महारानी सुवर्णप्रभा देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महारानी सुवर्णप्रभा
नेपालको राजमाता एवम् नायब
जन्म१७७९
जीवनसाथीरणबहादुर शाह
सन्तानरणोद्यत विक्रम शाह
समरशेर शाह
एक राजकुमारी
नाम
सुवर्णप्रभा देवी
वंशशाह वंश (विवाहद्वारा)
आमासुबुद्धि खड्का बस्न्यातउद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
धर्महिन्दु

सुवर्णप्रभा देवी (१७७९–?) नेपालको राजमाता एवम् नायब हुन् । उनी गीर्वाणयुद्ध विक्रम शाहको नायब तथा राजा रणबहादुर शाहको दोस्रो महारानी हुन् । उनी रणोद्यत विक्रम शाह, समरशेर शाह र एक राजकुमारीकी माता हुन् । उनी सुबुद्धि खड्का बस्न्यातकी छोरी हुन् ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

नायबी[सम्पादन गर्नुहोस्]

राजा रणबहादुर शाहले सत्ता परित्याग गरेर भीमसेन थापा सँगै वि.सं. १८५७ जेठ ८ गते र महारानी राज राजेश्वरी त्यसको तीन दिन पछि बनारस गएपछि उनी राजमाता भएकी थिइन् ।[२]

राजराजेश्वरी पनि रातारात भागेपछी सुवर्णप्रभाले श्री ५ को नायबी चलाउन थालिन् । सुवर्णप्रभा हनुमानढोकामा प्रवेश गर्दा भारदारहरूबीच अवीरजात्रा चलेको थियो। अन्यायमा परेका व्यक्तिहरूलाई कारामुक्त गरी सजाय माफ गरेर सुवर्णप्रभाले राम्रो पक्ष प्रदर्शन गरी प्रभाव दिन थालिन्।

पछि महारानी राज राजेश्वरीको फिर्ती सवारी हुँदा उनका भरपर्दा भारदार मूलकाजी कीर्तिमान् सिँह बस्न्यातको सन् १८०१, २८ सेप्टेम्बरमा हत्या भएको थियो ।[३] कप्तान नक्सको भारत प्रस्थानले उनी तथा उनका भारदारहरूलाई बन्दी बनाइयो ।[४] पछि राजा रणबहादुर शाहको नेपाल फिर्तीसवारी हुँदा उनी तथा उनका भारदारहरूलाई जेलमुक्त गराइयो ।[५] उनका पतिको हत्या भएपश्चात ललित त्रिपुरा सुन्दरी र उनी बाहेक सम्पूर्ण रानीहरू एवम् नाजयज श्रीमतीहरू र तिनका सुसारेहरूलाई समेत सती पठाइयो ।[६][७][८]

कार्यहरू[सम्पादन गर्नुहोस्]

  • महारानी सुवर्णप्रभा धर्मात्मा चित्तकी हुनाले गोसाइँकुण्ड र मुक्तिनाथ जाने यात्रीका लागि ठूलाठूला धर्मशाला, पाटीपौवाहरू बनाइन् जसलाई महारानी घ्याङ सरल अर्थमा रानीपौवा भनिन्छ।
  • उनको नायबीकालमा गजराज मिश्रलाई कम्पनी सरकारसँग वाणिज्यसन्धि गर्ने प्रस्ताव अगाडि बढाइयो । त्यो सन्धिमा वि.सं. १८५८ कार्तिक मा हस्ताक्षर भयो ।उक्त सन्धिअनुसार क्याप्टेन नक्स वाणिज्यदूतको रूपमा काठमाडौंं आए भने कीर्तिमानसिंह बस्न्यातका छोरा इन्द्रवीरसिंहलाई नेपाली राजदूतको रूपमा पटना पठाइयो ।[९][१०]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. http://www.royalark.net/Nepal/nepal6.htm
  2. Acharya 2012, पृष्ठ 32.
  3. Acharya 2012, पृष्ठ 34.
  4. Acharya 2012, पृष्ठ 43.
  5. Acharya 2012, पृष्ठ. 49–55.
  6. Nepal 2007, पृष्ठ 64.
  7. Acharya 2012, पृष्ठ 163.
  8. Karmacharya 2005, पृष्ठ 80.
  9. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १९९, आइएसबिएन 99933-2-406-X 
  10. नेपालको तथ्य ईतिहास पृ. १९९

पुस्तकहरू[सम्पादन गर्नुहोस्]