"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ४९: | पङ्क्ति ४९: | ||
धर्म सूत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । वेदप्रतिपादित धर्म वर्णाश्रमधर्म हो |तर वैदिक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततिहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसूत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जीवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसूत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैदिक कालमा जीवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ती चार आश्रमका नियम के हुने आदि विषयहरूका बारेमा उल्लेख हुन्छ । <ref name= "पूस्तक"/> |
धर्म सूत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । वेदप्रतिपादित धर्म वर्णाश्रमधर्म हो |तर वैदिक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततिहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसूत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जीवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसूत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैदिक कालमा जीवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ती चार आश्रमका नियम के हुने आदि विषयहरूका बारेमा उल्लेख हुन्छ । <ref name= "पूस्तक"/> |
||
समग्रमा भन्नुपर्दा धर्मसूत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मसूत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित धर्मसुत्रहरू विद्यमान छन् । |
समग्रमा भन्नुपर्दा धर्मसूत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मसूत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित धर्मसुत्रहरू विद्यमान छन् । |
||
* वासिष्ठधर्मसूत्र(ऋग्वेद) |
* वासिष्ठधर्मसूत्र (ऋग्वेद) |
||
* शंखलिखितधर्मसूत्र (शुक्लयजुर्वेद) * अापस्तम्ब धर्मसूत्र(कृष्णयजुर्वेद) |
* शंखलिखितधर्मसूत्र (शुक्लयजुर्वेद) * अापस्तम्ब धर्मसूत्र (कृष्णयजुर्वेद) |
||
* बौधायन धर्मसूत्र |
* बौधायन धर्मसूत्र |
||
* गौतम धर्मसूत्र |
* गौतम धर्मसूत्र |
||
पङ्क्ति ५७: | पङ्क्ति ५७: | ||
* वैखानस धर्मसूत्र |
* वैखानस धर्मसूत्र |
||
* गौतम धर्मसूत्र(सामवेद) |
* गौतम धर्मसूत्र(सामवेद) |
||
माथि उल्लेखित |
माथि उल्लेखित नौ प्रकारका धर्मसत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसूत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ । |
||
==यी पनि हेर्नुहोस्== |
==यी पनि हेर्नुहोस्== |
१५:२४, २० जुलाई २०१६ जस्तै गरी पुनरावलोकन
हिन्दू धर्ममा ग्रोत्र प्रणालीमा शाखा र प्रवर सरह नै सूत्रको पनि स्थान छ । सूत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सूत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सूत्र पर्दछन् । वेद धर्मको मूल स्रोत हो मूत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैदिक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैदिक आश्रम वा स्कुलमा सहायक धर्म सूत्रको रुपमा कल्प सूत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । [१] जुन ऋषिले जुन कल्प सूत्रको विकास गरे उनका सन्ततिहरूले त्यही कल्पसूत्रलाई आफ्नो वंशको सूत्रमान्दै आए । यसप्रकारको सूत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सूत्रको महत्व शाखा जत्तिकै छ । विना सूत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा सूत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मूल ऋषिले विकास गरेको कर्मसंस्कारहरू सूत्र अन्तर्गत विभक्त भएका देखिन्छन् । यस प्रकार सूत्रहरू गोत्र अनुसार फरक फरक छन् । [२]
कल्प सूत्रका प्रकारहरू
वैदिक कालमा विभिन्न ऋषिहरूद्वारा विभिन्न कल्प सूत्रहरूलाई मुख्य चार भागमा विभाजित गरेर हेर्न सकिन्छ । [२]
- श्रौतसूत्र
- गृह्यसूत्र
- धर्मसूत्र
- शुल्बसूत्र
माथी उल्लेखित चार प्रकारका कल्पसूत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसूत्रहरू वैदिक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सूत्र हुन् । यी चार प्रकारका सूत्रहरू प्रत्येक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र,शाखा,सूत्र र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।
श्रौतसूत्र
