"चन्द" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
प्रचार सामग्री, स्रोतहीन
(तथ्य नभएको, प्रचारबाजी)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(प्रचार सामग्री, स्रोतहीन)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
यसरी मिथिलाबाट फैलिएका महर्षि [[गौतम ऋषि|गौतम]]का सन्ततीहरू अर्थात सुरुवाती समयका [[गौतम गोत्र|गौतम]] गोत्रीहरू समयको अन्तरालसँगै मिथिलामा संख्यात्मक हिसाबले बढ्दै गए । चारै तिर फैलिदै जाने क्रममा मिथिला पछी गौतम गोत्रीहरूको संख्यात्मक विकास प्राचिनकालको [[लुम्बिनी]] क्षेत्रमा भएको देखिन्छ । गौतम गोत्रीहरूको संख्यात्मक विकाससँगै लुम्बिनीमा गौतम गोत्री क्षेत्रियहरूको राजवंश नै स्थापना भयो । त्यस राजवंशलाई [[शाक्य वंश]] भन्ने गरिन्छ । त्यही शाक्य वंशका एक जना राजा शुद्धोधनका जेठा छोराको रुपमा राजकुमार शिद्धार्थको जन्म भएको थियो । राजकुमार शिद्धार्थ पछि गएर भगवान [[गौतम बुद्ध]] कहलिए । गौतम गोत्रीहरूको सभ्यता अत्यन्त शिखरमा पुगेका बखत लुम्विनीमा विदुशक नामका राजाले गरेको आक्रमणबाट लुम्विनी सभ्यता समाप्त भयो । त्यस समयमा करिब ७७,००० मान्छेको ज्यान गयो । त्यस आम हत्यामा सबैभन्दा बढी गौतम गोत्रीहरूको मृत्यु भएको थियो । त्यो महाविनासबाट बचेर भागेका गौतम गोत्रीहरू वर्तमान भारतको [[इलाहाबाद]] नजिकै पर्ने कन्नौज क्षेत्रमा गइ बसोवास गर्न थाले । यसरी कन्नौज आइ बसोवास गर्ने गौतम गोत्रीहरूमा केही मिथिलाबाट सिधै आएका र केही लुम्विनीको महाविनासबाट बच्न भनि आएका थिए । कन्नौज हाल भारतको [[उत्तर प्रदेश]] राज्य अन्तर्गत पर्दछ । अहिले कन्नौज अवस्थित जिल्लाको नाम नै [[कन्नौज जिल्ला]] रहेको छ । यसको प्राचिन नाम कान्यकुब्ज थियो । आधिकारिक इतिहास अनुसार कन्नौज [[विक्रम सम्वत्|विक्रम संवत]]को सातौं शताब्दीमा सम्राट हर्षवर्धनको सामराज्यको राजधानी थियो । यो स्थान गौतम गोत्री [[क्षेत्री|क्षेत्रीय]] तथा [[ब्राह्मण]]हरूको इतिहास उजागर गर्ने एक प्रमुख स्थानको रुपमा रहेको छ । प्राचिन ग्रन्थहरूले उल्लेख गरे अनुसार कन्नौजमा सम्राट हर्षवर्द्धनको कब्जा हुनुपूर्व र हर्षवर्द्धन पछि त्यहाँ गौतम गोत्री हिन्दूहरूको शासन थियो । गौतम गोत्रीहरूले त्यस क्षेत्रमा एक समृद्ध र सभ्य राज्य खडा गरी राजकाज गरेका थिए । त्यस समयको कन्नौजी राजवंशलाई गहडवाला राजवंश भनिन्थ्यो । यस राजवंशले वि.सं. १११३ सम्म राज्य गरेको र यस वंशका अन्तिम राजा जय चन्द थिए । यस राजवंशको इतिहासले प्रष्ट बताउँछ कि चन्दहरूको थर १० शताब्दीको अघिबाट नै चन्द भनी प्रयोग गर्न थालिएको थियो । करिब दशौं शताब्दीको अन्त्यतिर कन्नौजमा [[मुसलमान]]हरूको आक्रमण भएपछि कन्नौजको चन्दराज्य छिन्न भिन्न भयो । त्यहाँका चन्दवंश राजपुरुषहरू ज्यान र धर्म जोगाउन यत्र तत्र भाग्ने क्रममा सबैभन्दा ठुलो समुह र सबै भन्दा प्रभावशाली व्याक्तीहरू कन्नौजबाट उत्तर पश्चिमको पहाड तर्फ गएका थिए ।<ref name= "गौतम गोत्र"/>
माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी '''चन्द्र''' भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो । <ref name= "गौतम गोत्र"/>
 
==नेपालका गौतम गोत्रसंग सम्बन्धितहरु र फरक गोत्रीय अन्य चन्दहरू==
कालीकुमाउँ चम्पावतबाट रणधौला तथा गडधौलाका सन्ततिहरू उदयदेउ चन्द, रानादेउ चन्द, भानादेउ चन्द र जसुदेउ चन्दहरू करिब शाके १४०० को आसपासमा अर्थात करिब ५३५ वर्ष पहिले कुमाउँबाट पश्चिम [[महाकाली नदी]] तिर वर्तमानको बैतडी जिल्लाको तल्लो तथा उपल्लो [[स्वराड]] क्षेत्रमा तथा बैतडीको अन्य क्षेत्रमा बसोवास गरेको देखिन्छ । यसरी १४०० शाकेमा बैतडी आउने चन्दहरू चार भाई जेठा रानादेउ, माहिला उदय देउ, साइला भानादेउ र कान्छा जसुदेउ थिए । अहिलेसम्म प्राप्त सूचना तथा नेपाल प्रहरीका पूर्व डि.आई.जी रणबहादुर चन्दका अनुसार माथि उल्लेखित चारभाईहरू मध्य माहिला भाई उदयदेउ बैतडीको स्वराड क्षेत्रमा बसोवास गरेका र उनका सन्ततिहरू जसीवाम, हंशराज र जगी चन्दले बैतडीको स्वराड क्षेत्रमा राजसत्ता स्थापना गरे । त्यस्तै जेठा रानादेउ मध्य-बैतडी तिर बसोवास गरी बसेका र उनका सन्तति कर्म चन्द, रुप चन्द आदिले त्यस क्षेत्रमा राजसत्ता स्थापना गरी चन्दवंशलाई फैलाएका थिए । त्यस्तै साहिला भाई भानादेउ बैतडीमा नबसी त्यहाँबाट पूर्व वर्तमान नेपालको मध्य पश्चिम क्षेत्र ( [[जाजरकोट जिल्ला|जाजरकोट]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[रुकुम जिल्ला|रुकुम]], [[रोल्पा जिल्ला|रोल्पा]] ) तथा [[सल्यान जिल्ला|सल्यान]], [[प्युठान जिल्ला|प्युठान]] तिर गएको र उनका सन्ततीहरू त्यही क्षेत्रमा फैलिएको बताइन्छ । त्यस्तै कान्छा भाई जसुदेउका एक मात्र सन्तान भएका र उनी बैतडीमा नबसी कुमाउँ क्षेत्रमा फर्केका थिए । त्यसैले नेपालमा रानादेउ, भानादेउ र उदयदेउका सन्तति चन्दहरू मात्र छन् भनिन्छ ।<ref name= "गौतम गोत्र"/>
अहिले बैतडी, [[डोटी जिल्ला|डोटी]], [[अछाम जिल्ला|अछाम]], [[डडेल्धुरा जिल्ला|डडेलधुरा]] हुँदै पूर्व [[दैलेख जिल्ला|दैलेख]], जाजरकोट, सुर्खेत, रुकुम, रोल्पा, प्युठान, [[म्याग्दी जिल्ला|म्याग्दी]]सम्म फैलिएका चन्दहरू तथा अछामको [[बाटुलासैन]] (झाँता), [[बाबला]], [[पुलेतोला]] तथा [[कालीकोट जिल्ला|कालीकोट]]को ठिकेका [[बटाला]] (चन्द) हरू र अछामको [[कालागाउँ]], [[दर्ना]], तोली, लयाँटी, सुर्खेत, [[दाङ जिल्ला|दाङ]]सम्म फैलिएका [[सोडारी]] (चन्द) हरू पनि रानादेउ, उदयदेउका सन्तानहरू हुन् ।<ref name= "गौतम गोत्र"/>
यसरी अहिले नेपालमा रानादेउ, उदयदेउ र भानादेउका सन्तति चन्दहरू, बटालाहरू र सोराडीहरू रहेका छन् ।
यसरी तीन भाईका सन्ततिहरू अहिले नेपालको राष्ट्रिय जीवनमा अत्यन्त महत्व राख्ने चन्द थरलाई अघी बढाई रहेका छन् ।
 
===बैतडीबाट पूर्वगएका भानादेवको वंशजका प्रतिहार चन्द===
