"द गडफादर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६: पङ्क्ति ५६:
त्यसपछी न्युयोर्कका पाँच आपराधीक परिवारहरूबिचमा भिटोले आफ्ना छोराहरूको सुरक्षामा आशंका देखाउँदै माइकललाइ सिसिली शहरमा पठाइदिन्छ। सन्नीले आफ्नी बहिनी कन्नीलाइ दुर्व्यवहार गरेको भन्दै ज्वाइँ कार्लोमाथी हमला गर्छ र फेरि पनि यही व्यवहार दोहोर्याए ज्यानै लिने धम्की दिएर उसको घरबाट हिँड्छ तर घर फर्कने क्रममा सडक छेवैको टेलिफोन बुथमा एम्बुसमा पर्छ र उसको मृत्यु हुन्छ।

उता सिसिलीमा, माइकलको भेट एपोलोनिया भिटेलीसँग प्रेम हुन्छ जसको ज्यान माइकलका लागि लगाइएको कार बमले लिन्छ।
उता सिसिलीमा, माइकलको भेट एपोलोनिया भिटेलीसँग प्रेम हुन्छ जसको ज्यान माइकलका लागि लगाइएको कार बमले लिन्छ।

सन्नीको मृत्युका कारण उजाडिएको भिटोलाइ टाटाल्जियाहरूको नियन्त्रण इमिलो बार्जीनीले गरिरहेको स्थितिको ज्ञात हुन्छ र उसले यो बखेडा अन्त्य गर्ने प्रयत्न गर्छ। भिटोले पाँच परिवारका अगाडि हिरोइनको व्यवसायबारे आफ्नो पछिल्लो अडान फिर्ता लिने र सन्नीको मृत्युको बदला पनि बिर्सने विश्वास दिलाउँछ। जब माइकल सुरक्षित भएको महसुस भिटोले गर्छ, माइकलको घर वापसी हुन्छ र पारिवारिक व्यवसायमा लागी पर्छ अनि 'के' सँग विवाह गर्छ। विवाह पुर्व माइकले के लाइ वाचा गर्छ कि व्यवसाय ५ बर्ष भित्रमा जायज हुनेछ । के ले दुइ शिशुलाइ जन्म दिन्छिन्। भिटोले भने बाँच्नलाइ सङ्घर्ष गर्नुपर्ने हुन थालेको छ र फ्रेडो पनि कमजोर भएको छ। यस्तो अवस्थामा माइकले मुख्य जिम्मेवारी काँधमा लिन्छ। उसले हेगनलाइ लस भेगासमा जान अनुरोध गर्छ र भिटोका लागि गर्दै आएका काम पनि त्याग्न लगाउँछ। जब माइक ग्रिनीको फेमिली क्यासिनोको लगानी किन्न लस भेगास जान्छ, ग्रिनीको अगाडि पुच्छर हल्लाउने फ्रेडोको प्रवृत्ति देखेर निराश हुन्छ।

==सन्दर्भ सामाग्री==
==सन्दर्भ सामाग्री==

१८:३७, ७ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

दि गडफादर
निर्देशकफ्रान्सिस फर्ड कपोला
पटकथा
निर्माताअल्बर्ट एस्. रूडी
मुख्य कलाकार
छायाङ्कनगर्डन विलिस
सम्पादन
सङ्गीतनिनो रोटा
वितरकपारामाउण्ट पिक्चर्स
प्रदर्शन मिति
अवधि
१७७ मिनेट[१]
देशUnited States
भाषाEnglish
बजेट$5–6.5 million
बक्स अफिस$245–286 million

दि गडफादर सन् १९७२मा प्रदर्शनमा आएको एउटा अमेरिकी थ्रिलर फिल्म हो जुन मारियो पुजो को सोही नामको उपन्यासमा आधारित छ। यस चलचित्रको निर्देशन फ्रान्सिस फर्ड कपोलाले गरेका हुन्। यस चलचित्रको कहानी १९४५ देखि १९५५ बिचको दश बर्षमा केन्द्रित छ जहाँ एक अमेरिकी अपराधी परिवारको वृत्तान्त दर्शाइएको छ।

दि गडफादर ले उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ अभिनेता र रूपान्तरित सर्वश्रेष्ठ पटकथा का लागि ओस्कार अवार्ड समेत जितेको थियो।

कथावस्तु

सन् १९४५ मा डन भिटो कोर्लियोनलाइ आफ्नी छोरी कोन्नीको विवाह हुँदै गरेको समयमा न्यूयोर्कका अपराधीक परिवारहरूको अध्यक्ष बन्न आग्रह प्राप्त हुन्छ। कोर्लियोनको कान्छो छोरो माइकलले सोही अवसरमा आफ्नी प्रेमिका 'के आडम्स'को परिचय गराउँछ।भिटो कोर्लियोनको गडसन र लोकप्रिय गायक जोन्नी फन्टेन एउटा चलचित्रमा मुख्य भूमिका हात पार्नका हेतु सोही दिन भिटोलाइ भेट्न आउँछ जसको फलस्वरूप भिटोले तुरून्तै लस एन्जलसको चलचित्र कार्यकक्षमा फोन गरेर जोन्नीलाइ तथाकथीत भूमिका दिन आदेश गर्छ। कार्यकक्षको प्रमुख वोल्ट्जले उक्त आदेशलाइ नकार्छ। तर आफ्नो सय्यामा बिहानीपख उठ्दा रक्ताम्य घोडाको टाउको भेटेपछि भिटोको आदेश सिरोपर गर्न वोल्ट्ज बाध्य हुन्छ।

