"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २८: | पङ्क्ति २८: | ||
लेखको शीर्षक, लेख संरचना, लेखन शैली, भाषा शैली, शब्द प्रयोग र विभिन्न विषयलाई ध्यान दिदैँ लेख लेखिनुपर्छ । यसका लागि लेखको विषयको अध्ययन हुनु आवश्यक छ। |
लेखको शीर्षक, लेख संरचना, लेखन शैली, भाषा शैली, शब्द प्रयोग र विभिन्न विषयलाई ध्यान दिदैँ लेख लेखिनुपर्छ । यसका लागि लेखको विषयको अध्ययन हुनु आवश्यक छ। |
||
===तरिकाहरू === |
|||
*विचारहरू सधैँ विवादित हुन आउँछन् । जस्तै: " विमल राम्रा फुटबल खेलाडि हुन् " भन्ने विचार हुन आउँछ । यसलाई " विमलको खेल फुटबल प्रशिक्षक रोनद्वारा राम्रो मानिएको छ " लेखिए पश्चात् प्रमाणित भएपछि लेख स्तरिय हुन आउँछ । |
|||
*सकेसम्म जानकारीहरू अंकमा आए लेख स्तरिय बन्छ । जस्तै: " विमलले सन् २००३ देखि २००६ सम्म सर्वाधिक गोल गरेका थिए", यसो गर्दा विमल राम्रा खेलाडी हुन् या होइनन् भन्ने कुरा बुझिन नआएपनि सर्वाधिक गोलले तटस्थ भएको बुझाउँछ । |
|||
*" मानिसहरू विमललाई राम्रो खेलाडी मान्छन् " वा " धेरै मानिसहरू यो सोच्छन् " जस्ता लेखिदाँ लेखमा कतिजना, ककसले जस्ता प्रश्न निम्तिन्छन् । तर, लेखमा त्यसो लेखिदाँ भरपर्दो स्रोत जोड्नु आवश्यक हुन जान्छ । |
|||
*दृष्टिकोणात्मक लेखहरू लेखिनु विकिपीडियाको नियम विपरित हो । सबै दृष्टिकोण अटाउने गरि एकै लेख लेखिनुपर्छ । आफ्नै अनुमानको भरमा लेखमा जानकारी थप्नु हुदैँन । |
|||
*कुनै पनि दोधारत्मक विषय (विश्वासिलो स्रोतको प्रमाण विना), कुनै पनि एक समूहप्रति आक्षेप वा एक पक्षको तारिफ गरिएका विषय [[विकिपीडिया:बर्बरता|बर्बरता]] हुन जान्छ । |
|||
*कुनै पनि विषयमा प्रबन्धक र अन्य सम्पादकहरूसँग छलफल गरिनु पर्ने हुन्छ । [[विकिपीडिया:चौतारी|चौतारी]]मा विकिपीडियाका कुनै पनि विषयका कुरा राख्नुहोस् । |
|||
==यी पनि हेर्नुहोस्== |
==यी पनि हेर्नुहोस्== |
१८:४०, २५ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
- पृष्ठ छोटकरीमा: लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन । यसमा तपाईं के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ ।
विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले तटस्थ वा निष्पक्ष दृष्टिकोण राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडियामा आफ्नो विचार, विश्लेषण र दृष्टिकोण कहिले पनि नलेख्नुहोस् ।
विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडियाका सम्पादकहरुले मान्नैपर्ने नियम हो ।
व्याख्या
तटस्थ भन्नाले विकिपीडियामा लेखहरू भरपर्दो स्रोत केलाई लेखिएको र ती जानकारीहरुले कुनै पनि व्यक्ति वा विचारको पक्ष नलिएको बुझिनुपर्छ । कुनै विषयमा मतभेद वा विवाद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित भई यही सही भन्दै लेखिनु विकिपीडिको यस नियम विपरित हो । "तटस्थ दृष्टिकोण" भन्नाले कुनै विवादित विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, भरपर्दो स्रोत जोड्दै सबै विषयलाई बराबर महत्व दिई लेखिनुपर्छ भनेको हो ।
