"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा बिप्लब आनन्द द्वारा विकिपीडिया:तटस्थ दृष्टीकोण पृष्ठलाई विकिपीडिया:तटस्थ दृष्टिकोण मा सा... |
(कुनै भिन्नता छैन)
|
१२:४५, ८ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
- पृष्ठ छोटकरीमा: लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन । यसमा तपाईं के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ ।
विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले तटस्थ वा निष्पक्ष दृष्टिकोण राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडिया सम्पादकहरुले मान्नैपर्ने नियम हो ।
व्याख्या
तटस्थ भन्नाले विकिपीडियामा भरपर्दो स्रोत केलाई लेखिनु हो र ती जानकारीहरुलाई कुनै पनि पक्षको लागि बोलेको प्रभाव पारिएको हुनुहुदैँन भन्ने हो । कुनै विषयमा मतभेद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित हुनुहुदैँन । तटस्थ दृष्टिकोणले कुनै विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, त्यसको महत्व बताइनुपर्छ भनेको हो ।
निम्न कुराहरुमा ध्यान दिनुहोस्:
- आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्: लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । जस्तै: हत्या गर्नु महापाप हो । लेखिनुको सट्टा प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ । लेख्दा उपयुक्त हुन्छ ।
- विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।
- यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् । जस्तै: घाम पूर्वबाट उदाउँछ ।
- मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।
- लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् ।
यी पनि हेर्नुहोस्
- नेपाली विकिपीडियाको बारेमा छलफल गरिने स्थल: चौतारी
- विकिपीडिया:नीति तथा दिशानिर्देशहरू
- विकिपीडिया:दिशानिर्देशहरू
- श्रेणी:विकिनीतिहरु: यस श्रेणीमा विकिपीडियाको सबै वर्तमान नीतिहरु पाउन सक्नुहुन्छ।
नोट
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Biplab Anand (वार्ता • योगदान) द्वारा (८ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |