"सुशीला कार्की" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४५: पङ्क्ति ४५:
उनले महिलालाई सकारात्मक विभेद गर्छिन् भन्ने आलोचना पनि हुनेगर्छ। उनले हिंसामा परेका महिलाहरुको कानुनमा सहज पहुँच होस् भन्नका लागि पहल गरिरहेको बताएकी थिइन्।<ref>http://www.bbc.com/nepali/multimedia/2016/11/161122_iv_sushila</ref>

== महाभियोग असफल ==
== असफल महाभियोग ==
प्रधानन्यायाधीश रहेकै बेला सुशीला कार्कीविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन असफल भयो । कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो । तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र दिइयो । नेकपा एमालेलगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाउन भने सकेन । २२ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाए र कार्की पुन: अदालत फर्किइन् ।<ref>[https://nepalmag.com.np/contemporary/2017/05/08/20170508180923

महाभियोगको पटाक्षेप- नेपाल राष्ट्रिय साप्ताहिक]</ref>
महाभियोगको पटाक्षेप- नेपाल राष्ट्रिय साप्ताहिक]</ref>

००:५०, १५ मार्च २०२० जस्तै गरी पुनरावलोकन

सम्माननीय
सुशीला कार्की
सर्वोच्च अदालतको प्रधान न्यायधीश[१]
कार्यकाल
२०७३/०३/२७–२०७४/०२/२४
नियुक्ति कर्तानेपालको संवैधानिक परिषद[१]
पूर्वाधिकारीकल्याण श्रेष्ठ [१]
उतराधिकारीगोपाल प्रसाद पराजुली
व्यक्तिगत विवरण
जन्म२५ जेठ २००९
शङ्करपुर, विराटनगर, मोरङ जिल्ला [२] ,नेपाल

सुशीला कार्की सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधान न्यायाधीश हुन् ।[१] प्रधानमन्त्री खड्गप्रसाद ओली को अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो ।[१][३] कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन् ।

व्यक्तिगत जीवन

यिनी आफ्नो पिताको सात सन्तानमध्ये ज्येष्ठ हुन् । यिनको परिवार किसानी गर्दथे ।[१] उनीहरु विराटनगरस्थित बीपी कोइरालाको परिवारसँग नजिक थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहे पनि उनले भने अध्ययनका लागि कानुन रोजिन्। आफ्नो परिवारमा धेरै वकालतमै लागेका हुनाले सुशीलाले पनि त्यसमा आफ्नो पेशा सुरु गरेको बताउँछिन्। [४] बनारस हिन्दू विश्वविद्यालय वाराणसीमा अध्ययनरत रहँदा नेपाली कांग्रेसका प्रसिद्ध युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भई विवाह समेत भयो । उनका पुत्र प्रशान्त सुवेदी हुन् । प्रधानन्यायाधीश हुनुअघि उनी धापासीस्थित आफ्नो बहिनीको घरमा बस्ने गर्थिन्। [२] उनी धेरै नेपालीको घरभन्दा आफ्नो घर फरक भएको मान्छिन्। उनको घरमा उनी आर्थिक जोहो गर्न घरबाहिर काम गर्ने र उनका पति घरगृहस्थी हेर्ने चलन छ।

शिक्षा

सन् १९७२ मा यिनले महेन्द्र मोरङ क्याम्पसबाट बीए गरेकी थिइन् । यिनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी छिन् । [५] उनले वर्ष १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट कानुन स्नातक उपाधि प्राप्त गरेकी हुन् ।[५]

व्यवसाय

सुरुवातमा यिनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा शिक्षण कार्य गरिन् । सन् १९७९ मा यिनले वकालत गर्न सुरु गरिन् । उनी विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्षसमेत थिइन्। २०३५ सालबाट वकालत सुरु गरेकी उनी सन् २००९ मा सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा प्रवेश गरेकी थिइन्। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति हुनुपूर्व कार्की सर्वोच्च अदालतकै वरिष्ठ न्यायाधीश थिइन् । [१] २२ जनवरी २००९ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी १८ नोभेम्बर २०१० मा स्थायी न्यायधीश बनिन् । [५] प्रधानन्यायाधीशको सपथ सन् २०१६ जुलाइ ११ मा लिएकी थिइन् । उनी न्याय परिषदकी अध्यक्ष पनि हुन्।

उनले न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरुमा फैसला गरेकी छन्। बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकी थिइन्। साधारण जीवनशैली रहेकी सुशीला कार्कीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने न्यायाधीशको रुपमा चिनिन्छ।

उनले महिलालाई सकारात्मक विभेद गर्छिन् भन्ने आलोचना पनि हुनेगर्छ। उनले हिंसामा परेका महिलाहरुको कानुनमा सहज पहुँच होस् भन्नका लागि पहल गरिरहेको बताएकी थिइन्।[६]

असफल महाभियोग

प्रधानन्यायाधीश रहेकै बेला सुशीला कार्कीविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन असफल भयो । कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो । तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र दिइयो । नेकपा एमालेलगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाउन भने सकेन । २२ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाए र कार्की पुन: अदालत फर्किइन् ।[७]

सर्वोच्च अदालतबाट विदा

प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । उहाँको कार्यकाल बुधबार(जेठ २४ गते) सकिँदै थियो ।[८]

सन्दर्भ

‍‍

बाह्य श्रोत सामग्री