभित्रको सांसारिक जीवले ज्ञान प्राप्त गर्दछ, त्यही अवस्थाको नाम 'आनन्द' हो, आनन्दलाई शब्दद्वारा होइन अनुभूतिका माध्यमले बुझ्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

  1. ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान