"साबित्रा भण्डारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ८७: पङ्क्ति ८७:


====राष्ट्रिय महिला फुटबल लिग २०७७====
====राष्ट्रिय महिला फुटबल लिग २०७७====
साबित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरी बलको टोली २०७७ सालको राष्ट्रिय महिला फुटवल लिगको विजेता बनेको थियो। २०७७ फागुन ४ गते साबित्रा प्रतियोगिताको दशौं खेलमा पुलिसविरुद्ध खेलमा गम्भिर चोटका कारण घाइते भएकि थिइन्, चोट कै कारण खेलको ७९ औं मिनेटमा साबित्राले मैदान छाडेकी थिइन्। उनको ठाँउमा मैदान प्रवेश गरेकी [[रविना गोले]]ले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन्। साबित्राले गोलको लागि प्रयास गर्दा उनलाई चोट लागेको थियो। विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो<ref>{{cite web |title=सावित्रा, चोट अनि अबको बाटो
साबित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरी बलको टोली २०७७ सालको राष्ट्रिय महिला फुटवल लिगको विजेता बनेको थियो। २०७७ फागुन ४ गते साबित्रा प्रतियोगिताको दशौं खेलमा पुलिसविरुद्ध खेलमा गम्भिर चोटका कारण घाइते भएकि थिइन्, चोट कै कारण खेलको ७९ औं मिनेटमा साबित्राले मैदान छाडेकी थिइन्<ref>{{cite web |title=सावित्राको चोट गम्भीर, १ वर्ष मैदानबाहिर
|url=https://www.hamrokhelkud.com/football/83888.html|website=hamrokhelkud.com|accessdate=मंगलबार, फागुन ४, २०७७ }}</ref>। उनको ठाँउमा मैदान प्रवेश गरेकी [[रविना गोले]]ले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन्। साबित्राले गोलको लागि प्रयास गर्दा उनलाई चोट लागेको थियो। विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो<ref>{{cite web |title=सावित्रा, चोट अनि अबको बाटो
|url=https://www.hamrokhelkud.com/football/83916.html |website=hamrokhelkud.com|accessdate=मंगलबार, फागुन ४, २०७७ }}</ref>।
|url=https://www.hamrokhelkud.com/football/83916.html |website=hamrokhelkud.com|accessdate=मंगलबार, फागुन ४, २०७७ }}</ref>।



१६:००, १७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

साबित्रा भण्डारी
बिसं २०७६ मा सावित्रा भण्डारी
व्यक्तिगत जानकारी
पुरा नाम सावित्रा भण्डारी
जन्म मिति (1997-05-23) २३ मे १९९७ (उमेर २६)
जन्म स्थान लमजुङ जिल्ला, सिमपानी
उचाइ ५.५ इन्च
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
सेतु क्लब
सङ्ख्या
युवा करियर
एपीएफ क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१४- सशस्त्र प्रहरी बल क्लब _ (_)
२०१७ माल्दिभ्स यरपोर्ट कम्पनी (१३)
२०१८ माल्दिभ्स पुलिस क्लब (१५)
२०१९ सेतु क्लब (१५)
अन्तर्राष्ट्रिय करियर
२०१४- नेपाल नेपाल ४० (३८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०१९ मे १८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०७६ मंसिर २४

साबित्रा भण्डारी (जन्म: १० जेठ २०५४) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो।[१] सावित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।[२]

उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्छिन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्।[३] सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्।[४] उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्।[५] साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्[६]

सन् २०१९ मा भारतमा आयोजना भएको २०१९ हिरो महिला गोल्डकपमा नेपालले दोस्रो स्थान हासिल गर्दा सावित्राले प्रतियोगिताको सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकी थिइन्। उनले उक्त प्रतियोगिता अन्तर्गत नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएउने क्रममा २ गोल गरेकी थिइन् भने बाँकी दुई गोल भने इरान विरूद्व गरेकी थिइन्।[७] उनलाई हाल नेपाली राष्ट्रिय महिला टोलीको मुख्य अग्रपङ्क्तिको खेेलाडीको रूपमा लिइने गरिन्छ भने वर्तमानमा नेपाली टोलीका लागि उनलाई सदावहार गोल यन्त्रमा रूपमा पनि लिने गरिन्छ।

सावित्रा भण्डारी सन् २०१९ का लागि भारतीय महिला फुटबल लिगका लागि नेपाली अर्कि महिला खेलाडी अनिता बस्नेतसँग सेतु क्लबमा अनुबन्ध भएकी थिइन्।[८] सेतुसँग अनुबन्ध पछि क्लबको पहिलो खेलमा अनिता बस्नेत भन्दा अगाडि नै प्रदापण गरेका कारण सावित्रा पहिलो अन्तर्राष्ट्रिय क्षेत्रमा आधिकारिक व्यवसायीक महिला फुटबल लिग खेल्ने प्रथम महिला बनेकी थिइन्। यस अघि उनले देशबाहिर माल्दिभ्स यरपोर्ट कम्पनी तथा माल्दिभ्स पुलिस क्लब क्लबबाट माल्दिभ्स महिला फुटसल लिगमा सहभागीता जनाए पनि उक्त प्रतियोगिता आधिकारिक फुटबल प्रतियोगिता भने थिएन। उनले सेथु क्लबको तर्फबाट २०१९ भारतीय महिला लिगको उपाधि जितेकी थिइन्।[९] उनले उक्त प्रतियोगितामा कुल ७ खेलमा जम्मा १५ गोल गर्न सफल भएकी थिइन्।[१०]

सावित्रा भण्डारी २०७५ सालमा उत्कृष्ट प्रदर्शनी गरेको कारण नेपाली खेलकुद जगतको सर्वाधिक उच्च पुरस्कार पल्सर स्पोर्ट्स अवार्ड २०७५ उत्कृष्ट महिला वर्ष खेलाडीबाट सम्मानित भएकी थिइन्। यस्तै उनले पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत पिपुल च्वाइस अवार्डमा दोस्रो भएकी थिइन्।[११] उनले २०७६ सालको संविधान दिवसको अवसरमा राष्ट्रपति मार्फत जन सेवा श्री पञ्चम श्रेणी पदक प्राप्त गरेकी थिइन्। अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल सरकारले २०५६ सालमा साबित्रा भण्डारीलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो।

प्रारम्भिक जीवन

सावित्रा भण्डारीको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने गाउँमा भएको थियो[१२]। मध्यम वर्गीय परिवारमा जन्मिएकी साबित्रा भण्डारीले गाउँकै स्थानीय विद्यालयबाट प्रवेशिका परिक्षा उतिर्ण गरेकी थिइन्। उनका बुवा थमबहादुर भण्डारी भने एक सरकारी जागिरे थिए।[१३]। साबित्राको पनि बाल्यावस्थामा अन्य महिलाहरूको जस्तै दैनिकी बित्ने गर्दथ्यो। आमाबुवालाई घरायसी काममा सहयोग गर्ने, गाउँमै घाँस दाउरा गर्दै, उनले आफ्नो पढाईलाई अघि बढाएकी थिइन्। साबित्राले फुर्सदमा कपडाको फुटबल बनाएर खेल्ने गर्थिन्।[१४]

दशैँताका गाउँमा हुने खसी तथा भाले कप फुटबल प्रतियोगिताहरूले उनको फुटबल प्रतिको आकर्षण तथा रूचिमा भर्‍याङको रूपमा काम गरेको थियो। स्थानीय प्रतियोगिताहरूमा उनी गाउँकै ठूला दाइहरूको टोलीमा मिसिएर खेल्ने गर्दथिन्। त्यसपछि पनि उनलाई फुटबलमा लाग्न थप हौसला मिलेको थियो र दशैँ बाहेक पनि उनी दाईहरूसँगै फुटबल खेलहरू खेल्न थालेकी थिइन्।[१५]। २०७१ को दशैंअघि लमजुङ जिल्लाको धनपोखरामा महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। उक्त प्रतियोगितामा साबित्राले पनि सहभागीता जनाएकि थिइन् र उनको टोलीले उक्त प्रतियोगिताको उपाधि जित्न सफल पनि भयो।[१६]। विजेता भएसँगै उनको टोलीले १५ हजार रूपैयाँ जितेको थियो। त्यस पछि उनी एपीएफको छनोटमा पर्द‌ै उत्कृष्ट प्रदर्शनहरू गरेकी थिइन्। पछि उनी काठमाडौँ प्रशिक्षणका लागि आएकी थिइन्।

व्यक्तिगत जीवन

साबित्राको स्थानीय घर लमजुङ जिल्लामा रहेको छ। उनी मध्यम स्तरको पारिवारको एक सदस्य थिइन्, भने पहिले उनको परिवार खेलकुद पृष्ठभूमि भएको परिवार पनि रहेको थिएन। उनको परिवारको चार दिदीबहिनी र दुई भाइहरूमध्ये उनी माइली हुन्।[१७]। उनी सानैदेखि सामान्य केटीहरू भन्दा फरक स्वभावकि थिइन् अथवा खेलकुदमा अत्याधिक रुचि राख्ने खालकी थिइन्। त्यसै कारणले गर्दानै उनले नेपाली फुटबल जगतमा छोटो समयमा नै धेरै सफलता प्राप्त गर्न सफल भएकी छिन्।

