"शाखा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: '''शाखा''' गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाख... |
(कुनै भिन्नता छैन)
|
१५:४१, १४ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन
शाखा गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा, सूत्र र प्रवर बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र र प्रवरको पनि ज्ञान हुन जरुरी हुन्छ । वास्तवमा शाखा के हो ? शाखा र सूत्र किन एक अर्कासँग अनन्यायोश्रीत छन् ? यस विषयमा प्रष्ट हुन जरुरी छ ।[१]
शाखा परिचय
हिन्दु समाजमा व्याक्तिको परिचय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। [१]