"मेर्सेदेस मोने" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
केही हिज्जे सुधार
पङ्क्ति २०: पङ्क्ति २०:
'''मार्सिडेस केस्ट्नर-भर्नाडो''' (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल [[डब्ल्युडब्ल्युई]]को '''र'''मा कार्यरत छिन् जहाँ उनी '''सासा बेङ्क्स''' नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक ''र'' महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्।
'''मार्सिडेस केस्ट्नर-भर्नाडो''' (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल [[डब्ल्युडब्ल्युई]]को '''र'''मा कार्यरत छिन् जहाँ उनी '''सासा बेङ्क्स''' नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक ''र'' महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्।


उनले सुरुवाती चरणमा स्वतन्त्र श्रृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक ''र'' महिला विजेता र हाल [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग एकपटक '''र''' पहिलो महिला ट्याग टिम विजेता हुन्। ७ अक्टोबर २०१५ मा आयोजित एनएक्सटी टेक ओभर: रेस्पेक्टमा उनको र बेइलीको खेल महिला कुस्तीमा पहिलो आइरन म्यान म्याच भएको थियो र उक्त खेल तात्कालिक समयमा सबैभन्दा लामो खेल बनेको थियो।<ref name="Respect">{{cite web|last1=मिलुक|first1=बबी|title=NXT Women's Champion Bayley vs. Sasha Banks (30-Minute WWE Iron Man Match)|url=https://www.wwe.com/shows/wwenxt/nxt-takeover-2015-10-07/bayley-sasha-banks-nxt-womens-title-iron-man-match-27942052|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=September 10, 2015}}</ref> प्रो रेस्लिङ इलुस्ट्रेटरद्वारा उक्त खेललाई वर्षको उत्कृष्ट खेलको रुपमा घोषित गरिएकाे थियो।
उनले सुरुवाती चरणमा स्वतन्त्र शृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक ''र'' महिला विजेता र हाल [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग एकपटक '''र''' पहिलो महिला ट्याग टिम विजेता हुन्। ७ अक्टोबर २०१५ मा आयोजित एनएक्सटी टेक ओभर: रेस्पेक्टमा उनको र बेइलीको खेल महिला कुस्तीमा पहिलो आइरन म्यान म्याच भएको थियो र उक्त खेल तात्कालिक समयमा सबैभन्दा लामो खेल बनेको थियो।<ref name="Respect">{{cite web|last1=मिलुक|first1=बबी|title=NXT Women's Champion Bayley vs. Sasha Banks (30-Minute WWE Iron Man Match)|url=https://www.wwe.com/shows/wwenxt/nxt-takeover-2015-10-07/bayley-sasha-banks-nxt-womens-title-iron-man-match-27942052|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=September 10, 2015}}</ref> प्रो रेस्लिङ इलुस्ट्रेटरद्वारा उक्त खेललाई वर्षको उत्कृष्ट खेलको रूपमा घोषित गरिएकाे थियो।


सन् २०१६ मा उनी र [[सार्लेट फ्लेयर]] पहिलोपटक महिला कुस्ती खेलाडीको रुपमा शीर्ष स्थानमा आएका थिए<ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-10-03/article/sasha-banks-def-charlotte-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=October 3, 2016|accessdate=February 21, 2017}}</ref><ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte Flair to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-11-28/article/sasha-banks-def-charlotte-flair-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=November 28, 2016|accessdate=February 21, 2017}}</ref> र उनीहरूको खेल इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो।<ref name="FeudOfTheYear">{{cite journal|year=सन् २०१६ |journal=प्रो रेस्लिङ इलुस्ट्रेटेड |volume=३६|issue=2|title=पिडब्ल्यूआई पुरस्कार|pages=२२–२३}}</ref> १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा बेङ्क्स र बेइलीको जोडीले अन्तिमा [[मेन्डी रोज]] र [[सोनिया डभिल]]को जोडीलाई हराउँदै पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।
सन् २०१६ मा उनी र [[सार्लेट फ्लेयर]] पहिलोपटक महिला कुस्ती खेलाडीको रूपमा शीर्ष स्थानमा आएका थिए<ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-10-03/article/sasha-banks-def-charlotte-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=October 3, 2016|accessdate=February 21, 2017}}</ref><ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte Flair to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-11-28/article/sasha-banks-def-charlotte-flair-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=November 28, 2016|accessdate=February 21, 2017}}</ref> र उनीहरूको खेल इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो।<ref name="FeudOfTheYear">{{cite journal|year=सन् २०१६ |journal=प्रो रेस्लिङ इलुस्ट्रेटेड |volume=३६|issue=2|title=पिडब्ल्यूआई पुरस्कार|pages=२२–२३}}</ref> १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा बेङ्क्स र बेइलीको जोडीले अन्तिममा [[मेन्डी रोज]] र [[सोनिया डभिल]]को जोडीलाई हराउँदै पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।


== बाल्यकाल ==
== बाल्यकाल ==
भर्नाडोको जन्म [[अमेरिका]]को [[क्यालिफोर्निया]]स्थित फेयरफिल्डमा भएको थियो<ref>{{cite web|url=https://www.foxsports.com/wwe/gallery/wwe-stars-before-they-made-it-to-wwe-photos-undertaker-steve-austin-080116|title=15 amazing photos of WWE stars before they made it to WWE – FOX Sports|publisher=फक्स खेलकुद|accessdate=August 21, 2017}}</ref><ref>{{Cite web|url=https://news.yahoo.com/sasha-banks-open-tonight-wwe-135915519.html|title=Sasha Banks to Open Tonight's WWE 'Raw,' Make In-Ring Return vs Natalya Later in Show (Exclusive)|website=[[याहु! समाचार]]}}</ref> र पछि उनी त्यहाँबाट विभिन्न स्थानहरूमा सरुवा भएकी थिइन् र उनको अशक्त दाजुलाई विद्यालय र राम्रो आवास खोज्दै उनी विभिन्न ठाउँमा गएकी थिइन्<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=40:17|title=TIJ – EP168 – Sasha Banks|website=Talk is Jericho|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=August 17, 2015|url-access=subscription}}</ref> र पछि उनी बाेस्टनको म्यासाचुसेट्स स्थायी रुपमा बसेकी थिइन्। बोस्टनमा आएपछि उनले त्यहीँबाट कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्।<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=38:04|title=TIJ – EP168 – Sasha Banks|website=टक इज जेरिको|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=January 26, 2016|url-access=subscription}}</ref> उनको पूर्वजहरू अफ्रिकी, अमेरिकी र युरोपेली मुलका हुन्।<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=48:09|title=TIJ – EP168 – Sasha Banks|website=टक इज जेरिको|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=February 2, 2016|url-access=subscription}}</ref>
भर्नाडोको जन्म [[अमेरिका]]को [[क्यालिफोर्निया]]स्थित फेयरफिल्डमा भएको थियो<ref>{{cite web|url=https://www.foxsports.com/wwe/gallery/wwe-stars-before-they-made-it-to-wwe-photos-undertaker-steve-austin-080116|title=15 amazing photos of WWE stars before they made it to WWE – FOX Sports|publisher=फक्स खेलकुद|accessdate=August 21, 2017}}</ref><ref>{{Cite web|url=https://news.yahoo.com/sasha-banks-open-tonight-wwe-135915519.html|title=Sasha Banks to Open Tonight's WWE 'Raw,' Make In-Ring Return vs Natalya Later in Show (Exclusive)|website=[[याहु! समाचार]]}}</ref> र पछि उनी त्यहाँबाट विभिन्न स्थानहरूमा बसाइ सरेकी थिइन् र उनको अशक्त दाजुलाई विद्यालय र राम्रो आवास खोज्दै उनी विभिन्न ठाउँमा गएकी थिइन्<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=40:17|title=TIJ – EP168 – Sasha Banks|website=Talk is Jericho|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=August 17, 2015|url-access=subscription}}</ref> र पछि उनी बाेस्टनको म्यासाचुसेट्समा स्थायी रुपमा बसिन। बोस्टनमा आएपछि उनले त्यहीँबाट कुस्तीमा प्रशिक्षण लिन सुरु गरिन।<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=38:04|title=TIJ – EP168 – Sasha Banks|website=टक इज जेरिको|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=January 26, 2016|url-access=subscription}}</ref> उनको पूर्वजहरू अफ्रिकी, अमेरिकी र युरोपेली मुलका हुन्।<ref>{{cite podcast|url=http://podcastone.com/pg/jsp/program/episode.jsp?programID=593&pid=529861|time=48:09|title=TIJ – EP168 – Sasha Banks|website=टक इज जेरिको|publisher=पोडकास्ट वान|author=क्रिस जेरिको|accessdate=February 2, 2016|url-access=subscription}}</ref>


