"भुटानी शरणार्थी" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: Reverted मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: Reverted मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
== इतिहास ==
[[भुटान]]मा दुई प्रकारका नेपाली मूलका मानिस बसोबास गर्छन- एक जो पहिलेदेखि नै भुटानमा बस्दथे, अर्को जो सन १९५० को दशकमा [[भारत]]बाट भुटानमा बसाइ सरे।
[[भुटानी महायान बौद्ध]] सम्प्रदाय (जो [[तिब्बत]]बाट भुटानमा फैलियो) को विकासमा नेपाली राजकुमारी [[भृकुटी]] र नेपाली कलाकार [[अरनिको]]ले योगदान दिएका छन। अतः नेपाली कलाकार तथा शिल्पकार मध्ययुग देखि नै भुटानमा कला, स्तुप निर्माण आदि को लागि जाने गर्दथे। भुटानमा १९ औँ शताब्दीदेखि नै नेपाली मूलको मान्छेहरुमानिसहरु बसोबास गर्दै आएको इतिहास छ।
 
भारतको उत्तर-पूर्वी ७ राज्यहरूमा पनि नेपाली मूलका मान्छेमानिस [[भारतको स्वतन्त्रता]] भन्दा पहिले देखि नै बस्दै आएका थिए। तर यि राज्यहरूमा स्थानीय जातिहरूको बढी अधिकार दिने व्यवस्था गरेपछि यि ठाउँहरूमा बस्ने नेपालीहरूको जिवन कठिन हुँदै गयो। अतः सन १९५० को दसकमा उनिहरु भुटानको दक्षिणी भागमा तथा [[नेपाल]], [[दार्जिलिङ]], [[सिक्किम]] आदि ठाउँहरूमा बस्न थाले ।
 
सन १९५० सम्ममा स्थानान्तरीत जातिहरूले नेपाल तथा भुटानमा [[नागरिकता]] पनि प्राप्त गरे। १९८८ मा लिइएको भुटानी जनसङ्ख्या तथ्याङ्कले, नेपाली मूलका मान्छेहरूको जनसङ्ख्या ४० प्रतिशत भइ सकेको देखायो र भुटानका [[ड्रुक]] समुदायको जनसङ्ख्या वृद्धिदर नेपाली मूलका जनसङ्ख्याको वृद्धिदर भन्दा कम थियो । यो तथ्याङ्क सम्प्रेषणको केही समय पछि भुटानी सरकारले नेपाली समुदायलाई भुटानी संस्कृतिमा समाहित गर्ने प्रयास गर्यो। यो प्रयास मार्फत विद्यालयहरूमा [[नेपाली]] भाषाको पठनपाठनमा रोक लगाइयो; [[दौरा]], [[धोती]], [[साडी]], [[कुर्ता]] आदिको सट्टा [[भुटानी राष्ट्रिय पोसाक]] लगाउनमा जोड दिइयो। यिनै नयाँ नितिहरूले गर्दा भारतबाट स्थानान्तरीत नेपालीहरु र भुटानमा पहिलेदेखि नै अवस्थित नेपाली मूलका मान्छेहरूले विरोध सुरु गरे। यो विरोधको नेतृत्व भुटानका नरेशका सल्लाहकार [[टेकनाथ रिजाल]]ले गर्नुभयो। [[नेपाली भाषा]], [[हिन्दू धर्म|हिन्दु धर्म]], वैदिक संस्कारमा आधारित नेपाली संस्कृतिलाई पनि भुटानी मूलप्रवाहमा समावेश गर्न माग सहित सुरु भएको विरोध पछि गएर [[लोकतन्त्र|प्रजातन्त्र]] स्थापनाको माग सम्म पुग्यो। त्यस अवस्थामा भुटानी राजशाहीले आन्दोलनकारीहरूलाई देशद्रोहीको आरोपमा पकड्न थाले। साथै दक्षिणी भुटान स्थित भारतबाट आएर स्थापित भएका नेपाली मूलका मान्छेहरूको [[नागरिकता]] फर्जी करार दिय। यसको साथसाथै नेपाली मूलका आन्दोलनकारीहरु लाई पनि गैर-नागरिक घोषित गरेर देश निकाला गरी दिए। दक्षिणी भुटानमा नेपाली मूलका मानिसहरु लाई गरिएको दमन तथा कारवाहीको डरले पनि केहि मानिसहरु भुटान छोडेर भागे। <ref name="two">{{cite news|url=http://annapurnapost.com/news/78043 |title=भुटानी शरणार्थी : देशले बोलाउने आस| accessdate=03 nov 2019}}</ref>
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996477" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प