"पन्जाब, भारत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Saroj Uprety द्वारा पञ्जाब (भारत) पृष्ठलाई पञ्जाब, भारत मा सारियो: उपयुक्त शीर्षक
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७८: पङ्क्ति ७८:
युनानीहरू पञ्जाबलाई पैंटापोटाम्या नामले जान्दथे । पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो । पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पञ्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती) सँग जोडिएको छ । बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे । ऐतिहासिक तौरमा पञ्जाब युनानि, मध्य एसियाई, अफगानी र ईरानीहरूको लागि भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ ।
युनानीहरू पञ्जाबलाई पैंटापोटाम्या नामले जान्दथे । पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो । पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पञ्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती) सँग जोडिएको छ । बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे । ऐतिहासिक तौरमा पञ्जाब युनानि, मध्य एसियाई, अफगानी र ईरानीहरूको लागि भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ ।


[[कृषि]] पञ्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो [[गहुँ|गहूँ]] उत्पादक क्षेत्र हो । यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा [[चिनी]] उत्पादन पर्दछन् । पञ्जाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी इस्पातका मील अथवा कारखानाहरू छन् ।
[[कृषि]] पञ्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो [[गहुँ|गहूँ]] उत्पादक क्षेत्र हो । यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा [[चिनी]] उत्पादन पर्दछन् । पञ्जाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी स्टिल को मील अथवा कारखानाहरू छन् ।


== नामोत्पत्ति ==
== नामोत्पत्ति ==

११:४१, १० नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

पञ्जाब
ਪੰਜਾਬ
पञ्जाबको नक्सा
पञ्जाबको नक्सा
पञ्जाबको झण्डा
पञ्जाबको आधिकारिक छाप
उपनाम: 
पाँच नदीहरूको भूमी
Location of Punjab in Indiaको अवस्थिति
Location of Punjab in India
Clockwise from top: Harmandir Sahib, Quila Mubarak, Gandhi Bhavan, Wagah Border, Jallianwala Bagh Memorialको अवस्थिति
Clockwise from top: Harmandir Sahib, Quila Mubarak, Gandhi Bhavan, Wagah Border, Jallianwala Bagh Memorial
राष्ट्र भारत
स्थापना१९६६-११-०१
राजधानीचण्डिगढ
ठुलो सहरलुधियाना
जिल्ला22
सरकार
 • राज्यपालShivraj Patil[१]
 • मुख्यमन्त्रीParkash Singh Badal (SAD)
 • व्यवस्थापिकाएक सदनात्मक (117 seats)
 • Parliamentary constituency13
 • उच्च अदालतपञ्जाब तथा हरियाणा उच्च अदालत
क्षेत्रफल
 • जम्मा५०,३६२ किमी (१९४४५ वर्ग माइल)
 • क्रम19th
जनसङ्ख्या
 (2011)[२]
 • जम्मा२७,७०४,२३६
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+05:30 (IST)
आइएसओ ३१६६ सङ्केतIN-PB
HDIवृद्धि 0.679 (medium)
HDI rank9th (2005)
Literacy76.68%
सरकारी भाषापञ्जाबी, हिन्दी
वेबसाइटpunjabgovt.nic.in

पञ्जाब अथवा पञ्जाब (/[invalid input: 'icon']pʌnˈɑːb/ ( )) (पन्जाबी: ਪੰਜਾਬ) भारतको एक राज्य हो । यो राज्य वृह्द पञ्जाब क्षेत्रको एक भाग हो । यसको अर्को भाग पाकिस्तानमा छ । पञ्जाब क्षेत्रका अन्य भाग भारतको हरियाणाहिमाचल प्रदेश राज्यमा पर्दछन् । यस राज्यको पश्चिममा पञ्जाब (पाकिस्तान), उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश, दक्षिण तथा दक्षिण-पूर्वमा हरियाणा, दक्षिण-पूर्वमा केन्द्र शासित प्रदेश चण्डीगढ र दक्षिण-पश्चिममा राजस्थान राज्य पर्दछ । यस राज्यको कुल जनसङ्ख्या २,४२,८९,२९६ छ भने कुल क्षेत्रफल ५०,३६२ वर्ग किलोमीटर रहेको छ । केन्द्र शासित प्रदेश चण्डीगढ पञ्जाबको राजधानी हो । चण्डिगढ हरियाणा राज्यको पनि राजधानी हो । पञ्जाबका प्रमुख शहरहरूमा अमृतसर, लुधियाना, जालन्धर, पटियालाबठिन्डा पर्दछन् ।

