"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २२: | पङ्क्ति २२: | ||
| footnotes = |
| footnotes = |
||
}} |
}} |
||
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी [[चन्द्र शमशेर |
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी [[चन्द्र शमशेर जङ्गबहादुरर]]का जेठा छोरा थिए । |
||
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५० == |
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५० == |
१७:१६, २७ डिसेम्बर २०१९ जस्तै गरी पुनरावलोकन
मोहन शमशेर जङ्गबहादुर राणा | |
---|---|
१७ औं प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री | |
कार्यकाल वि.सं. २००५ – वि.सं. २००७ | |
पूर्वाधिकारी | पद्म शमशेर |
उतराधिकारी | मातृका प्रसाद कोइराला |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९ |
मृत्यु | वि.सं. २० |
अभिभावक | चन्द्र शमशेर |
मोहन सम्शेर जंगबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी चन्द्र शमशेर जङ्गबहादुररका जेठा छोरा थिए ।
भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०
वि.सं २००७ श्रावन १६ सोमबार ३१ जुलाई, १९५० मा भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५० नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागी भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारा हस्ताक्षर गरियेको थियो । १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने , ‘मैले मेरो मुलुकको सम्प्रभूता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरुलाई भोज खुवाउन पैसा पनि बाँडे।
सात सालको क्रान्ति
दिल्ली सम्झौता
दिल्लीमा राजा, राणा र कांग्रेस बीच त्रिपक्षिय वार्ता भयो जसनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए । डा के आई सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे ।
अन्तरिम मन्त्री मण्डल
दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो ।जसअनुसार २००७ फागुन ७ मा निम्न अनुसार मन्त्रि मण्डल बन्यो ।
राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)
- १. श्री ३ महाराज मोहनसम्शेर ज.ब.रा.- प्रधान मन्त्रि तथा पररास्ट्र
- २. मिनिष्टर बबरसम्शेर ज.ब.रा.- रक्षा मन्त्री
- ३. विश्वेश्वरप्रसाद कोइराला- गृह मन्त्री
- ४. सुर्वण सम्शेर ज.ब.रा.- अर्थ मन्त्री
- ५. चूडाराज सम्शेर ज.ब.रा.- वन विभागको मन्त्री
- ६. गणेशमान सिंह- उद्योग वाणिज्य मन्त्री
- ७. नृपजङ्ग राणा- शिक्षा मन्त्री
- ८. भद्रकाली मिश्र- यातायात मन्त्री
- ९. यज्ञबहादुर बस्न्यात- स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
- १०. भरतमणि शर्मा- खाद्य र कृषि मन्त्री [१]
निर्वासन
आफु शासन गरेका प्रजाहरुबाट आफु शासित नहुने भनेर मोहन शमशेर वि.सं २००८ मा स्व-निर्वासनमा गए ।
सन्तान
- शरद शमशेर राणा
- विजय शमशेर राणा
- मोह भक्त राज्य लक्ष्मी
- थगेन्द्र राज्य लक्ष्मी
- रुपराज्य राज्य लक्ष्मी
- लिला राज्य लक्ष्मी
- महेन्द्र राज्य लक्ष्मी
- शारदा राज्य लक्ष्मी [२]
मृत्यु
सन्दर्भ सामग्रीहरू
- ↑ २००७ साल फागुन ७ गतेको गो.प.
- ↑ [http://www.royalark.net/Nepal/lamb10.htm]