"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १७३: पङ्क्ति १७३:
==स्रोत==
==स्रोत==
{{टिप्पणीसूची}}
{{टिप्पणीसूची}}
[[श्रेणी:महामारीहरु]]

०७:५६, २४ मार्च २०२० जस्तै गरी पुनरावलोकन

२०२० नेपालमा कोरोना भाइरस महामारी
नेपालमा कोरोना भाइरसको फैलावट (१४ मार्च २०२० सम्म)
  प्रमाणित मामलाहरू
  शंकास्पद मामलाहरू
रोगकोभिड-१९
विषाणुको प्रजातिसार्स-कोभ-२
स्थाननेपाल
प्रथम सङ्क्रमित घटनाबागमती प्रदेश
आगमन मिति५ जनवरी २०२०
उत्पत्तिवुहान, चीन
निश्चित सङ्क्रमित
स्वस्थ्य लाभ भएका
मृत
अञ्चल
बाग्मती प्रदेश
प्रतिष्ठानको वेबसाइट
https://heoc.mohp.gov.np
शङ्कास्पद सङ्क्रमित
Suspected cases have not been confirmed as being due to this strain by laboratory tests, although some other strains may have been ruled out.

२०२० नेपालमा कोरोना भाइरस महामारी प्रथमपटक २४ जनवरी २०२० मा देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । फेब्रुअरी २०२० मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर भक्तपुरमा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् ९ मार्च २०२० मा २ नेपाली व्यक्ति युएईमा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् १० मार्च २०२० मा आएका १ दक्षिण कोरियाली व्यक्तिमा रोगको लक्षण देखापरेको थियो, तर उक्त मामला प्रमाणित हुन बाँकी छ । स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।

महामारी

प्रमाणित मामलाहरू

  • कोरोना भाइरस (सार्स-कोभ-२) को उद्गमस्थल चीनको वुहान सहरबाट ३१ वर्ष नेपाली विद्यार्थी सन् ५ ज्यानवरी २०२० मा नेपाल आएका थिए । सन् १३ ज्यानवरी मा उनी रूघाखोकीबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए र १७ ज्यानवरीमा उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घरमै क्वारनटाइन गर्नु भनिएको थियो । उनको घाँटीको थुकको नमुना हङकङ पठाइएको थियो । सन् २४ ज्यानवरी २०२० मा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले उनको कोभिड-१९ रोग परीक्षण सकरात्मक रहेको जनाएको थियो । उनको २९ तथा ३१ ज्यानवरी २०२० मा फेरि कोभिड-१९ परीक्षण गर्दा कारोनाभाइरस नरहेको पुष्टि भएको थियो ।[१][२][३] ३ हप्तापछि पनि उक्त बिरामीसँग नजिक रहेका स्वास्थ्यकर्मीहरूमा रोगको लक्षण देखा नपरेको हुँदा उनले उक्त रोग अरूलाई नसारेको प्रमाणित भएको थियो ।[४]
  • सन् २३ मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ मार्चमा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ बर्षिया नेपाली युवतीमा कारोनाभाइरस पुष्टि भएको जनाएको छ । उक्त युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा उपचारका लागि लगिएको थियो । उनको नमुना आइतबार जम्मा गरिएको थियो जसको परिणाम सकरात्मक आएसँगै नेपालमा यो दोस्रो कारोनाभाइरस बिरामी पुष्टि भएको थियो । उनी नेपाल आउनासाथ घरमै क्वारन्टाइनमा बसेकी थिइन् । उनका परिवारलाई क्वारन्टाइनमा राखिएको छ ।[५][६][७]