== व्यवसायिक कुस्ती कार्यकाल ==
== व्यवसायिक कुस्ती कार्यकाल ==

१८:५६, २९ फेब्रुअरी २०२० जस्तै गरी पुनरावलोकन

सासा बेङ्क्स
सन् २०१८ मा सासा बेङ्क्स
वास्तविक नाममार्सडेज केस्टनर-भर्नाडो
जन्म (1992-01-26) २६ जनवरी १९९२ (उमेर ३२)
फोयरफिल्ड क्यालिफोर्निया, अमेरिका
जीवनसाथी(हरू)
सारथ टन
(
वि २०१६)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नाममार्सिडेज केभी
मिस मार्सिडेज
सासा बेङ्क्स
उचाई५ फिट ५ इन्च (१.६५ मी)[१]
उत्पत्तिबोस्टन[१]
क्याम्ब्रिज[२]
प्रशिक्षकब्रायन फुरी[३]
ब्रायन मिलोनस[३]
हेन्सन[३]
सारा डेल रे[३]
पदार्पण८ अगस्ट २०१०

मार्सिडेस केस्ट्नर-भर्नाडो (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको मा कार्यरत छिन् जहाँ उनी सासा बेङ्क्स नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक बेइलीसँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्।

उनले सुरुवाती चरणमा स्वतन्त्र शृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक महिला विजेता र हाल बेइलीसँग एकपटक पहिलो महिला ट्याग टिम विजेता हुन्। ७ अक्टोबर २०१५ मा आयोजित एनएक्सटी टेक ओभर: रेस्पेक्टमा उनको र बेइलीको खेल महिला कुस्तीमा पहिलो आइरन म्यान म्याच भएको थियो र उक्त खेल तात्कालिक समयमा सबैभन्दा लामो खेल बनेको थियो।[४] प्रो रेस्लिङ इलुस्ट्रेटरद्वारा उक्त खेललाई वर्षको उत्कृष्ट खेलको रूपमा घोषित गरिएकाे थियो।

सन् २०१६ मा उनी र सार्लेट फ्लेयर पहिलोपटक महिला कुस्ती खेलाडीको रूपमा शीर्ष स्थानमा आएका थिए[५][६] र उनीहरूको खेल इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो।[७] १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा बेङ्क्स र बेइलीको जोडीले अन्तिममा मेन्डी रोजसोनिया डभिलको जोडीलाई हराउँदै पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।

बाल्यकाल

भर्नाडोको जन्म अमेरिकाको क्यालिफोर्नियास्थित फेयरफिल्डमा भएको थियो[८][९] र पछि उनी त्यहाँबाट विभिन्न स्थानहरूमा बसाइ सरेकी थिइन् र उनको अशक्त दाजुलाई विद्यालय र राम्रो आवास खोज्दै उनी विभिन्न ठाउँमा गएकी थिइन्[१०] र पछि उनी बाेस्टनको म्यासाचुसेट्समा स्थायी रुपमा बसिन। बोस्टनमा आएपछि उनले त्यहीँबाट कुस्तीमा प्रशिक्षण लिन सुरु गरिन।[११] उनको पूर्वजहरू अफ्रिकी, अमेरिकी र युरोपेली मुलका हुन्।[१२]

व्यवसायिक कुस्ती कार्यकाल

काओटिक रेस्लिङ (सन् २०१०-२०१२)

केस्टनर-भर्नाडोले सन् २००८ मा म्यासाचुसेट्सस्थित वोबर्नमा आयोजना गरिएकाे काओटिक रेस्लिङमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्।[३] उनले १ अक्टोबर २०१० मा आफ्नो रिङ नाम मर्सिडेस केभी राख्दै रिङमा पर्दापण गरेकी थिइन्। उनको पहिलो खेलमा उनी र उनको साथी निकी रक्सले अलेक्सिस र ड्यानी ई विरुद्धको खेलमा हार बोहोरेका थिए।[१३] २२ अक्टोबर २०१० मा उनले आफ्नो कार्यकालको पहिलो एकल खेल खेलेकी थिइन् जहाँ उनको सामना ड्यानी ई विरुद्धमा भएको थियो भने उक्त खेलमा केभी ड्यानी ईसँग पराजित भएकी थिइन्। [१४][१३]

७ जनवरी २०११ मा केभीले पहिलो जित हासिल गरिन् जब एक ट्याग टिम खेलमा उनी र रक्सले अलेक्सिस र मिस्ट्रेस बेलमन्टलाई हराए। ११ फेब्रुअरीमा केभीले पहिलो काओटिक महिला उपाधिका लागि ५ महिला गनलेट खेल खेलेकी थिइन् भने उक्त खेलमा उनले उपाधि जित्न असमर्थ रहेकी थिइन्।[१३] केभीले त्यसपछि विभिन्न एकल खेलहरू खेलेकी थिइन् जहाँ उनले तात्कालिक काओटिक महिला विजेता अलेक्सिसलाई आत्मसमर्पण खेलमा हराउँदै पहिलोपटक काओटिक रेस्लिङ महिला विजेता बन्न सफल भएकी थिइन्। [३][१३][१५]

