वीर टिकेन्द्रजीत अन्तर्राष्ट्रिय विमानस्थल
| वीर टिकेन्द्रजीत अन्तर्राष्ट्रिय विमानस्थल | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
| मालिक | मणिपुर सरकार | ||||||||||
| सञ्चालक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||
| सेवा गर्ने स्थान | इम्फाल | ||||||||||
| अवस्थित स्थान | तुलिहाल, इम्फाल, मणिपुर, भारत | ||||||||||
| उचाइ समुद्री सतह | ७७४ मी / २,५४० फिट | ||||||||||
| निर्देशाङ्क | २४°४५′३६″उ ०९३°५३′४८″पू / 24.76000°N 93.89667°E | ||||||||||
| वेबसाइट | इम्फाल विमानस्थल | ||||||||||
| नक्सा | |||||||||||
| मणिपुरमा विमानस्थलको स्थान | |||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
| तथ्याङ्कहरू (सन् २०२४ अप्रिल - सन् २०२५ मार्च) | |||||||||||
वीर टिकेन्द्रजीत अन्तर्राष्ट्रिय विमानस्थल[क][४][५] (आइएटिए: IMF, आइसिएओ: VEIM), जसलाई इम्फाल विमानस्थल पनि भनिन्छ,[ख] र पहिले तुलिहाल अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पनि चिनिन्थ्यो,[ग] भारतको मणिपुरको राजधानी इम्फालमा सेवा गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो, जुन सहरको केन्द्रबाट ७ किमी (४.३ माइल) दक्षिणमा अवस्थित छ। यो गुवाहाटीको लोकप्रिय गोपीनाथ बारदोलोई अन्तर्राष्ट्रिय विमानस्थल र अगरतलाको महाराजा वीर विक्रम विमानस्थलपछि उत्तरपूर्वी भारतको दोस्रो सबैभन्दा ठूलो र तेस्रो सबैभन्दा व्यस्त विमानस्थल हो। यो विमानस्थलले दोस्रो विश्वयुद्धको समयमा सबै मौसममा काम गर्ने शाही वायु सेनाको आधारको रूपमा काम गरेको थियो। यसले सन् १९५९ मा कोइरेङ्गेई विमान अड्डाबाट नागरिक सञ्चालनलाई प्रतिस्थापन गरेको थियो।[६]
विकास
[सम्पादन गर्नुहोस्]सन् २०१९ जुन महिनामा, भारतीय विमानस्थल प्राधिकरणले उत्तरपूर्वी क्षेत्रका विभिन्न विमानस्थलहरूको स्तरोन्नतिको लागि ₹३,४०० करोड (युएस$४८० मिलियन) परियोजनाहरू कार्यान्वयन गरेको थियो। इम्फाल विमानस्थलको थप स्तरोन्नति गर्न ₹७२० करोड (युएस$१०० मिलियन) खर्च गरिने लक्ष्य राखिएको थियो।[७] यस परियोजनामा ₹६०० करोड (युएस$८४ मिलियन)को एकीकृत टर्मिनल भवन र नयाँ विमान पार्किङ वे (विमानस्थलमा रहेका क्षेत्रहरू जहाँ विमान पार्क गर्न, अनलोड गर्न, लोड गर्न, इन्धन भर्न, बोर्ड गर्न वा मर्मत गर्न सकिन्छ) र ट्याक्सी वेहरू जोड्ने, नयाँ हवाई ट्राफिक नियन्त्रण टावर र नियन्त्रण र प्राविधिक ब्लक जस्ता एयरसाइड पूर्वाधार समावेश छन्।[८]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "वीर टिकेन्द्रजीत अन्तर्राष्ट्रिय विमानस्थल" मणिपुर राज्यको निङ्थौजा राजवंशका एक मैतै राजकुमार वीर टिकेन्द्रजीत (मैतै नाम: अथौबा कोइरेङ्सना) को नामबाट नामाकरण गरिएको हो।
- ↑ इम्फाल अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा सामान्य नाम हो तर विमानस्थलको आधिकारिक नाम होइन्। यसलाई त्यसो भनिनुको कारण यो मणिपुरको इम्फाल सहरमा अवस्थित छ।
- ↑ तुलिहाल अन्तर्राष्ट्रिय विमानस्थलको नाम 'एबुधौ तुलिहाल'को नाउँबाट राखिएको हो, जुन विमानस्थल अवस्थित क्षेत्रका एक मैतै संरक्षक देवता हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Annexure III – Passenger Data", aai.aero, अन्तिम पहुँच २६ अप्रिल २०२५।
- ↑ "Annexure II – Aircraft Movement Data", aai.aero, अन्तिम पहुँच २६ अप्रिल २०२५।
- ↑ "Annexure IV – Freight Movement Data", aai.aero, अन्तिम पहुँच २६ अप्रिल २०२५।
- ↑ "Renaming of Imphal Int'l Airport evokes reactions; orgs. demand revocation of resolution - Eastern Mirror", Eastern Mirror Nagaland, ३० अगस्ट २०१९, मूलबाट २८ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०२२।
- ↑ "Bir Tikendrajit International Airport Opposition raised against new name", The Sangai Express, २९ अगस्ट २०१९, मूलबाट २८ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०२२।
- ↑ Retd Lt Col M Ranjit Singh, "Koirengei Airfield: From airfield to a historical site or a parking space?", e-pao.net, अन्तिम पहुँच २ सेप्टेम्बर २०२४।
- ↑ "Agartala airport to be 3rd international airport in northeast", Economic Times, १८ जुन २०१९, अन्तिम पहुँच २० जुन २०१९।[स्थायी मृत कडी]
- ↑ "Kitco to set up new terminal building at Imphal airport", The Hindu, १९ मार्च २०१९, मूलबाट २१ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा वीर टिकेन्द्रजीत अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित मिडिया छन्