श्रौतसूत्र भन्नाले कुनै खास थर वा वंशमा धार्मिक कर्मानुष्ठान गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्रौतसूत्र भनेर बुझिन्छ । श्रौतसूत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्रौत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सूत्रअनुसार और्ध्वदेहिककिरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्रौत सूत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा विवाह, व्रतवन्ध, अन्त्यष्टिकिरीया आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । [२] अहिलेसम्म प्रचलनमा रहेका श्रौतसूत्रहरू यस प्रकार छन्।
- आश्वलायन श्रौतसूत्र
- शांखायन श्रौतसूत्र
- कात्यायन श्रौतसूत्र
- अापस्तम्ब श्रौतसूत्र
- आश्वलायन श्रैतसूत्र
- हिरण्यकेशी श्रौतसूत्र
- बौधायन श्रौतसूत्र
- भारद्वाज श्रौतसूत्र
- वैखानस श्रौतसूत्र
- मानव श्रौतसूत्र
- लाट्यायन श्रौतसूत्र
- द्राह्यायण श्रौतसूत्र
- कौशिक श्रौतसूत्र
- वैतान श्रौतसुत्र
माथि उल्लेखित १४ प्रकारका श्रौतसूत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १४ सूत्रमा कुनै एक सूत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सूत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सूत्र के हो भन्ने अन्यौल नै रहेको देखिन्छ । वास्तवमा सूत्र हरेक गोत्रको एक अभिन्न वैदिक अङ्ग हो । [२]
गृह्यसूत्र
श्रौत र स्मार्त गरी वैदिक कर्महरू दुई भागमा विभक्त छन् | घरबाहिर गरिने श्रुतिशास्त्रले विधान गरेको कर्म श्रौतसूत्रले बताउँछ भने गृह्यसूत्रले शाब्दिक रुपमा नै स्मार्तकर्म घरभित्र गरिने कर्महरूको विधान गर्ने सूत्र हो भन्ने बुझाउँछ। अर्थात गृह्यसूत्र भन्नाले घर परिवार सञ्चालन गर्ने विधि भन्ने बुझिन्छ । यो सूत्र अन्तर्गत घर भित्रका नियमहरू पर्दछन् । जस्तै:-विवाहादि अन्त्येष्ठि पर्यन्तका १६ संस्कारहरू, सन्ध्योपासना,पञ्चमहायज्ञ, श्राद्धकर्म, भात, भान्सा, नित्यपूजा, कामको बाँडफाँड लगायतका विधिहरू पर्दछन् । गृह्यसूत्र भन्नाले एक प्रकारको घरायसी सम्बन्धि भन्ने बुझिन्छ, जसले घर अथवा परिवारभित्र गरिने विभिन्न प्रकारका धार्मिक कर्महरूको बारेमा व्याख्य गरेको हुन्छ । गृह्य सूत्रले विशुद्ध परिवार भित्र अपनाइने धार्मिक विधि विधानको व्याख्य गर्दछ, जुन विभिन्न गृह्यसूत्र अनुसार फरक फरक हुन्छ र गोत्रानुसार गृह्यसूत्र पनि फरक हुन्छ । जसरी श्रौत सूत्र फरक हुन्छ त्यस्तै गृह्यू सूत्र पनि फरक हुने देखिन्छ । गृह्यसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । [२] शास्त्रानुसार निम्न लिखित गृह्यसूत्रहरू प्रचलनमा रहेको पाइन्छ ।
- आश्वलायन गृह्यसूत्र (ऋग्वेद)
- शांखायन गृह्यसूत्र
- कौषीतकि गृह्यसूत्र
- अापस्तम्ब गृह्यसूत्र(कृष्णयजुर्वेद)
- बौधयन गृह्यसूत्र
- हिरण्यकेशी गृह्यसूत्र
- भारद्वाज गृह्यसूत्र
- मानव गृह्यसूत्र
- काठक/लौगाक्षि गृह्यसूत्र
- पारस्कर गृह्यसूत्र (शुक्लयजुर्वेद)
- जैमिनीय गृह्यसूत्र(सामवेद)
- गोभिल गृह्यसूत्र
- खादिर गृह्यसूत्र
- द्राह्यायण गृह्यसूत्र
- कौशिक गृह्यसूत्र (अथर्ववेद)
यस प्रकार १५वटा गृह्यसूत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृह्यसूत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सूत्र फरक फरक रहेको देखिन्छ । [२]
धर्मसूत्र
धर्म सूत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । वेदप्रतिपादित धर्म वर्णाश्रमधर्म हो |तर वैदिक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततिहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसूत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जीवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसूत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैदिक कालमा जीवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ती चार आश्रमका नियम के हुने आदि विषयहरूका बारेमा उल्लेख हुन्छ । [२] समग्रमा भन्नुपर्दा धर्मसूत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मसूत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित धर्मसुत्रहरू विद्यमान छन् ।
- वासिष्ठधर्मसूत्र (ऋग्वेद)
- शंखलिखितधर्मसूत्र (शुक्लयजुर्वेद) * अापस्तम्ब धर्मसूत्र (कृष्णयजुर्वेद)
- बौधायन धर्मसूत्र
- गौतम धर्मसूत्र
- हिरण्यकेशी धर्मसूत्र
- विष्णु धर्मसूत्र
- वैखानस धर्मसूत्र
- गौतम धर्मसूत्र(सामवेद)
माथि उल्लेखित नौ प्रकारका धर्मसत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसूत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।