"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३४९: पङ्क्ति ३४९:
: कार्यशालाको सफलताको शुभकामना।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १९:४५, ९ अक्टोबर २०२० (नेपाली समय)
: कार्यशालाको सफलताको शुभकामना।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १९:४५, ९ अक्टोबर २०२० (नेपाली समय)
: कार्यक्रम सफलताको शुभकामना।-- nShrestha २१:१९, ९ अक्टोबर २०२० (नेपाली समय)
: कार्यक्रम सफलताको शुभकामना।-- nShrestha २१:१९, ९ अक्टोबर २०२० (नेपाली समय)

== विकिपिडिया २० ==

साथीहरू भविष्य (१५ जनवरी २०२०)मा आउदै गरेको विकिपिडियाको २० औं बार्षिकोत्सवको उपलक्ष्यमा विश्वब्यापी रूपमा बिभिन्न [[:meta:Wikipedia 20/Events|कार्यक्रमहरू]] सञ्चालन गरी [[:meta:Wikipedia 20|विकिपिडिया २०]] मनाउने योजना अनुरुप नेपालमा पनि विभिन्न स्थानमा सम्भव भएसम्मका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको हुनाले आ-आफ्नो क्षेत्रमा के कार्यक्रम सञ्चालन गर्न सकिन्छ सोको जिम्मेवारी सहित यसमा आफ्नो विचार व्यक्त गर्नुहोला।--[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०७:२७, १० डिसेम्बर २०२० (नेपाली समय)

०७:२७, १० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू,

Outreach Program सम्बन्धमा

पिपल्स क्याम्पसमा BBA का विद्यार्थीहरूलाई विकिपिडिया सम्बन्धी जानकारी दिने अभिप्रायले कार्यक्रम सञ्चालनको लागी क्याम्पस व्यवस्थापनसँग छलफल गर्दा व्यवस्थापनले पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको हुँदा अर्को साता पिपल्स क्याम्पसमा Outreach Program को सञ्चालन गर्नको लागी प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रमको व्यवस्थापनमा सहभागि हुन चाहनु हुने सम्पादकहरूलाई सहभागिताको लागी आव्हान गरिन्छ ।

कार्यक्रम व्यवस्थापनमा सहभागिताको लागी

कार्यक्रम सम्बन्धी जानकारी

मितिः २०७३ पौष १४ गते
समयः ३ः०० देखि ४ः००
स्थानः पिपल्स क्याम्पस
सहभागिहरू: पिपल्स क्याम्पस BBA का विद्यार्थीहरू

कार्यक्रमको विस्तृत विवरण

पिपल्स क्याम्पस व्यवस्थापनबाट उक्त कार्यक्रमको लागी १ घण्टाको समय उपलब्ध गराउने सहमति भएकोले, कार्यक्रमको विस्तृत विवरण निम्नानुसार तयार गरिएको छ । सुधारको लागी सुझाव तथा कार्यक्रमको कुनै खण्ड सञ्चालनको लागी इच्छुक सम्पादकहरूलाई सहभागिताको लागी अनुरोध गर्दछौं । इच्छुक सम्पादकहरूले तालिका भन्दा तल हस्ताक्षर गरि सञ्चालन गर्न इच्छाएको खण्ड पनि छनौट गर्नु होला ।

क्र.सं. विवरण समय उत्तरदायि व्यक्ति
विकिपिडिया सम्बन्धि जानकारी तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू २० मिनेट निर्जल श्रेष्ठ
विकिमिडिया कमन्स सम्बन्धी प्रस्तुतीकरण १५ मिनेट बिजय चौरसिया
अन्य विकि परियोजना सम्बन्धी प्रस्तुतीकरण १५ मिनेट जनक भट्ट
प्रश्न उत्तर तथा छलफल १० मिनेट

छलफल तथा टिप्पणी

  1. विकिपिडिया सम्बन्धी जानकारी गराउने उद्देश्यले यस अफलाइन कार्यक्रमको सफलताको शुभकामना !!--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:०३, २५ डिसेम्बर २०१६ (युटिसी(UTC))
  2. कार्यक्रमको सफलताको शुभकामना सहित  समर्थन   --आर॰पी॰ जोशी वार्ता १८:५९, २५ डिसेम्बर २०१६ (युटिसी(UTC))
  3. कार्यक्रमको सफलताको शुभकामना सहित  समर्थन   --Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) ०१:१८, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))
  4. कार्यक्रमको सफलताको शुभकामना सहित  समर्थन    —JuniorX2 ChatHello! ०१:४४, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))
  5.  समर्थन   --Ganesh Paudel (कुरा गर्ने) ०८:३५, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))
  6. कार्यक्रमका लागि धेरै धेरै शुभकामना ... :) लर्नरktm ११:५४, २६ डिसेम्बर २०१६ (युटिसी(UTC))
  7. यस कार्यक्रम सफलता पूर्वक सम्पन्न होस् मेरो शुभकामना सथै धन्यवाद पनि सन्दिप अधिकारी (कुरा गर्ने) ०८:३८, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))
  8.  समर्थन - Nabin K. Sapkota (कुरा गर्ने) १४:४२, २७ डिसेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया सम्बन्धी छलफल