यस्तै उनी वर्तमान समयमा धेरै समर्थक हुने नेपाली महिला खेलाडी हुन्। उनी आफ्नो कपाल कटाइ तरिका पनि विशेष खालको गराउन रूचाउछिन्। उनको कपालको शैली, गोलपछिको सेलिब्रेसन र निडर व्यक्तित्वपनले थप उनको व्यक्तिगत पहिचान दिएको छ।[१८]। हाल उनलाई नेपाली फुटबल जगतमा उनका समर्थकहरूले साम्बा उपनामले पनि चिन्नने गर्दछन्। उनी विश्व फुटबल जगत् पुर्तुगाली फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको समर्थक रहेको बताएकी थिइन्। त्यसैले पनि उनले राष्ट्रिय टोलीबाट खेल्दा गोल गरिसकेपछि रोनाल्डोको जस्तै गोल सेलिब्रेसन गर्ने गर्दछिन्।

क्लब जीवन

एपीएफ क्लब

साबित्रा भण्डारी एपिएफ क्लबका लागि १६ वर्षकै उमेरमा अनुबन्धित भएकी थिइन्। साबित्रा भण्डारी एपीएफ क्लब कि एक मुख्य खेलाडी हुन्।[१९][२०]। उनी वर्तमान समयमा एपीएफका प्रमुख अग्रपङ्क्तिकी खेलाडी समेत हुन्। उनकै उच्च र उत्कृष्ट प्रदर्शनकै कारणले एपीएफ क्लबले अनेक घरेलु महिला उपाधिहरू जित्न सफल भएको छ। साबित्रा भण्डारी सम्मीलित एपिएए टोलीले लगातार चार पटक प्रधान सेनापति कपको उपाधि समेत जित्न सफल भएको थियो। साथै महिला राष्ट्रिय लिगको उपाधि पनि जित्न सफल भएको थियो। एपीएफले २०७३ मा प्रधान सेनापति कप जित्दा उनी उत्कृष्ट खेलाडी समेत घोषित भएकी थिइन्। भने त्यहीँ वर्षको राष्ट्रिय लिग जित्दा पनि उनी उत्कृष्ट खेलाडी भएकी थिइन्। यस्तै २०७५ सालको प्रधान सेनापति कप जित्दा उनी उत्कृष्ट अग्रपङ्क्तिकी खेलाडी हुन सफल भएकी थिइन्।

२०७४ सालमा एपीएफ क्लबले राष्ट्रिय लिग जित्दा सुपर लिगको अन्तिम खेलमा साबित्राले १ गोल गरेकी थिइन् भने एपीएफले समग्रमा पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै लिग उपाधि जितेको थियो। यो लिगमा साबित्राले जम्मा ६ खेलमा २९ गोल गर्दै लिगको नयाँ किर्तिमानी समेत राखेकी थिइन्। साथै २०७४ महिला राष्ट्रिय लिगमा उनी उत्कृष्ट अग्रपङ्क्तिको खेलाडी र सर्वाधिक गोलकर्ता समेत भएकी थिइन्।[२१]। २०७५ सालमा पनि एपिएफलाई महिला राष्ट्रिय लिग २०७५ वा उपराष्ट्रपति कप जिताउन साबित्राको भूमिका उल्लेखनीय रहेको थियो। प्रतियोगिता भर उत्कृष्ट प्रदर्शनी गरेकी उनले प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हुँदै २५ हजार नगद हात पार्न सफल भएकी थिइन्।[२२]। प्रतियोगिताको अन्तिम खेलमा एपीएफले चिरपरिचीत प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दा उनले ह्याटि्रक समेत गर्न सफल भएकी थिइन्।[२३]

२०७५ सालमा पनि सावित्रा भण्डारी सम्मिलित एपीएफ क्लबले आठौँ राष्ट्रिय खेलकुद २०७५ मा महिला फुटबल तर्फको स्वर्ण पदक जित्न सफल भएको थियो। यस आठौँ राष्ट्रिय खेलकुदमा पनि सावित्राको व्यक्तिगत प्रदर्शनी निकै उत्कृष्ट रहन गएको थियो। एपीएफले फाइनलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दा सावित्राले पनि गोल गर्न सफल भएकी थिइन्।[२४]

राष्ट्रिय महिला फुटबल लिग २०७७

साबित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरी बलको टोली २०७७ सालको राष्ट्रिय महिला फुटवल लिगको विजेता बनेको थियो। २०७७ फागुन ४ गते साबित्रा प्रतियोगिताको दशौं खेलमा पुलिसविरुद्ध खेलमा गम्भिर चोटका कारण घाइते भएकि थिइन्, चोट कै कारण खेलको ७९ औं मिनेटमा साबित्राले मैदान छाडेकी थिइन्[२५]। उनको ठाँउमा मैदान प्रवेश गरेकी रविना गोलेले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन्। साबित्राले गोलको लागि प्रयास गर्दा उनलाई चोट लागेको थियो। विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो[२६]

माल्दिभ्स लिग

माल्दिभ्स यरपोर्ट कम्पनी

सावित्राले २०१७ माल्दिभस् महिला लिगमा माल्दिभ्स यरपोर्ट कम्पनीबाट खेलेकी थिइन्।[२७]। दक्षिण एसियाकी उत्कृष्ट अग्रपङ्क्तिको खेलाडी मध्येकी एक सावित्रा २०१७ सालको संस्करणमा प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। सावित्राले उक्त वर्षको प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन्।

माल्दिभ्स पुलिस

फेब्रुअरी २०१७ मा साबित्रालाई माल्दिभ्स महिला राष्ट्रिय लिग खेल्नका लागि माल्दिभ्सबाट बोलाइएको थियो[२८]। साथै उनी उक्त माल्दिभ्स राष्ट्रिय लिगमा उत्कृष्ट अग्रपङ्क्तिको खेलाडी समेत हुन सफल भएकी थिइन् भने अर्की नेपाली महिला फुटबल खेलाडी अनिता बस्नेतसँगै उनी माल्दिभ्स गएकी थिइन्। उनको त्यो माल्दिभ्समा दोस्रो व्यवसायिक फुटबल खेल रहेको थियो[२९]। उनले माल्दिभ्समा पुलिस टोलीबाट माल्दिभ्स फुटसल फिस्टा का लागि व्यवसायीक फुटबल खेलेकी थिइन्। पुलिस टोलीबाट माल्दिभ्स फुटसल फिस्टा खेलेका साबित्रासँगै अर्की नेपाली खेलाडी अनिताको उत्कृष्ट प्रदर्शनीले आफ्नो टोलीलाई फाइनल सम्म पुर्‍याउन सफल भएका थिए।[३०]। तर माल्दिभ्स पुलिस क्लब फाइनलमा भने एमपिएलसँग पराजित हुँदै उपविजेता बनेको थियो। प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेकी साबित्राले प्रतियोगितामा कुल १९ गोल गरेकी थिइन् भने अनिताले ११ गोल गरेकी थिइन्।[३१]। साबित्रा भण्डारी उक्त प्रतियोगिताको उच्च गलकर्ता तथा क्वीन अफ द टुर्नामेन्ट समेत घोषित भएकी थिइन्[३२]

सेतु क्लब

सावित्रा भण्डारी २०१९ भारतीय महिला लिगका भारतीय क्लब सेतु एफसी महिला टोलीबाट अनुबन्धित भएकी थिइन्[३३][३४][३५]। यस प्रतियोगिताका लागि सेतु एफसीबाट भारतीय ७० हजार रुपैयाँमा अनुबन्धन भएकी थिइन्।[३६]। उनी अर्की नेपाली महिला फुटबल खेलाडी अनिता बस्नेतसँगै उक्त सेतु क्लबमा अनुबन्धित भएकी थिइन्।[३७] भने अनिता र सावित्रा अन्तर्राष्ट्रिय व्यवसायीक फुटबल खेल खेल्ने पहिलो महिला खेलाडी बन्न समेत सफल भएका थिए। [३८]