बैतडीबाट पूर्वगएका भानादेवको वंशज डोटीका प्रतिहार चन्द ठकुरी हुन् । प्रतिहार राजाको अंगरक्षक पद हो । यो पद भानादेवको वंशज ले पाएको कारण देव बाट प्रतिहार भनिएका हुन् । भानादेव को वंशजको अनुसार कर्णाली र सेती नदी पूर्व आफ्नो वंशज नभएको र त्यो खापरे, दाड़े मष्टको भुमि भएको हुँदा त्यहा आफ्नो वंशज छैन । कर्णाली र सेती नदी पूर्वका चन्द को गोत्र भारद्वाज भएको ले ति फरक हुन् । चन्द्रवंशी प्रतिहार चन्द ठकुरी<ref name="लाल बहादुर बम ठकुरी"> सामाजिक मान्यता, भानाई, ताम्रपत्र,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीको इतिहास ,वंशावली अनुसार । </ref> गौतम गोत्रीय ,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीका कुलदेवता केदार, धिरगाँणी (गणेश), औखरे भगवती, कालिकादेवी हुँन् । यिनकी ठकुरानीहरू [[ठूला केदार]] (केदार) देवताका अधेगा (पर्दा) हुन्छन् । [[बोगटान राज्य|डोटी बोगटान]]मा यी [[ठूला केदार]]का करावाला हुन् । [[ठूला केदार]] यिनकै देवता बताईन्छ । यिनकाकुलगुरु [[उपमन्यु गोत्र|उपमन्यु]] गोत्रीय विनाडी ब्राह्मण छन् ।
*(१) भाइभाइमा मनमुटाव हुँदा भानादेव वैतडी तल्लो स्वराडबाट सिधै पूर्व एक हप्ताको पैदलदुरीमापर्ने वोगटान आएर बसेका हुँन् । डोटी प्रवेश गर्ने [[कत्युरी राजवंश|कत्युरी नरेश ]] राजा निरयपालका बि.स १४०९ देखि १४१९ सम्मका ताम्रपत्रमा यिन (प्रतिहार) को उपस्थिति देखिन्छ । [[कत्युरी राजवंश ]]का बैबाहिक इस्टमित्र हुन् । देउवा ठकुरी पनि यिनका पुर्खेउली बैबाहिक इस्टमित्र हुन् । डोटीमा [[देउवा]]हरूले यिनको वंशनास गर्ने गरि मारकाट गरेको रिसले हाड परेको भनेर देउवा र यी चन्द बीच बैबाहिक सम्बन्ध बर्तमानमा नभए पनि [[कुमाउँ]] क्षेत्रमा [[देउवा|चन्द्रवंशी देउवा ठकुरी]] संग गौतम गोत्रीय चन्दको हजारौं बर्षदेखिको बैबाहिक सम्बन्ध अहिलेपनि छदै छ । भानादेवका तीनपुत्र
*(२) जेठा - करणदेव, माईला - मानदेव र कान्छा चतुरदेव भए । चतुर देवको अपुताली भयो ।
*(३) जेठा - करणका मुसु देव भए ।
*(४) मुसुद्योका ४ छोराहरु भए । जेठा झापरदेव, माईला नरसिहद्येव, साईला जय र कान्छा भिमहुँन् । माईला ः मानका एक पुत्र प्रताप चन्द्र भए । मानले कापडी खुवाको मानकोट भन्ने स्थानमा बसोबास गरेका थिए । यिनका सन्तान भूजाली, छेडा क्षेत्रमा फैलिएर रहेकाछन् ।
*(५) जेठा झापरदेवका ३ पुत्रहरु । जेठा लक्षण, लक्षु, संकर हुँन् । झापरदेवको कोट गडसेरा खतेडा भन्ने ठाउँमा थियो । यी कालिका देवीका भक्त थिए । वैतडी स्वराडबाट उपमन्यू गोत्रीय ब्राह्मण, भण्डाराको काम गर्ने भण्डारी, ओखेडो, ढोली, भूल र लोहार पनि साथै लगेर खतेडामा बसे । कालिका, केदार, मसानी सहितका देवता स्थापना गरी खतेडामा राजगर्न थालेकाहुँन् । यिनको देउवाहरुसँग मारकाट मचेको हो । यिनको काटमारमा हत्या भयो । यहाँ यिनका छोराहरू लक्षमण, लक्षु, संकर पनि काटिएका थिए । देउवाहरूसँग युद्ध मचेपछि यिनकी रानी भागेर गर्भको रानीभँुईकुडा भन्ने स्थानमा आएर राजीसँग बसीन । त्यहाँ गर्भमा रहेका गर्भदेवको जन्म भयो । यिनका सन्तान पनि गर्भहुँदै लानागएका थिए । माईला नरसिहदेव लानाको गडगाउँमा गएर बसेका हुँन् । जयका सन्तान लाना बास्तोलामा गई बसेकाहुँन् । भिमका सन्तान लाना धामी गाउँ र मारकोट क्षेत्रमा