प्रमाणित मामलाहरूको सूची

कोभिड-१९ बाट नेपालमा संक्रमण प्रमाणित मामलाहरू (१४ मार्च २०२० सम्म)
मामला नं. प्रमाणित मिति वर्ष लिङ्ग राष्ट्रियता रोग लागेको स्थान रोगको उपचार गरिएको स्थान वुहान, चीन गएको/नगएको अन्य कोभिड-१९ संक्रमित देश (चीनबाहेक) गएको/नगएको स्थिति कैफियत स्रोत
२४ ज्यानवरी २०२० ३१ पुरुष नेपाली बागमती प्रदेश शुक्रराज अस्पताल, टेकु हो होइन डिस्चार्ज गरिएको दक्षिण एसियाकै पहिलो संक्रमण मामला । [८][९]
२३ मार्च २०२० १९ महिला नेपाली बागमती प्रदेश शुक्रराज अस्पताल, टेकु होइन हो उपचाररत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी [६]

प्रान्त अनुसार तथ्यांक

नेपालका प्रान्तहरु[note १] बिरामी [note २] निको[note ३] मृत्यु स.बि. स्रोत
प्रदेश नं. १
प्रदेश नं. २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश नं. ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
२८ मार्च २०२४ (युटिसी) अनुसार· प्रमाणित मामिलाहरूको इतिहास: कोरोनाभाइरस महामारी
  1. प्रान्त अनुसार बिरामीको सूची गरिएको । बिरामीको प्रान्त वा रोगको उद्गमस्थल फरक हुनसक्ने ।
  2. प्रमाणित मामलाहरू। सत्य तथ्य धेरै हुनसक्ने ।
  3. "–" ले उक्त राज्यको तथ्य थाहा नभएको र शून्य नभएको जनाउँछ ।


शंकास्पद मामलाहरू

[४] [१०] [११]

  • सन् १० मार्चमा नेपाल आएका १ दक्षिण कोरियाली व्यक्तिमा कोभिड-१९ को लक्षण देखा परेपछि उनलाई शंकास्पद मानिएको छ ।[१२]
  • १४ मार्चमा एक साउदी अरबबाट आएका नेपाली कामदार व्यक्तिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपीकेआईएचएस) धरानमा उपचार गर्न गएका थिए जसलाई विराटनगर कोशी अस्पतालबाट उक्त अस्पतालमा कोरोनाभाइरसको आशंकामा पठाइएको थियो । विपीकेआईएचएसका चिकित्सकहरूको सल्लाहको अवज्ञा गर्दै उनले आईसोलेशन वार्डमा बस्न मानेनन् र घर फर्किए । उनले धरान आउन विराटनगरदेखि बस चढेका थिए । यदि उनको परीक्षण सकरात्मक देखापरेको स्थितिमा चिकित्सकहरूका अनुसार उक्त बसमा सवार सबै व्यक्तिहरूलाई पत्ता लगाउनुपर्ने हुनेछ । उक्त व्यक्तिले आइतबार १५ मार्चमा घाँटी थुक तथा नाकको सिगानको नमुना दिने बताएका छन् ।[१३]

नेपालबाट विदेशमा फैलावट तथा विदेशमा नेपाली बिरामीहरू

  • १३ फेब्रुअरीमा स्पेनमा निमोनियाबाट भएको मृत्युमा अनुसन्धानद्वारा उनी कोभिड-१९बाट संक्रमण भएको र उनको पछिल्लो यात्रा इतिहास नेपालमा भएको पत्ता लागेको थियो । यस अनुसन्धानबाट उक्त मामला स्पेनको पहिलो कोरोनाभाइरस मृत्यु साबित भएको थियो ।[१४][१५][१६]
  • सिंगापुर हुँदै तास्मानिया, अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीमा ८ मार्चमा कोभिड-१९ परीक्षण सकरात्मक देखिएको थियो ।[१७]
  • ९ मार्चमा युएईमा दुई नेपाली व्यक्तिहरूमा कोभिड-१९ परीक्षण सकरात्मक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।[१८][१९]
  • १७ मार्च मंगलबार राति ६६ बर्षीय भूतपूर्व बेलायती गोरखाली सैनिक लीला बहादुर राईको बेलायत लण्डनको नोर्थविक पार्क अस्पतालमा कारोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।[२०]
  • बहराइनमा २१ मार्चमा २ नेपाली कामदार र २२ मार्चमा १ नेपाली कामदारमा कोरोनाभाइरस पुष्टि भएको थियो ।[२१]
  • २३ मार्चमा युएईमा ३ निको भएका व्यक्तिहरूमा २ नेपाली कामदारहरू रहेको थिए । [२२]