सम्पादक साथीहरू, हामी यस नेपाली विकिपिडिया समुदायमा आफ्नो आफ्नो तबरबाट विभिन्न स्थानहरू देखि एउटै उद्देश्य लिएर नेपाली विकिपिडियालाई माया गर्दै आफ्नो योगदान गर्दै आइ रहेका छौं । यस समुदायलाई कसरी अगाडी बढाउने तथा नेपालमा बोलिने अन्य भाषाहरू समुदायहरूसँग पनि समन्वयात्मक तबरबाट भविष्यमा कसरी अगाडि बढ्ने सम्बन्धमा छलफल गर्नु आवश्यक देख्दछु । तसर्थ यस सम्बन्धमा सबै सम्पादक साथीहरू एकै स्थानमा भेला भई (काठमाडौं बाहिरका सम्पादक साथी अनलाईनबाट समेत छलफलमा सहभागी हुने गरि) छलफलको लागी कार्यक्रम गर्नको लागी प्रस्ताव गर्दछु । कुरा गर्ने ०३:०७, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफल तथा टिप्पणी

  •  समर्थन अनलाईनबाट छलफलमा सहभागी हुनेछु । ☆★राजा उप्रेती (✉✉) ०५:२६, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC))
  •  समर्थन :) लर्नरktm ११:४७, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • मेरो पूरा  समर्थन छ । साथै म अनलाइन बाट सहभागिता जनाउनेछु । -Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) १४:४०, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • म छलफलमा अवश्य सहभागी हुने छु । — तुल्सी भगत (वार्तालाप) १६:००, ३१ डिसेम्बर २०१६ (युटिसी(UTC))
  •    मेरो  समर्थन छ । अनलाइन छलफलमा सहभागी रहने छु । --आर॰पी॰ जोशी वार्ता ०५:३०, १ जनवरी २०१७ (युटिसी(UTC))
  •  समर्थन सबै सम्पादक साथीहरू एकै स्थानमा भेलाभइ छलफल गर्दा देशभरी छरिएर रहेका सम्पूर्ण सम्पादक साथीहरू बिच परिचय हुने र आफ्ना अनुभव ज्ञान एक आपसमा साटासाट गर्न पाइने देखिन्छ । सबै भन्दा महत्वपूर्ण कुरा नेपालमा बोलिने अन्य भाषाका समुदायहरूसँग समन्वय गरि अगाडि बढ्न ठुलो मदत पुग्ने छ । त्यसैले सम्पूर्ण सम्पादक साथीहरू सम्भव भएसम्म एकै स्थानमा भेलाभई, सम्भव नभए अनलाईनबाट समेत छलफलमा सहभागी हुने व्यवस्था गर्नु पर्ने देखिन्छ । हामीले आ-आफ्नो ठाउँबाट यस कार्यक्रमको लागि सहयोग गरौ ।--Janak Bhatta (कुरा गर्ने) १०:५८, १ जनवरी २०१७ (युटिसी(UTC))
  •  समर्थन --Ganesh Paudel (कुरा गर्ने) ०७:३९, ४ जनवरी २०१७ (युटिसी(UTC))

स्थान तथा मिति

माथि सम्पादकहरूको मतदानका आधारमा उक्त कार्यक्रमको स्थान तथा मिती प्रस्ताव गर्नको लागि आव्हान गर्दछ । कृपया प्रस्ताव गर्दा बढीमा तीन वटा विकल्प राख्न तथा सम्पादक साथीहरूलाई उक्त प्रस्तावमा मतदान राख्नको लागी अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) १५:२३, १३ जनवरी २०१७ (युटिसी(UTC))

प्रस्ताव नम्बर १

मितिः २०७३ फाल्गुण १४ गते
स्थानः मसाला कटेज, नयाँ वानेश्वर, काठमाडौं
प्रस्तावकः Nirjal stha (कुरा गर्ने) १५:२३, १३ जनवरी २०१७ (युटिसी(UTC))

प्रस्ताव नम्बर २

प्रस्ताव नम्बर ३

विकिपिडिया Outreach Program सम्बन्धमा

नेपालमा बोलिने बिभिन्‍न भाषाहरूमा विकिपिडिया निर्माण भइरहेका छन् । यिनै मध्ये डोटेली विकिपिडिया पनि एक हो, जुन अहिले परिपक्व हुने अवस्थामा पुगिसकेको छ । डोटेली विकिपिडिया सम्बन्धी जानकारीको वितरण तथा डोटेली विकिपिडियामा योगदानकर्ताहरूको खोजी गर्नका निमित्त काठमाडौं विश्वविद्यालयमा अध्ययनरत डोटेली भाषी विद्यार्थी माझ विकिपिडिया सम्बन्धी जानकारी दिने कार्यक्रम सञ्‍चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागि आह्‍वान गर्दछु ।

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागी

कार्यक्रम सम्बन्धी जानकारी

मितिः २०७३ फागुन १२ गते, बिहीबार
समयः ३ः४५ देखि ५ः००
स्थानः काठमाडौं विश्वविद्यालय
सहभागीहरू: का.वि.वि. मा अध्ययनरत विद्यार्थीहरू

कार्यक्रमको विस्तृत विवरण

क्र.सं. विवरण समय उत्तरदायी व्यक्ति
विकिपिडिया तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू सम्बन्धी जानकारी १५ मिनेट निर्जल श्रेष्ठ
डोटेली विकिपिडिया तथा अन्य परियोजनाहरू १५ मिनेट जनक भट्ट
विकिपिडिया प्रयोग सम्बन्धी प्रस्तुतीकरण १५ मिनेट निराजन पन्त
प्रश्न उत्तर तथा छलफल - -

