वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान
Entrance BPKIHS.jpg
प्रकारस्वास्थ्य विश्वविद्यालय
सुरुवातसन् १९९३– ()
कुलपतिप्रधानमन्त्री
उप कुलपतिडा.राजकुमार रौनियार
रेक्टरडा. गुरु प्रसाद खनाल
स्नातकप्रतिवर्ष १५० एमबीबीएस., ६० बीडीएस., ४० बीएस्सी नर्सिंग, १० बीएस्सी एमआईटी
स्थान,
२६°४८′३०″उत्तर ८७°१६′००″पूर्व / २६.८०८२९१° उत्तर ८७.२६६५५° पूर्व / 26.808291; 87.26655
वेबसाइटwww.bpkihs.edu

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (अङ्ग्रेजी: B.P. Koirala Institute of Health Sciences) स्वशासित,स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो । यो पूर्वी नेपालको सुनसरी जिल्लाको धरान नगरपालिकामा सन् १९९३ मा स्थापना भएको हो ।[१][२][३]

इतिहास[सम्पादन गर्ने]

वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान १९९३ मा स्थापना भई सन् १९९८ स्वास्थ्य विश्वविद्यालयको रुपमा परिणत भएको हो । मुलुकका लागि आवश्यक जनशक्तिको उत्पादन गर्दै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने उद्देश्यलाई प्राप्त गर्ने क्रममा शुरु गरिएको एम.बी.बी.एस. शिक्षण कार्यक्रम हालसम्मा आईपुग्दा एम.एम.बी.बी.एस. लगायत बी.डीं.एस., बी.एस्सी. नर्सिंंग, प्रमाणपत्रतह नर्सिंग, व्याचलर अफ नर्सिंग, बी.एम.एल.टी, बी.एस्सी.एम.आई.टी.र विभिन्न विषयहरुमामा पोष्टग्राजुएट जस्तै एम.डी.एम.एस., एम.डी.एस., एम.एस्सी. नर्सिंग, एम.पी.एच, डीएम/एमसीएच, फेलोसिप इन इमर्जेन्सी मेडिसिन, एम.डी.एच. कार्यक्रमहरुमा पठनपाठन शुरु भैसकेको छ ।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीजारोपणको ऐतिहासिक क्षण सम्बत २०४७ साल फागुन ३ गते (फेबु्रवरी १५, १९९१) हो । त्यस दिन बिराटनगरमा आयोजित एक सार्वजनिक सभामा यो संस्था खडा गर्न नेपाल भ्रमणमा रहनुभएका तत्कालिन भारतीय प्रधानमन्त्री श्री चन्द्रशेखरले भारतीय सहयोग प्राप्त हुने बचन दिनु भए लगत्तै स्व. प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको भारत भ्रमणका अवसरमा भारत नेपाल उच्चस्तरीय कार्य दलले नेपालमा भूतपूर्व प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाका नाममा एक मेडिकल कलेज स्थापना गर्न सहमति जनायो । प्रतिष्ठानलाई स्वशासित संस्थाको रुपमा संचालन गर्न संसदले २०४९ माघ ५ गते (१८ जनवरी १९९३)े वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ऐन पारित गरेको र नेपाल र भारतका प्रधानमन्त्रीहरुद्धारा १० मार्च १९९४ का दिन प्रतिष्ठानलाई ३५० शैयाको एक अस्पताल र ५० जनालाई स्थान दिन सकिने मेडिकल कलेज बनाउन सहमतिपत्रमा हस्ताक्षर भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले १९ अक्टोबर १९९४ मा ३५० शैया अस्पतालको निर्माणको शिलान्यासका साथै एम.बी.बी.एस कक्षा संचालनको शुभारम्भ गर्नुभयो ।[४][२]

अस्पताल सेवा[सम्पादन गर्ने]

तत्कालिन श्री ५ को सरकारले सन् १९९३ जुलाई १६ का दिन १५० शैया क्षमताको पूर्वान्चल क्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्रण गरेपश्चात प्रतिष्ठानले आई.सि.यु, सि.सि.यु र अव्जर्वेशन लगायत बढाएर २१० शैया थप गरेर अस्पताल संचालनमा ल्यायो । नयां अस्पताल भवनको निर्माणपछि अस्पतालको क्षमता ६ सय ४६ शैया पुगेको छ । यी ६ सय ४६ शैयालाई अस्पतालले स्थानीय आवश्यकताका आधारमा विभिन्न रोगका लागि बैज्ञानिक ढंगले विभाजित गरेको छ ।

