"लाहिडी महाशय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:लाहिडी महासय.jpg|thumb|श्यामाचरण लाहिडी , ]]
[[चित्र:लाहिडी महासय.jpg|thumb|श्यामाचरण लाहिडी , ]]


श्यामाचरण लाहिडी (३० सेप्टेम्बर १८२८ – २६ सेप्टेम्बर १८९५) १८ औं शताब्दीकै उच्च कोटीका साधक हुनुहुन्थ्यो जसले सद्गृहस्थका रूपमा यौगिक पूर्णता प्राप्त गर्नु भएको थियो। उहाँ विशेस:त 'लाहिडी महाशय'का नामले चिनिनु हुन्छ। उहाँको गीताको आध्यात्मिक व्याख्या आज पनि शीर्ष स्थानमा छ। उहाँका वेदान्त, साङ्ख्य, वैशेषिक, योगदर्शन र अनेक संहिताहरुको व्याख्या पनि प्रकाशित छन्। उहाँको प्रणालीको सबै भन्दा ठूलो विशेषता यो थियो कि, गृहस्थ मनुष्य पनि योगाभ्यासद्वारा चिरशांति प्राप्त गरेर योगको उच्चतम शिखरमा आरोहण गर्न सक्छन।
श्यामाचरण लाहिडी (३० सेप्टेम्बर १८२८ –२६ सेप्टेम्बर १८९५) अठारौँ शताब्दीका उच्च कोटीका सन्त हुनुहुन्थ्यो । उहाँले सद्गृहस्थको रूपमा यौगिक पूर्णता प्राप्त गर्नुभएको थियो । उहाँको जन्म बंगालको नदीया जिल्लाको प्राचीन राजधानी कृष्णनगर नजिकैको धरणी नामक गाउँमा सम्भ्रान्त ब्राह्मण परिवारमा भएको थियो । उहाँको पठनपाठन काशी मा भयो । उहाँले बंगाली संस्कृत लगायत अंग्रेजी पनि पढ्नुभएको थियो । जिविकोपार्जनका लागि सानै उमेरमा उहाँले सरकारी कामकाज गर्न थाल्नुभयो । उहाँ दानापुरको मिलिटरी अकाउन्ट अफिसमा हुनुहुन्थ्यो । केही समयको लागि उहाँलाई रानिखेत काजमा पठाइयो । यहीं नै उहाँलाई गुरुदर्शन र गुरुदीक्षा प्राप्त भयो ।


==योगदान==
==योगदान==

११:५२, २७ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

श्यामाचरण लाहिडी ,

श्यामाचरण लाहिडी (३० सेप्टेम्बर १८२८ – २६ सेप्टेम्बर १८९५) १८ औं शताब्दीकै उच्च कोटीका साधक हुनुहुन्थ्यो जसले सद्गृहस्थका रूपमा यौगिक पूर्णता प्राप्त गर्नु भएको थियो। उहाँ विशेस:त 'लाहिडी महाशय'का नामले चिनिनु हुन्छ। उहाँको गीताको आध्यात्मिक व्याख्या आज पनि शीर्ष स्थानमा छ। उहाँका वेदान्त, साङ्ख्य, वैशेषिक, योगदर्शन र अनेक संहिताहरुको व्याख्या पनि प्रकाशित छन्। उहाँको प्रणालीको सबै भन्दा ठूलो विशेषता यो थियो कि, गृहस्थ मनुष्य पनि योगाभ्यासद्वारा चिरशांति प्राप्त गरेर योगको उच्चतम शिखरमा आरोहण गर्न सक्छन।

योगदान

उहाँ का तीन प्रमुख शिष्यहरू युक्तेश्वर गिरी, स्वामी प्रणवानन्द र केशवानन्द ज्यूले यो कुरा प्रकाश पार्नुभएको थियो । परमहंस योगानन्द ज्यूले आफ्नो आत्मकथा मा उहाँलाई बाबा भन्नुभएको छ । उहाँले गुरुदीक्षा लिएपनि गृहस्थमै रहेर गुरुको आज्ञा पालन गर्दै क्रियायोगको दीक्षा आफ्ना शिष्य हरूलाई दिनुभयो ।

सन् १८८० मा उहाँ पेन्शन लिएर काशी आउनुभयो । उहाँले गीतामा दिएको व्याख्या आजपनि शिर्ष स्थानमा छ । उहाँले वेदान्त, वैशेषिक, सांख्य, योगदर्शन र अन्य संहीताहरूको व्याख्यापनि प्रकाशित गर्नुभएको छ । उहाँको प्रणालीको सबैभन्दा ठूलो विशेषता यो थियो कि गृहस्थ मनुष्य पनि योगाभ्यासद्वारा चीरशान्ति प्राप्त गरी योगको उच्चतम शिखरमा आरुढ हुन सक्दछ । धर्मको सम्बन्धमा कट्टर नभएपनि उहाँले आजिवन प्राचिन राजनिति र मर्यादालाई पालन गरिरहनुभयो । शास्त्रमा उहाँको अटुट विश्वास थियो ।

जब उहाँ रानिखेतमा हुनुहुन्थ्यो उहाँले यहाँका पहाडहरूमा ऋषिमुनिहरु तपस्या गर्छन् भन्ने सुन्नुभयो र उहाँहरूको दर्शन गर्ने इच्छा जागृत भयो । यही शिलशिलामा उहाँ एकदिन अफिसको काम छिटै सकेर द्रोणगिरी को उकालो लाग्नुभयो । पहाड चढ्दै जाँदा रात पनि पर्दै गयो र उहाँ एउटा खुला स्थानमा पुग्नुभयो जहाँ एकादुइ गुफाहरु थिए । त्यहीं एउटा गुफामा एकजना अत्यन्त तेजस्वी पुरुषलाई देख्नुभयो र ती पुरुषले उहाँलाई गुफातिर उहाँको नाम लिएर बोलाउनुभयो र भन्नुभयो “श्यामाचरण मैले नै तिमीलाई यहाँ बोलाएको हुँ, रानिखेतमा सरुवा पनि मैले नै गरेको हुँ ” । लाहिडी महाशय त चकित हुनुभयो । त्यसपछि गुरुले उहाँलाई पूर्वजन्मको वृत्तांत बताएर शक्तिपात गर्नुभयो र उहाँको अन्तरचेतना जागृत गराउनुभयो र उहाँलाई क्रियायोग को दीक्षा दिनुभयो ।

क्रियायोगको विधि केवल दिक्षित साधकहरूलाई मात्रै बताइन्छ । यो प्रक्रिया नितान्त शास्त्रगत छ र यसको कुन्जी गीता हो । गीतामा कर्मयोग साँख्ययोग आदिको यति विशिष्ट व्याख्या छ कि यसलाई धर्मले कुनै असर गर्दैन । यसैले उहाँका भक्तहरू सबै धर्मानुयायीहरु छन् । हिन्दु मुसलमान कसैलाई भेद नगरी यो दिक्षा उहाँले प्रदान गर्नुभएको छ ।

लाहिडी महाशयको प्रवचनहरूको पूर्ण अंश प्राप्त छैन किन्तु गीता उपनिषद् संहीता इत्यादिका व्याख्याहरु उपलब्ध छन् । ६६ वर्षको उमेरमा उहाँले सन् १८९५ २६ सेप्टेम्बरमा वनारसमा महासमाधि लिनुभयो ।

यो पनि हेर्नुहोस्

https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%B0%E0%A4%AE%E0%A4%B9%E0%A4%82%E0%A4%B8_%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A6

सन्दर्भ सामाग्री