छलफल‍ तथा टिप्पणी

  • पहिलो खण्ड "विकिपिडिया तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू सम्बन्धी जानकारी" को प्रस्तुतिकरण गर्न म इच्छुक तथा तयार छु । Nirjal stha (कुरा गर्ने) १४:४३, २१ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  • धन्यवाद निर्जल जी! --Nirajan pant (कुरा गर्ने) ०२:१३, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))

कार्यक्रम व्यवस्थापन सम्बन्धी छलफलहरू- Etherpad: Outreach Program in Kathmandu University
कार्यक्रमको प्रतिवेदनः


पुरानो अनुदान (Grant) टुङ्ग्याउने सम्बन्धमा

आदरणीय मित्रहरू, हामीले सन् २०१३ अगस्तमा विकिमिडीया फाउन्डेसन बाट लिएको ग्रान्ट Wikipedia Expansion Program in Nepal का प्रायजसो सबै कार्यक्रमहरू सम्पन्न भै केही रकम खर्च हुन बाँकी रहेको व्यहोरा सबैमा जानकारी गराउँदछु। त्यो रकम त्यस बेलाका हामी ३ ग्रान्टीहरू म (गणेश पौडेल) सरोज ढकाल र हेमपाल श्रेष्ठको नाममा संयुक्त खाता खोली जम्मा गरेर त्यसैबाट खर्च गरिएको थियो। बाँकी रकम पनि त्यही बै‌क एकाउन्टमा रहेको छ। बाँकी रकम फिर्ता गरेर यो ग्रान्ट नटुङ्ग्याए नयाँ ग्रान्ट लिन मिल्दैन तर नेपालबाट बिदेशमा पैसा पठाउन पनि पाइँदैन। तर यो ग्रान्टलाई सकेसम्म चाँडो अन्त्य गर्नुपर्ने छ। कसरी गर्न सकिन्छ भनेर कुनै प्रस्ताव भएमा चौतारीमा लेखिदिनुहुन अनुरोध गर्दछु। ग्रान्टीहरूको तर्फबाट --Ganesh Paudel (कुरा गर्ने) ०८:२८, १२ अप्रिल २०१७ (युटिसी(UTC))

यसलाई अन्य कार्यक्रमहरूमा प्रयोग गर्न सकियो भने उत्तम हुने थियो । Nirjal stha (कुरा गर्ने) ११:२२, ३० अप्रिल २०१७ (युटिसी(UTC))
सन् २०१३ अगस्तमा विकिमिडीया फाउन्डेसनबाट लिएको ग्रान्ट बिभिन्न कार्यक्रममा खर्च भइ बाँकी के कति रहेको छ ? सो बाँकी रकमको बारेमा छलफल चलाई निम्न कुनै कार्यक्रमहरुमा खर्च गरे उत्तम हुने थियो ।
  • विकिमिडियन्सहरूको राष्ट्रिय सम्मेलन
  • विकिपिडिया शिक्षा कार्यक्रम
  • इन्कुबेसनमा रहेका उदीयमान् भाषाहरूको लागि कार्यक्रम
  • नेपालमा बोलीले विभिन्न भाषाहरु सम्बन्धि कार्य गर्ने संस्थाहरु संग सहकार्य गरि कार्यक्रम
  • सरकारी निकाय संग सहकार्य गरि हाम्रा विभिन्न सम्पदाहरुको संरक्षणको लागि कार्यक्रम(Heritage Edit-a-thon) आदि । --Janak Bhatta (कुरा गर्ने) ११:२२, ९ मे २०१७ (युटिसी(UTC))
पुराना योजनाहरु कुनै अधुरा छन् भने पूरा गर्ने कि ? -- Punya
हालै डोटेली विकिपिडियाले पूर्णता पाएको अवस्थामा उक्त विकिपिडियाको सक्रिय प्रयोगकर्ता बढाउने तथा जानकारी दिने उद्देश्य सहित outreach कार्यक्रम गर्नु उत्तम हुन्छ कि?Nirjal stha (कुरा गर्ने) ०४:०७, ११ मे २०१७ (युटिसी(UTC))

विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७ तथा निर्माणको दोस्रो चरण अन्तर्गत आन्दोलन रणनीति छलफलमा निम्नलिखित ३ विषयमाथि चर्चा गर्नका लागि राजविराजमा एउटा कार्यक्रम प्रस्ताव गरेको छु । यस कार्यक्रममा विश्वव्यापी विकिमिडिया आन्दोलन रणनीति २०१७ तथा यसको निर्माण बिषयमा चर्चा गरिनुका साथै नेपाली विकिपिडियालाई स्तरीय बनाउन के-कस्ता किसिमका सुधार कार्यक्रमको आयोजना गर्न सकिन्छ माथि छलफल गरिनेछ । कृपया यस कार्यक्रममा सहभागी भई विकिमिडिया आन्दोलन रणनीति २०१७ चर्चा तथा निर्माणको दोस्रो चरणमा योगदान गर्नुहोस् । धन्यवाद !

विकिमिडिया आन्दोलन रणनीति २०१७ मा चर्चा गरिने विषयहरू

  1. स्वस्थय र सबैलाई मिलाएर अगाडी बढ्ने एक समुदाय
  2. ज्ञानको सबैभन्दा सम्मानित स्रोत
  3. ज्ञान पारिस्थितिक प्रणालीमा जोडिनु

नेपाली विकिपिडियालाई स्तरीय बनाउन चर्चा गरिने विषयहरू

  1. घट्दो सक्रिय प्रयोगकर्ता
  2. लेखको स्तरीयता बढाउन
  3. आगामी कार्यक्रमहरू सम्बन्धमा
समय र स्थान- निर्धारण गर्न बाँकी

समर्थन

छलफल

निम्न बुदाहरुमा ध्यान दिएर अघाडी बढे राम्रो होला:

  • नेपाल भित्र छरिएर रहेका (सकिन्छ भने देश बाहिर रहेका पनि) विकिपिडियनहरुलाई एकै थलोमा सहभागी गराउन सके ।
  • सरकारी निकायहरु संग सहकार्य गरि कार्यक्रम गर्ने ।
  • नेपालमा बोलीले विभिन्न भाषा सम्बन्धि कार्य गर्ने संस्थाहरु तथा बिज्ञ व्यक्तिहरुलाइ कार्यक्रममा सहभागी गर्ने ।
  • इन्कुबेसनमा रहेका उदीयमान् भाषाहरूको लागि निश्चित खाका सहितको कार्यक्रम प्रस्तुत गर्ने । --Janak Bhatta (कुरा गर्ने) १०:५८, २० जुन २०१७ (युटिसी(UTC))
@Janak Bhatta: ज्यू - सम्पूर्ण विकिमिडियन्सहरूको सहयोगको अपेक्षा सहित, यस कार्यक्रममा माथि तपाईद्वारा उल्लेखित बुँदाहरूमा समेत छलफल गरेर सो बाट प्राप्त निष्कर्ष आफ्नो प्रतिवेदनमा उल्लेख गर्नेछु । धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१४, २२ जुन २०१७ (युटिसी(UTC))

समय र स्थान

  1. स्थान: होटल स्टार, राजविराज
  2. समय: बेलुका ५:०० बजे

विकिमेनिया सहभागिता बारेमा

सन् २०१७ को विकिमेनिया क्यानडाको मन्टरियलमा सम्पन्न भयो। अगस्टको ९ देखि १४ तारिखसम्म चलेको उक्त विश्व सम्मेलनमा विश्वभरका विकिपिडियनहरू सहभागी थिए। नेपाली भाषाको विकिपिडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मेलनमा मैले भाग लिने मौका पाएको थिएँ। बिगतका बर्षहरूमा जस्तै यो सम्मेलन पनि अत्यन्तै उपलब्धि मुलक रह्यो। त्यहि सम्मेलनमा आफूले सिकेका नयाँ कुराहरू सबैलाई साझेदारी गर्न मैले यो पृष्ठ तयार पारेको छु। बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोला।


विकिपिडिया Outreach Program सम्बन्धमा

सेवानिवृत तथा अनुभवी नागरिकहरु(Retired and veteran citizens) लाइ लक्षित गरेर विकिपिडिया सम्बन्धि जानकारी दिने र उहाँहरु को अनुभवलाइ विकिपिडियामा समाहित गर्न आवश्यक पहल गर्न का लागी कार्यक्रम सञ्‍चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागि आह्‍वान गर्दछु ।

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागी

कार्यक्रम सम्बन्धी जानकारी

मितिः २०७४ कार्तिक १५ गते, बुधबार
समयः १२:१५ देखि २:१५
स्थानः नेपाल टेलिकम, तालिमकेन्द्र बबरमहल, काठमाडौँ
सहभागीहरू: सेवानिवृत तथा अनुभवी नागरिकहरु(Retired and veteran citizens)

कार्यक्रमको विस्तृत विवरण

क्र.सं. विवरण समय उत्तरदायी व्यक्ति
विकिपिडिया तथा नेपाली विकिपिडिया लगायत नेपालमा बोलिने भाषाका अन्य विकिपिडियाहरू सम्बन्धी जानकारी ३० मिनेट
विकिपिडिया तथा अन्य परियोजनाहरू ३० मिनेट
विकिपिडिया प्रयोग सम्बन्धी प्रस्तुतीकरण ३० मिनेट
प्रश्न उत्तर तथा छलफल ३० मिनेट

छलफल‍ तथा टिप्पणी

प्रसंशायोग्य कदम तथा विकिपिडियामा नयाँ आयाम थप गर्न सक्ने कार्यक्रम रहेकोले मेरो पूर्ण समर्थन तथा सहयोग हुनेछ । विकिपिडियाका अघिल्ला outreach कार्यक्रमहरू सधै युवापुस्ताहरूमा केन्द्रित भएर हुने गर्दथ्यो भने यो कार्यक्रमले अनुभवन, ज्ञान तथा प्रयाप्त खाली समय भएका अवकाश प्राप्त व्यक्तिहरूमा केन्द्रित रहेको हुँनाले यसले विकिपिडियामा नयाँ आयाम थप गर्ने तथा स्तरोन्नतीमा सहयोग गर्ने आशा लिएको छ । Nirjal stha (कुरा गर्ने) ०४:३३, २५ अक्टोबर २०१७ (युटिसी(UTC))

विकिडाटा डाटाथन सम्बन्धमा

आदरणीय विकिपिडियन मित्रहरु, विकिमिडियन्स अफ नेपाल, विकिमिडिया प्रयोगकर्ता समुहले माइ सोसायटी (mySociety -a nonprofit organization based on London) को सहयोग र ओपन नलेज नेपाल ( OKN) सँगको सहकार्यमा GLOW ( Global Legislative Openness Week) अन्तर्गत नेपालका सांसदहरूको तथ्याङ्क जानकारी विकिडेटामा राख्ने र यसलाई सर्वसुलभ बनाउने उदेश्य अनुरूप कार्यक्रम गर्न लागेको जानकारी गराउन चाहन्छौँ । यस कार्यक्रम निम्म स्थान र समयमा हुने जानकारी गराउँदै यहाँहरुको उपस्थिती र योगदानको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ।