केभी महिला विजेता बनेपछि उनले उक्त उपाधि पहिलोपटक ६ जनवरी २०११ मा बार्बीको विरुद्धमा लगाएकी थिइन् जहाँ उनले बर्बीलाई हराउन सफल बनेकी थिइन्।[३][१३] २७ जनवरी २०११ का दिन केभी लुसिएस लतासाको विरुद्धमा उनको उपाधि दाउमा राखेकी थिइन् भने उक्त खेलमा पनि केभीले लुसिएसलाई हराएकी थिइन्।[३][१६] केभीले अलेक्सिससँगको पुन: खेलमा पनि जित हासिल गरेकी थिइन्।[३][१७] उनले त्यसपछि उक्त उपाधिलाई दुईपटक निकी रक्सको विरुद्धमा लगाएकी थिइन् र उक्त दुई खेलमा पनि उनले जित हासिल गरेकी थिइन्।[३][१३] १ जुन २०११ मा आयोजना गरिएको पेटल फोर वे (चार जना एक एक्लै प्रतिस्पर्धा गर्ने) खेलमा केभीले अलेक्सिस, बार्बी र बेलमोन्टलाई हराउँदै उपाधि आफुसँगै कायम राखेकी थिइन् जसका कारण काओटिक रेस्लिङमा उनी लामो समयसम्म महिला विजेताको कीर्तिमान बनाएकी अलेक्सिसको १८२ दिनलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन्।[१८] जुन २४, जुलाई २० र १७ अगस्ट का दिन आयोजित फरकफरक खेलमा केभीले क्रमश बार्बी, एइडा मेरी र केसी रेलाई उपाधिको खेलमा हराउन सफल भएकी थिइन्।[३] केभीले १८ अगस्टमा दिन काओटिक रेस्लिङमा अन्तिम उपस्थिति जनाएकी थिइन् जहाँ उनी एभि फिटसँग पराजित भएकी थिइन्।[३] १८ अगस्टमा काओटिक रेस्लिङले महिला उपाधि खालि रहेको जानकारी गरेका थियो जब केभीले काओटिक रेस्लिङबाट डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरिन्। केभीले काओटिक रेस्लिङमा २५९ दिन सम्म महिला विजेता बनेकी थिइन्।[३]

स्वतन्त्र सर्किट (सन् २०१०–२०१२)

फेब्रुअरी २०१२ मा बेङ्क्स मार्सिडेज केभीको रुपमा

८ अगस्ट २०१० का दिन केभीले न्यु इङल्याण्ड च्याम्पियनसिप रेस्लिङमा पर्दापण गरेकी थिइन् जहाँ उनी र इभिको टोलीले एरियल र स्यामि लेनको टोलीलाई हराएका थिए।[३] उनले ४ सेप्टेम्बर २०११ मा पुन एनइसिडब्ल्यूईमा पुन उपस्थिति जनाएकी थिइन् जहाँ उनी र इभिले बेलमोण्ट र भिडा स्कटको टोलीलाई हराउन सफल भए।[३] २३ सेप्टेम्बरका दिन केभीले उनको पहिलो एकल खेल खेलेकी थिइन् जहाँ उनले मिस्ट्रेस बेलमोन्टलाई हराउन सफल भइन्।[३][१९] केभीले १४ जुलाई २०१२ मा उक्त पदोन्नति अन्तरगत स्वतन्त्र सर्किटमा फर्किएकी थिइन् जहाँ उनले एड्रियानालाई हराएकी थिइन्। [३][२०]

केभीले आफ्नो रिङ नाम मिस मार्सिडेसको नामले नेसनल रेस्लिङ एलायन्स (एनडब्ल्यूए)मा १९ नोभेम्बर २०१० का दिन पर्दापण गरेकी थिइन् जहाँ उनको र जिलियन स्टारको खेलमा उनले हार बेहोरेपछि उनले स्टारसँग द्वन्द्वको सुरुवातगराएकी थिइन्।[३] उक्त खेलको दुई दिन पश्चात् मार्सिडेसले सिक अलि र निक फरेनहाइटलाई छुट्टाछुट्टै एकल खेलहरूमा हराएकी थिइन्।[३] मार्सिडेसले पछि ग्रेट चिन्नीसँगको द्वन्द्वको सुरुवात गरेकी थिइन्। अगस्ट ९ का दिन मार्सिडेसले उक्त पदोन्नति अन्तरगत उनको अन्तिम खेल खेलेकी थिइन् [३]जहाँ उनले एरलिनलाई एकल खेलमा हराउन सफल बनिन्।[३]

डब्ल्युडब्ल्युई

द बिएफएफ (सन् २०१२–२०१४)

सन् २०१२ मा केष्टनर-भर्नाडोले डब्ल्युडब्ल्युईसँग एक प्रशिक्षण केन्द्रमा कुस्तीको लागि खेल खेल्न पाएकी थिइन् भने १८ अगस्ट २०१२ मा उनले डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। उनले डब्ल्यूडब्ल्यूुईसँग आवद्ध भएपछि उनले डब्ल्युडब्ल्युईक‍ विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कार्यकाल सुरु गरेकी थिइन् र उनले आफ्नो रिङ नाम सासा बेङ्क्समा परिणत गरेकी थिइन्। बेङ्क्सले १२ डिसेम्बर २०१२ मा एनएक्सटीमा पहिलो खेल खेले पेजको विरुद्धमा खेलेकी थिइन् भने उक्त खेलमा उनले पेजसँग हार बेहोरेकी थिइन्। बेङ्क्सले २३ जनवरी २०१३ मा एनएक्सटीमा आवद्ध भएपछि पहिलो जित हासिल गरेकी थिइन् जब उनले अलिसा फक्सलाई एकल खेलमा हराउन सफल भइन्। बेङ्कसलाई मेरीले एनएक्सटीको एक श्रृङ्खलामा हराएकी थिइन्। बेङ्क्सले पेजसँग साझेदारी गर्दै मेरी र।समर रेको जोडीलाई हराएपछि मेरी र बेङ्क्सको द्वन्द्वको अन्त्य भएको थियो। १९ जुन एनएक्सटीको एक श्रृङ्खलामा बेङ्क्सले पहिलोपटक निर्माण गरिएको एनएक्सटी महिला उपाधिका लागि खेल खेलेकी थिइन् तर उक्त खेलमा उनलाई समर रेले पहिलो चरणबाटै खेलबाट निस्कासन गराएकी थिइन्।

त्यस खेलको केही हप्ता पनि समर रेको प्रभावका कारण बेङ्क्ले ११ सेप्टेम्बर एनएक्सटीको एक श्रृङ्खलामा तात्कालिक एनएक्सटी महिला विजेता पेजसँग हार्न पुगेकी थिइन् र खेल सकिने बित्तिकै बेङ्क्स र समर रेले मिलेर पेजलाई आक्रमण गर्दै एन टोली गठन गरेका थिए। उक्त खेलको दुई हप्ता पछि बेङ्क्सको सामना बेइलीसँग भएको थियो भने उक्त खेलमा रेको हस्तक्षेपका कारण बेङ्क्सले खेल जितेकी थिइन्। उक्त खेल पश्चात् रे र बेङ्क्सले उनीहरूको टोलीलाई द बिएफएफ (द बियुटिफुल, फेर्स फेमेल्स) नाम राखेका थिए। द बिएफएफले उनीहरूको पहिलो खेल एमा र पेजको विरुद्धमा खेलेका थिए जहाँ द बिएफएफले पेज र एमालाई हराएका थिए। १३ नोभेम्बर एनएक्सटीको एक श्रृङ्खलामा द बिएफएफको खेल सार्लेट र बेइलीको विरुद्धमा जारी गरिएको थियो भने उक्त खेलमा पनि बिएफएफ विजेता बनेका थिए। खेल सकिने बित्तिकै सार्लेटले बेइलीलाई आक्रमण गर्दै द बिएफएफसँग आवद्ध भएकी थिइन्। मध्य जनवरी २०१४ मा रे डब्ल्युडब्ल्युईको मुख्य कार्यसूचीमा आवद्ध भएपछि बेङ्क्स र सार्लेटले बेइलीसँग द्वन्द्व चलाएका थिए भने उता तिर बेइलीले पनि नेटालियासँग साझेदारी गर्दै एक टोली गठन गरेकी थिइन्। ६ अप्रिलमा बेङ्क्स रेसलमेनिया ३० मा देखा परेकी थिइन्। मे महिनामा बेङ्क्सले खालि रहेको एनएक्सटी महिला च्याम्पियनसिपका लागि एक प्रतिस्पर्धामा भाग जनाएकी थिइन् जहाँ उनले पहिलो चरणमा बेइलीलाई हराएकी थिइन् भने सेमिफाइनलमा उनी नेटालियासँग पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन्। जुलाई ३ एनएक्सटीको एक श्रृङ्खलामा बेङ्क्स र सार्लेटको जोडी बेइली बेकी लिञ्चसँग पराजित भएका थिए।

