"सङ्खुवासभा जिल्ला" का संशोधनहरू बिचको अन्तर
सा
clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै) |
||
|जनसङ्ख्या = १,५८,७४२ (२०६८)<ref name="CBS">[http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal]</ref>
|गाविस= ३३
|नगरपालिका = [[खाँदबारी नगरपालिका|खाँदवारी नगरपालिका]], [[चैनपुर नगरपालिका
|निर्वाचन क्षेत्र = २
|अवस्थिति = [[हिमाली प्रदेश|हिमाल]] [[पहाडी प्रदेश|पहाड]]
==जिल्लाको ऐतिहासिक पृष्ठभूमि==
वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्त्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान [[सिद्धकाली मन्दिर|सिद्धकाली]] जस्ता पौराणिक महत्त्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।
नेपाल एकिकरण पूर्व संखुवासभा जिल्ला पल्लो किराँत [[लिम्बुवान]] अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार र चैनपुर गाबिसको लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई खादबारी १ ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघु रानाकाे नेतृत्वमा [[गोर्खाली]] सेनाहरू र [[लिम्बुवान]] राज्यका कांङसोरे वनेमको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र [[धनकुटा जिल्ला|धनकुटा]] गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि [[वाना गाबिस|लिङलिङ,वाना]] दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।
राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल [[लाली गुराँस]] संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्त्वका पोखरीहरू हुन भने [[सभापोखरि|संखुवासभा]] [[सिद्धपोखरी|चैनपुर]],पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
यहाँ धार्मिक तथा पर्यटकीय महत्त्वका रमणीय स्थलहरू [[मनकामना मन्दिर तुम्लिङ्टार|मनकामना तुम्लिङटार]] मन्दिर, बानेश्वर महादेव, [[सिद्धकाली मन्दिर|चैनपुर]], [[बालेश्वर शिवलिङ्ग|खराङ]], [[सभापोखरी|बाह्रबिसे]], खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), [[मकालु-बरूण राष्ट्रिय निकुञ्ज]], लालीगुराँस संरक्षण क्षेत्र, [[अरुण उपत्यका]], मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।
==राजनीतिक विभाजन==
१ सङ्घिय निर्वाचन क्षेत्र, २ वटा प्रदेश निर्वाचन क्षेत्र, ११ वटा ईलाका,५ वटा नगरपालिका, ५ वटा गाउँपालिका
== यो पनि हेर्नुहोस् ==
{{reflist}}
==बाह्य
{{incubator|kip/संखुवासभा जिल्ला| http://incubator.wikimedia.org/wiki/Wp/kip/जीम_पाल खाम भाषाको विकिपिडिया}}
|