"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा r2.7.1) (रोबोट थप्दै: af, ar, bg, bn, bs, ca, cs, cy, da, de, dv, el, eo, es, eu, fa, fi, fr, ga, gl, he, hr, hu, id, io, is, it, ja, jv, ko, ku, la, lt, mk, nl, no, pap, pl, pt, ro, ru, sh, simple, sk, sl, sr, sv, ta, te, th, tr,
पङ्क्ति ९९: पङ्क्ति ९९:
*[[http://www.ekantipur.com/nepal/article/?id=2045]] :डा रवीन्द्र पाण्डे
*[[http://www.ekantipur.com/nepal/article/?id=2045]] :डा रवीन्द्र पाण्डे


[[af:Prostaatklier]]

[[ar:موثة]]

[[bg:Простата]]
[[bn:প্রোস্টেট]]
[[bs:Prostata]]
[[ca:Pròstata]]
[[cs:Předstojná žláza]]
[[cy:Prostrad]]
[[da:Blærehalskirtel]]
[[de:Prostata]]
[[dv:ޕްރޮސްޓޭޓް ގްލޭންޑް]]
[[el:Προστάτης]]
[[en:Prostate]]
[[en:Prostate]]
[[eo:Prostato]]
[[es:Próstata]]
[[eu:Prostata]]
[[fa:پروستات]]
[[fi:Eturauhanen]]
[[fr:Prostate]]
[[ga:Próstatach]]
[[gl:Próstata]]
[[he:בלוטת הערמונית]]
[[hr:Prostata]]
[[hu:Prosztata]]
[[id:Prostat]]
[[io:Prostato]]
[[is:Blöðruhálskirtill]]
[[it:Prostata]]
[[ja:前立腺]]
[[jv:Prostat]]
[[ko:전립샘]]
[[ku:Prostata]]
[[la:Prostata]]
[[lt:Prostata]]
[[mk:Простата]]
[[nl:Prostaat]]
[[no:Prostata]]
[[pap:Prostat]]
[[pl:Gruczoł krokowy]]
[[pt:Próstata]]
[[ro:Prostată]]
[[ru:Предстательная железа]]
[[sh:Prostata]]
[[simple:Prostate]]
[[sk:Predstojnica]]
[[sl:Prostata]]
[[sr:Простата]]
[[sv:Prostata]]
[[ta:விந்துப்பை]]
[[te:పౌరుష గ్రంథి]]
[[th:ต่อมลูกหมาก]]
[[tr:Prostat]]
[[uk:Передміхурова залоза]]
[[vi:Nhiếp hộ tuyến]]
[[zh:前列腺]]

२२:१७, २८ फेब्रुअरी २०११ जस्तै गरी पुनरावलोकन

पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग पौरुष ग्रन्थि ओखरको आकार र प्रकारको हुन्छ। यो गुद्द्वार र तल्लो पेटको हड्डीको बीचमा मूत्रथैलीको केही तल र मूत्रनलीलाई वरपिरबिाट घेरेको हुन्छ|


प्रोस्टेट ग्रन्थिको वृद्धि

प्रोस्टेट ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ । सामान्यतः पुरुष ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० वर्ष उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ । पौरुष ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ, जुन यौन सम्पर्कको समयमा शुक्रसँग मिसिएर यौन सम्पर्कलाई आद्र एवं सहज बनाउँछ । साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन्छ र पिसाबलाई च्यापिएको साँघुरो मूत्रनलीमार्फत खुम्चिने प्रक्रियाद्वारा जोडसँग धकेल्छ । जसका कारण मूत्रथैली बढी संवेदनशील हुन्छ र पिसाब पटक-पटक तथा अचानक फेर्नुपर्ने हुन्छ । जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल वृद्धि हुँदै जान्छ ।

