सामग्रीमा जानुहोस्

"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
साथीको सल्लाह मान्दै सारा ले एउटा चिकित्सकसँग भेट गर्न समय मिलाउँछिन्। क्षुधा (भोक) नियन्त्रण गर्न डाक्टरले उनलाइ एम्फिटामाइन (amphetamine) को प्रयोग गर्न सिफारिस गर्छ। उक्त औषधीको प्रयोगले उनी छिटो छिटो तौल घटेको अनुभव गर्छिन् र आफ्नो ऊर्जा को स्तर बढेकोमा उत्साहित पनि हुन्छिन्। जब ह्यारीले उसको आमाले औषधी सेवन गर्दै गरेको थाहा पाउँछ, उसले तुरून्त त्यो औषधी बन्द गर्न अनुरोध गर्छ तर साराले टेर्दिनन्। उल्टै भन्छिन कि त्यही औषधी को कारण आफ्ना साथीहरूबाट प्राप्त हौसला र टेलिभिजनमा देखिन पाउने मौका नै उनको बाँकी जीवन जिउने आधार हुन् । टेलिभिजनमा निमन्त्रणा आउने कुराले उनी यति उत्साहित हुन्छिन् कि डाक्टरको सल्लाह विना नै एम्फिटामाइनको खुराक आफैँ बढाउन पुग्छिन जसले उनलाई एम्फिटामाइन साइकोसिसको लक्षण देखिन थाल्छ।
 
सिलिसियन माफिया र कालोधन्दा गर्नेहरूको भीडन्तमा टाइरन समातिन्छ र निर्दोस हुँदाहुँदै पनि गिरफ्तार हुन पुग्छ। ह्यारीले टाइरनलाइ जमानतमा छुटाउनका लागि कमाएको सबै पैसा खर्चन्छ। त्यही बेला स्थानिय स्तरमा हिरोइनको आपुर्ती माथी प्रतिबन्ध लगाइन्छ र उनीहरू किंकर्तव्यविमूढ हुन्छन्। फ्लोरीडाबाट न्युयोर्क हुँदै माल दोब्बर मुल्यमा आउने कुराको सुँइको टाइरनले पाउँछ। उता ह्यारीले मारियनलाइ ड्रग्सका लागि केही पैसा जम्मा गर्नका लागि मारियनको मनोचिकित्षक आर्नोल्डसँग वेश्यावृत्ति गर्न उकास्छ। यो अनुरोध र वेश्यावृत्तिबाट मारियनले कमाएको २००० डलरले समेत ह्यारीले ड्रग्स ल्याउन नसकेको कारण उनीहरूको सम्बन्धमा खटपटी आउँछ।
उता साराको शरीरमा एम्फिटामाइनको मात्रा बढी भएकाले उनको sense of
reality distort हुन पुग्छ।
 
==सन्दर्भ सामाग्रीहरू==
१,०१८

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/810240" बाट अनुप्रेषित