स्रोत

  1. "Nepal confirms first case of new coronavirus", Reuters (अङ्ग्रेजीमा), २०२०-०१-२४, मूलबाट ५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  2. Bastola, Anup; Sah, Ranjit; Rodriguez-Morales, Alfonso J.; Lal, Bibek Kumar; Jha, Runa; Ojha, Hemant Chanda; Shrestha, Bikesh; Chu, Daniel K. W.; Poon, Leo L. M.; Costello, Anthony; Morita, Kouichi (२०२०-०३-०१), "The first 2019 novel coronavirus case in Nepal", The Lancet Infectious Diseases (Englishमा) 20 (3): 279–280, आइएसएसएन 1473-3099, डिओआई:10.1016/S1473-3099(20)30067-0 
  3. "Nepali man suspected to have been infected with the new strain of coronavirus discharged", kathmandupost.com (Englishमा), मूलबाट २८ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  4. ४.० ४.१ "Two more coronavirus cases suspected but government agencies are woefully prepared to combat its spread", kathmandupost.com (Englishमा), मूलबाट १ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  5. https://thehimalayantimes.com/kathmandu/one-more-case-of-coronavirus-confirmed-in-nepal/
  6. ६.० ६.१ https://kathmandupost.com/health/2020/03/23/19-year-old-woman-who-returned-from-france-via-qatar-tests-positive-for-covid-19
  7. https://www.deccanchronicle.com/world/neighbours/230320/nepal-reports-second-covid19-case.html
  8. "Nepal confirms first case of new coronavirus", Reuters (अङ्ग्रेजीमा), २०२०-०१-२४, मूलबाट ५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  9. Bastola, Anup; Sah, Ranjit; Rodriguez-Morales, Alfonso J.; Lal, Bibek Kumar; Jha, Runa; Ojha, Hemant Chanda; Shrestha, Bikesh; Chu, Daniel K. W.; Poon, Leo L. M.; Costello, Anthony; Morita, Kouichi (२०२०-०३-०१), "The first 2019 novel coronavirus case in Nepal", The Lancet Infectious Diseases (Englishमा) 20 (3): 279–280, आइएसएसएन 1473-3099, डिओआई:10.1016/S1473-3099(20)30067-0 
  10. "Coronavirus suspect goes missing", The Himalayan Times (en-USमा), २०२०-०२-१३, मूलबाट १५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  11. "Three coronavirus suspects test negative", The Himalayan Times (en-USमा), २०२०-०२-१४, मूलबाट ११ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११ 
  12. "Suspected COVID-19 case", The Himalayan Times (en-USमा), २०२०-०३-११, अन्तिम पहुँच २०२०-०३-१२ 
  13. https://kathmandupost.com/2/2020/03/14/man-suspected-of-having-coronavirus-refuses-to-stay-in-isolation-ward-and-returns-home
  14. https://www.dailymail.co.uk/news/article-8071139/Spains-coronavirus-death-Man-travelled-Nepal-died-virus-MONTH.html
  15. https://www.abc.es/espana/comunidad-valenciana/abci-hombre-habia-contagiado-coronavirus-murio-13-febrero-valencia-202003032010_noticia.html
  16. https://thehimalayantimes.com/nepal/spanish-coronavirus-victim-visited-nepal/
  17. "Nepali in Australia tests positive for coronavirus", The Himalayan Times (en-USमा), २०२०-०३-०९, अन्तिम पहुँच २०२०-०३-११ 
  18. https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-14-new-cases-of-covid-19-announced-in-uae
  19. "Two Nepalis test positive for coronavirus in UAE", The Himalayan Times (en-USमा), २०२०-०३-१०, अन्तिम पहुँच २०२०-०३-१२ 
  20. https://thehimalayantimes.com/kathmandu/elderly-nepali-origin-man-dies-of-virus-in-uk/
  21. https://thehimalayantimes.com/nepal/three-nepalis-contract-covid-19/
  22. https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-uae-confirms-45-new-cases