विष्णुकुमारी राई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


माओवादी समानुपातिक सभासद् विष्णुकुमारी राई 'प्रभा' माओवादी इलाम जिल्ला समितिकी सदस्य हुनुहुन्छ। सानैदेखि राजनीतिमा लाग्नुभएकी राई यसअघि एमाले निकट महिला सङ्घ जिल्ला समितिकी सदस्य हुनुहुन्थ्यो। उहाँले धेरैजसो किरात आन्दोलनमा बढी समय खर्चनुभयो। २०५९मा माओवादीमा लाग्दा उहाँ किरात राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला समितिकी सदस्य हुनुहुन्थ्यो।

एमाले राजनीतिको पारिवारिक पृष्ठभूमि आउनुभएकी राईका भाइ कटक साम्पाङ ०५९ माघ १ देखि सेनाद्वारा बेपत्ता पारिएपछि उहाँ माओवादीमा लाग्नुभएको थियो। वहाँका परिवार नै माओवादीमा पूर्णकालीन कार्यकर्ता हुनुहुन्छ। जातीय सङ्गठन, महिला तथा जनमुक्ति सेनामा पनि काम गर्नुभयो।

२८ वर्षीया राईले औपचारिकरूपमा टेष्ट पास मात्र गर्नुभएको छ। अविवाहित राईका आमा कृष्णमाया र बाबा राजकुमार साम्पाङ हुनुहुन्छ। मंगलबारे -३ टपेवामा जन्मनुभएकी राईका इलामकै थुप्रै सामाजिक संघसंस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।

उत्पीडनमा परेका जनजाति र महिलाका अधिकारलाई संविधानमा सुनिश्चित गर्नु नै उहाँले संविधानमा लेखाउने मुख्य मुद्दा हुन्।[१]

सन्दर्भ[सम्पादन गर्ने]