निम्न कुराहरूमा ध्यान दिनुहोस्:
- आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्: लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । कुनै पनि वाक्य लेखिँदा ती प्रमाणित हुनुपर्छ । जस्तै: लेखमा हत्या गर्नु महापाप हो । लेखिनुको सट्टा प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ । लेख्दा उपयुक्त बन्न आउँछ ।
- विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।
- यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् । जस्तै: घाम पूर्वबाट उदाउँछ ।
- मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।
- लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् । यस विषयमा लेखिँदा कुनै पक्षका राम्रा पक्ष मात्र आउने गरी वा कुनै पक्षका नराम्रा पक्ष मात्र आउने गरि कदापि नलेख्नुहोस् ।
लेख तटस्थ बनाउन
विकिपीडियाको सामान्य नियम अनुसार भरपर्दो स्रोतबाट प्रमाणित गरिएका जानकारी नहटाउनुहोस् । यसो गर्दा विवादित विषयको लेखले तुलान्त्मक रुपमा तटस्थ दृष्टिकोण नदेखाएको हुन सक्छ, यसका लागि सम्पादकहरूले अनुच्छेद पुन: लेखन गर्दै अन्य स्रोत जोड्दै लेख तटस्थ बनाउनुहोस् ।
लेखको शीर्षक, लेख संरचना, लेखन शैली, भाषा शैली, शब्द प्रयोग र विभिन्न विषयलाई ध्यान दिदैँ लेख लेखिनुपर्छ । यसका लागि लेखको विषयको अध्ययन हुनु आवश्यक छ।
तरिकाहरू
- विचारहरू सधैँ विवादित हुन आउँछन् । जस्तै: " विमल राम्रा फुटबल खेलाडि हुन् " भन्ने विचार हुन आउँछ । यसलाई " विमलको खेल फुटबल प्रशिक्षक रोनद्वारा राम्रो मानिएको छ " लेखिए पश्चात् प्रमाणित भएपछि लेख स्तरिय हुन आउँछ ।
- सकेसम्म जानकारीहरू अंकमा आए लेख स्तरिय बन्छ । जस्तै: " विमलले सन् २००३ देखि २००६ सम्म सर्वाधिक गोल गरेका थिए", यसो गर्दा विमल राम्रा खेलाडी हुन् या होइनन् भन्ने कुरा बुझिन नआएपनि सर्वाधिक गोलले तटस्थ भएको बुझाउँछ ।
- " मानिसहरू विमललाई राम्रो खेलाडी मान्छन् " वा " धेरै मानिसहरू यो सोच्छन् " जस्ता लेखिदाँ लेखमा कतिजना, ककसले जस्ता प्रश्न निम्तिन्छन् । तर, लेखमा त्यसो लेखिदाँ भरपर्दो स्रोत जोड्नु आवश्यक हुन जान्छ ।
- दृष्टिकोणात्मक लेखहरू लेखिनु विकिपीडियाको नियम विपरित हो । सबै दृष्टिकोण अटाउने गरि एकै लेख लेखिनुपर्छ । आफ्नै अनुमानको भरमा लेखमा जानकारी थप्नु हुदैँन ।
- कुनै पनि दोधारत्मक विषय (विश्वासिलो स्रोतको प्रमाण विना), कुनै पनि एक समूहप्रति आक्षेप वा एक पक्षको तारिफ गरिएका विषय बर्बरता हुन जान्छ ।
- कुनै पनि विषयमा प्रबन्धक र अन्य सम्पादकहरूसँग छलफल गरिनु पर्ने हुन्छ । चौतारीमा विकिपीडियाका कुनै पनि विषयका कुरा राख्नुहोस् ।