"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:नेपालको एकिकरणकाल हटाइयो; [[श्रेणी:नेपालको एकीकरण...
पङ्क्ति ३९: पङ्क्ति ३९:
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:व्यक्तिगत जीवनी]]
[[श्रेणी:व्यक्तिगत जीवनी]]
[[श्रेणी:एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]]
[[श्रेणी:१८२२ मृत्यु]]
[[श्रेणी:१८२२ मृत्यु]]
[[श्रेणी:बिशाल नेपाल]]
[[श्रेणी:बिशाल नेपाल]]

२२:५७, २५ जुन २०१७ जस्तै गरी पुनरावलोकन

श्री कप्तान
बलभद्र कुँवर
बलभद्र कुँवरको तस्बिर
व्यक्तिगत विवरण
जन्मभँवरकोट, काभ्रे जिल्ला
मृत्युसन् १८२२
नौशेरा, पेशावर, पञ्जाब, वर्तमान् पाकिस्तान
नातामामा भीमसेन थापा
उपनामबलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकप्तान
लडाई/युद्धहरूनेपाल अंग्रेज युद्ध, नालापानीको युद्ध

बलभद्र कुँवर (१७?? - १८२२) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । १८१४ से १८१६ को बीचमा चलेको गोरखा युद्ध को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक राष्ट्रिय विभूति हुन् ।

परिवार

उनको जन्म सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रुपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा (सानुकाजी) हुन् । त्यसैले प्रधानमन्त्री भीमसेन थापा उनका मामा हुन् । [१]

जीवन

रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र

उनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर नालापानीको युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[२] यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।

मृत्यु

यिनको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, पञ्जाबमा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

एङ्ग्लो नेपाल वार

यो पनि हेर्नुहोस्