सावित्राले सेतु क्लबका लागि मे ६ को लिग समुह चरणको पहिलो खेलमान‌ै प्रदापण गरेकी थिइन्।[३९] मनिपुर पुलिस स्पोर्ट्स क्लबसँग भएको पहिलो खेलबाट उनले आफ्नो पहिलो खेल पस्किएकी थिइन्। यस खेलमा अनिता बस्नेतले प्रदापण गर्ने मौका नपाएको अवसरमा सावित्राले प्रदापण गरेसँगै आधिकारिक व्यावसायिक अन्तर्राष्ट्रिय क्लब फुटबलमा पहिलोपटक खेल्ने नेपाली महिला खेलाडी हुन समेत सफल भएकी थिइन्। यस खेलमा सेतु क्लबले मनिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ गोल अन्तरले पराजित गर्दा सावित्राले उत्कृष्ट खेल प्रदर्शनी गर्दै ४ गोल तथा एक गोलका लागि अवसर पनि निर्माण गरेकि थिइन्।[४०] उनले उक्त खेलको २९ सेकेन्डमा नै गोल गरी टोलीलाई अग्रता दिलाएकी थिइन्।[४१] त्यसपछि १६ औँ मिनेटमा दोस्रो गोल गरेकी सावित्राले ३४ औँ मिनेटमा ह्याटि्रक पूरा गरेकी थिइन् भने चौथो गोल पहिलो हाफको थप समयमा गर्न सफल भएकी थिइन्।[४२][४३][४४]। उनी भारतीय महिला लिगको पहिलो खेलमानै उत्कृष्ट खेल प्रदर्शनी गरेबापत खेलको विमन अफ द म्याच भएकी थिइन्।[४५][४६][४७] प्रतियोगिताको दोस्रो खेलमा क्लबले बेङ्गलोर युनाइटेडलाई ३-० ले पराजित गर्दा सावित्राले १ गोल गरेकी थिइन्।[४८][४९][५०][५१][५२] प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा पनि सावित्रा टोलीको सुरुवाती पहिलो ११ पर्न असफल रहेकि थिइन्।[५३][५४] दोस्रो हाफमा नेपाली खेलाडी अनिता बस्नेतक‍ो स्थानमा मैदान प्रवेश गरेकी उनले १ गोल गर्दा सेथुले समग्रमा स्पोर्टस् एकडेमी अफ इन्डिया (एसएआई) क्लबलाई ९-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो।[५५][५६]

सेथु क्लबले चौथो खेलमा कोल्हापुर सिटीलाई ९–० ले हराउँदा सावित्राले ३ गोल तथा प्रतियोगितामा व्यक्तिगत दोस्रो ह्याटि्रक गर्न सफल भएकी थिइन्।[५७][५८][५९][६०] उनले बरोडा फुटबल एकेडेमीविरुद्धको पाचौँ खेलमा भने कुनै गोल गर्न नसक्दा समेत उक्त खेल सेथु क्लबले ७-० ग‍ोल अन्तरले जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो।[६१] सेथु समूह ख को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो।[६२][६३] सेमिफाइनलमा सेन्ट्रल एमएसबी क्लब विरुद्ध उनले उत्कृष्ट प्रदर्शनी गर्दै टोलीलाई फाइनल सम्म पुराउन सफल भएकी थिइन्।[६४][६५] उक्त खेलमा सेथु क्लबले ७-० को जित दर्ता गर्दा सावित्राले ह्याटि्रक सहित कुल ४ गोल गरेकि थिइन्।[६६][६७][६८][६९][७०] साथै फाइनलमा समेत उनले मनिपुर पुलिस विरुद्ध २ गोल गर्दै सेथुलाई ऐतिहासिक रूपमा उपाधि जिताउन महत्त्वपूर्ण भुमिका खेलेकी थिइन्।[७१][७२][७३] उनी फाइनल खेलको महत्त्वपूर्ण खेलाडीको पुरस्कार समेत जित्न सफल भएकी थिइन्।[७४]

अन्तर्राष्ट्रिय खेल जीवन

सावित्रा भण्डारीले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा प्रदापण गरेकी थिइन्। उनले नेपालका लागि हालसम्म ३० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेकी सकेकी छिन्। उनले भुटान विरूद्धको आफ्नो पहिलो खेलमै १ गोल गरेकी थिइन्। यसबाहेक आसामको सिलोङमा आयोजना भएको १२ औँ सागमा उनले श्रीलङ्काविरुद्ध २ गोल गरेकी थिइन्। सावित्राले भारतको पश्चिम बङ्गालस्थित सिलिगुढीमा भएको चौथो महिला साफ च्याम्पियनसिपको तीन खेलमा ११ गोल गरेकी थिइन्। उनी नेपाली फुटबल इतिहासमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी मात्र नभई, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला तथा पुरूष खेलाडी पनि बन्न पुगेकी थिइन्।

१७ फेब्रुअरी २०१६, मा नेपाल भन्दा २६ स्थान माथिको मलेसियासँग भएको काठमाडौँमा भएको खेलमा उनले १ गोल गरेकी थिइन्।[७५] उनको गोलसँगै नेपाली महिला टोलीले पहिलोपटक मलेसिया महिला टोलीलाई हराएर एक नयाँ इतिहास रचेको थियो। यस्तै सावित्राले २२ मे २०१७ का दिन मलेसियाको घरेलु मैदानमा भएको खेलमा समेत मलेसिया विरुद्ध गोल गर्न सफल भएकी थिइन्।

२०१४ साफ महिला च्याम्पियनसिप

सन २०१४ मा पाकिस्तानमा भएको २०१४ साफ महिला च्याम्पियनसिपमा भुटानसँगको खेलमा सावित्राले राष्ट्रिय टोलीबाट प्रदापण गरेकी थिइन्। उक्त खेलको ८६ औँ मिनेटमा अनु लामाको स्थानमा मैदान प्रवेश गरेको दुइ मिनेटपछि नै सावित्राले गोल गरेकी थिइन्। उनको यो पहिलो अन्तर्राष्ट्रिय खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल थियो।[७६]

२०१६ साग खेल

२०१६ दक्षिण एसियाली खेलकुद अन्तर्गत उनले कुल ४ खेल खेल्दै २ गोल गर्न सफल भएकी थिइन्। समूह चरण अन्तर्गत श्रीलङ्कासँग २६ डिसेम्बर २०१६ मा भएको खेलमा उनले २ गोल गरेकी थिइन्।[७७] उनले खेलको दोस्रो र तेस्रो गोल गरेकी थिइन्, र उक्त खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलअन्तरले पराजित गरेको थियो। साथै नेपालले प्रतियोगितामा दोस्रो हुँदै साफ खेलमा रजत पदक जितेको थियो। फाइनलमा नेपाल दक्षिण एसियाली प्रतिस्पर्धी भारतसँग पराजित भएको थियो। समूह चरण तथा लिग चरणमा नेपाल पहिलो र भारत दोस्रो हुँदै फाइनल प्रवेश गरेको थियो। फाइनलमा पराजित नेपालले भारतलाई लिग चरणमा बराबरीमा रोकेको थियो।

२०१६ साफ महिला च्याम्पियनसिप

२०१६ साफ च्याम्पियनसिपमा साबित्रा भण्डारीको खेल कौशल तथा गोल क्षमता देखेर नेपालको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारतका प्रशिक्षक सजत धरले समेत उनको निकै प्रशंसा गरेका थिए।

२०१६ साफ महिला च्याम्पियनसिप अन्तर्गत सावित्राले भुटानविरुद्धको पहिलो खेलमा ६ गोल गरेकी थिइन् जसका कारण नेपाल ८–० ले विजयी हुन सफल भएको थियो। साथै उनी नेपाली फुटबल इतिहासमा एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेकी थिइन्। साथै उनले नेपालले माल्दिभ्सलाई ९– ० ले पराजित गरेको खेलमा एक्लैले ५ गोल गरेकी थिइन्। उक्त प्रतियोगिताको सेमिफाइनलमा भारत विरूद्व नेपाल पराजित भएपनि उनले भारतलाई १ गोल फर्काएकी थिइन्। २-० ले पछाडि परेको नेपालका लागि ७५औँ मिनेटमा उनले भारत विरूद्व १ गोल गरेकी थिइन्। तर पनि नेपालले खेलको अन्तिम समय तिर पुन: १ गोल खादै समग्रमा ३-१ गोल अन्तरको हारसँगै प्रतियोगिताबाट बाहिरिएको थियो.[७८] भारतमा भएको यस महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीले सफल हुन नसके पनि व्यक्तिगत प्रर्दशनीको आधारमा भने सावित्र अगाडि रहन सफल भएकी थिइन्।[७९] उनले प्रतियोगिता अवधीभर १२ गोल गर्न सफल भएकी थिइन्। यहि प्रतियोगितामा गोल गरेको देखेर भण्डारीलाई नेपाली महिला फुटबलको सदावहार गोल यन्त्र समेतका रूपमा लिइने गरिन्छ।[८०]

२०२० ओलम्पिक छनोट पहिलो चरण २०१८

नेपाली महिला फुटबल टोलीले २०२० ग्राषमकालीन ओलम्पिक फुटबल खेल अन्तर्गत छनोट अन्तर्गतको पहिलो चरण पार गरी दोस्रो चरणमा पुग्दा साबित्रा भण्डारीको योगदान र भूमीका पनि अतुलनीय रहेको थियो।[८१] म्यानमामा ८ नोभेम्बर २०१८ देखि १३ नोभेम्बर सम्म सञ्चालन भएको समूह चरणका खेलहरूमा नेपालले तीनै वटा खेल बराबरीमा खेलेको थियोे। तीन खेलमा तीन गोल खाएको र तीन गोल गरेको नेपाली टोलीका लागि एक महत्त्वपूर्ण गोल साबित्रा भण्डारीले पनि गरेकी थिइन्। आयोजक म्यानमारसँग ११ नोभेम्बरमा भएको समुह चरणको दोस्रो खेलको तेस्रो मिनेटमा उनले पेनाल्टी मार्फत गोल गरिकी थिइन् भने खेलमा उनकै गोलबाट अग्रता लिएको नेपालले पछि १४ मिनेटमा गोल व्यहोर्नुपरेको परेको थियो। छनोट चरणमा अन्य दुई गोल भने भारत र बङ्गलादेश विरूद्व मीरा थापाले गरेकी थिइन्। समुहमा उत्कृष्ट तीनले अघिल्लो चरणमा प्रवेश पाउने निर्णय अन्तर्गत नेपाल दोस्रो चरण प्रवेश गर्न सफल थियो।

२०२९ हिरो महिला गोल्डकप

नेपाल महिला राष्ट्रिय फुटबल टोलीले ११ फेब्रुअरी २०१९ मा हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा आयोजक भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्दा नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्। [८२] खेलको पाँचौ मिनेटमा हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिँदै गोल भएको थियो भने त्यसको दुई मिनेटमै सावित्राले दोस्रो गोल गरेकी थिइन्। मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरेकी थिइन्।[८३] जित पछि उनले भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्न पाउँदा खुसी भएको भावना व्यक्त समेत गरिकी थिइन्। सावित्राले खेलको पाँचौ र सातौँ मिनेटमा गोल गरेपछि नेपालले इतिहासमै पहिलो पटक भारतीय टोलीविरुद्ध जित दर्ता गरेको थियो।[८४] यस्तै प्रतियोगिताको तेस्रो तथा समुह चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३-१ गोल अन्तरले हराएको खेलमा सावित्राले दुई गोल गरेकी थिइन्। उक्त खेलमा नेपालकालागि अनिता बस्नेतले सुरूवाती अग्रता दिलाएकी थिइन्। साथै सावित्राले दोस्रो हाफको ५९औँ मिनेटमा नेपालको अग्रता दोब्बर पारेकि थिइन् खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकि थिइन्।[८५][८६] प्रतियोगितामा नेपालले दोस्रो स्थान हात परेको थियो भने सावित्राले प्रतियोगिता भरकै सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकी थिइन्।[८७]

२०१९ साफ महिला च्याम्पियनसिप

सावित्रा भण्डारीले २०१९ साफ महिला च्याम्पियनसिपको समुहचरण देखि फाइनल खेल सम्मको प्रत्येक खेलमा कम्तीमा एक गोल गर्न सफल भएकी थिइन्। उनी यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन सफल भएकी थिइन्। सावित्राले प्रतियोगिताको सबै खेलमा १-१ गोल गरेकी थिइन्।[८८] उनले भुटान, बङ्गलादेश, श्रीलङ्का र भारतविरुद्ध गोल गर्न सफल भएकी थिइन्। सावित्राले भारतकी इन्दुमतिसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार ग्रहण गरेकी थिइन्।[८९] सावित्राले यस प्रतियोगितामा गरेको ४ गोल सहित यो प्रतियोगिता सम्म उनले नेपालका लागि कुल २६ गोल गरेकी थिइन्। कुल २६ अन्तर्राष्ट्रिय गोलसँगै उनी नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि सर्वाधिक गोलगर्ने खेलाडीका रूपमा दोस्रो स्थानमा उक्लिएकी थिइन्।

२०२० ओलम्पिक छनोट दोस्रो चरण २०१९

सन् २०२० ओलम्पिक छनोट दोस्रो चरण अन्तर्गतको कुल तीन खेलहरूमा सावित्रा भण्डारीले जम्मा १ गोल गर्न सफल भएकी थिइन्। उनले इन्डोनेसिया विरूद्वको तेस्रो खेलमा २ गोल गर्न सफल भएकी थिइन्। उक्त खेलमा नेपाल २-१ गोलअन्तरले विजयी भएको थियोे।[९०]

२०१९ नादेझ्दा कप

किर्गिस्तानमा आयोजना भएको २०१९ नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपाले दोस्रो स्थान हात पार्दा सावित्रा भण्डारीले ७ गोल सहित प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार जित्न सफल भएकी थिइन्[९१][९२][९३] उनले पहिलो खेलमा किर्गिस्तानविरूद्व ४ गोल गर्न सफल भएकी थिइन्। सावित्राले ४ गोल गरेको उक्त खेल नेपालले ८-२ को फराकिलो अन्तरले जित्न सफल भएको थियो।[९४] ह्याट्रिक सहित ४ गोल गरेकी सावित्राले उक्त खेलको ३औँ, १५औँ, ३०औँ र ५३औँ मिनेटमा गोल गर्न सफल भएकी थिइन्।[९५][९६][९७] खेलको ५३औँ मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै नेपाललाई ५ गोलको स्थितिमा पुर्‍याएकी। यस्तै उनले प्रतियोगिताको तेस्रो खेलमा निर्णायक १ गोल गर्न सफल भएकी थिइन्।[९८] ताजिकिस्तान विरुद्धको खेलमा उनले ८५औँ मिनेटमा गिता रानाको प्रिकीकमा हेड गर्दै गोल गर्न सफल भएकी थिइन्। सावित्राको उक्त निर्णायक गोल सहित नेपालले ताजिकिस्तानलाई १-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको थियो[९९][१००] भने बाँकी दुई गोल उज्बेकिस्तान विरूद्व फाइनल खेलमा गरेकी थिइन्।[१०१] फाइनलमा नेपाल २-३ गोल अन्तरले पराजित हुँदै आठौँ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि बिहिन हुन पुगेको थियो।[१०२] उज्बेकिस्तानसँगको खेलमा दुई गोल गरेसँगै उनले पुर्व नेपाली टोलीकी कप्तान अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमानसँग बराबर गर्न सफल भएकी थिइन्।[१०३][१०४] सावित्राले उक्त सफलता मात्र ३६ अन्तर्राष्ट्रिय खेलमा प्राप्त गरेकी थिइन्।

साग खेल २०१९

साग गेम २०१९ अन्तर्गतको नेपाली टोली माल्दिभ्स विरूद्ध ०-३ गोल अन्तरले विजयी भएको दोस्रो खेलमा सावित्रा भण्डारीले ह्याटि्रक पुरा गरी नेपाली महिला फुटबलको सर्वाधिक उच्च अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान बनाउन सफल भएकी थिइन्।[१०५] उनले उक्त सफलता मात्र ३८ अन्तर्राष्ट्रिय खेलहरूमा पुरा गरेकी थिइन्। उक्त खेलको १८औँ, २२औँ र इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्न सफल भएकी थिइन्[१०६]। यस्तै यस खेलको पहिलो गोलले उनलाई नेपाली महिला फुटबल टोलीको सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनाएको थियो। यसो त उनले साग खेल अन्तर्गतको श्रीलङ्का विरूद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शनी गरे पनि गोल गर्न भने सकेकी थिइनन्।

अन्तर्राष्ट्रिय विवरणहरू

अन्तर्राष्ट्रिय खेलहरू

सङ्केत
सावित्रा भण्डारीले खेलेका अन्तर्राष्ट्रिय खेलहरूमा अन्तर्राष्ट्रिय गोल गर्न सफल खेलहरू
खेल नम्बर. मिति विपक्ष टोली नतिजा खेल अङ्क स्थान प्रतियोगिता गरेको गोल
१. १२ नोभेम्बर २०१४  भुटान जित ८-० पाकिस्तान जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप
२. १४ नोभेम्बर २०१४  पाकिस्तान जित २-० पाकिस्तान जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप
३. १६ नोभेम्बर २०१४  पाकिस्तान जित ३-० पाकिस्तान जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप
४. १९ नोभेम्बर २०१४  बङ्गलादेश जित १-० पाकिस्तान जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप (सेमिफाइनल)
५. २१ नोभेम्बर २०१४  भारत हार ०-६ पाकिस्तान जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप (फाइनल)
६. ५ फेब्रुअरी २०१६  बङ्गलादेश जित ३-० भारत जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
७. ५ फेब्रुअरी २०१६  बङ्गलादेश जित ३-० भारत जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
८. ७ फेब्रुअरी २०१६  माल्दिभ्स जित २-० भारत जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
९. ११ फेब्रुअरी २०१६  भारत बराबर ०-० भारत जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
१०. १३ फेब्रुअरी २०१६  श्रीलङ्का जित ४-० भारत जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
११. १५ फेब्रुअरी २०१६  भारत जित ०-४ भारत जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद (फाइनल)
१२. १७ डिसेम्बर २०१६  मलेसिया जित १-० नेपाल एन्फा कम्प्लेक्स सातदोबाटो, ललितपुर, नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
१३. २६ डिसेम्बर २०१६  भुटान जित ८-० भारत कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप
१४. २८ डिसेम्बर २०१६  माल्दिभ्स जित ९-० भारत कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप
१५. ३१ डिसेम्बर २०१६  श्रीलङ्का जित १-० भारत कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप
१६. २ जनवरी २०१७  भारत हार १-३ भारत कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप (सेमिफाइनल)
१७. २२ मे २०१७  मलेसिया बराबर १-१ मलेसिया लिकस रंगशाला, मलेसिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
१८. २४ मे २०१७  मलेसिया हार १-४ मलेसिया युएमएस रंगशाला, मलेसिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
१९. ८ नोभेम्बर २०१८  भारत बराबर १-१ म्यानमार थुउन्ना रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - पहिलो चरण
२०. ११ नोभेम्बर २०१८  म्यानमार बराबर १-१ म्यानमार थुउन्ना रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - पहिलो चरण
२१. १३ नोभेम्बर २०१८  बङ्गलादेश बराबर १-१ म्यानमार थुउन्ना रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - पहिलो चरण
२२. ९ फेब्रुअरी २०१९  म्यानमार हार ३-० भारत कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप
२३. ११ फेब्रुअरी २०१९  भारत जित २-१ भारत कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप
२४. १३ फेब्रुअरी २०१९  इरान जित ३-० भारत कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप
२५. १५ फेब्रुअरी २०१९  म्यानमार हार ०-३ भारत कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप
२६. १२ मार्च २०१९  भुटान जित ३-० नेपाल सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप
२७. १६ मार्च २०१९  बङ्गलादेश जित ३-० नेपाल सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप
२८. २० मार्च २०१९  श्रीलङ्का जित ४-० नेपाल सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप (सेमिफाइनल)
२९. २२ मार्च २०१९  भारत हार १-२ नेपाल सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप (फाइनल)
३०. ३ अप्रिल २०१९  म्यानमार हार १-३ म्यानमार मन्दलर्थीरी रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - दोस्रो चरण
३१. ६ अप्रिल २०१९  भारत हार १-३ म्यानमार मन्दलर्थीरी रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - दोस्रो चरण
३२. ९ अप्रिल २०१९  इन्डोनेसिया जित २-१ म्यानमार बहोट्टो रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - दोस्रो चरण
३३. ०८ सेप्टेम्बर २०१९  किर्गिस्तान जित ८-२ किर्गिस्तान कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप
३४. ०९ सेप्टेम्बर २०१९  उज्बेकिस्तान हार ०-२ किर्गिस्तान कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप
३५. १० सेप्टेम्बर २०१९  ताजिकिस्तान जित १-१ किर्गिस्तान कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप
३६. १२ सेप्टेम्बर २०१९  उज्बेकिस्तान हार २-३ किर्गिस्तान कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप (फाइनल)
३७ ०३ डिसेम्बर २०१९  श्रीलङ्का जित १-० नेपाल पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद
३८ ०५ डिसेम्बर २०१९  माल्दिभ्स जित ३-० नेपाल पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद
३९ ०७ डिसेम्बर २०१९  भारत हार ०-१ नेपाल पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद
४० ०९ डिसेम्बर २०१९  भारत हार ०-२ नेपाल पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद फाइनल

अन्य खेल विवरण

अन्तर्राष्ट्रिय मान्यता प्राप्त बाहेक अन्य टोलीसँग नेपालले प्रतिस्पर्धा गर्दा सावित्रा भण्डारीले नेपालका लागि सहभागी जनाएका खेलहरू :-

खेल नम्बर. मिति विपक्ष टोली नतिजा खेल स्कोर स्थान प्रतियोगिता
१. २९ अक्टोबर २०१८ चीन बेइजिङ बिजी फोनीक्स एफसी हार १-४ चीन छिन्नानोङ्टान, बेइजिङ्, चाइना मैत्रीपुर्ण खेल[१०७][१०८]
२. ३० अक्टोबर २०१८ चीन बेइजिङ खेलकुद विश्वविद्यालय जित ३-० चीन छिन्नानोङ्टान, बेइजिङ्, चाइना मैत्रीपुर्ण खेल[१०७][१०८]
३. ३१ अक्टोबर २०१ चीन बेइजिङ बिजी फोनीक्स एफसी हार १-२ चीन छिन्नानोङ्टान, बेइजिङ्, चाइना मैत्रीपुर्ण खेल[१०७][१०९]

अन्तर्राष्ट्रिय गोलहरू

नम्बर. मिति स्थान विपक्ष गोल अवस्था अन्तिम नतिजा प्रतियोगिता
१. ६ सेप्टेम्बर २०१४ जीनाह स्पोर्ट्स रंगशाला, इस्लामावाद, पाकिस्तान  भुटान –० ८–० २०१४ साफ महिला च्याम्पियनसिप
२./३. १३ फेब्रुअरी २०१६ नेहरू रंगशाला, भारत  श्रीलङ्का –०
–०
८–० २०१६ दक्षिण एसियाली खेलकुद
४. १७ डिसेम्बर २०१६ एन्फा कम्प्लेक्स हल, सातदोबाटो, नेपाल  मलेसिया –० १–० मैत्रीपूर्ण खेल
५./६./७./८./९./१०. २६ डिसेम्बर २०१६ कञ्चनजंगा रंगशाला, शीलिगुरू, भारत  भुटान –०
–०
–०
–०
–०
–०
८–० २०१६ साफ महिला च्याम्पियनसिप
११./१२./१३./१४./१५. २८ डिसेम्बर २०१६ कञ्चनजंगा रंगशाला, शीलिगुरू, भारत  माल्दिभ्स –०
–०
–०
–०
५-०
९–० २०१६ साफ महिला च्याम्पियनसिप
१६. २ जनवरी २०१७ कञ्चनजंगा रंगशाला, शीलिगुरू, भारत  भारत -२ १–३ २०१६ साफ महिला च्याम्पियनसिप-सेमिफाइनल
१७.[११०] २२ मे २०१७ लिकास रंगशाला, शीलिगुरू, मलेसिया  मलेसिया -१ १–१ मैत्रीपुर्ण खेल
१८. ११ नोभेम्बर २०१८ थुवान्ना रंगशाला, याङ्गोङ, म्यानमार  म्यानमार -० १–१ २०२० ओलम्पिक छनोट-पहिलो चरण
१९./२०. ११ फेब्रुअरी २०१९ कालीङ्गा रङ्गशाला, भुबनेश्वर, भारत  भारत -०
-०
२-१ हिरो गोल्डकप
२१./२२. १३ फेब्रुअरी २०१९ कालीङ्गा रङ्गशाला, भुबनेश्वर, भारत  इरान -०
-०
३-० हिरो गोल्डकप
२३. १२ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  भुटान -० ३-० २०१९ साफ महिला च्याम्पियनसिप
२४. १६ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  बङ्गलादेश -० ३-० २०१९ साफ महिला च्याम्पियनसिप
२५. २० मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  श्रीलङ्का -० ४-० २०१९ साफ महिला च्याम्पियनसिप
सेमिफाइनल
२६. २२ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  भारत -१ १-३ २०१९ साफ महिला च्याम्पियनसिप
फाइनल
२७./२८.[१११] ०९ अप्रिल २०१९ बाह्ट्ओ रङ्गशाला, मन्डेल्या, म्यानमार  इन्डोनेसिया -०
-०
२-१ २०२० ओलम्पिक छनोट-दोस्रो चरण
२९./३०./३१./३२.[११२][११३] ०८ सेप्टेम्बर २०१९ किर्गिस्तान राष्ट्रिय रङ्गशाला  किर्गिस्तान -०
-१
-२
-२
८-२ २०१९ नादेझ्दा कप
३३. १० सेप्टेम्बर २०१९ किर्गिस्तान राष्ट्रिय रङ्गशाला  ताजिकिस्तान -० १-० २०१९ नादेझ्दा कप
३४./३५. १२ सेप्टेम्बर २०१९ किर्गिस्तान राष्ट्रिय रङ्गशाला  उज्बेकिस्तान -३
-३
२-३ २०१९ नादेझ्दा कप (फाइनल)
३६./३७./३८. ०९ अक्टोबर २०१९ पोखरा रङ्गशाला, पोखरा, नेपाल  माल्दिभ्स -०
-०
-०
३-० दक्षिण एसियाली खेलकुद २०१९

अन्तर्राष्ट्रिय तथ्याङ्क

वर्ष खेल गोल
२०१४
२०१५
२०१६ १० १४
२०१७
२०१८
२०१९ १८ २१
२०२०
जम्मा ४० ३८

प्रतियोगिता अनुसार गोल

प्रतियोगिता खेल गोल
साफ च्याम्पियनसिप १३ १७
सााग गेम १०
मैत्रीपूर्ण
ओलम्पिक छनोट
हिरो गोल्डकप
२०१९ नादेझ्दा कप
जम्मा ३९ ३८

विपक्ष विरुद्ध विवरण

सङ्ख्या विपक्ष खेल गोल पहिलो खेल
१.  भुटान १२ नोभेम्बर २०१४
२.  पाकिस्तान १४ नोभेम्बर २०१४
३.  श्रीलङ्का १६ नोभेम्बर ?२०१४
४.  बङ्गलादेश १९ नोभेम्बर २०१४
५.  भारत १० २१ नोभेम्बर २०१४
६.  माल्दिभ्स ७ फेब्रुअरी २०१६
७.  मलेसिया १७ डिसेम्बर २०१६
८.  म्यानमार ११ नोभेम्बर २०१८
९.  इरान १३ फेब्रुअरी २०१९
१०.  इन्डोनेसिया ०९ अप्रिल २०१९
११.  किर्गिस्तान ०८ सेप्टेम्बर २०१९
१२.  उज्बेकिस्तान ०९ सेप्टेम्बर २०१९
१३.  ताजिकिस्तान १० सेप्टेम्बर २०१९
जम्मा कुल १३ राष्ट्र विरुद्ध ३९ ३८ डेब्यु १२ नोभेम्बर २०१४

 भुटान विरुद्ध

देश बाहिरका क्लबहरू

  • सावित्रा नेपाली महिला फुटबल जगतमा सधैं सशस्त्र प्रहरी बलको महिला टोलीबाट खेल्ने गर्दछन्, त्यस बाहेक नेपाल बाहिर रहेर सावित्रा सहभागीता जनाएको क्लब तथा खेलेका खेल तथा गोलका विवरणहरू :-
वर्ष टोली खेल गोल
२०१७ माल्दिभ्स माल्दिभ्स महिला यरपोर्ट कम्पनी टोली १३
२०१८ माल्दिभ्स माल्दिभ्स महिला पुलिस क्लब १५
२०१९ भारत सेतु महिला फुटबल क्लब १५
जम्मा २ देशका ३ क्लबहरू १६ ५३

उपाधिहरू

नेपाल

  • नादेझ्दा कप
    • उपविजेता (१) : २०१९

क्लब

एपीएफ क्लब

एपीएफ क्लबबाट जितेका मुख्य उपाधिहरू:

माल्दिभ्स पुलिस टोली

  • विमिन फुटसल फिस्टेल
    • उपविजेता :- २०१७-१८

सेथु क्लब

  • भारतीय महिला लिग
    • विजेता :- २०१९

पदक तथा सम्मानहरू

व्यक्तिगत सम्मानहरू

  • २०१६ साफ महिला च्याम्पियनसिप सर्वाधिक गोलकर्ता,
  • प्रधानसेनापती अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट खेलाडी २०७३,
  • सातौँ राष्ट्रिय खेलकुद २०७३ महिला फुटबल उत्कृष्ट खेलाडी,
  • सातौँ राष्ट्रिय खेलकुद २०७३ महिला फुटबल सर्वाधिक गोलकर्ता,
  • २०१७ विमिन फुटसल फिस्टेल क्वीन अफ द टुर्नामेन्ट,
  • २०१७ विमिन फुटसल फिस्टेल सर्वाधिक गोलकर्ता,
  • प्रधानसेनापती अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट स्ट्राइकर २०७५[११६],
  • महिला लिग फुटबल प्रतियोगिता २०७२ उत्कृष्ट खेलाडी,
  • प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट स्ट्राइकर २०७२[११७],
  • २०१८ विमिन फुटसल फिस्टेल क्वीन अफ द टुर्नामेन्ट,
  • २०१८ विमिन फुटसल फिस्टेल सर्वाधिक गोलकर्ता,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ उत्कृष्ट खेलाडी,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ उत्कृष्ट स्ट्राइकर,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ सर्वाधिक गोलकर्ता (६ खेल २९ गोल),
  • महिला राष्ट्रिय लिग २०७५ उत्कृष्ट खेलाडी,
  • एनएनआइपी उत्कृष्ट फुटबल खेलाडी २०७४[११८],
  • २०१९ हिरो महिला गोल्डकप (भारत) सर्वाधिक गोलकर्ता[११९],
  • २०१९ साफ महिला च्याम्पियनसिप सर्वाधिक गोलकर्ता[१२०],
  • प्लेयर अफ दि फाइनल २०१९ भारतीय महिला लिग
  • पल्सर स्पोर्ट्स अवार्ड २०७५ वर्ष उत्कृष्ट महिला खेलाडी[१२१]
  • २०१९ नादेझ्दा कप सर्वाधिक गोलकर्ता[१२२]
  • महिला लिग फुटबल प्रतियोगिता २०७७ सर्वाधिक गोलकर्ता (१० खेल ४३ गोल),

व्यक्तिगत पदकहरू

  • राष्ट्रिय प्रतिभा पुरस्कार-२०७६[१२४]

कीर्तामानहरू

  • एकै खेलमा सर्वाधिक ६ अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली महिला खेलाडी।
  • एकै अन्तर्राष्ट्रिय खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी (महिला/पुरूष)।
  • कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाड, (१२ गोल सन् २०१६ साफ च्याम्पियनसिप)।
  • नेपाल राष्ट्रिय महिला लिगको एकै संस्करणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी (६ खेल २९ गोल)।
  • नेपाली फुटबलमा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी (महिला/पुरूष)।
  • हिरो महिला गोल्डकप (भारत)को सर्वाधिक गोलकर्ता (४ गोल)।
  • सबैभन्दा पहिले अन्तर्राष्ट्रिय व्यवसायिक महिला प्रतियोगितामा सहभागिता जनाउने नेपाली खेलाडी।
  • भारतीय महिला लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी (२९ सेकेन्ड)।
  • नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता (३८ गोल)।

खेल्ने शैली

सावित्रा भण्डारी मैदानमा नेपाली महिला फुटबल टोलीको महत्त्वपूर्ण अग्रपङ्क्तिको खेलाडीको रूपमा उत्रने गर्दछिन्। फुटबल मैदानमा उनको आक्रमक शैली र तीव्र गतिका कारण विपक्ष टोलीका रक्षापङ्क्तिका खेलाडी तथा गोलरक्षकहरू उनलाई रोक्न हम्मेहम्मे पर्ने गर्दछ। उनलाई नेपाली महिला फुटबल जगतमा सदावहार गोल यन्त्रको रूपमा पनि लिइने गरिन्छ।[१२५][३] उनको तीव्र गति तथा कुसल खेल क्षमता एवम् शैलीकै कारण उनलाई दक्षिण एसियाकै उत्कृष्ट महिला फुटबल खेलाडीहरूको सूचीमा राखिने गरिन्छ।[१२६] उनी विपक्षी खेलाडीहरूलाई आफ्नो कुशल खेल क्षमताको कारण फुटबल छलाउँदै आफ्नो खेलाडी साथीहरूलाई गोल हान्ने अवसर सिर्जना गर्न समेत माहिर रहेकी छन्। अझ उनी फ्रिकीक प्रहारका निम्ति पनि दक्ष रहेकी छिन् जस मार्फतै उनले कयौं पटक गोल गर्न सफल भएकी छिन्।

अन्य खेलमा

साबित्रा भण्डारी नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा प्रवेश गर्नुभन्दा अगाडि भलिबल तथा एथलेटिक्स खेलमा सक्रिय रहेकी थिइन्। उनले प्रतिनिधित्व गरेकी भलिबल टोलीले जिल्ला र क्षेत्रको छनौट चरण पार गर्दै काठमाडौँमा प्रतिस्पर्धा गरी उनको टोलीले प्रतियोगिताको काश्य पदक प्राप्त गर्न सफल भएको थियो। साबित्राले एथलेटिक्समा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। मुख्य गरी उनी एथलेटिक्समा १०० र २०० मिटर दौडकी खेलाडी हुन्। उनले एथलेटिक्समा पनि केही पदकहरू जित्न सफल भएकी थिइन्। तर पछि भलिबल खेलतर्फ आकर्षित भएपछि उनको एथलेटिक्स खेल खस्किएको थियो।

सन्दर्भ सामग्रीहरू

  1. website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५ 
  2. "हट–शट (सावित्रा भण्डारी)", khelpati 
  3. ३.० ३.१ "'साम्बा' अर्थात् गोल यन्त्र"। खेलपाटी। सङ्ग्रह मिति १४ सेप्टेम्बर २०२० 
  4. "पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र भारत फेरि भिड्ने", kantipurdaily, अन्तिम पहुँच ७ चैत्र, २०७५ 
  5. "Sabitra Bhandari Levels Record Hold By Anu Lama", GoalNepal, अन्तिम पहुँच Sep १२, २०१९ १८:५० 
  6. "सावित्रा भन्छन्–खेलमा अनुशासन र महेनत नै महत्त्वपूर्ण सावित्राः द बर्निङ स्टार", suvadin.com, अन्तिम पहुँच असार ४, २०७५ 
  7. "Hero Women’s Gold Cup: Sabitra Bhandari steers Nepal to maiden win over India", thehimalayantimes.com, अन्तिम पहुँच फेब्रुअरी ११, २०१९ १०:४७ pm 
  8. "सावित्रा भण्डारी: भारतीय लिगमा उत्कृष्ट 'डेब्यु' गरेकी नेपाली खेलाडीको रोमाञ्चक यात्रा", BBC Nepal, अन्तिम पहुँच ७ मे २०१९ 
  9. "सेथुले जित्यो भारतीय महिला लिग फुटबलको उपाधि", https://www.hamropatro.com/news/details/5666112891650048?ns= 
  10. "सावित्रा भण्डारीको टोली सेथुले जित्यो भारतीय महिला लिग फुटबलको उपाधि", ujyaaloonline.com, अन्तिम पहुँच जेठ ०८, २०७५ 
  11. "मोजाको फुटबल खेल्दै हुर्केकी महिला फुटबलकी सनसनी", hamrokhelkud.com, अन्तिम पहुँच मंगलबार, अषाढ ३, २०७६ 
  12. "साम्बाको दशैं गिफ्ट : 'देशका लागि गोल दिने हो'", पहिलो पोष्ट, अन्तिम पहुँच १६ अक्टोबर २०१८ 
  13. "ह्याट्रिक गर्ल", himalkhabar.com, अन्तिम पहुँच १ माघ , २०७३ खेलकुद 
  14. "भिडिओ स्टोरी : केटाहरूसँगै फुटबल खेल्दै हुर्केकी साम्बा", setopati.com, अन्तिम पहुँच चैत १५ , २०७५ खेलकुद 
  15. "साबित्राः नेपाली महिला फुटबलकी शान", suvadin.com, अन्तिम पहुँच जेठ ७, २०७५ 
  16. "साम्बाको दशैं गिफ्ट : 'देशका लागि गोल दिने हो'", पहिलो पोष्ट, अन्तिम पहुँच १६ अक्टोबर २०१८ 
  17. "दुई वर्षभित्रै महिला फुटबलमा सावित्राको छलाङ", अनलाइन खबर, अन्तिम पहुँच २०७३ जेठ २१ गते २०:२६ 
  18. "सावित्रा भण्डारी अर्थात साम्बा", kantipurtv, अन्तिम पहुँच चैत्र ७, २०७५ 
  19. "साताका चर्चित (सावित्रा भण्डारी)", कान्तिपुर 
  20. "Women's Tournament Best Forward", GoalNepal, ३ मे २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  21. "राष्ट्रिय लिग महिला फुटबलको उपाधि सशस्त्र प्रहरीलाई", kathmandupati.com, अन्तिम पहुँच २८ पुष २०७४, शुक्रबार ०७:२६ 
  22. "प्रधानसेनापति अन्तर्राष्ट्रिय फुटबलको उपाधि एपिएफलाई", कान्तिपुर पोष्ट, अन्तिम पहुँच  २०७५, १२ मंसिर बुधबार २०:१८ 
  23. "राष्ट्रिय महिला लिग : एपीएफ च्याम्पियन", कान्तिपुर पोष्ट, अन्तिम पहुँच १६ साउन २०७५ 
  24. "आठौँ राष्ट्रिय खेलकुदको महिला फुटबलको उपाधि एपीएफले जित्यो", kharibot.com, अन्तिम पहुँच ११ वैशाख २०७६ 
  25. "सावित्राको चोट गम्भीर, १ वर्ष मैदानबाहिर", hamrokhelkud.com, अन्तिम पहुँच मंगलबार, फागुन ४, २०७७ 
  26. "सावित्रा, चोट अनि अबको बाटो", hamrokhelkud.com, अन्तिम पहुँच मंगलबार, फागुन ४, २०७७ 
  27. "माल्दिभ्समा सावित्रा र अनिता दुवैको ह्याट्रिक", headlinenepal.com, अन्तिम पहुँच  : १८ चैत्र २०७४, आईतवार १५:५४ 
  28. "सावित्रा र अनिता सम्मिलित माल्दिभ्स एयरपोर्टको जित", hamrokhelkud.com, अन्तिम पहुँच  : सोमवार, चैत्र २८, २०७३ 
  29. "माल्दिभ्समा चम्किँदै सावित्रा, भन्छिन्– बिदेसिन बाध्य नबनाऊ", baahrakhari.com, अन्तिम पहुँच  : २०७४ चैत ९ शुक्रबार १३:५२:० 
  30. "सावित्रा भण्डारी र निरु थापालाई माल्दिभ्सबाट आमन्त्रण", kheldainik.com, अन्तिम पहुँच  : फाल्गुन ११, २०७३ 
  31. "माल्दिभ्समा नेपाली खेलाडी सावित्रा भण्डारी ‘सर्वोत्कृष्ट खेलाडी’", नयाँ पेज, अन्तिम पहुँच  : १८ अप्रिल, २०१८ २:२३ pm 
  32. "माल्दिभ्समा व्यवसायिक फुटबल खेलेर स्वदेश फर्किए साबित्रा र अनिता", खेलकुद दैनिक, अन्तिम पहुँच बैशाख ९, २०७५ 
  33. "सावित्रा र अनिता भारत प्रस्थान", deshsanchar.com, अन्तिम पहुँच बैशाख १६, २०७६ 
  34. "पहिलो पटक इन्डियन लिग खेल्न जाँदै सावित्रा र अनिता", deshsanchar.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  35. "भारतमा सावित्रा र अनिता", baahrakhari.com, अन्तिम पहुँच बैशाख २०, २०७६ 
  36. "नेपाली महिला फुटबलरद्वय साम्बा र अनिताको छलाङ, ब्यावसायिक लिग खेल्न सोमबार भारत जाँदै", kathmandutoday.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  37. "इतिहास रच्दै सावित्रा र अनिता", pahilopost.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  38. "सावित्रा र अनिता भोलि भारत जाँदै", baahrakhari.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  39. "सावित्रा सुरुवाती रोजाईमा, अनिता बेन्चमा", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  40. "भारतीय लिगमा सावित्राको गोल वर्षा !", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  41. "सावित्राको २९ सेकेन्डमै गोल !", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  42. "पहिलो हाफमै सावित्राको ४ गोल !", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  43. "सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुको विजयी सुरुवात", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  44. "'डेब्यु' खेलमै सावित्राको ह्याट्रिक !", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  45. "डेब्यु खेलमा सावित्रालाई ‘वुमन अफ द म्याच’", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  46. "सावित्राको ह्याट्रिकमा सेथुको प्रभावशाली सुरुवात", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  47. "सावित्रा भन्छिन् – ‘लिग जिताउने लक्ष्य छ ‘", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २४, २०७६ 
  48. "सेथुको जितमा सावित्रा र अनिताको गोल", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  49. "सावित्रा र अनिताको गोलमा सेथुको सहज जित", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  50. "डेब्यु खेलमा अनिताको गोलमा", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  51. "सावित्राको गोलमा सेथुलाई अग्रता", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  52. "दोस्रो खेलमा समेत सावित्राको गोल", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  53. "सावित्रा बेन्चमा, अनितलाई मौका", khelpati.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  54. "सावित्रा बेन्चमा, अनितलाई मौका", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  55. "सेथुको फराकिलो जित, सावित्राको निरन्तर गोल", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  56. "सावित्राको गोलमा सेथुको गोल वर्षा", khelpati.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  57. "सावित्रा सेथुको प्लेईङ सेटमा", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  58. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  59. "सावित्राको ह्याट्रिकमा सेथुको फराकिलो जित", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  60. "सेथुका लागि सावित्राको ह्याट्रिक", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  61. "लगातार पाँचौ जितसँगै सेथु सेमिफाइनलमा", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ४, २०७६ 
  62. "सावित्राको सेथु समूह विजेता बन्दै सेमिफाइनलमा", khelpati.com, अन्तिम पहुँच जेठ ०४, २०७६ 
  63. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  64. "सावित्रा र अनिताको टोली सेथु फाइनल प्रवेशका लागि खेल्दै", khelpati.com, अन्तिम पहुँच जेठ ०६, २०७६ 
  65. "सावित्रा पहिलो रोजाईमा", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  66. "सेथुको अग्रतामा सावित्राको पनि गोल", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  67. "सेथु आइडब्लूएलको फाइनलमा, सावित्राको ४ गोल", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  68. "सेमिफाइनलमा सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  69. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  70. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिकज", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  71. "सावित्रा चम्केपछि सेथु च्याम्पियन", hamrokhelkud.com, अन्तिम पहुँच ८ जेठ , २०७६ 
  72. "फाइनलमा सावित्राको गोल", khelpati.com, अन्तिम पहुँच ०८ जेठ, २०७६ 
  73. "फाइनलमा सावित्राको दोस्रो गोल", khelpati.com, अन्तिम पहुँच ०८ जेठ, २०७६ 
  74. "सावित्राको नायकत्वमा सेथु लिग च्याम्पियन", khelpati.com, अन्तिम पहुँच ०८ जेठ, २०७६ 
  75. "Bhandari’s goal ensures Nepal victory over Malaysia", The Himalayan Times, १७ डिसेम्बर २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  76. "सावित्रा भण्डारी अर्थात साम्बा", kantipurtv, अन्तिम पहुँच चैत्र ७, २०७५ 
  77. "SAG: Kamala Devi stars in India’s title triumph", The Hindu, १५ फेब्रुअरी २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  78. "Sabitra inspired Nepal routs Bhutan", The All Nepal Football Association, २६ डिसेम्बर २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  79. "अन्तिम प्रशिक्षणका लागि महिला फुटबल टोली झापामा, साफ च्याम्पियनसिप जित्ने लक्ष्य (फोटोफिचर सहित)", The All Nepal Football Association, २०७३ माघ २०, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  80. "सावित्रा भन्छन्–खेलमा अनुशासन र महेनत नै महत्त्वपूर्ण सावित्राः द बर्निङ स्टार", suvadin.com, अन्तिम पहुँच काठमाडौ, २०७२ असार ४ 
  81. "नेपाली महिला फुटबल टोली एएफसी महिला ओलम्पिक खेलमा छनोट", कञ्चनरूप न्युज, अन्तिम पहुँच १३ नोभेम्बर २०१८ 
  82. "सारा नेपालीलाई सम्झिएर रुन पुगे : सावित्रा भण्डारी (अन्तरवार्ता)", खेलपाती, अन्तिम पहुँच सोमवार, माघ २८, २०७५  
  83. "‘भारतविरुद्ध नेपालको पहिलो जित !", हाम्रो खेलकुद, अन्तिम पहुँच मंगलबार, माघ २९, २०७५  
  84. "‘भारतलाई उसकै मैदानमा दबाबमा राख्यौं’ – फरवार्ड सावित्रा भण्डारी", हाम्रो खेलकुद, अन्तिम पहुँच मंगलबार, माघ २९, २०७५  
  85. "नेपालले इरानलाई पनि हरायो", हाम्रो खेलकुद, अन्तिम पहुँच बुधबार , फागुन २०७५  
  86. "उपाधि, सावित्रा र एन्फा", khelpati.com, अन्तिम पहुँच शुक्रवार, चैत्र ८, २०७५ 
  87. "नेपाल हिरो गोल्डकपको उपविजेतामा सिमित !", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबार, फाल्गुन ३, २०७५ 
  88. "Bhandari on course of becoming all-time best", kathmandupost.ekantipur, अन्तिम पहुँच Mar २१, २०१९ 
  89. "सावित्रा भण्डारी र इन्दुमतिलाई सर्वाधिक गोलकर्ताको अवार्ड", नेपालखबर, अन्तिम पहुँच २०७५ चैत ८ 
  90. "WOMEN`S OLYMPIC FOOTBALL TOURNAMENT 2020 Qualifiers Round 2", the-afc.com 
  91. "नेपाल नादेझ्दा कपको उपविजेता!", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २६ 
  92. "स्वदेश फर्किए उपविजेता महिला टोली", khelpati.com, अन्तिम पहुँच २०७६ भदौ २७ 
  93. "नादेझ्दा कपमा सावित्रा सर्वाधिक गोलकर्ता", khelpati.com, अन्तिम पहुँच २०७६ भदौ २७ 
  94. "नेपालको गोलवर्षामा सावित्राको ४ गोल", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २२ 
  95. "नेपालको आधा दर्जन गोलमा सावित्राको ह्याट्रिक", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २२ 
  96. "३० मिनेटमै ‘साम्बा’को ह्याट्रिक", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २२ 
  97. "१५ मिनेटमै ‘साम्बा’को २ गोल", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २२ 
  98. "ताजकिस्तानलाई हराउँदै नेपाल फाइनलमा", setopati, अन्तिम पहुँच २०७६ भदौ २४ 
  99. "नेपाल नादेझ्दा कपको फाइनलमा, सावित्राको गोल", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २४ 
  100. "नेपाल र ताजिकस्तान – पहिलो हाफमा गोलरहित बराबरी", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २४ 
  101. "पहिलो हाफमा नेपाल पछाडि", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २६ 
  102. "महिला टोलीलाई पहिलो उपाधि जित्ने अवसर", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २६ 
  103. "अनुको कीर्तिमानमा सावित्राको बराबरी", khelpati.com, अन्तिम पहुँच २०७६ भदौ २६ 
  104. "सावित्राद्वारा अनुको कीर्तिमान बराबरी!", हाम्रो खेलकुद, अन्तिम पहुँच २०७६ भदौ २६ 
  105. "सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन्", hamrokhelkud.com, अन्तिम पहुँच १९, मंसिर २०७६ 
  106. "साग महिला फुटबल – नेपालको फाइनल यात्रामा सावित्राको कीर्तिमान", hamrokhelkud.com, अन्तिम पहुँच १९, मङ्सिर २०७६ 
  107. १०७.० १०७.१ १०७.२ "Olympic Qualifier: Nepal women to fine tune preparations", The Kathmandu Post, २६ अक्टोबर २०१८, अन्तिम पहुँच ३० अक्टोबर २०१८ 
  108. १०८.० १०८.१ "Nepal Women's Team Suffers Defeat Against Beijing Phoenix; Beats Beijing Sports University", Goal Nepal, ३० अक्टोबर २०१८, अन्तिम पहुँच ३० अक्टोबर २०१८ 
  109. "Nepal Women's Team Loses To Beijing Phoenix In 3rd Friendly Match", Goal Nepal, ३१ अक्टोबर २०१८, अन्तिम पहुँच १ नोभेम्बर २०१८ 
  110. "नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्णमा मलेसियालाई बराबरीमा रोक्यो", baahrakhari.com, अन्तिम पहुँच २०७४ जेठ ९ मंगलबार ०६:२९:०० 
  111. http://stats.the-afc.com/match_report/15308
  112. https://www.hamrokhelkud.com/football/58764.html
  113. "Qualifiers Round 2 draw concluded", AFC, १३ फेब्रुअरी २०१९, अन्तिम पहुँच १३ फेब्रुअरी २०१९ 
  114. महिला फुटबलको उपाधि एपीएफलाई (kantipurdaily.com) १२ वैशाख २०७६ बिहीबार
  115. [https://www.hamrokhelkud.com/football/83954.html आर्मी र पुलिसको बराबरीसँगै एपिएफ च्याम्पियन (hamrokhelkud.com) बुधबार, फागुन ५, २०७७]
  116. न्युज "एपीएफले जित्यो प्रधानसेनापति कप महिला फुटबल अनलाइनखबर", अन्तिम पहुँच २०७५ मंसिर १२ गते १८:२६ 
  117. "एपिएफ दोस्रोपल्ट च्याम्पियन", नागरिक न्युज, अन्तिम पहुँच बिहिबार, २५ कार्तिक २०७३, ०९ : ४३ 
  118. खेलकुद "करातेकी अनु र भारोत्तोलनका कमल सर्वोत्कृष्ट खेलाडी , गुप्ता गजराज आदर्श खेल व्यक्तित्व", अन्तिम पहुँच शुक्रबार, पौष १३, २०७५ 
  119. "Sabitra Bhandari Receives The Highest Goal Scorer Award", goalnepal.com, अन्तिम पहुँच Feb १५, २०१९ २०:१५ 
  120. "सावित्रा र इन्दुमति सर्वाधिक गोलकर्ता, डालीमा सर्वोत्कृष्ट", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबार, चैत्र ८, २०७५ 
  121. "सावित्राले जितिन् 'वर्ष महिला खेलाडी' अवार्ड", खेलपाटी, अन्तिम पहुँच मंगलबार, असर १७, २०७६ 
  122. "‘सम्बा’ नादेझ्दा कपकी सर्वाधिक गोलकर्ता", खेलपाटी, अन्तिम पहुँच २६ भदौ २०७६ 
  123. "संविधान दिवस – सावित्रासहित खेलाडी र प्रशिक्षकलाई पदक", Hamrokhelkud.com, अन्तिम पहुँच शुक्रबार ०६, असोज २०७६ 
  124. "साबित्रा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित", baahrakhari.com, अन्तिम पहुँच १३, मंसिर २०७६ 
  125. "गोल यन्त्र सावित्रा भण्डारी" ((नेपाली भाषा)। नारी। सङ्ग्रह मिति १४ सेप्टेम्बर २०२० 
  126. "दक्षिण एसियाली महिला फुटबल: नेपालको उपाधि आशा, भारत तगारो"। बिबिसी नेपाली। सङ्ग्रह मिति १४ सेप्टेम्बर २०२० 

बाह्य कडीहरू