प्रोस्टेट ग्रन्थिमा मुख्यतया तीनवटा समस्या हुन्छन्ः -

  • क) संक्रमण र सुजन, -
  • ख) असामान्य वृद्धि र -
  • ग) प्रोस्टेट क्यान्सर

।प्रोस्टेट ग्रन्थिको संक्रमण चार प्रकारको हुन्छ

  • तीव्र जैविक ग्रन्थि शोथ: ठूलो आन्द्रा वा पिसाब प्रणालीमा संक्रमण भएमा तीव्र जैविक ग्रन्थि शोथ हुन्छ। सामान्यतया यस अवस्थामा प्रोस्टेट ग्रन्थि सुन्निन्छ र कुनै बिरामीमा पिसाब थैली पनि सुन्निएको हुन्छ। बिरामीलाई ज्वरो आउने, जाडो हुने, शरीर दुख्ने, पिसाब फेर्दा दुख्ने/गाह्रो हुने, ढाड दुख्ने तथा पटक-पटक पिसाब लाग्ने हुन्छ। एन्टिवायोटिक तथा सुन्निएको कम गर्ने औषधीले यो अवस्था निको हुन्छ।
  • दीर्घ जैविक ग्रन्थि शोथ:दीर्घ जैविक ग्रन्थि शोथमा प्रोस्टेट ग्रन्थि वा मूत्रमार्गमा चोटपटक तथा संक्रमणले प्रोस्टेट ग्रन्थि बढेको हुन्छ । यो अवस्थाका बिरामीलाई अन्डकोष दुख्ने, पिसाब फेर्न गाह्रो हुने तथा पटक-पटक पिसाब लाग्ने हुन्छ । सुन्निएको कम गर्ने औषधी तथा एन्टिवायोटिकले यस अवस्थामा सुधार ल्याउँछ।९० प्रतिशत बिरामीमा संक्रमणबाहेकको दीर्घ ग्रन्थि शोथका कारण यो रोग लाग्छ। अनुसन्धानमा यसको ठोस कारण यकिन नभए पनि प्रयोगशाला परीक्षणमा नदेखिने जीवाणु, गह्रौँ शारीरकि अभ्यास, ठूलो भारी बोक्ने तथा ठूला मेसिनहरू चलाउने व्यक्तिलाई जोखिम समूह मानिएको छ। यस अवस्थालाई तुरुन्तै उपचार गर्नुपर्छ । अन्यथा क्यान्सरजस्तो गम्भीर रोग उत्पन्न हुनसक्छ।
  • जीर्ण अजैविक ग्रन्थि शोथ :

यस्तै, प्रोस्टेट ग्रन्थिमा प्रशस्त मात्रामा कोषहरूको वृद्धि भएर पनि प्रोस्टेट ग्रन्थिको वृद्धि हुन्छ। यो उमेर बढ्दै जाँदा हुने प्राकृतिक तथा साझा कारण हो। प्रोस्टेट ग्रन्थि बढ्दै गएपछि आफ्नो स्थानबाट फैलिन सुरु गर्छ । तर, फैलिने ठाउँ नभएपछि मूत्रनलीमा दबाब पर्छ, जसको कारण पिसाबमा समस्या उत्पन्न हुन्छ। बिरामीलाई पटक-पटक पिसाब लाग्नु, पिसाबको बहाव कमजोर हुनु, पिसाबको धार रोकिनु, थोपाथोपा पिसाब चुहिनु आदि लक्षणहरू देखा पर्छन्| यो अवस्था बिगि्रएमा प्रोस्टेट वृद्धिका कारण पिसाब थैली कमजोर हुन्छ, पिसाब पूर्ण रूपमा रोकिन सक्छ र मिर्गाैला फेलर हुन सक्छ।

  • प्रोस्टेट ग्रन्थिमा पीडा।


प्रोस्टेट ग्रन्थि बढेको पत्ता लगाउन चिकित्सकद्वारा शारीरकि जाँच, अल्ट्रासाउन्ड, सिस्टोस्कोपी, एन्डिज टेस्ट तथा उपद्रवहरू पत्ता लगाउन रक्त तथा पिसाबको परीक्षण र बायोप्सी पनि गरन्िछ । अल्ट्रासाउन्डद्वारा प्रोस्टेटको तौल, आकार तथा अवस्था पत्ता लाग्छ भने सिस्टोस्कोपीद्वारा अवरुद्धता पत्ता लाग्छ । साथै, यी परीक्षणबाट पिसाब फेरसिकेपछि मूत्रथैलीमा रहने मूत्रको मात्रा पनि पत्ता लाग्छ ।

चिकित्सकको सल्लाह अनुसार लाक्षणिक उपचार, प्रतिजैविक औषधीको प्रयोग, अल्फा ब्लकर तथा प्रोस्टेट ग्रन्थिलाई सुकाउने औषधीको प्रयोग निकै प्रभावकारी छ । तृतीय अवस्थामा पुगेका वा औषधीले काम नगरेमा अप्रेसन गर्नुपर्छ ।