कार्यक्रममा अनलाईन अथवा अनसाइट सहभागिता जनाउनको लागि कृपया यस फारम भर्न हार्दिक अनुरोध गर्दछौ । धन्यवाद

कार्यक्रमको विस्तृत विवरण

  • कार्यक्रम मिति : ३० नोभेम्बर, २०१७
  • कार्यक्रम सुरु हुने समय: बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म
  • कार्यक्रम स्थल: नेपाल कनेक्सन, ठमेल, काठमाडौ

विकिपिडिया शिक्षा टिमको नेपाल भ्रमण

विकिपिडिया शिक्षा टिम व्यवस्थापिका निकोल साद यही डिसेम्बर पहिलो साता नेपाल आउँदै हुनुहुन्छ।डिसेम्बर ४ बेलुका ५ बजे विकिपिडियनहरूसँग भेट्ने कार्यक्रम रहेको र डिसेम्बर ५ को दिन विकिपिडिया शिक्षा सम्बन्धी तालिम दिनुहुने भएकोले इच्छुक विकिमिडियन र विकिपिडियनहरूले यस फारम भरेर आफ्नो इच्छा र उपलब्धता खुलाउनुहोला। यस फारम भर्नुहुने र इच्छुक विकिपिडियन/विकिमिडियनलाई कार्यक्रमको बारेमा विस्तृत जानकारी पठाइने छ। --सरोज(Saroj) (कुरा गर्ने) १२:४२, २८ नोभेम्बर २०१७ (युटिसी(UTC))

विकिपिडिया Outreach Program सम्बन्धमा

आदरणीय विकिपिडियन मित्रहरू "सगरमाथा इन्जिनियरिङ्ग कलेज"को योजनामा आयोजना हुन गहिरहेको कार्यक्रम सगरमाथा जब फेयरमा आउने भ्रमणकर्ताहरुलाई विकिपिडिया सम्बन्धि जानकारी दिने लक्ष्यले विकिमिडियान्स अफ नेपाललाई स्टल प्रदान भएकोले कार्यक्रम सञ्‍चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागि आह्‍वान गर्दछु । --Nabin K. Sapkota (कुरा गर्ने) ०६:५८, १६ नोभेम्बर २०१८ (युटिसी(UTC))

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागी

कार्यक्रम सम्बन्धी जानकारी

मितिः २०७५ मंसिर १ गते, शनिबार
समयः १०:०० देखि ३:००
स्थानः सगरमाथा इन्जिनियरिङ्ग कलेज, सानेपा, ललितपुर
सहभागीहरू: कम्प्युटर तथा सिभिल इन्जिनियरिङ्ग विषयका बिद्यार्थीहरू

छलफल‍ तथा टिप्पणी

  • आकस्मिक रूपमा कार्यक्रमको सूचना आएको छ जसकारण समय व्यवस्थापनमा कठिनाई हुन सक्दछ। तथापि कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको लागि उपस्थित हुन सकेसम्म प्रयास गर्नेछु।--Nirajan pant (कुरा गर्ने) १६:२३, १६ नोभेम्बर २०१८ (युटिसी(UTC))

विकिडेटा डेटाथन कार्यक्रम

यस वर्षको किस्ट फेयर कार्यक्रममा पनि पोहोरको जस्तै डेटाथन प्रतियोगिता सञ्चालन गर्नको लागि निमन्त्रणा प्राप्त भएको हुँदा इच्छुक सम्पूर्ण विकिडेटा योगदानकर्ताहरूलाई आह्वान गर्न चाहन्छु।

समय : बिहानको १० बजे बाट दिउसो २ बजेसम्म मिति : २०७५ मङ्सिर २२ गते स्थान : किस्ट कलेज,कमलपोखरी काठमाडौँ --सरोज(Saroj) (कुरा गर्ने) २१:१८, ६ डिसेम्बर २०१८ (युटिसी(UTC))

सहभागी

  1. सरोज(Saroj) (कुरा गर्ने)
  2. Nabin K. Sapkota (कुरा गर्ने) ०२:३६, ८ डिसेम्बर २०१८ (युटिसी(UTC))

विकी जागरूकता अभियान, भाग १ - बिलबोर्डहरूका पहल

विकी जागरूकता अभियानको लोगो
विकी जागरूकता अभियानको लोगो

नमस्ते विकिपिडियन मित्रहरू,
विकिपिडियाको बारेमा थोरै जनालाई जानकारी छ सो कुरालाई ध्यानमा राखेर विकिपिडियाको बारेमा जनचेतना तथा प्रयोगकर्ताहरूका सङ्ख्या वृद्धिको उदेश्यले म तथा मेरो अन्य मित्रहरूका सहयोगले विकी जागरूकता अभियान, भाग १ - बिलबोर्डहरूको पहल लागि अग्रसर रहेको छौँ । अ-आफ्नो मत राख्नुहोस् र आशा छ कि हजुरहरू यो अभियानलाई सफल बनाउन सहायता गर्नु हुनेछ । धन्यवाद — तुल्सी भगत (योगदान | वार्ता) १३:३१, २८ फेब्रुअरी २०१९ (युटिसी(UTC))

अनुदान प्रस्ताव

विचार/टिप्पणी

  • समर्थन तथा सफलताको शुभकामना।--Nirjal stha (कुरा गर्ने) १२:३०, १३ मार्च २०१९ (युटिसी(UTC))