एनएक्सटी महिला विजेता (सन् २०१४–२०१५)

१४ अगस्ट एनएक्सटीको एक श्रृङ्खलामा बेङ्क्स र बेइलीको खेल आयोजना गरिएको जसमा उक्त खेलको विजेता महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बन्न पाउने प्राबधान रहेको थियो। उक्त खेलमा बेङ्क्सले बेइलीको विरुद्धको खेलमा हार बेहोरेकी थिइन्। ११ सेप्टेम्बरमा आयोजित एनएक्सटी टेक ओभरमा बेइलीले सार्लेटको विरुद्धमा च्याम्पियनसिप खेल खेलिरहेका बेला बेङ्क्सले बेइलीलाई आक्रमण गरेकी थिइन्। २३ अक्टोबरमा आयोजना गरिएको एनएक्सटीको एक श्रृङ्खलामा बेङ्क्सले बेइलीलाई एकल खेलमा हराएपछि बेकी लिञ्चले बेइलीलाई आक्रमण गर्दै बेङ्क्ससँग साझेदारी गरेकी थिइन्। त्यसपछि बेङ्क्सले तात्कालिक एनएक्सटी महिला विजेता सार्लेटकोसँग द्वन्द्वको सुरुवात गरेकी थिइन् जसका कारण ११ डिसेम्बरमा उनीहरूको खेल एनएक्सटी टेक ओभर: आर इभोलुसनमा जारी गरिएको थियो र उक्त खेलमा सार्लेटले बेङ्क्सलाई हराएकी थिइन्। बेङ्क्सले सार्लेटको उपाधिका लागि २५ डिसेम्बरमा पुन खेल खेलेकी थिइन् तर उक्त खेलमा पनि बेङ्क्स पारजित भएकी थिइन्। बेङ्क्स पहिलोपटक ३० डिसेम्बर २०१४ मेन इभेन्टको एक श्रृङ्खलामा डब्ल्युडब्ल्युईको मुख्य कार्यसूचीमा देखा परेकी थिइन् जहाँ उनी सार्लेटसँग पराजित भएकी थिइन्। २१ जनवरी २०१५ का दिन बेङ्क्सले पुन एकपटक महिला च्याम्पियनसिपका लागि खेल खेल्न पाएकी थिइन् भने उक्त खेलमा बेकी लिञ्चले बेङ्क्सलाई आक्रमण गरेका कारण खेल स्थगित गरिएको थियो र लिञ्चले आक्रमण गरेका कारण बेङ्क्स र लिञ्च पनि टोलीबाट छुट्टिएका थिए।

मार्च २०१५ मा बेङ्क्स सार्लेटसँग कुस्ती खेल्दै

११ फेब्रुअरी एनएक्सटी टिक ओभर: राइभलमा बेङ्क्सको सामना महिला उपाधिका लागि सार्लेट, लिञ्च र बेइलीको विरुद्धमा भएको थियो जहाँ बेङ्क्सले सार्लेटलाई हराउँदै पहिलोपटक एनएक्सटी महिला विजेता बन्न सफल भएकी थिइन्। बेङ्क्सले ४ मार्च एनएक्सटीको एक श्रृङ्खलामा सार्लेटको विरुद्धमा उपाधि दाउमा लगाएकी थिइन् तर उक्त खेलमा बेङ्क्सले सफलतापूर्वक सार्लेटलाई हराएकी थिइन् र २५ मार्चमा अलेक्सा ब्लिसलाई पनि हराएकी थिइन्। मे २० मा आयोजित एनएक्सटी टेक ओभर: अनस्टपएबलमा बेङ्क्ले लिञ्चलाई उपाधिका लागि खेलमा सफलतापूर्वक हराएकी थिइन्। ८ जुलाई एनएक्सटीको एक श्रृङ्खलामा बेङ्क्सले सार्लेटसँग साझेदारी गर्दै एमा र डेना ब्रुकको टोलीलाई हराएका थिए र त्यस खेलको अन्त्य पछि सार्लेटले बेङ्क्ससँग उपाधिका लागि खेल माग गरेकी थिइन् जुन बेङ्क्सले स्वीकार गरेकी थिइन्। उनीहरू बीच उपाधिका लागि खेल १५ जुलाई २०१५ मा दिन आयोजना गरिएको थियो भने उक्त खेलमा बेङ्क्सले सार्लेटलाई हराएकी थिइन्।

२२ अगस्ट २०१५ मा आयोजना गरिएको एनएक्सटी टेक ओभर: ब्रोक्लेनमा बेइलीले सासा बेङ्क्सलाई हराउँदै पहिलोपटक एनएक्सटी महिला विजेता बनेकी थिइन् र उनले उक्त उपाधि जितेपछि सार्लेट, लिञ्च र बेङ्क्सको साथ जितको उत्सब मनाएकी थिइन्। बेङ्क्स समग्रमा महिला विजेता बनेकी १९२ दिन पछि उपाधि गुमाएकी थिइन्। बेइली र बेङ्क्सको पुन खेल एनएक्सटी महिला च्याम्पियनसिपका लागि हुने घोषणा गरिएको थियो जुन ७ अक्टोबरका दिन पहिलो ३० मिनेट आइरन विमेन म्याच आयोजना हुने जारी गरिएको थियो। उक्त खेलमा पनि बेइलीले बेङ्क्सलाई खेलको समय सकिन ३ सेकेण्ड बाँकी रहँदा जितेकी थिइन्।

महिला कुस्तीमा क्रान्ति (सन् २०१५–२०१६)

