"कविता" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कवितामा उपभेदका बारेमा संक्षिप्त चर्चा  :
(→‎उदाहरण: edited name)
(कवितामा उपभेदका बारेमा संक्षिप्त चर्चा  :)
 
===पद्य कविता===
 
== कवितामा उपभेदका बारेमा संक्षिप्त चर्चा : ==
 
=== कविताको लघुतम रूप : मुक्तक ===
कविताको सबैभन्दा सानो एकाइ लघुतम रूप हो । यस अन्तर्गत कविताका ज्यादै साना संरचनाहरू समेटिन्छन् । छोटो छरितो भनाइबाट व्यङ्ग्य प्रहार गर्ने कविताको एक झिल्का नै कविताको लघुतम रूप हो । यस्तो कविताको संरचना निकै सानो हुन्छ तर आफैमा पूर्ण हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र लोकसूक्तिहरू पर्दछन् <ref>(जोशी, २०४०ः पृ. ११)</ref>।
 
=== कविताको लघु रूप : फुटकर कविता ===
कविताको लघुतम रूपभन्दा विस्तृत र मझौला रूपभन्दा सानो एकाइ लघु रूप हो । कविताको लघु रूप गद्य र पद्य दुवैमा रहेको हुन्छ । पद्यमा दुई श्लोकभन्दा बढी र गद्यमा दुई अनुच्छेदसम्मको रचना यसभित्र पर्दछ । कविताको लघु एकाइमा सानो घटनालाई सीमित घेरामा राखी भावपूर्ण, मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको हुन्छ । यस्ता रचनामा आख्यान तत्वको प्रयोग लघुतम रूपको अपेक्षा स्थूल रूपमा गरिएको हुन्छ । यसरी आख्यानको सूक्ष्मतालाई अपेक्षित मानिएकाले यी रचनाहरूका अभिव्यक्तिमा विविधता नआई भावमा समेत एकरूपता भएको हुन्छ । कस्ता रचनाहरूमा कविताको लघु रूप समेटिएको हुन्छ भन्ने सन्दर्भमा वासुदेव त्रिपाठीको भनाई उल्लेखनीय रहेको छ – “पत्र पत्रिका र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश साना कविता कृतिहरू फुटकर कविता नै हुन् जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ” (त्रिपाठी र अन्य, २०४८ः पृ. ४२–४३)। यस कुराबाट के स्पष्ट हुन्छ भने भावनाको संक्षिप्त पोखाइ भएको फुटकर रचना नै कविताको लघु रूप हो ।
 
=== कविताको मझौला रूप : खण्डकाव्य/लामो कविता ===
मुख्य लेख : [[खण्डकाव्य]]
 
कविताको ज्यादै विस्तृत र ज्यादै सङ्कुचित नभएको रचनालाई मझौला रूप भनिन्छ । यस्ता रचनामा एक विषय, एक घटना, एक सन्दर्भ र जीवनको एक पक्षको उद्घाटन भएको हुन्छ । अनुभूतिको उत्तरोउत्तर वृद्धि र विकास हुँदै जाँदा कविताको आख्यान तन्तु र संरचनागत सुगठनलाई अँगाल्न पुग्दछ त्यस अवस्थामा कविता मध्यम आयाममा प्रवेश गर्दछ । कविताको मझौला आयामलाई खण्डकाव्य वा लामो कविता पनि भनिन्छ । विषयवस्तुको आयाम विस्तार, आख्यान र संरचनाका कारणले गर्दा कविताको मझौला रूप फुटकर कविताबाट छुट्टिन थाल्दछ । कविताको मझौला रूपमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । आख्यानयुक्त रचना र सुगठित संरचना भएको कविताको आयाम नै कवितामा मझौला रूप हो र यो लामो कविता र खण्डकाव्यमा विभक्त भएको हुन्छ ।
 
=== कविताको बृहत् रूप : महाकाव्य ===
मुख्य लेख : [[महाकाव्य]]
 
कविताको सबैभन्दा ठूलो आयामलाई बृहत् रूप भनिन्छ । यसमा कविताका लामा रचना र खण्डकाव्यभन्दा माथिका सबै सिर्जनाहरू समेटिन पुग्दछन् । यस्ता रचनाको सिर्जना बृहत आख्यानीकरणबाट मात्र सम्भव हुन्छ र यसमा जीवन जगत्को सर्वपक्षीय अध्ययन भएको हुन्छ । कविताले जब सिङ्गो युग, जीवन र समाजलाई बोकेर हिँड्न लाग्छ र अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह बहन थाल्दछ तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ <ref>(जोशी, २०४०ः पृ. १२)</ref>। कविताको यस्तो आयाममा जीवन जगतको सिङ्गो प्रस्तुति, खण्डयोजना, सन्धि, अर्थ प्रकृति र कार्यावस्था जस्ता प्राविधिक कुराको संयोजन गरिएको हुन्छ । कविताको बृहत् रूप चाही अनुभूतिको महाप्रवाह, जीवनको सिङ्गो अभिव्यक्ति, मानव सभ्यता र समाजको सिङ्गो इतिहासलाई बोकेको विराट संरचना र आख्यानलाई बोकेको कविताहरूको स्वरूप हो । कविताको विस्तारित आयामयुक्त यस्तो रूपले सिङ्गो युगलाई नै आत्मसात् गरेको हुन्छ<ref>(त्रिपाठी र अन्य, २०४८ः पृ. ८५–८६)</ref>। कविताको बृहत् रूप विकासशील अवस्थामा रहेको हुन्छ र यसको प्रवाह निरन्तर रूपमा चलिरहेको हुन्छ । जसले गर्दा कविताको बृहत् आयाम ललित महाकाव्यबाट माथि उठेर आर्ष महाकाव्यका तहसम्म पनि विस्तारित हुन पुग्छ । यसकारण कविताको बृहत् आयाममा विकसित र विकासशील, ललित र आर्ष महाकाव्य समेटिन पुग्दछन् ।
 
==कविता लेख्ने तरिका==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/699699" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प