"घले जाति" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
Reverted good faith edits by 80.76.169.82: Unreferenced statement, unmanaged, possible copyvio, too much issues. (ट्विङ्कल)
कुनै सम्पादन सारांश छैन
(Reverted good faith edits by 80.76.169.82: Unreferenced statement, unmanaged, possible copyvio, too much issues. (ट्विङ्कल))
चिनोहरू: प्रतिस्थापित पूर्ववत
'''घले जाति''' [[नेपाल]]को धादिंग, नुवाकोट, भोजपुर, लम्जुङ्ग, सिन्धुपाल्चोक, आधि अरू जिल्लामा पनि बसोबास गर्दै आएका छन् । [[गोरखा जिल्ला]] तथा आसपासका क्षेत्रहरूमा बसोबास गर्ने तथा एक छुट्टै पहिचान बोकेको जाती हो ।
 
==सन्दर्भ सामग्री==
<references/>
 
==यो पनि हेर्नुहोस==
घले (लिःल) जातिको जन्मदेखि मृत्युसम्मको संस्कार
{{ढाँचा:नेपालका जनजातीहरू}}
 
जन्म संस्कार
[[श्रेणी:समाज]]
[[श्रेणी:जाति]]
थपसङ्ग (चोख्याउने)— बच्चा जन्मेको तेस्रो दिनमा अगेना चोख्याइन्छ । चोख्याउँदा चुलोे वा अगेना मा प्रयोग हुने काठ तथा चोयाबाट बनेका सामग्रीहरु जस्तैः छोर्मा (चोयाबाट बनेको जाँड छान्ने भाँडो), फेर्सिङ्ग (निगालोबाट बनेको सिस्नु फिट्ने फिर्केे), पुइय (काठबाट बनेको ढेंडो ओडल्ने दाविलोे), सङदुङ (ढेंडो ओडाल्दा कसौडी समात्ने काठको टेका), सेप्तेन् (अचानोे) पुजा गरेर घरदेखी केही पर खोला छेउमा लगी बाटो भन्दा माथी फालीन्छ र त्यही तेश्रो दिनमा नै सेरः (जैसीे) बाट नव बच्चाको नामकरण गरिन्छ तर आमा र बच्चालाई बाहिर निकालिंदैन ।
 