बेङ्क्सले आधिकारिक रुपमा १३ जुलाई २०१५ डब्ल्युडब्ल्युईको मुख्य कार्यसूची मा सार्लेट फ्लेयर र सासा बेङ्क्सको साथमा पर्दापर्ण गरेकी थिइन्। लिञ्च र सार्लेटले पेजसँग साझेदारी गर्दै एक टोली गठन गर्दै टिम बेला (निकी बेला, ब्रि बेला र अलिसा फक्स)सँग द्वन्द्वको सुरुवात गरेका थिए भने सासा बेङ्क्सले नेयोमी र टमिनासँग साझेदारी गर्दै अर्को टोली गठन गरेका थिए जसलाई उनहरूले टिम ब्याड नाम राखेका थिए। उक्त तीन टोलीको द्वन्द्व त्यहीँबाट सुरुवात भएको थियो। पेज, लिञ्च र सार्लेटको जेडिले अन्ततः उनीहरूको टोलीको नाम पिसिबी राख्दै नयाँ रुपमा देखा पर्न सुरु गरेका थिए। लिञ्चले २० जुलाई को एक श्रृङ्खलामा रिङमा पर्दापण गरेकी थिइन्। २८ जुलाई २०१५ मेन इभेन्टको एक श्रृङ्खलामा उनले खेलेका खेलहरू मध्य उनको पहिलो जित ब्रि बेलाको विरुद्धमा भएको थियो। उक्त तीन टोलीको।सामना अन्ततः समरस्ल्याममा आयोजना गरिएको थियो र उक्त खेलमा पिसिबीले दुई टोलीलाई हराउँन सफल भएका थिए। बेङ्क्सले १९ जुलाई २०१५ का दिन ब्याटलग्राउण्ड पे-पर-भ्युमा उनको पहिलो पे-पर-भ्यु देल खेलेकी थिइन् जहाँ उनले सार्लेटको डब्ल्युडब्ल्युई डिभास च्याम्पियनसिपका लागि सार्लेट र ब्रि बेलाको विरुद्धमा मैदान उत्रिएकी थिइन्। उक्त खेलमा भने सर्लेटको दुवै बेङ्क्स र बेलालाई हराएकी थिइन्। उक्त खेलपछि बेङ्क्स ट्याग टिम खेलमा नेयोमीसँग साझेदारी गर्दै निकी बेला र उनकी साथीलाई हराएका थिए भने निकी बेलासँगको एकल खेलमा पनि बेङ्क्सले २७ जुलाई को एक श्रृङ्खलामा बेलालाई पहिलोपटक हराउन सफल भएकी थिइन्। १७ अगस्ट को एक श्रृङ्खलामा तात्कालिक डिभास विजेता निकी बेलालाई अत्मसमर्पण द्वरा हराएपछि बेङ्क्सले डिभास च्याम्पियनसिपका लागि पहिलो दावेदार बन्नका लागि पहिलोपटक आयोजना गरिएको डिभास बिट द क्लक च्यालेञ्चमा सहभागी हुने मौका पाएकी थिइन् तर उक्त खेल सार्लेटले आफ्नो हातमा पार्दै डिभास च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन्। त्यस खेलपछिको केही हप्तामा बेङ्क्सले पुन पेजसँगको द्वन्द्व चर्काएकी थिइन् जसका कारण उनीहरूको बीच ७ सेप्टेम्बर र १४ सेप्टेम्बर को फरकफरक श्रृङ्खलमा खेल आयोजना गरिएको थियो जहाँ दुवै खेल बेङ्क्सले जित्न सफल भएकी थिइन्। त्यसको बाबजुद पनि बेङ्क्सले पेटल पोर वे खेलमा भाग लिएकी थिइन् जसको विजेताले सार्लेटको डिभाग च्याम्पियनसिपका लागि पहिलो दावेदार बन्न पाउन प्राबधान थियो तर उक्त खेलमा उनी विजेता बन्न असमर्थ रहिन्। त्यसपछिक‍ केही हप्ता पछि बेङ्क्स अपराजित यात्रा कायम गरेकी थिइन् जहाँ उनले अलिसा फक्स, ब्रि बेला र बेकी लिञ्चलाई हराएकी थिइन्।

बेङ्क्स डब्ल्युडब्ल्युई मा

टेलिभिजनबाट केही महिनाको अवकाश पछि बेङ्क्स २४ जनवरी २०१६ रोयल रम्बल खेलमा फर्किएकी थिइन् जहाँ उनले लिञ्च र सार्लेटको डिभास उपाधिका लागि खेल सकिएपछि दुवै लिञ्च र सार्लेटलाई आक्रमण गरेकी थिइन्। १ फेब्रुअरी २०१६ को को ए श्रृङ्खलामा लिञ्च र बेङ्क्सको खेल हुन भन्दा अगाडि उनले टिम ब्याडबाट छुट्टिएको घोषणा गरेका थिइन्। उनी ब्याड टिम पछि छुट्टिएपछि बेङ्क्सको नोयोमी र टमिनाको बीच द्वन्द्व चलेको थियो र २१ फेब्रुअरी २०१६ मा आयोजित फास्टलेन पे-पर-भ्युमा बेङ्क्सले लिञ्चसँग साझेदारी गर्दै नेयोमी र टमिनाको जोडीलाई हराउन सफल भएका थिए। त्यस खेलको अर्को दिनको मा लिञ्च र बेङ्क्सको खेल निर्धारित गरियो र उक्त खेलका विजेताले डिभास च्याम्पियनसिपका लागि खेल्ने मौका पाउने नियम राखिएको थियो तर उक्त खेलमा कोहीपछि विजेता बन्न असमर्थ बने। त्यस पछि आउने स्म्याकडाउनमा उनीहरूको पुन खेल जारी गरिएको थियो तर तात्कालिक डिभास विजेता सार्लेटले दुवैको जनालाई आक्रमण गरेपछि खेलमा कोहीपछि विजेता बन्न सकेनन्। खेलमा कोहीपनि विजेता नबने पछि आउँदै रेसलमेनिया डिभास विजेता सार्लेटले उनको च्याम्पियनसिप दुवै लिञ्च र बेङ्क्ससँग दाउमा लगाउन पर्ने भएको थियो। रेसलमेनिया ३२ मा पनि सार्लेटले दुवै बेङ्क्स र लिञ्चलाई हराउँदै नयाँ डब्ल्युडब्ल्युई महिला (डिभास च्याम्पियनसिपलाई महिला च्याम्पियनसिपमा परिणात गरिएको थियो) विजेता बनेकी थिइन्।

केही महिनाको अवकाश पछि बेङ्क्स पुन जुन महिनाको पहिलो हप्ता डब्ल्युडब्ल्युईमा फर्किएकी थिइन् जहाँ उनले मेन इभेन्ट कार्यक्रममा रमर रेलाई हराउन सफल भएकी थिइन्। त्यसपछि उनले पुन सार्लेटको महिला च्याम्पियनसिपका लागि द्वन्द्व चलाएकी थिइन् र २० जुन २०१६ मा बेङ्क्स र पेज दुवैले तात्कालिक महिला विजेता सार्लेटलाई आक्रमण गरेका थिए। सार्लेटलाई पेजले र बेङ्क्सले आक्रमण गरेका कारण सार्लेट र उनको साथीको विरुद्धमा बेङ्क्स र पेज मैदान उत्रिएका थिए जसमा बेङ्क्स र पेजको जित भएको थियो। २४ जुलाई २०१६ को ब्याटलग्राउण्ड कार्यक्रममा बेइलीले डब्ल्यूडब्ल्यूको मुख्य कार्यसूची अन्तरगत एक पे-पर-भ्युमा पर्दापण गरेकी थिइने जहाँ उनी र सासा बेङ्क्सले सार्लेट र डेना ब्रुकको जोडीलाई हराउन सफल बनेका थिए।

महिला विजेता (सन् २०१६–२०१७)

