वीर पुस्तकालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीर पुस्तकालय
स्थापनाअप्रिल २४, १९००; १२३ वर्ष पहिले (१९००-०४-24)
स्थानकाठमाडौँ रामशाहपथ
शाखाहरूN/A
पहुँच र प्रयोग
वितरणLibrary does not publicly circulate
पुरातत्व विभाग (नेपाल) नेपाल अभिलेखालय

वीर पुस्तकालयको स्थापना वीर शमशेरले पुराना दस्तावेजहरू सङ्ग्रह गरेर राख्नको लागि गरेका थिए। यसको भवन रामशाहपथमा छ। राणा शासनका बेला देशको इतिहास, धर्म, दर्शन तथा संस्कृतिको स्रोतका रूपमा रहेका अभिलेख तथा दुर्लभ हस्तलिखित ग्रन्थको सङ्कलन सुरु भएको थियो र त्यति बेला यसलाई वसन्तपुर दरबारको एउटा कोठामा राखिएको थियो । पछि यसलाई दरबार हाई स्कुलमा सारियो । त्यसलाई पनि वीर पुस्तकालयमा सारिएको थियो । [१]

पछि वीर पुस्तकालयलाई राष्ट्रिय अभिलेखालय बनाईयो ।[२] वि.सं. २०२४ सालमा वीर पुस्तकालय स्थापना गरिएको भवनलाई पुरातत्व विभाग (नेपाल) अन्तर्गतको राष्ट्रिय अभिलेखालयमा रुपान्तरण गरियो ती पुस्तक राखिएको थियो ।

कागजपत्र[सम्पादन गर्नुहोस्]

राष्ट्रिय अभिलेखालयमा सातौँ–आठौँ शताब्दीदेखिका पाली, संस्कृत, नेवारी, प्राकृत, उत्तर लिच्छवि लिपि, तिब्बतीलगायतका भाषामा लेखिएका ग्रन्थ र अभिलेखहरू छन्। भोजपत्र, ताम्रपत्र, ताडपत्र, निलपत्र, शिलापत्र, स्वर्णपत्र, ठ्यासफू र नेपाली कागजमा देवनागरी, रञ्जना, बंगालीमैथिली भाषामा लेखिएका धर्म, दर्शन, तन्त्र, साहित्य, ज्योतिष, आयुर्वेद, व्याकरण, इतिहासलगायतका विषयका ३० हजार हस्तलिखित ग्रन्थ तथा दस्तावेजहरू छन्।

तीन चार हजार अभिलेखको उतार छ। शिलालेखको प्रतिलिपि (रबिङ) तीन हजार छ। ठ्यासफु (नेपाल भाषामा लेखिएको टिपोट तथा दस्तावेज) ऐतिहासिक चिट्ठीपत्र, विभिन्न समयका महत्त्वपूर्ण सन्धिसम्झौता, लालमोहर, ‘गोरखापत्र’ र ‘ द राइजिङ नेपाल’ छन् ।

मल्लकालीन राजा जयस्थिति मल्लको आदेशदेखि आधुनिक नेपालको ऐकीकरण गरेका राजा पृथ्वी नारायण शाहका 'दिव्य उपदेश'का मूल प्रति अहिले पनि अभिलेखालयमा सुरक्षित छन्। नेपालको एकिकरणकालका महत्त्वपूर्ण दस्तावेज पनि अभिलेखालयमा सङ्ग्रहहित छन् । जंगबहादुर राणाको पालामा ल्याइएको मुलुकी ऐन अभिलेखालयमा सुरक्षित राखिएको छ।[३]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]