विश्वव्यापी मोबाइल सञ्चार प्रणाली
विश्वव्यापी मोबाइल सञ्चार प्रणाली वा सामान्यतया जिएसएम, युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) द्वारा विकास गरिएको एक मानक हो जसले दोस्रो-पीढी (२ जी) डिजिटल सेलुलर सञ्जालमा मोबाइल यन्त्रहरू जस्तै मोबाइल फोन र ट्याब्लेटहरूद्वारा प्रयोग गरिएको प्रोटोकुलहरूको वर्णन गर्ने गर्दछ। यसलाई पहिलो पटक फिनल्याण्डमा डिसेम्बर १९९१ मा तैनाथ गरिएको थियो। सन् २०१४ सम्म, यो मोबाइल सञ्चारको लागि विश्वव्यापी मानक बनेको छ जसमा यसले १९३ भन्दा बढी देश वा इलाकाहरूमा ९०% भन्दा बढी बजार साझेदारी गरेको छ। २ जी सञ्जालहरू पहिलो पुस्ता (१ जी), एक एनालग सेलुलर सञ्जाललाई प्रतिस्थापन गर्दै विकसित गरिएको थियो र जिएसएम मानकले मूलभूत रूपमा डिजिटल, सर्किट-स्विच गरिएको सञ्जाललाई वर्णन गरेको छ। यो समयसँगै डाटा सञ्चार समावेश गर्न विस्तार भएको छ जसमा यो पहिलो पटक सर्किट-स्विच्ड ट्रान्सपोर्ट र पछि जिपिआरएस मार्फत प्याकेट डाटा ट्रान्सपोर्ट र एज वा इजिपिआरएस सम्म विस्तार भएको छ। लगत्तै, ३जीपिपिले तेस्रो-पुस्ता (३जी) युएमटिएस मानक विकास गर्यो र त्यसपछि चौँथो-पुस्ता (४जी) एलटिई मानकको विकास गर्यो जुन चाहिँ युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) को जिएसएम मानकको भाग बनेन। विश्वव्यापी मोबाइल सञ्चार प्रणाली जिएसएम सङ्घको स्वामित्वमा रहेको व्यापार प्रतीक चिन्ह हो।
इतिहास[सम्पादन गर्ने]
युरोपेली पोष्टल तथा दूरसञ्चार प्रशासन सम्मेलन (सिइपिटि) ले ग्रुपी स्पेसल मोबाइल (जिएसएम) को स्थापना गर्यो र पेरिसमा आधारित उक्त संस्थाले एक स्थायी प्राविधिक-सहायता समूहको रूपमा सेवा प्रदान गरेको थियो र सन् १९८३ मा, डिजिटल सेलुलर आवाज दूरसञ्चारको लागि एक युरोपेली मानकको विकासका लागि काम सुरु गरिएको थियो।
पाँच वर्ष पछि, सन् १९८७ मा, १३ वटा युरोपेली देशहरूबाट १५ प्रतिनिधिहरूले डेनमार्कको राजधानी कोपनहेगनमा सम्झौता ज्ञापन गर्दै युरोप भरी एक साझा सेलुलर टेलीफोन प्रणालीको विकास र तैनात गर्न, र जीएसएमको अनिवार्य मानक बनाउन युरोपेली सङ्घको नियमहरूलाई पारित गरेको थियो।[२] एक महाद्वीपीय मानक विकास गर्ने निर्णयले अन्ततः एकताबद्ध, खुल्ला, मानक आधारित सञ्जालको स्थापना गरेको थियो जुन संयुक्त राज्य अमेरिकाको भन्दा पनि ठूलो थियो।[३][४][५][६]
प्रविधिक विवरण[सम्पादन गर्ने]
प्रविधि विवरण संरचना
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑
सौटर, मार्टिन (२१ नोभेम्बर २०१३). "विश्वव्यापी मोबाइल सञ्चार प्रणाली: चारवटा थोप्लाको रहस्य सुल्झीएको छ". Retrieved २३ नोभेम्बर २०१३. Check date values in:
|accessdate=, |date=(help) - ↑ युरोपेली सङ्घले अनिवार्य जिएसएम ९०० मेगाहर्जको लागि अन्त्य गर्न खोज्दै छ- स्रोत
- ↑ लिडर (७ सेप्टेम्बर २००७). "शुभ २०अौँ जन्मदिन , जिएसएम". जिडि नेट्स डटको डट युके. सिबिएस इण्टरएक्टिभ. Archived from the original on ५ मे २०११. Retrieved ५ मे २०११.
Before GSM, Europe had a disastrous mishmash of national analogue standards in phones and TV, designed to protect national industries but instead creating fragmented markets vulnerable to big guns from abroad.
Cite uses deprecated parameter|deadurl=(help); Check date values in:|accessdate=, |date=, |archivedate=(help) - ↑ "विश्वव्यापी मोबाइल सञ्चार प्रणाली (जिएसएम)". इटिएसआई डट अोआरजी. युरोपेली दूरसञ्चार मानक संस्थान. २०११. Archived from the original on ५ मे २०११. Retrieved ५ मे २०११.
GSM was designed principally for voice telephony, but a range of bearer services was defined...allowing circuit-switched data connections at up to 9600 bits/s.
Cite uses deprecated parameter|deadurl=(help); Check date values in:|accessdate=, |year=, |archivedate=(help) - ↑ "इतिहास". जिएसएम वल्ड डटकम. जिएसएम सङ्घ. २००१. Archived from the original on ५ मे २०११. Retrieved ५ मे २०११.
1982 Groupe Speciale Mobile (GSM) is formed by the Confederation of European Posts and Telecommunications (CEPT) to design a pan-European mobile technology.
Cite uses deprecated parameter|deadurl=(help); Check date values in:|accessdate=, |year=, |archivedate=(help) - ↑ "सेलुलर इतिहास". इटिएसआई डट अोआरजी. युरोपेली दूरसञ्चार मानक संस्थान. २०११. Archived from the original on ५ मे २०११. Retrieved ५ मे २०११.
The task was entrusted to a committee known as Groupe Spécial Mobile (GSMTM), aided by a "permanent nucleus" of technical support personnel, based in Paris.
Cite uses deprecated parameter|deadurl=(help); Check date values in:|accessdate=, |year=, |archivedate=(help)
| विकिमिडिया कमन्समा जिएसएम मानक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
बाह्य सुत्रहरू[सम्पादन गर्ने]
- जिएसएम सङ्घ— विश्वव्यापी जिएसएम सञ्जाल सञ्चालकको आधिकारिक उद्योग व्यापार समूह
- ३जीपिपि—३जी जिएसएम मानक विकास समूह
- एलटिई-३जिपिपिको जानकारी