"विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति ३: पङ्क्ति ३:


==योग्यताहरू==
==योग्यताहरू==
* प्रबन्धकलाई विशेष प्राविधिक अौजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो अौजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
* प्रबन्धकलाई विशेष प्राविधिक औजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो औजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
* विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
* विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
* निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
* निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।

०८:५३, ८ जुन २०१९को रुपमा हालको पुनरावलोकनहरू

यस विकिपिडियामा प्रबन्धक बन्नको लागि चाहिने न्यूनतम योग्यताहरू निम्नलिखित बुँदाहरूद्वारा प्रस्ट्याइएको छ। यो पृष्ठ समुदायको छलफलको आधारमा बनाइएको हो। यस आधिकारिक नीतिमा भएका कुनै पनि बुँदालाई सुधार गर्नको लागि सबैभन्दा पहिले चौतारीमा प्रस्ताव प्रस्तुत गर्नुपर्नेछ र सो प्रस्तावको निष्कर्ष अनुसार मात्र यस पृष्ठमा सुधार गर्न पाइनेछ।

  • प्रबन्धकलाई विशेष प्राविधिक औजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो औजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
  • विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
  • निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
  • विकिपिडियाको पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, श्रेणीकरण, ढाँचाहरूको सुधार/अनुवाद/उद्यतन, मोड्युलहरूको सुधार/अनुवाद, स्रोत विहीन लेखहरूमा सन्दर्भ स्रोत, उद्दरण थपेको अनुभवको व्यहोरा समुदायलाई जानकारी हुनुपर्नेछ।
  • न्यूनतम ६ महिनाको अनुभवसँगै मुख्य नामपदमा कम्तीमा १००० (स्वत: सम्पादन गनिने छैन) सम्पादन गर्नुका साथै लेख बनाउने नीति, दिशानिर्देशको बारेमा जानकारी हुनुपर्नेछ।
  • मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
  • प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको दोषी प्रयोगकर्तालाई समुदायले विरोध गर्ने भएको हुँदा यस किसिमको उल्लङ्घनबाट आफुलाई मुक्त राख्नुपर्नेछ।
  • प्रबन्धक बन्न उमेरको कुनै हदबन्दी नभएतापनि आफुलाई समुदाय समक्ष अनुभवी भएको प्रमाण आफ्नो कार्यबाट दिएर विश्वस्त पार्नुपर्नेछ।
  • प्रबन्धक पदको लागि उम्मेदवारी दिएको प्रयोगकर्ताले यस विकिपिडियामा रहेको विभिन्न अधिकार समूहहरू मध्ये रोलब्याकर र स्वगस्तीगर्ने प्रयोगकर्तामा हुनुपर्नेछ र त्यसका साथै आयात सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।

— यस वाहेक ध्यानदिनुपर्ने केही महत्वपूर्ण बुँदाहरू-

  • आफ्नो प्रयोगकर्ता नाम साधारण राख्ने।
  • आफ्नो वार्तालाप पृष्ठलाई पटक पटक नमेट्ने।
  • आफ्नो प्रयोगकर्ता पृष्ठमा राजनीति, धर्म र लिङ्गसम्बन्धी अनैतिक विचारधारा वा प्रचार नराख्ने।
  • आफुलाई सम्पादनभुक्तानबाट टाढा राख्ने।
  • कसैमाथि व्यक्तिगत आक्रमण नगर्ने।
  • समकक्षी तथा नयाँ प्रयोगकर्ताहरूलाई सक्दो सहयोग गर्ने।

मतदान प्रक्रिया[सम्पादन गर्नुहोस्]

  • आवेदन माथि छलफल तथा मतदान प्रक्रिया १ हप्तासम्म चल्नेछ।
  • कुनै प्रयोगकर्ताले आफू स्वयंलाई प्रबन्धक पदको लागि नामाङ्कन अनुरोध प्रेषित गरिसकेपछि मात्र मतदान, छलफल र टिप्पणीको समय आरम्भ हुनेछ।
  • कुनै प्रयोगकर्ताले आफू बाहेकको प्रयोगकर्तालाई प्रबन्धक पदको लागि नामाङ्कन गरेको हकमा नामाङ्कित व्यक्तिले प्रस्ताव ग्रहण गरेपछि मात्र मतदानको समय आरम्भ हुनेछ।
  • प्रयोगकर्ताले जाहेर गरेको मत “समर्थन”, “विरोध” वा “तटस्थ” को रूपमा हुनसक्नेछ तथा सम्बन्धित खण्डमा कारण सहित हस्ताक्षरद्वारा आफ्नो मत जाहेर गर्नुपर्नेछ।
  • प्रशासकले मतदानको समयसीमा सकिसकेपछि ८ओँ दिन र बढीमा ३ दिन थपेर ११ओँ दिन प्रबन्धक प्रस्तावमाथि अनिवार्य रूपमा निर्णय लिनुपर्नेछ।
  • प्रबन्धक प्रस्तावमाथि मतदानको लागि योग्य एक जना प्रयोगकर्ताले प्रबन्धक पदको लागि उम्मेदवार प्रयोगकर्तालाई कम्तीमा एउटा प्रश्न सोध्नुपर्नेछ।