 
गुङ ठ्व (आङ नुहाउने)ः जन्मेको बच्चा यदि छोरा भए ९ आंै दिनमा र छोरी भए ७ आंै दिनमा आमा र बच्चालाई नै बाहिर ल्याई आमा र बच्चालाई आङ नुहाई दिई सफा गरिन्छ र स्व–जातीय कन्याहरु बोलाई दान दक्षिणा गरि सुतकेरी आमालाई दही अक्षेताको सेतो टिका लगाई दिए पछि मात्र बल्ल आमाले चुलोमा खाना पकाउने र सदा जस्तै साधारण जिवन विताउ‘न दिईन्छ ।
{{stub}}
लःथब (सातो डोरोे)— छोरी जन्मेको भए ७ सरो धागोमा ७ वटा गांठो बनाएर र छोरा जन्मेको भए ९ सरो धागोमा ९ वटा गांठो बनाएर थपसङ्ग (चोख्याउने) दिनमा आमाले लगाई दिन्छ र फेरी त्यो डोरो गुङ ठ्व (आङ नुहाउने) दिनमा फेरिन्छ ।
लःथब लगाउने प्रक्रिया— नव बच्चालाई नुहाई धुवाई गरिसके पछि थब (डोरो) घॉटीमा, कम्मरमा, दुई हातमा र दूई खुटामा चोखो पानी छम्क्याई आमाले नै लगाई दिन्छ ।
चङ् (कोक्रोे वा बच्चा सुताउने डॉगाी)— नव बच्चाको सम्पूर्ण काम कार्य सके पछि कोक्रोमा सुताउन पनि सेरः घलेको पुरोहितले ङेमः (साईत) हेराएर हिमालमा पाइने मऊ म्याः (विशेष जातको निगालोे) बाट निकालेको रबर जस्तो पातलो चोयाबाट बुनेर बनाइएको कोक्रोमा छोरी भए ७ दिनदेखी र छोरा भए ९ दिनदेखी सुताइन्छ र सो दिनमा अशुभ बार परेमा ङेमः (साइत) हेरी अरु कुनै दिनबाट सुताइन्छ ।
कोखधारा गोेत्रहरुःः
डाँगे घलेको ःउल्टे (मान) गोत्र
साम्री घलेकोःपुल्टे (इत्री वा इत्रीय) गोत्र
ग्याल्दङ घलेकोःग्याल्टे (बडा) गोत्र
रिल्दी घलेकोःशीर गोत्र
लिःल (घले) जातिको कूल पूजा (फोल छयोए)
चोम्सोङ ग्याल्बो, कुङसुङ ग्याल्मो, फोकी फोल गेगर गोला ।
आबा गर्बागे आमा तोर्मागे, फोकी फोल गेगर गोला ।
माथीको श्लोक घले (लिःल)े हरुको कुल पुजा गर्ने बेलामा झाँक्रीले मन्तर पाठ गर्दा सब भन्दा अगाडी उच्चारण गरिने श्लोक हो । घले (लिःल) जातिभित्र विभिन्न थरहरु हुन्छन् र सबैले आ–आफ्नै किसिमले आफ्नो फोःल छयोए (कुल पुजा) आफ्नै तुम् (झं‘ाक्री) ले पुरा गर्छ । मुख्यत नयाँ घर बनाए पछि कुल पुजा गर्नै पर्छ र जब कुल पुजाको अन्तिम दिन, समारोपनमा “अब फेरी यति बर्ष पछि गर्छुर्” भनेर वाचा बन्धन् गर्नु पर्छ, जस्तो ३ बर्ष, ५ बर्ष, र १२ बर्ष, तर १२ बर्ष भन्दा टाढा चाहीं मिल्दैन । यदि घरमा आर्थिक लाभ, दःख बिमार, कष्ट भएमा जान्ने ल्याएर जोख जोखना हेराउँदा कहिले काहीँ कुल बिगे्रको अर्थात फःमी मःमी लाई राम्रो नगरेको रहेछ भन्ने पता लागेमा बाचा गरेको अवधि भन्दा अगावै पनि कुल पुजा गरिन्छ । फोःल छयोए (कुल पुजा) गर्दा रात भरी झॉक्रीले पाठ गरी मध्य रातमा भेंडाको बली चढाउँछ । यसरी रात भरी झॉक्रीले पाठ गरी सके पछि विहान आफ्नो खलकको दाजु भाई जम्मा गरी खाना खुवाउने चलन लिःल जातिको कुल पुजामा गरिन्छ ।
विवाह (ङेन्)
लिःल (घले) जाति आफ्नै जातको मुख्य चारथर (डागे, साम्री, ग्याल्दङ र रिल्दी) छन । यिनीहरुको ठाउ अनुसार कार्बा, पैलाङ, घ्यास्रुङ, ठिटो, स्यर, खान, बङजो, दङमै आदि छन् र यिनीहरु विचमा मात्रै गोत्र केलाएर विवाह गरिन्छ । खासगरी विवाह शुरुमा नै गोत्र सार्ने गरी र पछि मात्रै गोत्र सार्ने गरी दुई तरिका अपनाएर गरिन्छ ।
शुरुमै गोत्र सार्ने विवाह (लम्स्यो प्र)ः यस रीतको लागि दुई परिवारको आवश्यक सल्लाह र सहमतिमा विवाह गर्ने शुभदिनको टुङगो गरिन्छ । त्यसपछि बेहुलाको तर्फबाट विवाहको लागि ठेकी पुंमकोसाथमा भित्रीभाई र बाहिरीभाइको लागि दुई वटा भेडाको खसी,बाह्रविस सेलरोटी, पेरुङ्गामा राखी १२ भारी रक्सीसाथै एउटा उखुको घाटोमा एक मुठा रायो साग, दहीको ठेकी, रक्सी पुम झूण्डयाएर केटीको घरको आँगनमा गाडेर त्यसको वरिपरि त्यो सबै भारी बिसाउँछ । त्यसलाई विर्चो गाड्ने भनिन्छ । बेहुलीको घरमा बेहुलीको भित्रीभाई र बाहिरी भाईहरु जम्मा भएर बसिरहेको हुन्छ । त्यसपछि दुवै पक्षको छलफलबाट सहमति भएपछि बेहुला र बेहुलीलाई बाँचाकसम गराई बेहुलीको जेठो दाजूबाट ठेकी पुंम खोली आफ्नो घरको कुलमा सगुन चढाई जम्मा भएका दाजुभाईले सगुन ग्रहन गरिन्छ । त्यसपछि बेहुलाको तर्फबाट बेहुलीको आमाबुवा सासुससुरा, फुपूसासु, दिदीवहिनीहरुलाई पछयौरी, पगरी वा देसल्ला ओढाइ, ढोगभेट गरी ठेकी पुंमको रीत पूरा गरिन्छ । त्यसपछि गोत्र सार्ने कार्य शुरु हुन्छ, गोत्र सार्ने कार्य बाहिरी भाईबाट मात्रै सम्पन्न गरिन्छ । शुरुमा बेहुलाको तर्फबाट ल्याएको सगुनभारीलाई बाहिरीभाईले हात लगाउँछ र उनिहरुको नै छान्ने हक हुन्छ । छानिसके पछिको आधा चाँही बल्ल भित्रीभाईको हुन्छ । त्यसैको सट्टानै बेहुलीको घर लगायत बाहिरीभाई र भित्रीभाईले आफ्नो चेलीलाई (मोन) दाइजो दिई पठाइन्छ । त्यस पछि त्यो (बेर्चो) बिर्तालाई समातेर बेहुला र बेहुलीलाई अगाडी उभ्याएर बाहिरीभाईद्धारा कसम खुवाईन्छ र दुबैलाई टिका टालो, ढोग भेट गराएर बाजा बजाउदै घर लागिन्छ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/664362" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प