सन् १९४७ मा भारतको विभाजन पछि तत्कालिन बृह्द पञ्जाबलाई विभाजन गरेर आधा पञ्जाब भारतमा र आधा पाकिस्तानमा राखिएको थियो । सन् १९६६ मा भारतीय पञ्जाबको पनि विभाजन भयो । यसमा पञ्जाबलाई विभाजन गरेर हरियाणा, हिमाचल प्रदेश र पञ्जाब गरेर तिन राज्य बनाइए । यो भारतको एकमात्र राज्य हो जहाँ सिख धर्मावलम्बीहरूको बहुमत छ ।

युनानीहरू पञ्जाबलाई पैंटापोटाम्या नामले जान्दथे । पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो । पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पञ्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती) सँग जोडिएको छ । बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे । ऐतिहासिक तौरमा पञ्जाब युनानि, मध्य एसियाई, अफगानी र ईरानीहरूको लागि भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ ।

कृषि पञ्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो गहूँ उत्पादक क्षेत्र हो । यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा चिनी उत्पादन पर्दछन् । पञ्जाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी स्टिल को मील अथवा कारखानाहरू छन् ।

नामोत्पत्ति

'पञ्जाब' शब्द, फारसी शब्द 'पंज' (پنج) पाँच र 'आब' (آب) पानीका मेलबाट बनेको छ । यसको शाब्दिक अर्थ 'पाँच नदीहरूको क्षेत्र' हो । यि पाँच नदीहरू हुन्: सतलुज, व्यास, रावी, चिनाबझेलम। धार्मिक आधारमा सन् १९४७ मा भएको भारत विभाजनका दौरान चिनाब ल झेलम नदीहरू पाकिस्तान को पञ्जाब राज्यमा पर्न गए ।

इतिहास

प्राचीन पञ्जाब कुनै बेलामा विस्तृत भारत-ईरानी क्षेत्रको एक भाग थियो । पछिल्ला वर्षहरूमा यहाँ मौर्य, बैक्ट्रियन, यूनानी, शक, कुषाण, गुप्त जस्ता अनेक शक्तिहरूको उत्थान र पतन भयो । मध्यकालमा पञ्जाब मुसलमानहरूको अधीनमा रहयो । सब भन्दा पहिले गजनवी, गौरी, गुलाम वंश, खिलजी वंश, तुगलक, लोधीमुगल वंशहरूको पञ्जाबमा अधिकार रहयो । पन्ध्रौँ र सोह्रौँ शताब्दीमा पञ्जाबको इतिहासले नयाँ मोड लियो । गुरु नानक देव का शिक्षाले गर्दा यहाँ भक्ति आन्दोलन मच्चियो । सिख पन्थहरूले एक धार्मिक तथा सामाजिक आन्दोलनलाई जन्म दिए, आन्दोलनको मुख्य उद्देश्य धर्म र समाजमा फैलिएका कुरीतिहरूलाई हटाउनु थियो । दशौँ गुरु गोबिन्द सिंहले सिखहरूलाई खालसा पन्थका रूपमा संगठित गरे तथा एकजुट गरे । उनले देशभक्ति, धर्मनिरपेक्षता र मानवीय मूल्यमा आधारित पञ्जाबी राज्यको स्थापना गरे । एक फारसी लेखको शब्दहरूमा महाराजा रणजीत सिंहले पञ्जाबलाई सिख साम्राज्यमा बदली दिए । उनको देहावसान पछि भित्री मतभेद र अंग्रेजहरूक चालका कारण पूरा साम्राज्य छिन्न-भिन्न भयो । अंग्रेज र सिखहरू बीच दुईवटा निष्फल युद्धहरू पश्चात सन् १९४९ मा पञ्जाब बेलायती शासनको अधीनमा भयो ।

स्वतन्त्रता आन्दोलनमा गान्धी जीको आगमन भन्दा पहिले नै पञ्जाबमा बेलायती शासनका विरुद्व संघर्ष शुरु भइ सकेको थियो । अंग्रेजहरूका विरुद्व यो संघर्ष सुधारवादी आन्दोलनोको रूपमि प्रकट भइरहेको थियो । सबै भन्दा पहिले आत्म अनुशासन र स्वशासनमा विश्वास गर्ने नामधारी सम्प्रदायले संघर्षको बिगुल फुके । त्यसपछी लाला लाजपत रायले स्वतन्त्रता संग्राममा अग्रणी भूमिका निभाए । चाहे देशमा होस् या विदेशमा, पञ्जाब स्वतन्त्रता संग्रामको हर मोर्चामि अगाडि रहयो । देशको स्वतन्त्रता पछि पञ्जाबलाई विभाजनको सामना गर्नु पर्यो जसले गर्दा ठुलो संख्यामा रक्तपात तथा विस्थापन भयो । विस्थापितहरूलाई पुनर्वासका साथै राज्यलाई नयाँ ढङ्गले संगठित गर्नु पर्ने चुनौती थियो ।

