"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
अामा र हजुरबावुकाे नाम
पङ्क्ति ४३: पङ्क्ति ४३:
[[श्रेणी:नेपालको एकीकरणकाल]]
[[श्रेणी:नेपालको एकीकरणकाल]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:पाल्पाका बडाहाकिमहरू]]



{{stub}}
{{stub}}

२२:१९, ९ मे २०१९ जस्तै गरी पुनरावलोकन

उजीर सिंह थापा
योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पाल्पाका बडाहाकिम एवम् संरक्षक
कार्यकाल
वि.सं. १८७१ मंसिर ८[१] - ???
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
नेपाल
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)[१]
आर्यघाट, काठमाडौं
नातानैनसिंह थापा (बुवा)
भीमसेन थापा (ठूलोबुवा)
माथवरसिंह थापा (भाइ)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल)

उजीर सिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए । उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ ।[१] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।

युवक उजीरसिंह थापा

परिवार

उनको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाकाे जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो ।[२] उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने माथवरसिंह थापा हुन् । उनी सानुकाजी जनरलअमर सिंह थापा का नाती हुन् ।

कार्य

उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [३]


स्रोत

यो पनि हेर्नुहोला


  1. १.० १.१ १.२ http://annapurnapost.com/news/70416
  2. https://www.ekantipur.com/2014-03-01/384965.html
  3. http://nepalarmy.mil.np/history.php?page=two