"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Replacing Kalu_Pande.jpg with File:Portrait_of_Damodar_Pande.jpg (by CommonsDelinker because: exact or scaled-down duplicate).
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox ethnic group
{{Infobox ethnic group
|group = पाण्डे/पाँडे
|group = पाण्डे/पाँडे
| image = <div style="white-space:nowrap;"> [[Image:Kalu Pande.jpg|x240px]][[Image:Damodar Pande.jpg|x270px]]
| image = <div style="white-space:nowrap;"> [[Image:Portrait of Damodar Pande.jpg|x240px]][[Image:Damodar Pande.jpg|x270px]]
| image_caption =[[कालु पाण्डे]]{{·}}[[दामोदर पाण्डे]]
| image_caption =[[कालु पाण्डे]]{{·}}[[दामोदर पाण्डे]]
|population = २,७४,०८९ नेपाली <ref name="forebears">{{Cite web|url=http://forebears.io/surnames/pandey|title=पाण्डे:नेपाल प्रोफाइल|accessdate=2017-03-10}}</ref>
|population = २,७४,०८९ नेपाली <ref name="forebears">{{Cite web|url=http://forebears.io/surnames/pandey|title=पाण्डे:नेपाल प्रोफाइल|accessdate=2017-03-10}}</ref>

२१:०१, ४ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन

पाण्डे/पाँडे
जम्मा जनसङ्ख्या
२,७४,०८९ नेपाली [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल, भारत
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म र मष्टो धर्म
सम्बन्धित जातीय समूह
बस्नेत, थापा, कुँवर, बिष्ट

पाण्डे वा पाँडे थर ब्राह्मण तथा क्षेत्रीको हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू नेपालको पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।

क्षेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी काजी थरहरू मध्ये एक हो । अन्य चार थरहरू बिष्ट, बस्नेत, कुँवरथापा हुन् ।[२] बस्नेत परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको थापा ऐतिहासिक दुस्ममनी छ ।[३]

कुलेटा पाँडे, पलेउ पाण्डे, आदि पाण्डेका प्रकारहरू हुन् ।[२]

भारदार परिवार

गणेश पाण्डे पाण्डे भारदार परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी वंशराज पाण्डे पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाण्डे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।[४] उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार रणजङ्ग पाण्डे नेपालको तेस्रो प्रधानमन्त्री हुन् । मुख्तियार भीमसेन थापाको पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा माथवरसिंह थापाको उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले रणजङ्ग पाण्डेको मृत्यु भयो । जंगबहादुर राणाद्वारा मच्चाइएको कोत पर्वमा दलभञ्जन पाण्डे मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।

काजी तुलाराम पाण्डे र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी भोटु पाण्डे, काजी रणजीत पाण्डे र काजी जगजीत पाण्डे थिए ।[५] काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।[४] काजी रणजीत पाण्डे नैनसिंह थापाका ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री माथवरसिंह थापा रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । जंगबहादुर राणाको उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।[५]

उत्पत्ति

पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी (priest) वा 'विद्वान' हुन्छ ।

इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।

उल्लेखनीय व्यक्तित्वहरू

यो पनि हेर्नुहोला

स्रोत

  1. "पाण्डे:नेपाल प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१० 
  2. २.० २.१ http://www.karma99.com/2013/01/chhettri.html?m=1 उद्दरण त्रुटी: Invalid <ref> tag; name "karma99" defined multiple times with different content
  3. "पाँच काजी परिवार", अन्तिम पहुँच २०१७-०३-११ 
  4. ४.० ४.१ http://www.nepalarmy.mil.np/history.php?page=three
  5. ५.० ५.१ के.एल. प्रधान, "थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा", पृ: १९८। 
  6. http://www.historynepal.com/2010/03/unification-campaign-of-prithvi-narayan.html?m=1