एसभीजी अनुवाद वर्कशप २०१९ नेपालमा सहभागिताको लागि निमन्त्रणा

SVG Translation Workshop 2019 in Nepal
SVG Translation Workshop 2019 in Nepal

एसभीजी अनुवाद वर्कशप २०१९, एसभीजी (SVG) चित्र अनुवाद र विकिपिडियामा तिनको प्रयोग सम्बन्धी नेपाली समुदाय माझ जानकारी गराउने उद्देश्यले डोटेली, नेपाली, र मैथिली विकिपिडियाको आयोजनामा सञ्चालन हुन गइरहेको एक दिवशीय कार्यक्रम हो। अङ्ग्रेजी भाषाका लेबल भएका भेक्टर ग्राफिक्सहरू नेपाली विकिपिडियामा पनि प्रयोग भएको हामीले बेलाबखतमा देखेका छौं; यी र यस्ता चित्रहरूलाई नेपाली भाषामा अनुवाद गरी नेपाली विकिपिडियामा प्रयोग गर्दा अझ सान्दर्भिक हुन्छ। यही कुरालाई मध्यनगर गर्दै एसभीजी अनुवादलाई प्रोत्साहन गर्न यो कार्यक्रमको आयोजना प्रस्तावित गरिएको हो। यो कार्यक्रम STC2019 INको सहकार्यमा सञ्चालन हुनेछ। यस वर्कशपमा सहभागिताको लागि सबै विकिमिडियन साथीहरूलाई हार्दिक निमन्त्रणा छ। वर्कशपको बारेमा थप जानकारीको लागि SVG Translation Workshop 2019 in Nepalमा जानुहोला।--Nirajan pant (कुरा गर्ने) १६:४८, १२ मार्च २०१९ (युटिसी(UTC))

वर्कशप सञ्चालन हुने मिति र स्थान:
सहभागिताको लागि
  • वर्कशपमा सहभागिताको लागि यस वर्कशपको सहभागी सूची (participation page)मा आफ्नो हस्ताक्षर राखी नाम दर्ता गर्न हुन अनुरोध छ।

विचार/टिप्पणी

प्रश्न, विचार तथा सुझावको लागि वर्कशपको वार्तापृष्ठमा स्वागत छ।

  • सफलताको शुभकामना।-BRP ever १७:१२, १२ मार्च २०१९ (युटिसी(UTC))
  • सफलताको शुभकामना  वार्ता  २०:३७, १२ मार्च २०१९ (युटिसी(UTC))
  • यस प्राविधिक कार्यशालाको लागि मेरो तर्फबाट सफलताको शुभकामना।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०२, १३ मार्च २०१९ (युटिसी(UTC))
  • सफलताको शुभकामना।--Janak Bhatta (कुरा गर्ने) १२:२७, १३ मार्च २०१९ (युटिसी(UTC))
  • सफलताको शुभकामना तथा समर्थन।--Nirjal stha (कुरा गर्ने) १२:२९, १३ मार्च २०१९ (युटिसी(UTC))

विकिपिडिया शिक्षा कार्यक्रम

विकिपिडियाको जागरुकता बढाउन र नयाँ सम्पादकहरू भर्ना गर्ने उद्देश्यले म र मेरा विकिमिडियन साथीहरूको साथमा विकिपिडिया शिक्षा कार्यक्रम आयोजना गर्न गइरहेका छौँ। उक्त प्रस्तावमा अ-आफ्नो मत राख्नको लागी अनुरोध गर्दछु। -- Sandeep Raut (कुरा गर्ने) ११:३२, १५ अप्रिल २०१९ (युटिसी(UTC))

छलफल तथा टिप्पणी

Sandeep Raut ज्यु, विकिपिडियाको जागरूकता बढाउन र नयाँ सम्पादकहरू भर्ना गर्ने उद्देश्यले विकिपिडिया शिक्षा कार्यक्रम सञ्चालन गर्न गइरहेनु भएकोमा सर्बप्रथम हार्दिक बधाई तथा शुभकामना। यसका साथै यस कार्यक्रमको पूर्ण सफलताको कामनाका साथ आफ्नो पूर्ण सहयोग र योगदान दिने हेतुले कार्यक्रमको उदेश्य, पाठ्यक्रम प्रणाली तथा सञ्चालन क्षेत्र तथा मितिको जानकारी जान्न उत्सुक रहेको धारणा प्रस्तुत गर्न चाहन्छु। धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) ०५:५७, २१ अप्रिल २०१९ (युटिसी(UTC))

Nabin K. Sapkota ज्यु, बधाई तथा शुभकामना सन्देशका लागी सर्वप्रथम त धेरै धन्यवाद! विकिपिडियाका आधारभूत विषयहरूको बारेमा जस्तै पढ्ने, खाता खोल्ने, सम्पादन गर्ने र सहभागिताहरूलाई शिक्षा कार्यक्रमसँग परिचित गराउने उद्देश्यले नेपालको विराटनगरमा दुई वटा फरक कार्यक्रमहरू, दुई भिन्न कलेजका विद्यार्थीहरू माझ गराउने लक्ष्यका साथ विकिपिडिया शिक्षा कार्यक्रम मे १ तारिख देखी सेप्टेम्बर १, २०१९ सम्म आयोजना गर्न गइरहेका छौँ । उद्देश्यहरूको बारेमा विस्तृत जानकारी तल सूचीबद्ध गरिएको छ:
  • नयाँ सम्पादकहरू भर्ना
  • विकिपिडिया र यसको अन्य परियोजनाहरूको बारेमा जागरूकता बढाउने
  • विकिपिडियालाई शिक्षा क्षेत्रमा सामेल गराउन विद्यार्थी शिक्षक हरूलाई प्रोत्साहन गर्ने
  • सामुदायिक सदस्यहरूसँग सञ्जाल बनाउने
धन्यवाद -- Sandeep Raut (कुरा गर्ने) १६:४०, २१ अप्रिल २०१९ (युटिसी(UTC))
मैथिली समुदाय र काठमाडौं केन्द्रित विकि कार्यक्रमहरूले मात्रै विकिपिडियाको विकासमा कुनै उल्लेखनीय भुमिका खेल्दैन । समावेशी रुपमा कार्यक्रम गर्न सके उत्तम हुन्छ नत्र सबै कार्यक्रमहरू नौतङ्की र मात्रै बखवास साबित हुन् ।

