"ढाका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा सामग्री सुधार
सा हटक्याटद्वारा श्रेणी:बंगलादेश हटाइयो
पङ्क्ति १६२: पङ्क्ति १६२:
[[श्रेणी:धेरै जनघनत्व भएका शहरहरू]]
[[श्रेणी:धेरै जनघनत्व भएका शहरहरू]]
[[श्रेणी:एसियाली राष्ट्रका राजधानीहरू]]
[[श्रेणी:एसियाली राष्ट्रका राजधानीहरू]]
[[श्रेणी:बंगलादेश]]
[[श्रेणी:बङ्गलादेशका सहरहरू]]
[[श्रेणी:बङ्गलादेशका सहरहरू]]

१२:५८, २९ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

ढाका
ঢাকা
ढाका सहरका सम्पदाहरू
उपनाम: 
मस्जिदको शहरसँगै विश्व रिक्साको राजधानी
देश बङ्गलादेश
प्रान्तढाका प्रान्त
जिल्लाढाका जिल्ला
स्थापना१६०८
सहरको लागि प्रस्तावितसन् १९४७
क्षेत्रफल
 • राजधानी तथा महानगरपालिका३०६.३८ किमी (११८.२९ वर्ग माइल)
 • पानी४८.५६ किमी (१८.७५ वर्ग माइल)
 • महानगर
२१६१.१७ किमी (८३४.४३ वर्ग माइल)
उन्नतांश४ मिटर (१३.१२ फिट)
जनसङ्ख्या
 (२०१३)[२]
 • राजधानी तथा महानगरपालिका१४३९९०००
 • घनत्व४५०००/किमी (११५२००/वर्ग माइल)
 • महानगर
७०००९४० (२००८)
 • साक्षरता दर
७२.७६%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेश समय)
हुलाक कोड
१०००, ११००, १२xx, १३xx
राष्ट्रिय टेलिफोन कोड+८८०
फोन कोड०२
कुल घरेलु उत्पादन (२०१३ )$१४० बिलियन[३]
वेबसाइटआधिकारिक ढाका वेबसाइट

ढाका (बङ्गाली: भाषामा: ঢাকা) बङ्गलादेशको राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बङ्गलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।

इतिहास

मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बङ्गलादेशको राजधानी बन्यो ।

भूगोल तथा मौसम

प्रशासन

जनसांख्यिकी

संस्कृति

पर्यटन स्थल

खेलकूद

बंगलादेशको प्रमुख फुटबल रंगशाला बंगबन्धु राष्ट्रिय रंगशाला पनि ढाकामा भएकाले बंगलादेशले आयोजना गर्ने प्रमुख अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता पनि ढाकामा हुने गर्दछ।भने अन्य अन्तर्राष्ट्रिय स्तरका फुटबल तथा अन्य खेलकुदका प्रतियोगिताहरू समेत ढाकामा नै हुने गर्दछ।

बाह्य लिङ्कहरू

सन्दर्भ सामग्री

  1. "Dhaka, Bangladesh Map", National Geographic Channel, अन्तिम पहुँच २००९-०९-०६ 
  2. "No. 1: Dhaka, Bangladesh - In Photos: The World's Densest Megacities", Forbes, अन्तिम पहुँच २२ जुन २०१३ 
  3. http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562
  4. [१].

यो पनि हेर्नुहोस्