"ठोकर्पा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎यातायात: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
Reverted good faith edits by Spyakurel (talk): A english. (TW)
पङ्क्ति ७९: पङ्क्ति ७९:


==यातायात==
==यातायात==
चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी २०५४ सालदेखि सञ्चालनमा आइरहेको छ। ग्रावेल समेत नभएको धुले १४ किमी बाटो वर्षका ३ महिना बाहेक बाँकी ९ महिना मोटर सञ्चालन हुन्छ। अरनिको यातायात सेवा समितिले काठमाडौबाट ठोकर्पासम्म सिधै बस सेवा सञ्चालनमा ल्याएको छ। गाविसको अधिकांस टोलमा शाखा बाटो खनिएको छ। ठोकर्पालाई राजधानीसँग छोटो दुरीमा यातायात सञ्चालनमा ल्याउन साँगाचोकको सुकुटेमा सुनकोशी नदीमाथि पुल निर्माण भईsakeko छ।
चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी २०५४ सालदेखि सञ्चालनमा आइरहेको छ। ग्रावेल समेत नभएको धुले १४ किमी बाटो वर्षका ३ महिना बाहेक बाँकी ९ महिना मोटर सञ्चालन हुन्छ। अरनिको यातायात सेवा समितिले काठमाडौबाट ठोकर्पासम्म सिधै बस सेवा सञ्चालनमा ल्याएको छ। गाविसको अधिकांस टोलमा शाखा बाटो खनिएको छ। ठोकर्पालाई राजधानीसँग छोटो दुरीमा यातायात सञ्चालनमा ल्याउन साँगाचोकको सुकुटेमा सुनकोशी नदीमाथि पुल निर्माण भईरहकेको छ।


==पर्यटकीय तथा धार्मिक स्थलहरू==
==पर्यटकीय तथा धार्मिक स्थलहरू==

१७:३१, १० फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

ठोकर्पा
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

ठोकर्पा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिन्धुपाल्चोक जिल्लाको ७९ गाउँ विकास समिति मध्ये ठोकर्पा एक चर्चित गाउँ विकास समिति हो। यसको पूर्वमा लिसंखुकाभ्रेपलाञ्चोक जिल्लाको वेखसिम्ले गाविस पर्दछ भने पश्चिममा कालिका गाँउ विकास समिति पर्दछ। उत्तरमा अधिकांश भाग कालिका र केही भाग सुनखानी गाविस पर्दछ, दक्षिण तर्फ काभ्रेपलाल्चोक जिल्लाको वेखसिम्ले, सिम्थली, चौवास र सापिङ गाविस पर्दछ। भौगोलिक हिसाबले अधिकांश भाग भिरालो छ। समुन्द्र् सतहबाट ७०० मिटर देखि १८०० मिटरसम्म उचाइमा फैलिएको यस गाँउ विकास समितिको सवैभन्दा अग्लो स्थान गोगने डाँडा हो। धान गहुँ मकै कोदो फापर आलु लसुन प्याज लगायतका थुप्रै प्रकारका नगदे तथा अन्न बाली उत्पादन हुने यस गाविसको धान खेतीयोग्य फाँटहरूमा महाकालबेसी डुँडेवसी ढाँडेवेसी सिम्लेवेसी पर्दछन। कृषिमा नै निर्भर अधिकांश जनतालाई वर्षको ९ महिना भन्दा बढी समयलाई आफ्नै कमाइले खान पुग्दछ।

यहाँ बाहुन, क्षेत्री, दमाई, कामी, पहरी, तामाङ, सार्कीको आदिको बसोवास रहेको छ। हिन्दुहरूको बाहुल्यता रहेको यस गाविसमा बौद्ध तथा इसाईहरूको पनि उपस्थिति राम्रै पाइन्छ।

शिक्षा तथा स्वास्थ्य

तीनवटा प्राथमिक एक मावि, एक उच्च मावि र एक सामुदायिक क्याम्पस रहेको यस गाविसमा निजी स्तरबाट २ बॊडिङ स्कूल पनि सञ्चालन भइरहेका छन्। २०५८को जनगणनाअनुसार ६४ प्रतिशत साक्षरता रहेको यस गाविसमा विद्यालय जाने छोराको संख्याभन्दा छोरीको संख्या बढी रहेको। जिल्ला प्रमुख आयुर्वेद औषधालय तथा एक उप-स्वास्थ्य चौकी रहेको यस गाउँमा निजीस्तरका ४ भन्दा बढी मेडिकल सञ्चालन भइरहेका छन्।गाउँ विकास समितिको नौ वडामा विद्युत सेवा पुगेको छ भने धरातलीय उचाइले गर्दा सञ्चारको सुविधामा ताररहित सञ्चारमाध्यम राम्ररी चलेका छन्। सार्वजनिक टेलिफोन सेवाको रूपमा ठोकर्पा-२ मिलडाँडामा दुर-सञ्चारको सार्वजानिक टेलिफोन सेवा उपलब्ध छ।

यातायात

चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी २०५४ सालदेखि सञ्चालनमा आइरहेको छ। ग्रावेल समेत नभएको धुले १४ किमी बाटो वर्षका ३ महिना बाहेक बाँकी ९ महिना मोटर सञ्चालन हुन्छ। अरनिको यातायात सेवा समितिले काठमाडौबाट ठोकर्पासम्म सिधै बस सेवा सञ्चालनमा ल्याएको छ। गाविसको अधिकांस टोलमा शाखा बाटो खनिएको छ। ठोकर्पालाई राजधानीसँग छोटो दुरीमा यातायात सञ्चालनमा ल्याउन साँगाचोकको सुकुटेमा सुनकोशी नदीमाथि पुल निर्माण भईरहकेको छ।

पर्यटकीय तथा धार्मिक स्थलहरू

बाघभैरव, महांकाल थान र स्थानीय देवीका थुप्रै मठमन्दिर रहेको यस गाविसमा सीताको पैतालाको पाइला रहेको विश्वास रहेको ठूलो ढुंगाले कालिका र ठोकर्पालाई छुट्याउँछ। वर्षेनी तीजमा बाघभैरवको मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ। धान्यपूर्णिमा, नागपञ्चमी र चण्डीपूर्णिमा गरी वर्षको तीन पटक मेला लाग्ने महांकाली माइको मन्दिरमा देवीको पूजा हुने गर्दछ। यस मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको छ।

सामुदायिक वनको क्षेत्रमा विश्वमा नै प्रसिद्ध ठोकर्पा हरियो वनले घेरिएको छ। नेपालको पहिलो सामुदायिक वन हेर्न र यसबाट वनसंरक्षणका नयाँ नयाँ तरिका सिक्न यहाँ थुप्रै ठाउँबाट मानिसहरू आउने गर्दछन्। [१]

सन्दर्भ सूची

  1. "ठोकर्पा", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२ 

बाहिरी कडीहरू