क्रिसमसको समय अघि, टाटाल्जिया अपराधीक परिवारले भिटोलाइ आफ्नो लागुऔषधको व्यवसायमा लगानी गर्न र भिटोको राजनीतिक सम्बन्धको आडमा उक्त व्यवसायलाइ सुरक्षित बनाउने प्रस्ताव राख्छ जुन प्रस्तावलाइ भिटोले अस्विकार गर्छ। डरलाग्दो व्यवसायको प्रस्तावका कारण सन्देहले भरिएको भिटोले उक्त परिवारको सुराकी गर्न लुका ब्राजीलाइ जिम्मा दिन्छ। ब्रुनो टाटाल्जिया र सोलोज्जो सँगको पहिलो भेटमै ब्राजीलाइ घाँटी थिचेर मारिन्छ। लगत्तै सोलोज्जोले भिटोलाइ बाटोमा बन्दुकको निशानामा पार्छ र हेगनलाइ अपहरण गर्छ। यद्यपी भिटो बाँच्न सफल हुन्छ तर घायल भएका कारण उसैको जेठो छोरो सन्नी कमाण्डमा आउँछ। सोलोज्जोले सन्नीलाइ ड्रग्सको प्रस्ताव स्विकार गर्न लगाउन हेगनलाइ दबाब दिन्छ। लगत्तै कोर्लियोन परिवारले एउटा पार्सल प्रप्त गर्छ जहाँ ब्राजीको बुलेटप्रफ ज्याकेटमा माछा बेरिएको हुन्छ जसको अर्थ हुन्छ कि- ब्राजीलाइ टुक्रा टुक्रा पारेर समुद्रमा फालिएको छ र उ माछाको आहार बन्दैछ।

भिटोलाइ अस्पतालमा मार्न गरिएको अर्को प्रयासलाइ माइकलले विफल बनाइदिन्छ। सोलोज्जोको अनाधिकारिक अङ्गरक्षक र न्युयोर्क पुलिस डिपार्टमेन्टको क्याप्टेन मार्क म्याकक्लस्कीले माइकलको बङ्गारा भाँचिदिन्छ। प्रतिसोधले भरिएको सन्नीले ब्रुनो टाटाल्जिया लाइ निसाना बनाउँछ भने माइकलले सोलोज्जो र म्याकक्ल्सकीलाइ मार्ने योजना बनाउँछ। माइकलले दुवैलाइ ब्रन रेस्टुरेन्टमा भेट्छ र हत्या गर्छ।

त्यसपछी न्युयोर्कका पाँच आपराधीक परिवारहरूबिचमा भिटोले आफ्ना छोराहरूको सुरक्षामा आशंका देखाउँदै माइकललाइ सिसिली शहरमा पठाइदिन्छ। सन्नीले आफ्नी बहिनी कन्नीलाइ दुर्व्यवहार गरेको भन्दै ज्वाइँ कार्लोमाथी हमला गर्छ र फेरि पनि यही व्यवहार दोहोर्याए ज्यानै लिने धम्की दिएर उसको घरबाट हिँड्छ तर घर फर्कने क्रममा सडक छेवैको टेलिफोन बुथमा एम्बुसमा पर्छ र उसको मृत्यु हुन्छ। उता सिसिलीमा, माइकलको भेट एपोलोनिया भिटेलीसँग प्रेम हुन्छ जसको ज्यान माइकलका लागि लगाइएको कार बमले लिन्छ।

सन्नीको मृत्युका कारण उजाडिएको भिटोलाइ टाटाल्जियाहरूको नियन्त्रण इमिलो बार्जीनीले गरिरहेको स्थितिको ज्ञात हुन्छ र उसले यो बखेडा अन्त्य गर्ने प्रयत्न गर्छ। भिटोले पाँच परिवारका अगाडि हिरोइनको व्यवसायबारे आफ्नो पछिल्लो अडान फिर्ता लिने र सन्नीको मृत्युको बदला पनि बिर्सने विश्वास दिलाउँछ। जब माइकल सुरक्षित भएको महसुस भिटोले गर्छ, माइकलको घर वापसी हुन्छ र पारिवारिक व्यवसायमा लागी पर्छ अनि 'के' सँग विवाह गर्छ। विवाह पुर्व माइकले के लाइ वाचा गर्छ कि व्यवसाय ५ बर्ष भित्रमा जायज हुनेछ । के ले दुइ शिशुलाइ जन्म दिन्छिन्। भिटोले भने बाँच्नलाइ सङ्घर्ष गर्नुपर्ने हुन थालेको छ र फ्रेडो पनि कमजोर भएको छ। यस्तो अवस्थामा माइकले मुख्य जिम्मेवारी काँधमा लिन्छ। उसले हेगनलाइ लस भेगासमा जान अनुरोध गर्छ र भिटोका लागि गर्दै आएका काम पनि त्याग्न लगाउँछ। जब माइक ग्रिनीको फेमिली क्यासिनोको लगानी किन्न लस भेगास जान्छ, ग्रिनीको अगाडि पुच्छर हल्लाउने फ्रेडोको प्रवृत्ति देखेर निराश हुन्छ।

सन्दर्भ सामाग्री

  1. "THE GODFATHER (18)", British Board of Film Classification, मे ३१, १९९६, मूलबाट अप्रिल २८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १५, २०१६