सन् २०१७ 'मेमा बेङ्क्स

सन् २०२६ जुलाई १९ मा आयोजना गरिएको डब्ल्युडब्ल्युई ड्राफ्टमा बेङ्क्स सँग आवद्ध भएकी थिइन्। बेङ्क्सले सँग आवद्ध भएपछि उनले २५ जुलाई २०१६ मा उनको उक्त ब्राण्डमा पहिलो खेल खेलेकी थिइन् जहाँ उनले सार्लेटलाई हराउँदै पहिलोपटक डब्ल्युडब्ल्युई महिला विजेता बन्न सफल भएकी थिइन् भने उक्त उपाधि मुख्य कार्यसूचीमा उनको पहिलो सफलता थियो। अगस्ट २१ मा आयोजित समरस्ल्याम पे-पर-भ्युमा सार्लेट र बेङ्क्सको पुन उपाधिका लागि खेल जारी गरिएको थियो जहाँ उनी सार्लेटसँग हार बोहोर्दै उपाधि गामाएकी थिइन् भने त्यसपछि उक्त उपाधिको नाम डब्ल्युडब्ल्युई महिला च्याम्पियनसिप राखिएको थियो जसका कारण स्म्याकडाउनमा पनि स्म्याकडाउन महिला च्याम्पियनसिप उपाधि भित्र्याइएको थियो। क्लास अफ च्याम्पियन्स पे-पर-भ्युमा बेइली, बेङ्क्स र सार्लेटको खेल महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो तर उक्त खेलमा बेङ्क्सले उपाधि जित्न असमर्थ रहिन्। उक्त खेलपछि बेङ्क्सलाई तात्कालिक सामान्य प्रबन्धक मिक फोलिले उनलाई उपाधिका लागि एक खेल खेल्न पाउने मौका दिएका थिए। ३ अक्टोबर २०१६ मा आयोजित को एक श्रृङ्खलामा बेङ्क्सले सार्लेटलाई हराउँदै दोस्रोपटक उपाधि हात पार्न सफल भएकी थिइन्। बेङ्क्स महिला विजेता बनेपछि उनले पुन सार्लेटलाई हेल इन अ सेल खेलका लागि खेल्न चुनौती दिएकी थिइन् भने उक्त चुनौती सार्लेटले स्वीकार गरेपछि अन्ततः उनीहरूको खेल हेल इन अ सेल भित्र जारी गरिएको थियो। ३० अक्टोबर २०१६ मा आयोजित उक्त कार्यक्रममा सार्लेटले बेङ्क्सलाई हराएकी थिइन्।

२० नोभेम्बर २०१६ मा आयोजना गरिएको परम्परागत सरभाइभर सिरिजमा बेङ्क्सले का अन्य महिला कुस्ती खेलाडीसँग साझेदारी गर्दै को प्रतिनिधित्व गर्दै स्म्याकडाउनको विरुद्धमा खेल खेलेकी थिइन् जहाँ उनलाई स्म्याकडाउनकी नेटालियाले खेलबाट निस्कासन गराएकी थिइन्। २८ नोभेम्बर को एक श्रृङ्खलामा बेङ्क्सले उनले गुमाएको महिला उपाधिका लागि सार्लेटको विरुद्धमा पुन खेल माग गरेकी थिइन् भने अर्को हप्ता को एक श्रृङ्खलामा आयोजना गरिएको फल्स काउन्ट एनिवेर खेलमा बेङ्क्सले सार्लेटलाई हराउँदै उनको व्यक्तिगत तेस्रो उपाधि हात पारेकी थिइन्। उनी महिला विजेता बनेपछि आउँदै रोडब्लक पे-पर-भ्युमा उनको खेल सार्लेटको विरुद्धमा हुने निर्णय भएको थियो। रोडब्लकमा सार्लेट र बेङ्क्सको ३० मिनेट आइरन म्यान खेलमा २ को विरुद्ध २ भएपछि थप समयमा सार्लेटले बेङ्क्सलाई हराउँदै च्याम्पियनसिप जितेकी थिइन्।

उक्त कार्यक्रमको अर्को दिन बेङ्क्सले सार्लेटलाई महिला उपाधि जित्न सफल भएकामा उनलाई बधाई दिन रिङमा आउन आह्वान गरेकी तर सार्लेटको साट्टमा नाया ज्याक्स रिङमा आइन् र बेङ्क्सलाई आक्रमण गरेकी थिइन् जसका कारण ज्याक्स र बेङ्क्सको खेल २९ जनवरी २०१७ का दिन रोयल रम्बलमा आयोजना गरिएको थियो जहाँ ज्याक्सले बेङ्क्सलाई हराएकी थिइन्। १३ फेब्रुअरीका दिन बेइलीले सार्लेटको च्याम्पियनसिप खेलमा बेङ्क्सले हस्तक्षेप गरेका कारण बेइलीले उपाधि हात पारेकी थिइन्। बेङ्क्सले ज्याक्सलाई सन् २०१७ फेब्रुअरी महिनामा आयोजित फास्टलेन पे-पर-भ्युमा हराउँदै उनीहरू बीचको द्वन्द्व अन्त्य गरेकी थिइन्। रेसलमेनिया ३३ मा बेइलीले महिला च्याम्पियनसिपका लागि फ्लेयर, बेङ्क्स र ज्याक्सलाई फेटल फोर वे इलिमिनेसन खेल आयोजना गरिएको थियो तर उक्त खेलमा बेङ्क्सले उपाधि जित्न असमर्थ रहिन्।

२६ जुन २०१७ का दिन आयोजित कार्यक्रमको एक आयोजना गरिएको गनलेट खेलमा बेङ्क्सले बेइली, मिकी जेम्स, नायन ज्याक्स, डेना ब्रुक र एमालाई हराउँदै अलेक्सा ब्लिसको महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन्। जुन ९ मा आयोजित ग्रेट बल अफ फायर पे-पर-भ्युमा बेङ्क्सले ब्लिससँग उपाधिका लागि खेल खेलेकी थिइन् तर उक्त खेलमा रेफ्रिले १० गन्दा सम्मपनि ब्लिस रिङमा प्रवेश गर्न असमर्थ रहेकामा खेल स्थगित भएको थियो। उनीहरूको पुन खेल समरस्ल्याममा आयोजना गरिएको थियो जहाँ बेङ्क्सले ब्लिसलाई हराउँदै उनको कार्यकालमा चौँथो पटक महिला विजेता बन्न सफल भएकी थिइन्। उक्त खेलको आठ दिन पश्चात् गरिएको पुन खेलमा बेङ्क्सले ब्लिससँग हार बोहोर्दै उपाधि गुमाएकी थिइन्। २४ सेप्टेम्बर २०१७ मा आयोजित नो मर्सि पे-पर-भ्युमा ब्लिसको महिला उपाधिका लागि पेटल फाइभ वे खेल आयोजना गरिएको थियो भने उक्त खेल ब्लिसलेनै जितेकी थिइन्।

द बोस एन हग कनेक्सन (सन् २०१७–हाल)

सन् २०१७ को अन्त्यमा बेङ्क्स, बेइली र मिकी जेम्सको द एभ्सोलुसनसँग (पेज, मेण्डी रोज र सोनिया डभिल) द्वन्द्व चलेको थियो जसले उनीहरूलाई विभिन्न कार्यक्रमहरूमा आक्रमण गरेका थिए। जसका कारण उक्त टोलीहरू बीच विभिन्न कार्यक्रमहरूमा एकल तथा ट्याग टोली खेल भएको थियो जसमा अधिकांश जित भने द एभ्सोलसनको भएको थियो। २८ जनवरी २०१८ मा आयोजित पहिलोपटक हुन लागेको ३० महिला रोयल रम्बल खेलमा बेङ्क्सले भाग लिएकी थिइन् जहाँ उनी प्रथम सङ्ख्या रिङ प्रवेश गरेकी थिइन् तर उन उक्त खेल आएको ५४ मिनेट ४६ सेकेण्ड सम्म खेलमा रहँदा उन भिकी गुरेरो, बेइली र ट्रिस स्ट्राटसलाई निस्कासन गराउन सफल भएकी थिइन्। त्यस खेलको केही हप्ता २५ फेब्रुअरीमा आयोजना गरिएको महिला इलिमिनेसन चेम्बरमा पनि बेङ्क्सले पनि भाग लिएकी थिइन् तर उक्त खेलमा उनलाई ब्लिसले निस्कासन गराउँदै खेलको विजेता बनेकी थिइन्।

