"आवश्यकता शृङ्खला सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट : हिज्जे मिलाउँदै
सा Saroj Uprety ले आवश्यकता शृंखला सिद्धान्त मा पुनर्निर्देश नछोडि त्यसलाई आवश्यकता शृङ्खला सिद्धान्त मा सारेको हो: हिज्जे सुधार
(कुनै भिन्नता छैन)

१५:१६, १६ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अब्राहम मास्लोको आवश्यकता शृंखला सिद्धान्त

अब्राहम मास्लोको यो आवश्यकता शृंखला सिद्धान्त निम्नलिखित मान्यताहरूमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृंखला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।

मानिसले विकास र विस्तार चाहन्छ ।

शृङ्खला

शारीरिक आवश्यकता

यश आवश्यकताभित्र गाँस, बाँस, कपासका अतिरिक्त आराम तथा पुनर्ताजगी, कार्यसम्पादनमा भौतिक सुबिधा तथा उचित कार्य घण्टा पर्दछन्।

सुरक्षा आवश्यकता

यसभित्र सुरक्षित कार्य अवस्था, जागिरको सुरक्षा, तथा उचित पारिश्रमिक तथा सुबिधाहरु पर्दछन्।

सामाजिक आवश्यकता

सामाजिक आवश्यकताभित्र सहकर्मीको मित्रवत् व्यवहार, ग्राहकसँग अन्तर्कृया,उपयुक्त सुपरिवेक्षक, समाजमा स्वीकार्य, प्रेमपूर्वक रहने, सामाजिक संगठनमा संलग्न रहने, समितिहरूमा रहने आदि पर्दछन्।

अहम् आवश्यकता

यश अन्तर्गत आत्मसम्मान, उच्च तथा मर्यादित ओहदा, इज्जत तथा प्रतिष्ठा, स्वतन्त्रता, प्रशंसा , हाकिमद्वारा मान्यता तथा पहिचान आदि पर्दछन्।

आत्म सन्तुष्टि आवश्यकता

सिर्जनशील तथा चुनौतीपूर्ण कामको अपेक्षा, निर्णयमा सहभागी हुन पाउने अपेक्षा तथा कार्यमा स्वायत्तताको अपेक्षा यश आवश्यकताभित्र पर्दछन्। [१]

आलोचना

सन्दर्भ सामग्रीहरू

  1. व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०