"गुर्जो" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: '''गुर्जो''' नेपालमा पाइने एक किसिमको जडीबुटी हो। category:जडीबुटी)
 
कुनै सम्पादन सारांश छैन
'''गुर्जो''' नेपालमा पाइने एक किसिमको जडीबुटी हो।
 
वैज्ञानिक नामः Tinospora sinensis (Lour.) Merr.
 
नेपाली नामः गुर्जो
 
संस्कृत नामः गुडुची
 
अंगे्रजी नामः Tinospora
 
वनस्पति परिवारः Menispermaceae
 
[[Image:Koeh-080.jpg|thumb|गुर्जो समुह को एक प्रजाति को बिरुवा तथा फल ]]
 
 
==परिचयः==
यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाबाट जराहरु निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ ।
 
यसका पातहरु एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरु मुटु आकारका ७—८वटा नशाहरु भएका करीब १० सें.मी लामा हुन्छन् । यसका फलहरु आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन् । भाले फूलहरु झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरु एक्ला एक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।
 
==वासस्थान (फैलावट)==
यो उत्तर—पुर्वी भारत, श्रीलंका, म्यानमार , थाइल्याड ,भियतनाम दक्षिणी चीन ,मलेसिया लगायत नेपालमा पाइन्छ । नेपालमा यो ३००—५०० मी. सम्मको उचाइमा पूर्व देखि पश्चिमसम्म पाइन्छ ।
 
==उपयोगः==
यसको उपयोगी अंग लहरा (डाँठ) हो । यसको डाँठ कमलपित्त, पुरानो ज्वरो, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगहरुमा उपयोग गरिन्छ ।
 
==खेती विधिः==यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरुमा राम्ररी हुर्कन्छ ।
 
==वेर्ना तयार गर्नेः==
 
**हाँगाको कलमीबाटः डाँठका ेकलमीबाट नै यसका विरुवाहरु तयार गरिन्छन् । यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । फागुन / चैत्रतिर यसरी हाँगाहरु काटेर अलिकति भाग जमिन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरु असार श्रावणमा सार्न तयार हुन्छन्। यसका हाँगाहरु सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार / श्रावण उचित समय मानिन्छ ।
 
**वीउबाटः यसको फलहरु असोज मंसीरमा पाक्दछन् । पाकेका राता फलहरु टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरु नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ । संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ । अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ ।
 
==वेर्ना सार्नेः==
नर्सरीमा तयार गरिएका वेर्नाहरु खासगरि कुनै रुखहरुको फेदमा लगाइन्छ । किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो ।
 
==हेर विचारः==
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ ता पनि पछिल्ला वर्षहरुमा त्यति हेर विचारको खाँचो पर्दैन ।
 
==वाली संकलनः==यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरु काटिन्छ । लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरु वाली लिन योग्य हन्छन् । लहरालाई जमिनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ । यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरुलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ । अथवा मुग्रोले थिचेर चेप्टो पार्न्छि । अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ । भण्डार गर्दा ओस आउन दिन हुदैन ।
 
*[[http://www.ayurnepal.com/ne/gurjo.html]]
 
[[category:जडीबुटी]]
[[category:औषधि]]
 
[[en:Menispermaceae]]
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/64491" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प