Bhupendra Shrestha (कुरा गर्ने) १४:३४, २० जुन २०१९ (युटिसी(UTC))

विकिमिडिया शिक्षा कार्यक्रम

सम्पादक साथीहरू, 'विकिमिडिया शिक्षा कार्यक्रम' अन्तर्गत पिपल्स क्याम्पसका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरेर क्याम्पसको जाडो बिदाको अवसरमा दिनको १ घण्टाको विकिमिडिया तथा विकिमिडियासँग सम्बन्धित विभिन्न सहायक यन्त्रहरू तथा सिपहरू सम्बन्धी शिक्षा दिने उद्देश्यले विकिमिडिया शिक्षा कार्यक्रम सञ्चालनको लागि प्रस्ताव गर्दछु। साथै कार्यक्रममा संलग्न हुन चाहने सम्पादक साथीहरूलाई समेत आह्वान गर्दछु।

कार्यक्रम सम्बन्धी विवरण

कार्यक्रम अवधिः पुस १३ देखि माघ ४

कार्यक्रम हुने दिनः आइतबार, मंगलबार, बिहीबार तथा शनिबार

कार्यक्रम समयः ८ बजे देखि ९ बजेसम्म

कार्यक्रम स्थानः पिपल्स क्याम्पस, पक्नाजोल, काठमाडौं

  • प्रस्तावकको रूपमा  समर्थन - nShrestha ०९:२०, १७ डिसेम्बर २०१९ (युटिसी(UTC))
  • कार्यक्रम सफलताको कामना साथै  समर्थन विकिपिडिया शिक्षा कार्यक्रमको सट्टामा विकिमीडिया शिक्षा प्रयोगमा आइरेको परिप्रेक्षमा कार्यक्रमको नाम 'विकिमीडिया शिक्षा पिपल्स क्याम्पस' वा 'विकिमीडिया शिक्षा कार्यक्रम' सुझाव प्रस्तुत गर्दछु । Nawaraj Ghimire (कुरा गर्ने) १२:१४, १७ डिसेम्बर २०१९ (युटिसी(UTC))

सुधार सम्पन्न भयो, सुझावको लागी धन्यवाद - nShrestha १३:४३, १७ डिसेम्बर २०१९ (युटिसी(UTC))

  •  समर्थन - Janak Bhatta (कुरा गर्ने) ०३:०१, २० डिसेम्बर २०१९ (युटिसी(UTC))
  •  समर्थन - दीपक कथित (कुरा गर्ने) ०३:४७, २० डिसेम्बर २०१९ (युटिसी(UTC)) यस्ता कार्यक्रमले संस्थालाई जीवन्त राख्ने र विकिपिडियालाई प्रत्यक्ष लाभ हुनेहुँदा कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा छु र सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछु। दीपक कथित (कुरा गर्ने) ०३:४७, २० डिसेम्बर २०१९ (युटिसी(UTC))
  •  समर्थन - विजय चौरसीया (Talk) ०५:२६, २० डिसेम्बर २०१९ (युटिसी(UTC))
  • कार्यक्रमको सफलताको शुभकामना सहित  समर्थन --Sandeep Raut (कुरा गर्ने) १५:२७, २० डिसेम्बर २०१९ (युटिसी(UTC))
  • यस कार्यक्रमले हाम्रो अभियानमा थप उर्जा प्राप्त हुने आशा सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:००, २१ डिसेम्बर २०१९ (युटिसी(UTC))
  •  समर्थन :) लर्नरktm १२:४७, २१ डिसेम्बर २०१९ (युटिसी(UTC))
  •  समर्थन कार्यक्रमको सफलताको शुभकामना।--Nirajan pant (कुरा गर्ने) १६:१७, २१ डिसेम्बर २०१९ (युटिसी(UTC))
  • हामीले यसप्रकारको कार्यक्रम गर्दा हामीले दिन खोजेको भन्दा छुट्टै सन्देश गएको जस्तो लाग्छ। म यसको बारेमा छिटै एउटा टिप्पणी राख्नेछु (सायद मेटामा)।--BRP ever ११:५४, २५ डिसेम्बर २०१९ (युटिसी(UTC))
  •  समर्थन कार्यक्रमको सफलताको शुभकामना। — तुलसी भगत (योगदान | वार्ता) ०२:३१, २८ डिसेम्बर २०१९ (युटिसी(UTC))

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुन इच्छुक सम्पादकहरू

विकिमिडिया शिक्षा कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुन इच्छुक सम्पादकहरूले तल हस्ताक्षर गर्नु होला।