मतदानको लागि आह्वान[सम्पादन गर्नुहोस्]

  • आफ्नो प्रबन्धक प्रस्तावमाथि मत जाहेर गर्न सो प्रयोगकर्ताले कुनै पनि प्रयोगकर्ता, प्रयोगकर्ताको वार्ता पृष्ठमा अनुरोध तथा विज्ञापन गर्न पाउने छैन तर यस बारेमा चौतारीमा प्रेषण गर्न सक्नेछन्।
  • आफ्नो प्रयोगकर्ता पृष्ठमा प्रबन्धक प्रस्तावको लागि मतदान हुँदैछ भनेर एउटा सूचना राख्न सक्नेछन्।

मतदानमा कसले भाग लिन सक्छन्?[सम्पादन गर्नुहोस्]

  • दर्ता गरिएको अथवा अज्ञात सबै प्रयोगकर्ताहरूले प्रस्ताव माथि टिप्पणी र प्रश्न गर्न सक्नेछन्।
  • दर्ता गरिएको प्रयोगकर्ताले मतदानमा भाग लिन सक्नेछन्। तर मतदानमा भाग लिन तल उल्लिखित शर्तहरू पुरा गरेको हुनुपर्नेछ।
  • विकिपिडियामा खाता बनाएको कम्तीमा पनि १ महिना पुगेको तथा १००+ सम्पादन (स्वागत र वार्ता पृष्ठ बाहेक) योगदान गरेको हुनुपर्ने।
  • आफ्नै नामाङ्कन माथिको प्रस्तावमा गरिएको मतदानलाई मतको रूपमा गणना गरिने छैन।
  • मतदानमा सहभागी भइसकेपछि कुनै पनि प्रकारले मतदाता निषेधित हुन गएमा उक्त मत बदर मानिनेछ।
  • कुनै पनि प्रकारले नेपाली विकिपिडियामा निषेधित प्रयोगकर्ताको निषेधित अवधि भित्रको मतदानलाई मतको रूपमा गनिनेछैन।
मतदाताहरूको लागि केही सुझाव
  • मतदानकै लागि वा मतदान प्रक्रियामा उपस्थिति मात्र जनाउनको लागि मतदान नगर्ने।
  • प्रस्तावित व्यक्तिसँगको व्यक्तिगत सम्बन्ध अथवा निजले लगाएको गुनको आधारमा मतदान नगर्ने।

मत गणना[सम्पादन गर्नुहोस्]

  • एक हप्ताको मतदान र छलफलको समयको समाप्ति पछि मतगणना शुरू हुनेछ। मतको स्पष्ट अङ्क नभएता पनि प्रयोगकर्ताहरूद्वारा गरिएको मत, समर्थन, तथा टिप्पणीको मुल्याङ्कनबाट निर्णय लिन सकिनेछ। सामान्यत: सफल अनुरोधको लागि कम्तीमा ५ जना योग्य मतदाताको समर्थनको मत र प्राप्त मतको ७५% मत समर्थनको मत हुनुपर्नेछ।

सफल अनुरोध[सम्पादन गर्नुहोस्]

  • प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय प्रशासकले गर्नेछन्। यसका निम्ति प्रशासकले प्राप्त मत, टिप्पणी र प्रस्ताव माथिको छलफललाई आधार मानेर मतदान सकिएको १ दिन र समयसीमालाई बढाएर ३ भित्र निर्णय लिनेछन्।
  • प्रशासकले ३ दिनभित्र निर्णय लिन वा प्रस्तावमाथि टिप्पणी गर्न असफल भएमा मापदण्ड बमोजिम सफल प्रस्तावलाई प्रबन्धकले मेटामा रहेका स्टेवार्डलाई अनुरोध गरेर निर्णय गराउन सक्नेछन्। यसै प्रकार असफल प्रस्तावलाई प्रबन्धकले खारेज गर्न सक्नेछन्।
  • प्रस्ताव स्वीकृत हुनको लागि कम्तीमा पनि ५ जना योग्य मतदाताको समर्थनको मत र प्राप्त मतको ७५% मत समर्थनको मत हुनुपर्नेछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]