२६ मार्चमा आयोजित को एक श्रृङ्खलामा बेइली र बेङ्क्सको द्वन्द्व चर्किएको थियो भने उनीहरूको एक अर्काको खेलमा हस्तक्षेप गरेका थिए। बेइली र बेङ्क्सको बीच तनाव उच्च हुँदा उनीहरू एकअर्कालाई नेपथ्यमा आक्रमण गरेका थिए जसका कारण त्यहाँका खेलाडी र निर्णयकहरूले उनीहरू छुट्टाउनु परेको थियो। उनीहरूले एकअर्कालाई आक्रमण गरेपछि उनीहरूको खेल अप्रिल महिनाको को एक श्रृङ्खलाका जारी गरिएको थियो तर उक्त खेलमा द राएट स्क्वाडले (रुबी राएट, सारहा लोगन र लिभ मोर्गेन) मा पर्दापण गर्दै उनीहरू दुवै पछाडिबाट आक्रमण गरेका थिए। त्यसपछिको हप्तामा बेङ्क्सले राएट स्वाक्डका सदस्यसँग केही एकल तथा ट्याग टिम खेल खेलेकी थिइन्। जुन महिनामा उनको र रुबी राएटको बीच खेल भएको थियो तर उक्त खेलमा उनी हार्न पुगेकी थिइन्। बेङ्क्सले उनको कार्यकालको पहिलो मनी इन द बेङ्क खेल खेलेकी थिइन् तर उक्त खेल अलेक्सा ब्लिसले जितेकी थिइन्। अप्रिल र त्यस महिना पछि दुवै बेइली र बेङ्क्सले एकअर्कालाईको खेलमा हस्तक्षेप गरेका थिए। त्यसपछि उनीहरूलाई पुन सम्बन्ध राम्रो बनाउनका लागि आह्वान गरिएको थियो र त्यसपछि दुवैले फेरि एक टोलीको रुपमा काम गर्न सुरुगर्द‌ै टोलीको नाम "द बोस 'एन' हग कनेक्सन" राखेका थिए।

केही क्षणको अवकाश पछि उनी अक्टोबर २०१८ मा चोट मुक्त भएर फर्किँदै पहिलोपटक आयोजना गरिएको एभोलुसन पे-पर-भ्युमा सामेल भएकी थिइन् जहाँ उनले नेटालिया र बेइलीसँग सहकार्य गर्दै द राएट स्क्वाड (रुबी राएट, सारा लोगेन र लिभ मोर्गेन) लाई हराउन सफल भएका थिए। नोभेम्बर महिनामा आयोजना गरिएको परम्परागत सरभाइभर सिरिजमा सासा बङ्क्सले को तर्फबाट प्रतिस्पर्धीको रुपमा खेलेकी थिइन् जहाँ उनलाई आफ्नै साथी नाया ज्याक्सले अक्रमण गरेका कारण उनलाई अस्काले खेलबाट निस्कासन गराएकी थिइन्। डिसेम्बरमा बेङ्क्स र बेइलीले उनीहरूको टोली पहिलो महिला ट्याग टिम विजेता बन्छ भन्दै घोषणा गरेका थिए। २७ जनवरी २०१९ मा आयोजना गरिएको रोयल रम्बलमा बेङ्क्सले नाया ज्याक्सलाई हराउँदै महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन् तर उनी महिला विजेता रोण्डा राउजी विरुद्धको खेलमा हार बोहोरेकी थिइन्।

सन् २०१८ डिसेम्बरमा बेइली र बेङ्क्सले डब्ल्युडब्ल्युईको इतिहासमै पहिलोपटक बनाइएको डब्ल्युडब्ल्युई महिला ट्याग टिम च्याम्पियनसिपका लागि एक टोली भएर खेल खेल्ने घोषणा गरेका थिए। १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा बेङ्क्स र बेइलीको जोडीले अन्तिमा मेण्डि रोज र सोनिया डभिलको जोडिलाई हराउँदै पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए। उनीहरूको जोडी महिला ट्याग टिम विजेता बनेपछि उनीहरूले फेब्रुअरी २०१९ मा आयोजित फाष्टलेन पे-पर-भ्युमा उक्त उपाधि नाया ज्याक्स र टमिनाको विरुद्धमा लगाएका थिए भने उनीहरूले सफलतापूर्वक उक्त उपाधि बचाउन सफल भएका थिए। फाष्टलेनको केही दिन पछि आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा बेङ्क्स र बेइलीले आउँदै रेसलमेनिया ३५ मा महिला ट्याग टिम उपाधि अन्य तीन टोलीसँग सामना गर्नुपर्ने भनी घोषणा गरिएको थियो। रेसलमेनिया ३५ मा चार टोलीको खेलमा बिली केपिटन रोइसले सबैलाई हराउँदै उपाधि जित्न सफल भएका थिए भने बेइलीले बेङ्क्स मात्र ४९ दिनसम्म विजेता बनेका थिए।

अन्य सञ्चार माध्यमहरू

बेङ्क्सले डब्ल्युडब्ल्युई २के१७[२१] मा एक खेल्न मिल्ने चरित्रको रुपमा पर्दापण गरेकी थिइन् र उनी पछि डब्ल्युडब्ल्युई २के१८ र डब्ल्युडब्ल्युई २के१९ मा पनि देखा परेकी थिइन्।[२२]

व्यक्तिगत जीवन

केस्टनर-भर्नाड‍ो अमेरिकी र्‍यापर स्नुप डगको काकाको छोरी हुन् जसलाई उनले रिङमा आउन विभिन्न प्रयासहरू गरेका थिए।[२३][२४] उनी के-पप सङ्गीत र जापानी एनेमी तस्वीरको समर्थक हुन्।[२४] केस्टनर-भर्नाडोलो ४ अगस्ट २०१६ का दिन डब्ल्युडब्ल्युईका पोसाक बनावटकर्ता र अवकाश लिएका अमेरिकी कुस्ती खेलाडी सरथ टनसँग विवहा गरिन्।[२५] केस्टनर-भर्नाडोले उनलाई हौसला दिने र मनपर्ने कुस्ती खेलाडीको नाम लिनु पर्दा सधै एडि गुरेरोको नाम लिन्छिन्। १४ नोभेम्बर २००५ मा मिनिएपोलिसमा आयोजना गरिएको एक कुस्ती कार्यक्रममा उनी गुरेरोको खेल हेर्न पुगेकी थिइन्।[२६]

