"कविता" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (Reverted 1 edit by Manu Tamang (talk) to last revision by Saroj Uprety (ट्विङ्कल))
चिनो: पूर्ववत
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन Reverted
सामान्यतया[[छन्द]] नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ । यो कविता लेख्ने आधुनिक तरिका हो । जहाँ कविहरू आफ्नो भावना कुनै लगु, गुरु वा छन्द नियममा नरही स्वतन्त्र रूपले लेख्न सक्दछन् ।
 
सन्तोष घिमिरे
===उदाहरण===
कविता -काठमाडौ , सपना र म !
<poem>
यी पत्थरका ईश्वर
सँगालिएको अतीत
अनि कर्कट जस्तै मान्छे
तिमीले धेरै पहिले
डडेलोले छोपेको आकाश
पैसा भनेर दिएको पिपलको पात
बालापनको खेल भनेर सजिलै भुलिदियौ
रुमानी सपनाहरूको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
म त बहुलाएको छु
जुनदिन म काठमाडौँ हिँडेको थें
रातो टीका र फूल दिएर
बहिनीले भनेकी थिइन्-
दाइ ठुलो मान्छे बनेस् है
काठमाडौँको भूगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बहिनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरू
सुनेको थें काठमाडौँमा
सपनाको किनबेच हुन्छ
एकमुठी सास र
एक मुस्कान हाँसोमा
मान्छेले काठमाडौँमा
जिन्दगी उधारोमा दिन्छन
बेतोडले बत्तीएको माइक्रोमा
हुइकिंदै गर्दा देखें
राजमार्ग छेवैमा मकै पोल्ने आमाहरू
देखें
त्रिशुलीको बालुवामा जीवन जीउनेहरू
अनि देखें
चार कप चिया बेच्न
सारा रात आफ्नो निद बेच्ने दिदीहरू
च्यातिएको गुन्द्रीमा
मैलो जमेको तन्ना ओछ्याएर
एक जिन्दगी जिएको,
मलाई मेरै जीवन
गर्भपतन गरी फालेको
भ्रुण जस्तै लाग्यो
काठमाडौँमा भगवान छन् भन्थे
ठुला मान्छे बस्छन् भन्थे
खै मान्छे बस्छन् कि केही अरु
ढोका ढोकामा लेखेको देख्छु
कुकुर देखी साबधान्
सोंच्छु
मान्छेदेखी साबधान किन नलेखेको होला ?
अहो त्यो रत्नपार्क !
मुतको पहाड माथि
थेगीनसक्नु बेरोजगारहरूको भीड
भीडमै कसैले बेच्दैछ
बदाम, भट्टमास, कण्डम र शिलाजित
सोंच्छु
अपरिभाषित समयका
नामर्द मानिसहरू
कतिचाँडै स्खलित हुन्छन् हँ ?
जब काठमाडौँलाई बुझ्दै गएँ
काठमाडौँ काठमाडौँ जस्तै लागेन
नेपाल नेपाल जस्तै लागेन
यहाँका मान्छे मान्छे जस्तै लागेनन्
बिस्तारामा उत्तानो परेर सुतेकी
बेश्या जस्तै
काठमाडौँ निर्वस्त्र छ
निर्लज्ज छ
जो आएर भोगे नि हुने
जो आएर ढोगे नि हुने
देख्छु
योनीच्छेदले मुर्छित युवती जस्तै
टुकुचा खोला दुर्गन्धले
भित्रभित्रै मरिरहेकी छ
आफैलाई हेर्न लाज लाग्छ
आफ्नै अनुहार
र बेचिदिन्छु ऐना कवाडीलाई
यो भीड यो कोलाहल
र यो दुर्गन्ध
प्रिय टुकुचा मलाई माफ गर
क्याबिन रेष्टुराँबाट मातेर
फर्कँदै गर्दा
थुप्रै पटक मैले मुतेको छु
तिम्रो बक्षमा
ओ टुकुचा
मलाई माफ गर बहुलाएको छु
 
काठमाडौँ देखेर म अघाएको छु ।
म मूर्ख अझै त्यहीँ पात लिएर
सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु ।
<b>- अनिल खतिवडा </b></poem>
 
===पद्य कविता===
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/927242" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प