पूर्वी पञ्जाबका आठ रियासतहरूलाई मिलाएर नयाँ राज्य 'पेप्सू' तथा पूर्वी पञ्जाब राज्य "सघ-पटियाला" निर्माण गरिए । पटियालालाई यसको राजधानी बनाइयो । सन् १९५६ मा पेप्सूलाई पञ्जाबमि मिलाइयो । पछि गएल पञ्जाबी सूबा आन्दोलनका कारण १९६६ मा पञ्जाबबाट केही हिस्सा निकालेल हरियाणा बनाइयो ।

पञ्जाब भारतको उत्तर-पश्चिमी भागमा स्थित छ । यसको पश्चिममा पाकिस्तान, उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश र दक्षिणमि हरियाणा तथा राजस्थान राज्यहरू पर्दछन् ।

जनसङ्या

धर्म

धर्म धर्मानुसार मान्छेहरूको सङ्ख्या जम्मा %
जम्मा जनसङ्ख्या २,४३,५८,९९९[३] १००%
सिख १,४५,९२,३८७ ५९.९१%
हिन्दू ८९,९७,९४२ ३६.९४%
मुस्लिम ३,८२,०४५ १.५७ %
ईसाई २,९२,८०० १.२० %
बौद्ध ४१,४८७ ०.१७ %
जैन ३९,२७६ ०.१६ %
अन्य ८,५९४ ०.०४ %

सिख धर्म पञ्जाबको मुख्य धर्म हो । यस राज्यमा लगभग ६० प्रतिशत नागरिक सिख धर्मका अनुयायी छन् । पञ्जाब भारतको ती छ राज्यहरूमा एक हो जहाँ हिन्दुहरूको बहुमत छैन । सिखहरूको प्रमुख धार्मिक स्थल, हरिमन्दिर साहिब, पञ्जाबका अमृतसर शहरमा छ, यो सिखहरूको पवित्रत नगर मानिन्छ । अमृतसर जैन धर्म का अनुयायीहरूका लागि पनि विशेष महत्त्वपूर्ण स्थान हो ।

भाषा

अन्तरराष्ट्रीय सीमाका दुवै तर्फका पञ्जाबहरूको भाषा पञ्जाबी हो, तर लिपि भिन्न छ । भारतीय पञ्जाबमा गुरुमुखी लिपीको प्रयोग हुन्छ भने पाकिस्तानी पञ्जाबमा शाहमुखी लिपिको प्रयोग हुन्छ । भारतीय पञ्जाबकि लगभग २५ % जनता हिन्दी बोल्छन्, विशेष तौरमा हरियाणा र राजस्थानसँग गाँसिएका इलाकाहरूमा हिन्दीको प्रयोग भएको पाइन्छ । हिन्दी लगभग पूरा जनसङ्ख्याले बुझ्दछन् । शहरमा बस्नेहरू त धाराप्रवाह हिन्दी बोल्न पनि सक्दछन् ।

जिल्लाहरू

पञ्जाब राज्यमा २२ वटा जिल्लाहरू छन् । यि जिल्ला हुन्:


अर्थव्यवस्था

पञ्जाबको सन् २००४ को अनुमानित कुल सकल घरेलू उत्पाद २७ अरब डलर छ । यो एक विकसित राज्य हो।

कृषि

पञ्जाब एक कृषि प्रधान राज्य हो । यहाँ गहूँको सबै भन्दा बढी खती गरिन्छ । अन्य मुख्य बालीहरूमा चामल, कपास, उखु, बाजुरो, मकै, चना तथा फल शामिल छन् । प्रमुख उद्योगहरूमा कपडापिठो शामिल छन् । सडक, रेल र जल यातायात मार्गहरूको पूरा क्षेत्रमा जाल फिंजिएको छ ।

पञ्जाब (पाँच नदीहरूको क्षेत्र) पृथ्वीकच सर्वाधिक उपजाउ क्षेत्र रहेको छ । यो गहूँ उत्पादनको लागि आदर्श क्षेत्र हो । चामल, उखू, तरकारी एवं फलहरे पनि यहाँ राम्रै उत्पादन हुन्छ । भारतीय पञ्जाबलाई भारतको "अन्न-भण्डार" भनिन्छ । यहाँ भारतको कुल गहूँ उत्पादनको ६०% र चामलको ४०% उत्पादन हुन्छ । विश्वको परिदृश्यमा यि बालिहरूको विश्वको कुल उत्पादनको १/३० औँ अथवा ३% को योगदान गर्दछ ।

भारतीय पञ्जाबको आधारभूत ढाँचा पूरा भारतमा सर्वाधिक बेहतरमा एक छ । यहाँका निवासी औसतको आधारमा भारतका सर्वाधिक धनीहरू छन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्