"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा /* सन्दर्भ |
||
पङ्क्ति १७: | पङ्क्ति १७: | ||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
==यो पनि हेर्नुहोस्== |
|||
{{१६ संस्कार}} |
|||
[[श्रेणी:धर्म]] |
[[श्रेणी:धर्म]] |
||
[[श्रेणी:संस्कृति]] |
[[श्रेणी:संस्कृति]] |
||
पङ्क्ति २२: | पङ्क्ति २५: | ||
[[श्रेणी: संस्कार]] |
[[श्रेणी: संस्कार]] |
||
[[श्रेणी: हिन्दु धर्म]] |
[[श्रेणी: हिन्दु धर्म]] |
||
[[श्रेणी: षोडश संस्कार]] |
००:११, १९ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन
परिचय
नामकरण संस्कार कुनै बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । हिन्दु धर्मका सोह्र संस्कारमध्ये यसलार्इ महत्त्वपूर्ण मानिन्छ । यस संस्कारलार्इ अर्को शब्दमा न्वारान भनिन्छ । शिशु जन्मेको ११ औं दिनमा न्वारान गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।
महत्त्व
हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले यसको महत्त्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । हिन्दू वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषको नामले बालकलार्इ बोलाउँदा उसमा मनोवैज्ञानिक प्रभाव पर्छ, यसो भन्छन् मनोविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणको ठूलो महत्त्व रहेको देखिन्छ ।
विधि
यस कार्यमा अग्निस्थापना र सो अनुसारको हवन, षण्डामर्क हवन आदि गरिन्छ र जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ । त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको आयु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा हे शिशो ! त्वं अमुक असि भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले यो कर्म गर्दै आएका छन् । ख[१]] [१]
सन्दर्भ सामग्रीहरू
- ↑ डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र