विष्णु सन्न्यास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बिष्णु सन्न्यास
कवि
जन्म बि.स. २०४९/०२/०१
जेल्बाङ -९, रोल्पा
राष्ट्रियता नेपालनेपाली
पेशा लेखन
चिनारीको कारण कविता,गीत,गजल
धर्म बौद्ध
मातापिता

धनबहादुर पुनमगर

बुदीमा पुनमगर

 
अान्दाेलनमा ईश्वरहरू:

स्वयम् ईश्वरहरू नै
आन्दाेलनमा छन अचेल
अस्तित्वकाे

उनीहरूलाई मन पर्दैन
पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने
याे वतासकाे आधुनिक रङ
उनीहरूकाे आँखालाई मन पर्दैन
क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा
दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन

उनीहरूलाई मन पर्छ बरू
जँगलमै बसेर मानिस
मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे
खनेर बृक्षका जरा-जरा
समयकाे त्याे आदिम गुफा छेउँ
भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे

उनीहरू कहिल्यै देख्दैनन्
गुम्बा, मस्जिद र चर्च अघि निधार ठाेक्दै
अभावकाे रक्ताम्य कविता लेख्दै गरेकाे
कुनै बेराेजगार प्रेमिकाे कारूणिक अनुहार
उनीहरूकाे कानले कहिल्यै सुन्दैन
प्रत्येक विहान सुर्यलाई निधारमा बाेकेर
गाउँकाे उकालाे चढ्दै गरेकाे बृद्ध हजुरआमाकाे गीत

बरू सजिलै देख्न सक्छन् उनीहरू
भिड र जुलुसहरूमा केटाकेटीहरूले
शास्त्रका अलाैकिक पाेस्टकार्डहरू च्यात्दै हिँडेकाे -अफ्ठ्याराे दृष्य
 सजिलै सुन्न सक्छ उनीहरूकाे कानले
सम्झाैतामा चित्त नबुझे पछि
मान्छेहरूले मन्दिर र देवताकाे मुर्ति भत्काउँदै हिँडेकाे प्रत्येक गाेप्य समाचार

ईश्वरहरू भन्नु सँसारकै
सवैभन्दा खतरनाक शासक न रहेछन्
कि थाेपा थाेपा पसिनाले उमारेकाे
धानका अक्षिता-अक्षिताहरूले उनीहरूकाे पाेल्टा भरिदिनुपर्ने
कि घर भत्किदा मुस्किलले सम्हाली राखेकाे
एक थान कात्राे पनि च्यातेर धजा बनाई
उनीहरूकै नाममा चढाईदिनुपर्ने

अकस्मात एक दिन
कहाँवाट हाे कुन्नि गईपुगेथेँ उनीहरूकाे आन्दाेलनमा
र हेर्दैथिए उनीहरूकाे अाईटम नृत्य
ठिक त्यसैबेला भिडमा उभिएका असँख्य ईश्वरहरूमध्ये
एउटाले सम्बाेधनमा भन्याे -तर मेराे आन्दाेलन
ईश्वरहरूलाई ईश्वर बनाउन हैन
ईश्वरहरूलाई मानिस बनाउनकाे लागि हाे ।

मनु मञ्जिलका साथ पुरस्कृत कवि नविन प्यासी (दायाँ )र कवि विष्णु सन्न्यास (बायाँ)

बिष्णु सन्न्यास (अंग्रेजीः Bishnu Sannyas) एक कवि तथा गीतकार हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

बुवा धनबहादुर पुनमगर तथा आमा बुदीमा पुनमगरको कोखबाट बि.स.२०४९ साल जेठ महिनाको १ गतेका दिन रोल्पा जिल्लाको जेल्बाङ गा.बि.स वडा नं ९ खिबाङमा कवि विष्णु सन्न्यासको जन्म एक मध्यम बर्गीय मगर परिवारमा भएको थियो । उनको एक दिदी र एक भाई छन् ।

साहित्यिक यात्रा[सम्पादन गर्ने]

उसबेला उनी जन्मेको घर, समाज र भुगोल भन्दा परपर सम्म पनि साहित्यको कुनै रहरलाग्दो माहौल थिएन । तर पनि खै कुन प्रकारको आन्तरिक तत्व थियो उनीभित्र जसको कारण उनी बच्चैदेखि अक्षरहरुसंगको गहिरो प्रेममा परे । उनको बाल्यकालका कैयौ दिनहरु आमा संग गोठालो गर्दैमा बित्यो । प्रकृति संगको सामिप्यतामै उनले कविताका क,ख हरु कोर्न सिके। उनी कक्षा ७ सम्म आईपुग्दा रोल्पामा द्वन्द्व निकै चर्किसकेको थियो । उनले कयौ दिन र रातहरु घर र विद्यालय भन्दा पर जंगलमा बिताए । उनका कयौ साथिहरु द्वन्द्वमा मारिए । यस्तो प्रकारको परिस्थितिले उनलाई धेरै पिडा दियो तर उनि परिस्थितिसंग कहिल्यै बिचलित भएनन् बरु पिडालाई शक्तिमा रुपान्तरण गर्दै साहित्यिक साधनामा अग्रसर भए । ०६३/६३ को जनआन्दोलन पछि उनी उच्च शिक्षाका लागि जब दाङ झरे त्यसपछि नै उनी कविको रुपमा स्थापित भए । कविताका साथ साथै उनी गीतहरु पनि लेख्छन् । उनको बिरानाे शहर...,छुत्ने माया..., नरुनु तिमी.... जस्ता आधुनिक गीतहरु रेकर्ड भएका छन् ।

प्रकाशित कृतिहरू[सम्पादन गर्ने]

  • यात्रामा फेरी (कविता संग्रह,२०६८)
  • सपना र संकल्प (संयुक्त गजल संग्रह,२०६९)

संलग्नता[सम्पादन गर्ने]

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

अन्तर्वार्तहरु[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

यो पनि पढ्नुहोस[सम्पादन गर्ने]