१. कार्यक्रम सञ्चालन समूह

  • nShrestha १३:४४, १७ डिसेम्बर २०१९ (युटिसी(UTC))

२. कार्यक्रम व्यवस्थापन समूह (बढीमा ५ जना)

  • nShrestha १३:४४, १७ डिसेम्बर २०१९ (युटिसी(UTC))

सहभागीहरू माझ विकिपिडियाको जन्मदिवस मनाउने सम्बन्धमा

मैंले यहाँ प्रस्ताव गरेको कार्यक्रम यस विकिमिडिया शिक्षा कार्यक्रमको दायरा भन्दा बाहिरको भए पनि भोलि सन् २०२० जनवरी १५ तारिखमा विकिपिडियाको जन्मदिवस परेको हुँदा कार्यक्रमका सहभागीहरू सँग जन्मदिवस मनाउँदा कार्यक्रममा अझै सुगन्ध थपिने थियो। यही विश्वासको साथ यस विकिपिडिया शिक्षा कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा गरिरहनुभएका श्री Nirjal stha ज्यू समक्ष जन्मदिवस मनाउने कार्यक्रमको प्रस्ताव गरेको छु। साथै यस प्रस्ताव उपर टिप्पणीको लागि सबैलाई अनुरोध गर्दछु। --Nirajan pant (कुरा गर्ने) ०५:१५, १४ जनवरी २०२० (युटिसी(UTC))

  • धेरै राम्रो विचार।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५१, १४ जनवरी २०२० (युटिसी(UTC))
  • धेरै राम्रो कुरा निराजन जी, यसबाट कार्यक्रममा सहभागीहरूलाई थप हौसला मिल्नेछ । पूर्ण समर्थन ।nShrestha ०८:०३, १४ जनवरी २०२० (युटिसी(UTC))

Reference for Me, Edith-a-thon सम्बन्धमा

आदरणीय विकिपिडियन मित्रहरु,
नयाँ विकिमिडियन साथीहरू बाट Reference for Me, Edith-a-thon नेपाली (मेरो लागि सन्दर्भ सम्पादन-थन) कार्यक्रम संचलन हुन गहिरेहेको हुदा निम्न लेखहरुमा List of gaunpalikas of Nepalनेपालका गाउँपालिकाहरू सन्दर्भ थप कार्यक्रमको आवश्यकता बारे छलफलमा [यहाँ ] सहभागी हुन अनुरोध गर्दछु । Nawaraj Ghimire (कुरा गर्ने) १७:५९, २७ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  •  पूर्ण विरोध यो नचाहिँदो छलफल बाहेक केही पनि हैन। यता एउटा सम्पादनथन चलिरहेका बेला नयाँ प्रयोगकर्ताहरूलाई लिएर नयाँ सम्पादनथन चलाउने भनेको पूर्णतया मुर्खता बाहेक केही हैन। त्यसमाथि पनि यति झिनो कुरालाई सम्पादनथनको रूपमा लैजानु जरुरी छैन, त्यसलाई हामी त्यतिकै पनि सुधार गर्न सक्छौँ। नयाँ र अनुभव नभएका प्रयोगकर्ताहरू भर्खरै सिक्ने क्रममा हुन्छन्, उनीहरूकै हातमा यो कार्य सुम्पनुको कुनै औचित्य छैन। समुदायलाई कुनै पनि जानकार नगराई बेढङ्गले मेटामा छलफल सुरु गर्नुको कारण के हो?ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:१७, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकी शिक्षा कार्यक्रम सम्बन्धमा

आदरणीय मित्रहरु, यस नेपाली विकिपिडियाद्वारा विभिन्न चरणमा संचालन गर्दै आएको विकी शिक्षा कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसै शनिवार अक्टोबर ३ तारिकका दिन हिमालय पाटन रोट्राक्ट समूह संगको सहकार्यमा अनलाइन मार्फत विकी शिक्षा कार्यक्रम संचालन गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छु । - Nabin K. Sapkota (कुरा गर्ने) ०१:०२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल

भर्चुअल कार्यशाला

आदरणीय मित्रहरु,
विकीमीडीया शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल सीप वृद्धि गर्न विकिमीडिया, आर्ट + फेमिनिजम विषयक दुई दिने भर्चुअल कार्यशाला (अक्टोबर १० र ११) सानोठिमी क्याम्पस अध्यनरत् बिद्यार्थीहरूको अनुरोधमा भर्चुअल कार्यशाला संचालन गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छु । धन्यवाद ! Nawaraj Ghimire (कुरा गर्ने) १७:०१, ८ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

कार्यशालाको सफलताको शुभकामना।--Nirajan pant (कुरा गर्ने) १९:४५, ९ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
कार्यक्रम सफलताको शुभकामना।-- nShrestha २१:१९, ९ अक्टोबर २०२० (नेपाली समय)

विकिपिडिया २०

साथीहरू भविष्य (१५ जनवरी २०२०)मा आउदै गरेको विकिपिडियाको २० औं बार्षिकोत्सवको उपलक्ष्यमा विश्वब्यापी रूपमा बिभिन्न कार्यक्रमहरू सञ्चालन गरी विकिपिडिया २० मनाउने योजना अनुरुप नेपालमा पनि विभिन्न स्थानमा सम्भव भएसम्मका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको हुनाले आ-आफ्नो क्षेत्रमा के कार्यक्रम सञ्चालन गर्न सकिन्छ सोको जिम्मेवारी सहित यसमा आफ्नो विचार व्यक्त गर्नुहोला।--निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:२७, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]