क्यान्सर नहुने प्रकृतिको प्रोस्टेट वृद्धिमा पुराना कोषिकाहरू मर्दैनन् तर नयाँ कोषिकाहरू लगातार वृद्धि हुँदै जान्छन् । कोषहरू धेरै मात्रामा वृद्धि भएपछि प्रोस्टेट ग्रन्थि बाक्लो हुन्छ, जसले मूत्रनलीलाई साँघुरो पार्छ र पिसाबको समस्या देखिन्छ । मान्छेको शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हार्माेन हुन्छन् । उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरति गर्छ । फलस्वरूप, प्रोस्टेट ग्रन्थि बढ्छ । प्रोस्टेट बढ्नु क्यान्सर होइन र यसको कारण क्यान्सर हुने सम्भावना पनि बढ्दैन तर कहिलेकाहीँ प्रोस्टेट वृद्धि र प्रोस्टेट क्यान्सर एकैपटक पनि हुनसक्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रक्त मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन्छन् ।

वृद्धावस्था, वंशाणुगत, मोटोपना, हार्मोनको असन्तुलन आदिले प्रोस्टेट क्यान्सर हुन्छ । रातो मासु, बढी चिल्लो पदार्थ, चुरोट आदिको सेवनले क्यान्सरको जोखिम बढ्छ । प्रशस्त तरकारी, फलफूल, अन्न, टुसा उमारेका गेडागुडी आदि खाने व्यक्तिलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ । गोलभेँडा, रातो अंगुुर तथा खर्बुजामा 'लाइकोपेन्सेज' नामक तत्त्व हुन्छ, जसले डीएनए नष्ट हुनबाट बचाउँछ र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । काउली, ब्रोकाउली, भिटामिन ई आदिको नियमित सेवनले पनि प्रोस्टेट क्यान्सरबाट बचाउँछ । प्रोस्टेट क्यान्सर गोराभन्दा काला पुरुषमा बढी पाइन्छ । एसियाको तुलनामा अमेरकिा र युरोपमा यो समस्या भयावह छ । अमेरकिामा मात्र २० लाख पुरुषहरू प्रोस्टेट क्यान्सरले पीडित छन् । फोक्सोको क्यान्सरपछिको दोस्रो कारक प्रोस्टेटको क्यान्सर नै हो । क्यान्सर भइसकेपछि विकिरण, हर्मोनथेरापी, कोमोथेरापी, शल्यक्रियाजस्ता जटिल उपचार अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन । तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो|


लक्षणहरू

  • िपसाबको बहाव/धार कमजोर हुनु । पिसाब फेर्न बल लगाउनुपर्ने हुनु ।
  • िपसाब फेर्दा ढिलो पिसाब आउनु/सुरु गर्न गाह्रो हुनु ।
  • िपसाब चुहिनु, थोपाथोपा झर्नु ।
  • िपसाब खुल्ने, रोकिने क्रम पटक-पटक हुनु ।
  • िपसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु ।
  • रिातीमा धेरैपटक पिसाब लाग्नु ।
  • अिाकस्िमक रूपमा पिसाब लाग्नु/केही क्षण पनि रोक्न नसक्नु ।
  • िपसाब पोल्नु/दुख्नु ।
  • िपसाबमा रगत देखिनु ।
  • अिाकस्िमक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिनु ।
  • ििलंगोत्थान तथा स्खलनमा समस्या देखिनु ।


रोकथाम

  • िपसाब थैलीमा लामो समय पिसाब नराख्ने ।
  • िपसाब लागेमा तुरुन्त पिसाब फेर्ने ।
  • तिातो पानीले नुहाउने ।
  • िचसो र आद्र वातावरणमा नबस्ने ।
  • यिात्रामा पटक-पटक पिसाब फेर्ने ।
  • किडा कुर्सीमा बस्ने ।
  • चिुरोट, चिया, कफी, मदिरा तथा मसला कम खाने ।
  • सिंक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने ।
  • रिातीमा पानी नखाने ताकि राती पटक-पटक पिसाब फेर्नु नपरोस् ।
  • िपसाबको संक्रमणलाई समयमै उपचार गर्ने ।
  • एिलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग नगर्ने ।
  • हिल्का मालिस, अभ्यास तथा प्रणायाम गर्ने ।
  • एिउटै आसनमा लामो समयसम्म नबस्ने/उठ्ने, हिँड्ने, हल्का व्यायाम गर्ने ।
  • शिीलाजितको नियमित सेवन गर्ने ।
  • हिरयिो सागपात, फलफूल, जौ, काँक्रो, खर्बुजा प्रशस्त सेवन गर्ने ।
  • लिक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने ।
  • िकगल व्यायाम गर्ने ।
  • िपसाबको पटक कम गर्न धपेडी, तनाव, हतासपन घटाउने ।
  • [[१]] :डा रवीन्द्र पाण्डे