"सन्दीप लामिछाने" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ५९: पङ्क्ति ५९:
लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए।
लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए।
अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्।
अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्।
सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि निलम्बित भने भएका थिएनन्।
सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि अनुबन्धित भने भएका थिएनन्।


{{ठुटो}}
{{ठुटो}}

१०:४२, ५ मार्च २०१८ जस्तै गरी पुनरावलोकन

सन्दीप लामिछाने
Sandeep Lamichhane
व्यक्तिगत जानकारी
नामसन्दीप लामिछाने
जन्म (2000-08-02) २ अगस्ट २००० (उमेर २३)
Syangja, Nepal
उचाई५ फिट ८ इन्च (१.७३ मी)
ब्याटिङदायाँ-हाते
बलिङLegbreak Googly
भूमिकाBowler
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
घरेलु टोली जानकारी
वर्षटिम
२०१६-अहिले सम्मKowloon Cantoons (Hong Kong T20 Blitz)
२०१६-अहिले सम्मWestern Suburbs District Cricket Club
२०१७-अहिले सम्मBiratnagar Kings (BK), (Dhangadhi Premier League
२०१७-अहिले सम्मLalitpur Patriots, Everest Premier League
स्रोत: ESPNcricinfo

सन्दीप लामिछाने (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन्। सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए। सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए।

को हुन सन्दीप लामिछाने

छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्।सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० खेल्ने भएपछि उनि पुनः चर्चाको शिखरमा छन्। पढ्नुस सन्दिप लामिछाने बारे १४ रोचक तथ्यहरु एकै ठाउँमा –

  • सन्दिपको जन्म स्यांजाको आरुचौर-तालपोखरीमा आज भन्दा १७ बर्ष अघि भएको थियो। सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दिपको क्रिकेट खेलसंग परिचय भएको थियो।
  • सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा ( क्यापाचौर ) रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाए का थिए।
  • रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा १ दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए। जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो। सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए।
  • सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु-१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दिप छनौट भएका थिए। यु-१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए। आईसीसीले सन्दिपलाई उक्त यु-१९ बिश्वकपको उत्कृस्ट ११ क्रिकेटर को सुचीमा समेत परेका थिए। #सन्दिपले बंगलादेश यु-१९ बिश्वकप २०१६ मा आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए। पारस खड्का सन्दिपलाई रास्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गर्दै , साथमा प्रशिक्षक पुबुदु दासानायके
  • बंगलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।
  • यु-१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली रा स्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए। त्यसपछि सन्दिप रास्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन्।
  • रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दिपले हंगकंगलाई घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज २०१६ खेल्न बोलाईएको थियो। त्यहाँ उनले अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए।
  • हंगकंगमा क्लार्कसंग एकै टिममा खेल्न पाएका सन्दिपको प्रदर्शनबाट प्रभावित भएका सन्दिपलाई क्लार्कले अस्ट्रेलियामा खेल्ने प्रस्ताब दिएका थिए।
  • माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए। उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए।
  • साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दिप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए। जुन क्रममा क्लार्कले सन्दिपको निकै प्रशंशा गरेका थिए। विस्तृतमा पढ्नुस
  • सन्दिपलाई २०१६ डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाईएको थियो। त्यसपछि उनले २०१७ एसिया यु-१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे। विस्तृतमा पढ्नुस
  • २०१७ यु-१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए। २४ विकेट लिंदै उनि नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्नपुगेका थिए। विस्तृतमा पढ्नुस
  • सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेटरहरुको सुचीमा सामेल गरेको थियो। विस्तृतमा पढ्नुस

[१]

आइ.पि.एल.मा सन्दीप

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली भएका छन्। आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए। अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्। सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि अनुबन्धित भने भएका थिएनन्।


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू