"परमहंस योगानन्द" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
सा
[[File:Yogananda menino.jpg|thumb|upright|left|६ बर्षको उमेरमा योगानन्द]]
योगानन्दको जन्म पुर्वोत्तर भारतमा हिमालय पर्वत श्रेणीको नजिक स्थित गोरखपुरमा ५ जनवरी १८९३ ई.सं मा बङ्गाली क्षत्रिय परिवारमा भएको थियो।<ref name=mejda>Sananda Lal Ghosh,(1980), Mejda, Self-Realization Fellowship, p.3</ref> योगानन्दका कान्छा भाई, सनन्दका अनुसार, योगानन्दको अध्यात्मको जागरण र अनुभव शुरुआती समयदेखि नै सामान्य भन्दा अधिक थियो।<ref name="mejda"/> उहाँका पिता, भगवती चरण घोस, बङ्गाल नागपुर रेलवेमा उपाध्यक्ष अर्थात भाइस-प्रेसिडेन्टको समकक्षी पदमा कार्यारत हुनुहुन्थ्यो; यात्रा नै उहाँको रोजगारको हिस्सा भएकाले योगानन्दको बाल्यकालमा उहाँको परिवारले लाहोर, बरेली र कलकत्ता लगायतका भारतका अनेक शहरहरूमा बस्नुपरेको थियो।<ref name="autob2"/> योगानन्दको आत्मकथा ''अटोबायोग्राफी अफ अ योगी'' पुस्तकमा उल्लेख भएअनुसार, उहाँको ठूलो दाजू अनन्तको विवाह हुन केहि दिनमात्र शेष रहँदा उहाँको आमाको देहान्त भएको थियो। मृत्युअघि उहाँकी आमाले अनन्तलाई एउटा अलौकिक ताबीज छोड्दै एक बर्षपछि मुकुन्दलाई दिनु भन्नुभएको थियो। उक्त ताबीज एक साधुले दिएका थिए जुन योगानन्दसँग केही बर्ष रह्यो र रहस्यमयी तरिकाले आफैँ गायब भयो। बाल्यकालमा योगानन्दका यात्राका लागि उहाँका पिताले रेलको पास दिनुहुन्थ्यो जसको प्रयोग उहाँ टाढाका तीर्थस्थल दर्शनका लागि गर्नुहुन्थ्यो। युवावस्थामा उहाँले भारतका धेरै हिन्दु साधु र सन्तसँग भेट गर्नुभयो, जसमा बाघ स्वामी, गन्ध बाबा, र महेन्द्रनाथ गुप्ता पनि शामिल हुनुहुन्छ, जसले उहाँको आध्यात्मिक खोजमा मार्गदर्शन गर्नका लागि योगदान गर्नुभएको थियो।<ref name="autob2">''Autobiography of a Yogi'', 1997 Anniversary Edition. Self-Realization Fellowship (Founded by Yogananda) yogananda.org</ref>
उच्च माध्यमिक विद्यालयको पढाइ सिध्याएपछि, परमहंस योगानन्दले औपचारिक रूपमा घर छोड्नुभयो र वाराणसीको एउटा महामण्डल आश्रममा सामेल हुनुभयो; तर त्यहाँ ध्यान र ईश्वर धारणाको सट्टा संगठनात्मक कार्यमा बढी जोड दिइने भएकाले उक्त आश्रममा उहाँँलाई सन्तुष्टि मिलेन। त्यसैले उहाँले पथप्रदर्शनका लागि ईश्वरलाई प्रार्थना गर्नुभयो जसको परिणाम स्वरूप १७ बर्षको उमेरमा स्वामी श्री युक्तेश्वर गिरीले उहाँलाई शिष्यका रूपमा स्विकार गर्नुभयो र क्रियायोगको दीक्षा दिनुभयो। त्यो समयमा, राम्ररी संरक्षण गरेर राखिएको ताबीज रहस्यमय ढंगमा हरायो, जसले आफ्नो आध्यात्मिक उद्देश्य पूरा गरिसकेको थियो। आफ्नो आत्मकथामा योगानन्दले युक्तेश्वर जी सँगको पहिलो भेटलाई यसरी वर्णन गर्नुभएको छः
<blockquote>"निशब्दताको एकतामा हामी दुवै एक भयौँ; शब्दहरूको प्रयोजन निकृष्टतम् प्रतित हुन लाग्यो। विश्वस्त बनाउने संवाद गुरूको हृदयबाट शब्दरहित सान्त्वना बनेर शिष्यको हृदयमा प्रवेश गर्न थाल्यो। आफ्नो अन्तर्मनमा मैले निर्विवाद रूपमा जानें कि मेरो गुरूले ईश्वरलाई चिन्नुहुन्छ, र मलाई ईश्वरसमक्ष पुर्याउनु हुनेछ। यो जीवनको अन्धकार पुर्वजीवनका स्मृतिहरूको मधुर अरूणोदयमा अदृष्य भयो। रोमाञ्चक समय! भूत, वर्तमान र भविष्य कालचक्रमा चक्राकार घुम्दै गरेका दृष्य हुन्। सूर्य यी पवित्र चरणहरूमा मलाई पहिलो पटक मात्र देख्दै थिएन!"<ref name="autob2"/></blockquote>
 
==उपदेश==
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996116" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प