"हनुमान" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै)
 
{{टेम्पलेट हिन्दूत्व}}
'''हनुमान''' (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य [[रामायण]]मा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छ।मानिन्छन। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा [[रावण]] सित युद्ध।
 
उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।
हनुमान वायुका छोरा मानिएका छन्। उनले कुनै रूप धारण गर्न सक्थे। उनी रामका परमभक्त हुन्। शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ। रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए।­­ यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो। कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन। परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ।
 
पवन तनय ब्लबल पवन समाना
 
बुद्धि विवेक विज्ञान निधाना |
 
==हनुमान र शनि==
शनिको बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ। रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनायो। यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट रावण अजेय हुन चाहन्थ्यो रावण। नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ। यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो। जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो। तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो। जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर 'शनि'को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन। हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे। भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे। 'शनि'ले 'तथास्तु' भने। यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन।
 
==हनुमान र सिन्दुर लेपन==
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाईमासुलाई सुसँगठित शरीर निमार्णमा अहंमहत्वपुर्ण भूमिका खेन्दछ।खेल्दछ। रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो। त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे। हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो। त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महìव अझै बढेको प्रस्ट हुन्छ।
==हनुमान र बाँदर रूप==
वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ। बाँदर, रीछ, जययु, यी सबै 'टाटेम' (चिहृन) जातिहरू थिए। जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो। यिनीहरू पशुपक्षी नभएर मनुष्य थिए। यथार्थमा हनुमान बाँदर गोत्रीय आदिवासी थिए। बानर उसको 'टाटेम' थियो। यिनीहरू बानरको भेषभूषा बनाई राख्दथे। एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथे। आधुनिक भारतको आदिवासीहरूमा यस्तो 'टाटेम' या गोत्र वर्तमान छ। रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए। मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे। पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूकोमा थियो।
हनुमानढोका जस्तै अरू मल्ल दरबारमा पनि हनुमानका मूर्ति स्थापना गरिएका छन्। पाटनका राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति राख्न लगाएका थिए। गोरखाका राजा पृथ्वीपति शाहले पनि आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेका थिए। यसरी मध्यकालदेखि हनुमानका मूर्तिहरू बन्न थालेका कुरा र उनको पूजा परम्परा व्यापकरूपमा सुरु भएको थाहा पाइन्छ।
 
हनुमानको मूर्ति बनाउँदा काठ, धातु, ढुङ्गा आदि पदार्थको प्रयोग गर्नुपर्ने भनिएको छ। यसो गरियो भने अनिकाल पर्दैन, रोगको डर हुँदैन, शत्रु आउन सक्दैन, बज्र पर्दैन, बोक्सी, भूत, पिचास आदिको डर हँुदैनहुँदैन भनी ग्रन्थमा लेखिएको छ। यसरी मध्यकालमा हनुमानका केही महìवपूर्ण मूर्तिहरू बने जसले मध्यकालमा हनुमान सम्प्रदायको लोकपि्रयतालाई झल्काउँछ। मध्यकालमा हनुमानका मूर्तिहरूमा समेत तन्त्रको प्रभाव परेको थियो। भक्तपुरको भूपतिन्द्र मल्लद्वारा बनाउन लगाएको र प्रताप मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमान मन्दिरबाट थाहा पाउन सकिन्छ। मध्यकालपछिको शाहकालमा राम र हनुमान सम्प्रदायको झन् विकास भयो। मध्यकालको तुलनामा शाहकालमा हनुमानका मूर्ति सङ्ख्यात्मक हिसाबमा बढी मात्रामा बनेको देखिन्छ भने शाहकालमा आएर हनुमानका मूर्तिहरू, मन्दिरहरू, घाटहरू, चोकहरू, राज्यका सीमाहरूमा बनेको देखिन्छन्।
राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका थिए। यो कुरा हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट थाहा पाइन्छ। मल्ल राजदरबार किल्लाको रूपमा बनाइने हुँदा किल्ला रूपको आफ्नो दरबारमा शत्रुहरू पस्न नसकून् भन्ने भावनाले प्रताप मल्लले ढोकामा हनुमान स्थापना गरेका थिए। पाटनको दरबार बाहिर पनि हनुमानको मूर्ति स्थापना गरेको छ। "सिद्धिनरसिंहले अघिका भन्दा सुन्दर गरी दरबार बढाइ सुनका ढोका बनाई राखिदिए। दरबारको दाहिनेबाट नरसिंह गणेश हनुमान स्थापना गरिदिया।" त्यसैगरी भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेको कुरा उक्त मूर्तिको तल्लो भागमा भएको अभिलेखबाट थाहा पाइन्छ। उक्त अभिलेखमा 'समुद्र नाघ्ने रावणको सुखलाई नाश पार्ने, लङ्का पोल्ने, रामचन्द्रले भनेको सधैँ मान्ने, सीतालाई खुसी पार्ने, बगैँचामा राक्षसलाई तर्साउने यी हनुमानले रघुवंशी भूपतिन्द्र मल्ललाई रक्षा गरुन्' भनिएको छ।
 
मल्लकालमा हनुमानको ठूलो महìवमहत्व थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले 'हनुमदध्वज' उपाधि लिएबाट थाहा पाइन्छ।
यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो। उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजीक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ।
 
४६०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/435848" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प