"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २८: पङ्क्ति २८:


== आमचुनाव ==
== आमचुनाव ==
सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनाव सुरु भयो । १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जिते । चुनावपछि राजा महेन्द्र सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे <ref name=":0" />।
सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनाव सुरु भयो । १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जिते । चुनावपछि [[राजा महेन्द्र]] सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे <ref name=":0" />।


== [[२०१७ पुष १ गतेको शाही घोषणा]] ==
== [[२०१७ पुष १ गतेको शाही घोषणा]] ==

२१:४९, २९ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

सुवर्ण सम्शेर राणा नेपालका 20th प्रधानमन्त्री [ मन्त्रिपरिषद्को अध्यक्ष ] बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी नेपाली कांग्रेसको कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी. पी. जेलमा हुँदा कार्यवाहक सभापति बनेका थिए। यिनी नेपालका विद्वान राजनीतिज्ञ कहलाउँछन्।

२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो ।

नेपाली कांग्रेस

२००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालजस्तो मुलुकमा राणा शासन फाल्ने सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म वीपी पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमतिपश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम नेपाली कांग्रेस बनेपछि सुवर्ण कोषाध्यक्ष बने ।

राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि बीपीसहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन कलकत्ता गएकाले जोगिएका थिए । महेन्द्रले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान सङ्केत गरेका थिए  ![१]

२००७ सालको क्रान्ति

एकीकरण पश्चात सुवर्णका भान्जा थिरबम मल्लको नेतृत्वमा पूर्णसिंह खवास, डीबी राई, दिलमान सिंह लगायतका सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता गठन गरियो । उनीहरूलाई भारतका विभिन्न स्थानमा फौजी तालिम दिन थालियो र हतियार सङ्कलन द्रुतगतिमा सुरु भयो । सशस्त्र क्रान्तिको सम्पूर्ण जिम्मा सुवर्ण शमशेरलाई दिइयो । अनि कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । सशस्त्र क्रान्तिलाई विधिवत रूपमा अनुमोदन गर्न २००७ असोज १० र ११ भारतको बैरगनियाँमा कांग्रेसले विशेष सम्मेलन बोलायो । सम्मेलन पश्चात एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न वीपीगणेशमान भएको स्थानमा उनी पुगे । कुराकानीकै क्रममा सुवर्णले 'क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ' भन्ने प्रश्न राख्दा वीपीले 'त्यही २५/३० लाख' भने । जवाफमा सुवर्णले 'त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड दिन्छु' भने ।

२००७ कात्तिक २५ र २६ को राति शून्य समयमा मुक्ति सेनाले वीरगन्ज आक्रमण गरेर सशस्त्र संघर्षको सुरुवात गर्‍यो र तेजबहादुर अमात्यलाई त्यहाँको प्रमुख बनायो । सशस्त्र संघर्षको पहिलो आक्रमणमा नै थिरबम मल्ल मारिए । छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो ।

संयुक्त सरकार

२००७ फागुन ७ गते प्रजातन्त्रको घोषणासँगै गठन भएको संयुक्त सरकारमा क्रान्तिनायक सुवर्ण शमशेर अर्थमन्त्री बने । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलो पटक बजेट प्रस्तुत गरे ।

बजेट

नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेर राणा हुन् । १ सय ४ वर्षे राणा शासनको अन्त्य भएपछि गठन भएको सरकारका अर्थमन्त्री सुवर्ण शमसेरले २००८ सालका लागि बजेट ल्याएका थिए । राणा शासनकालमा र मुलुकको आम्दानी–खर्च विषय जनतालाई थाहा हुँदैन थियो ।

प्रजातन्त्रको स्थापनापछि पहिलो पटक मुलुकको आम्दानी के कति हुन्छ, केमा खर्च हुन्छ यसको सार्वजनिक गरिएको थियो । २००८ मा सरकारको सामान्य आम्दानी ३ करोड ५ लाख सोह्र हजार अनुमान गरिएको थियो । खर्च भने ५ करोड ६९ लाख १५ हजार हुने अनुमान गरिएको थियो । जनताको जीवनस्तर उठाउनु र जनताको सांस्कृतिक तथा सामाजिक जीवन उकास्नु बजेटको उद्देश्य थियो । सरकारले मिश्रित आर्थिक प्रणाली अपनाउने नीति लिएको थियो । निजी उद्योग र व्यापारलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले तय गरेको थियो [२]

कांग्रेस सभापति

२०१२ माघमा वीरगन्जमा सम्पन्न् महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित गर्‍यो । यो महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गर्‍यो । त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए ।

भद्र अवज्ञा आन्दोलन

संविधानसभा लगायतको माग गर्दै २०१४ मङ्सिर २२ देखि भद्र अवज्ञा आन्दोलन प्रारम्भ गर्‍यो । ठूलो दबाबपछि २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा सर्वदलीय चुनावी मन्त्रिपरिषदको गठन भयो । २०१५ भदौ ३ गते मन्त्रिपरिषद अध्यक्ष एवं अर्थमन्त्री हुँदा उनले दोस्रो बजेट रेडियो नेपालमार्फत सार्वजनिक गरेका थिए [३]

आमचुनाव

सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनाव सुरु भयो । १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जिते । चुनावपछि राजा महेन्द्र सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे [३]

२०१७ पुष १ गतेको शाही घोषणा

२०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी सम्पूर्ण शासन हत्याउँदा सुवर्ण शमशेर भारतमा थिए । महेन्द्रको तानाशाही कदमबाट अत्यन्त क्रुद्ध हुँदै २०१७ साल माघमा भारतको पटनामा उनले पार्टीको सम्मेलन बोलाए । सम्मेलनले प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो । संघर्षको सम्पूर्ण जिम्मेवारी सुवर्णलाई सुम्पियो । सोही कारण निरंकुश पञ्चायती सरकारले उनको बालुवाटारको दरबार, ललिता निवास (हालको राष्ट्र बैङ्क भवन) जफ्त गर्‍यो ।

दलमाथि प्रतिबन्ध लागेपछि विदेशिन बाध्य पार्टीका नेता तथा कार्यकर्ताको विदेशी भूमिमा विचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप जिम्मेवारी थपियो ।

सशस्त्र संघर्ष

कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले कलकत्तामा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे । २००७ को सशस्त्र क्रान्तिले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासन पश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे ।

वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापना निम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुन सकेनन् ।

मृत्यु

२०३४ कात्तिक २४ गते सुवर्ण शमशेरको कलकत्तामा निधन भयो ।

सन्दर्भ सामग्रीहरू

  1. http://himalkhabar.com/news/8036
  2. http://motivatenews.com/archives/14744 कुन अर्थमन्त्रीका पालामा कस्तो बजेट ? सुवर्ण शमशेर देखि बिष्णु पौड्यालसम्म
  3. ३.० ३.१ https://www.kantipurdaily.com/opinion/2014/02/26/384775.html

यो पनि हेर्नुहोस्

नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू

बाह्य लिङ्कहरू