"गोही" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
Cat-a-lot: Moving from Category:जनावर to Category:जनावरहरू |
||
पङ्क्ति १३: | पङ्क्ति १३: | ||
{{जनावरहरू}} |
{{जनावरहरू}} |
||
[[श्रेणी: |
[[श्रेणी:जनावरहरू]] |
||
[[श्रेणी:सरीसृप]] |
[[श्रेणी:सरीसृप]] |
१०:४८, १७ मार्च २०१६ जस्तै गरी पुनरावलोकन
गोही एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने सरीसृप समुहको जीव हो । यसलाई प्राचिन डाइनोसर जीवको प्रजाती मानिएको छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतरनाक जनावरको रूपमा लिन सकिन्छ । गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, घडियाल इत्यादी फरक फरक नामले पनि चिनिन्छ ।
पाइने स्थान
पहिले गोही दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि पाइन्थे । तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् । खास गरेर नेपालको कोशी नदी, कर्णाली नदी, नारायणी नदीमा गोहीहरू देख्न सकिन्छ भने भारतका धेरै नदीहरूमा गोही देख्न सकिन्छ । गोहीहरू धेरै प्रजातीको हुन्छन् । गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ । यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन । त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ । गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ । तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ ।