विश्व भक्त दुलाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धर्मनिरपेक्षतामा विश्‍वास गर्ने, काठमाडौं नैकाप-झोले टोल निवासी ४१ वर्षीय विश्‍वभक्त दुलाल समानुपातिकतर्फ एकिकृत नेकपा माओवादीका सभासद हुनुहुन्छ। 'आहुति' उपनामले चिनिने दुलाल प्रगतिशील साहित्यिक फाँटमा परिचित साहित्यकार समेत हुनुहुन्छ। उहाँका 'नयाँ घर' र 'स्खलन' नामक दुई उपन्यास तथा 'तपस्वीका गीतहरू' शीर्षक कविता संग्रह प्रकाशित भएका छन्। दुई छोरीका पिता दुलालले त्रिभुवन विश्‍वविद्यालयबाट आइ.एस्सी. सम्मको अध्ययन गर्नुभएको छ। सभासद दुलाल २०४१ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। शुरुदेखि नै जनमोर्चामा आवद्ध उहाँ २०४८ सालदेखि पार्टी केन्द्रीय सदस्य रहदै आउनुभएको छ। राजनीतिक संघर्षका क्रममा २०४३ र २०४६ सालमा उहाँ पटक-पटक पक्राउ परी हिरासतमा रहनुभएको छ। सबै वर्ग र क्षेत्रको सहभागितामा बनेको अग्रगामी संविधानले मात्र देशको भविष्य सुनिश्‍चित गर्नसक्ने उहाँको विश्‍वास छ। संविधानसभामा उहाँले उठाउने अठोट गरेका दुई प्रमुख मुद्दा हुन् - क. राज्यको पुनः संरचना गर्ने, ख. आदिवासी, दलित, जनजातिलाई राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्व गराउने। [१]

सन्दर्भ[सम्पादन गर्ने]