फैलिएर बसेकाछन् । देउवाहरूसँगको युद्धमा देउवाहरुले प्रतिहार/पड्यार शब्दसँग मेलखाने व्यक्ति, वोट विरुवा, किडपत्तंक सबैको नाम निसान मेट्ने भनि काट्दै र मार्दै चलाएको यिनको नरसंहार तथा वंशनासको अभियानबाट बाँच्न भानादेव खान्दानकाहरुले प्रतिहारबाट रिथी थर लेखेका थिए । रिथि उल्लेखित थरका व्यक्तिहरुको नामबाट मुख्यली चलेका आधारहरु अझै वोगटानमा भेटिन्छन् । गर्बा र रानी भुँईकुडा यस खान्दानसँग सम्बन्धित नाम हुन । मारकाटबाट बाँच्न सफल भएकी रानी आई राजीका गोठमा बसेका कारण रानी भुँईकुडा र यी ग्रभिणी रानीबाट जन्मेका गर्भदेवको नामबाट गर्भा स्थानको नाम रहन गएको हो । प्रतिहार थरबाट परिचित यस झापरदेवको शाखा सन्तानको विरुद्धमा देउवाहरुले वंशनासको अभियान चलाएपछि लुक्तै भाग्दै, झापरदेवकी महारानी राउते÷राजीहरूको सरणमा गोठमा बसेकी थिईन् । त्यहाँ गर्भिणी रानीबाट गर्भचन्ददेव नामका राजकुमार÷रौतेला जन्मे । त्यहाँ राजाको रौतेलाले २२ हारी पातलोमा भातखाने गरेको कुरा राईभाट मार्फत देउवाहरुले थाहा पाउँदा देउवाहरु त्यहाँ पनि मार्नको लागि खोजिमा गए । यस खान्दानको बचाउ गर्न राजीहरुले यी प्रतिहार होईनन् । यी त हाम्रा रिथि(मालिक)हनु प्रतिहार यहाँ छैनन् भनेर देउवाहरूलाई त्यहाँबाट फर्काएपछि यिनको ज्यान बच्यो यसपछिका दिनबाट यिनलाई रिथि भन्न थालियो । लाना क्षेत्रमा फैलिएकाहरुमा पनि देउवाहरूको आतंकबाट डर त्रासमा थिए । उनीहरूले पनि देउवाहरुबाट बाँच्नकोलागि रिथी थर लेखेका हुँन् । यसकारण भानादेव ÷ झापरदेवको वंशजले प्रतिहार, रिथी, चन्द जस्ता थरहरुबाट परिचित हुनु पर्यो । हाल यस कुलका सबैले चन्द थर लेखेकाछन् । गौतम गोत्रीय, चन्द्रवंशी चन्दको वंशज कर्णाली पूर्व गएको भेटिदैन् । यस विषयको खोज अनुसन्धान गर्दा यो कुरा थाहा भएको हो । कर्णाली पूर्वका भारद्वाज गोत्र, मष्टो कुलदेवता बताउने चन्द थर लेख्नेहरु सम्बन्धीको इतिहास फरक छ ।
==== डोटी बोगटानमा बसोबास ====
डोटी वोगटानका गौतम गोत्रिय चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरुको वर्तमानमा बसोबास रहेका गाउँहरु यसप्रकार छन् । कैलाली जिल्लाका पहाडी भूभाग खैरला गाउँ विकास समिति अन्तरगतका
*बँन्वार,
*गर्वा र
डोटी जिल्ला बोगटान अन्तरगतका गाउँहरु
*बाँस्तोला,
*धामीगाउँ,
*गडगाउँ,
*मारकोट,
*भुजाली,
*छेडा,
*लाना हुन् ।
 
==== गुप्तचरगर्दा ====
डोटी पाल([[कत्युरी राजवंश| कत्युरी नरेश ]]) राज्य रैका मल्ल राजाका वंशजले बिजय गरेपछि यस खान्दानले रैकाको बिरुद्दमा डोटीबाट चम्फावतको चन्द राज्यमा गुप्तचर भएर समाचार पुगाउने र रैका बिरुद्द गरेको कुरा रैकाराजाले थाहा पाएपछि डोटी रैका राजाले यस वंशलाई आफ्नो राज्यमा जागिर दिएँन केहिलाई डोटी बाट कुमाऊ धपाएको थियो । यो गुप्तचर भएर डोटीकाकुरा चम्फावत पुगाउने गरेको भन्ने कुमाऊका इतिहासमा पनि उल्लेख छ ।
 
==चन्दवंशका महत्वपूर्ण व्याक्तित्व ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/864790" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प