उपाधि र उपलब्धिहरू

बेङ्क्सले एकपटक एनएक्सटी महिला उपाधि जितेकी थिइन्
  • काओटिक रेस्लिङ
    • काओटिक रेस्लिङ महिला विजेता (१ पटक)
  • स्वतन्त्र रेस्लिङ
    • आइडब्ल्यूई महिला विजेता (१ पटक)[२७]
  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • वर्षको खराब दुश्मनी (सन् २०१६) सार्लेट फ्लेयर[२८]
    • वर्षको उत्कृष्ट खेल (सन् २०१५) बेइली (एनएक्सटी टेकओभर: रेस्पेक्ट
    • विमेन अफ द इअर (सन् २०१५)
    • सन् २०१६ मा उत्कृष्ट ५० महिला कुस्ती खेलाडी मध्ये दोस्रो स्थानमा पर्न सफल[२९]
  • रिङ वार क्यारोलिना
    • आरसिडब्ल्यू नो लिमिट विजेता (१ पटक)[३०]
  • रेस्लिङ अब्जर्भर न्युजलेटर
    • वर्षको खराब दुश्मनी (सन् २०१५) टिम पिसिबी विरुद्ध टिम ब्याड विरुद्ध टिम बेला[३१]
    • वर्षको खराब द्वन्द्व (सन् २०१८) बेइली विरुद्ध
  • डब्ल्युडब्ल्युई
    • एनएक्सटी महिला विजेता (१ पटक)
    • डब्ल्युडब्ल्युई महिला विजेता[३२][३३] (४ पटक)
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता (१ पटक) – बेइलीसँग[३४]

सन्दर्भ सामग्रीहरू

बाह्य सुत्रहरू

  1. १.० १.१ "सासा बेङ्क्सको जीवनी", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अगस्ट २२, २०१५ 
  2. "मार्सिडेज केभी", कावोटिक रेस्लिङ, मूलबाट जनवरी ३१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १५, २०१३ 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० ३.११ ३.१२ ३.१३ ३.१४ ३.१५ ३.१६ ३.१७ ३.१८ ३.१९ ३.२० "सासा बेङ्क्स", अनलाइन वर्ल्ड अफ रेस्लिङ 
  4. मिलुक, बबी, "NXT Women's Champion Bayley vs. Sasha Banks (30-Minute WWE Iron Man Match)", डब्ल्यूडब्ल्यूई, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१५ 
  5. बेनिगनो, एन्थोनी (अक्टोबर ३, २०१६), "Sasha Banks def. Charlotte to become the new Raw Women's Champion", डब्ल्यूडब्ल्यूई, अन्तिम पहुँच फेब्रुअरी २१, २०१७ 
  6. बेनिगनो, एन्थोनी (नोभेम्बर २८, २०१६), "Sasha Banks def. Charlotte Flair to become the new Raw Women's Champion", डब्ल्यूडब्ल्यूई, अन्तिम पहुँच फेब्रुअरी २१, २०१७ 
  7. "पिडब्ल्यूआई पुरस्कार", प्रो रेस्लिङ इलुस्ट्रेटेड ३६ (2): २२–२३, सन् २०१६। 
  8. "15 amazing photos of WWE stars before they made it to WWE – FOX Sports", फक्स खेलकुद, अन्तिम पहुँच अगस्ट २१, २०१७ 
  9. "Sasha Banks to Open Tonight's WWE 'Raw,' Make In-Ring Return vs Natalya Later in Show (Exclusive)", याहु! समाचार 
  10. क्रिस जेरिको, "TIJ – EP168 – Sasha Banks", Talk is Jericho (पोडकास्ट वान), event occurs at 40:17, अन्तिम पहुँच अगस्ट १७, २०१५ 
  11. क्रिस जेरिको, "TIJ – EP168 – Sasha Banks", टक इज जेरिको (पोडकास्ट वान), event occurs at 38:04, अन्तिम पहुँच जनवरी २६, २०१६ 
  12. क्रिस जेरिको, "TIJ – EP168 – Sasha Banks", टक इज जेरिको (पोडकास्ट वान), event occurs at 48:09, अन्तिम पहुँच फेब्रुअरी २, २०१६ 
  13. १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ "काओटिक रेस्लिङ", अनलाइन वर्ल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १५, २०१३ 
  14. "CW: October 22, 2010", केज म्याच, अन्तिम पहुँच अक्टोबर २२, २०१० 
  15. "Chaotic Wrestling title histories", काओटिक रेस्लिङ, मूलबाट जुन २५, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३, २०११ 
  16. "CW: Cold Fury 11", केज म्याच, अन्तिम पहुँच फेब्रुअरी २४, २०१२ 
  17. "CW Cold Fury Fallout Tour", केज म्याच, अन्तिम पहुँच अप्रिल १, २०१२ 
  18. "CW Breaking Point 2012", केज म्याच, अन्तिम पहुँच जुन १, २०१२ 
  19. "NECW Rise=Events Database=CAGEMATCH", केज म्याच। 
  20. "NECW Red White & Bruised", केज म्याच। 
  21. अअर्ट्स, म्याथ्यु (जुन २७, २०१६), "Superstars to be featured on WWE 2K17 roster", डब्ल्यूडब्ल्यूई, अन्तिम पहुँच जुलाई १६, २०१८ 
  22. आर्ट्स, म्याथ्यु (जनवरी १६, २०१८), "WWE 2K18 roster: Meet the Superstars joining the list of playable characters", डब्ल्यूडब्ल्यू, अन्तिम पहुँच जुलाई १६, २०१८ 
  23. क्रिस जेरिको, "TIJ – EP168 – Sasha Banks", टक इज जेरिको (पोडकास्ट वान), अन्तिम पहुँच अगस्ट १७, २०१५ 
  24. २४.० २४.१ "NXT 10-Count: Sasha Banks", जनवरी १६, २०१४, अन्तिम पहुँच डिसेम्बर ६, २०१४ 
  25. माल्टजर, डेभ (अगस्ट ५, २०१६), "Daily Update: ryback done with WWE, Sasha Banks ties the knot, Bisping vs. Hendo 2", रेस्लिङ अब्जरभर न्युजलेटर, अन्तिम पहुँच अगस्ट ६, २०१६ 
  26. क्रिस जेरिको, "TIJ – EP168 – Sasha Banks", टक इज जेरिको (पोडकास्ट वान), event occurs at 40:40, अन्तिम पहुँच अगस्ट १७, २०१५ 
  27. "आइडब्ल्यूई – इतिहास", स्वतन्त्र कुस्ती, अन्तिम पहुँच अप्रिल ९, २०११ 
  28. "पिडब्ल्यूआई अवार्ड", प्रो रेस्लिङ इलुस्ट्रेटेड, कप्पा वितरक समूह, अन्तिम पहुँच अप्रिल १०, २०१९ 
  29. "प्रो रेस्लिङ इलुस्ट्रेटेड", इन्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच अप्रिल १०, २०१९ 
  30. "आरसिडब्ल्यू ०३.०३.१२", रिङ वार क्यारोलिना, अन्तिम पहुँच मार्च ६, २०१२ 
  31. मिल्टजर, डेभ (जनवरी २५, २०१६), "रेस्लिङ अब्जर्भर न्युजलेटर", क्यालिफोर्निया, पृ: ४३, आइएसएसएन 1083-9593 
  32. "डब्ल्युडब्ल्युई महिला च्याम्पियनसिप", डब्ल्युडब्ल्युई, मूलबाट जुन २९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २२, २०१७ 
  33. " महिला च्याम्पियनसिप", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच फेब्रुअरी २२, २०१७ 
  34. जिमरम्यान, ज्याक, "डब्ल्युडब्ल्युई एनएक्सटी नतिजा", प्रोरेस्लिङ, अन्तिम पहुँच जनवरी १३, २०१६