हालको अस्पताल सेवालाई प्रतिष्ठानले विभिन्न किसिमका विषेशज्ञहरुको व्यवास्था सहित आधुनिक उपकरणहरु जडानले गर्दा काठमाडौं बाहिर यस प्रतिष्ठानमा मासु परीक्षण सेवा (Biopsy Facility), विविध सेवा सहितको जनरल प्राक्टिस तथा अटो एनालाईजर सेवाहरु (Multidisciplinary Faculty of General Practice and Auto Analyzer) उपलव्ध छन् भने रगतको क्यान्सर र रक्तश्ररुावसंग सम्बन्धित रोगहरु (Bleeding diseases) सम्बन्धी विषेष परीक्षण (Haematological investigation) गर्ने सुविधाहरु पनि रहेको छ । यस बाहेक विशेष एच.आई.भी. प्रयोगशाला (Special HIV Lab), विशेष कालाजार प्रयोगशाला (Special Kala-azar Lab) र आंखाको नानी प्रत्यारोपण गर्ने शल्यक्रिया (Corneal Grafting), सीटी स्क्यान, एम.आर.आई (CT Scan, MRI) सेवा पनि प्रतिष्ठानमा उपलव्ध रहेको छ ।

सेवाको विभिन्न निकाय जस्तै शल्यक्रियापूर्व आवश्यक पर्ने बेहोसी सम्बन्धी पूर्व जांच सेवा (Preanaesthesia Clinic (PAC)), सघन उपचार कक्ष (Intensive Care Unit (ICU)), मुटुरोग सघन उपचार कक्ष (Coronary Care Unit (CCU)) तथा बाल बालिकाहरुका निमित्त छुटृै शिशु सघन उपचार कक्ष (Neonatal Intensive Care Unit (NICU)), मातृसेवाका लागि मातृ सघन उपचार कक्ष (Maternal Intensive Care Unit (MICU)) सेवाको विस्तार गरेको छ ।

प्रतिष्ठानले अस्पताल सेवा अन्तर्गत सर्वसाधारणलाई पुर्याउंदै आएको उपचार सेवा निम्न प्रकारका छन्:[५]

बहिरंग सेवा[सम्पादन गर्ने]

बहिरंग सेवा अन्तर्गत बिामीलाई निम्न अुनसारको विशेषज्ञ सेवा प्राप्त छ:

सामान्य चिकित्सा, शल्य चिकित्सा, बाल रोग, हाड जोर्नी, नाक कान घांटी, स्त्री रोग तथा प्रसूति, आंखा, चर्म रोग, टि.बी. एण्ड चेस्ट क्लिनिक, मानसिक रोग सेवा ।

सशुल्क सेवा[सम्पादन गर्ने]

बहिरंग सेवा अन्तर्गत विभागमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको उपलव्धताको आधारमा हाल मेडिसिन, सर्जरी, अप्थालमोलोजी, गाइने रअव्स, अर्थोपेडिक्स तथा सर्जरी विभागहरुले आ-आफ्नो समय तालिका अनुसार दिउंसोको सशुल्क सेवा (पेइंग क्लिनिक) संचालन गरेका छन् ।

विशिष्ट विशेषज्ञ सेवा[सम्पादन गर्ने]

बहिरंग सेवा अन्तर्गत नै केही विभागहरुले विशिष्ट सेवा प्रदान गर्दै आएका छन् । यस अन्तर्गत अप्थालमोलोजी विभागले जलबिन्दु (Glaucoma Clinic), आंखाको पर्दा सम्बयिन्धत उपचार सेवा (Retina Clinic), लेजर उपचार (Laser treatment), मेडिसिन विभागले मुटु उपचार सेवा (Cardiology), ट्रेड मिल टेस्ट सेवा (TMT Service), अर्थोपेडिक्स विभागले विशेषज्ञ सेवा (Specialty Clinic), पिडियाट्रिक्स विभागले खोप सेवा (Immunization Clinic), गाइने र अब्सटेट्रिक्स विभागले महिला यौनांगको क्यान्सर सम्बन्धी सेवा (Oncology), बांझोपन सम्बन्धी सेवा (Infertility), गहन जोखिम गर्भधारण सम्बन्धी सेवा (High risk Pregnancy) सेवा प्रदान गर्दै आएका छन् ।

अन्तरंग सेवा[सम्पादन गर्ने]

अस्पतालको अन्तरंग सेवा ३६५ दिन २४ सै घण्टा (Round the clock) उपलव्ध छ ।

आकस्मिक सेवा[सम्पादन गर्ने]

सर्वसाधारण जनतालाई चौबिसै घण्टा उपचार सेवा पुर्याउनका लागि ५ अव्जर्भेसन शैयायुक्त आकस्मिक सेवा संचालित छ । उपचारको क्रममा सम्बनिधत विशेषज्ञको आवश्यकता देखिएमा आकस्मिक उपचार विभागमा ड्युटीमा रहेको डाक्टरले जुनसुकै समयमा पनि विशेषज्ञलाई बोलाई विशेषज्ञ सेवा प्रदान गर्ने गरिएको छ । आकस्मिक सेवाका लागि ल्याइएका विरामीहरुको परीक्षण, उपचार र रेखदेखका लागि आवश्यक पर्ने सबै क्लिनिक र प्रयोगशालाहरु एकै ठाउँमा केन्द्रित छन् । दुईवटा आकस्मिक अप्रेशन थियटरहरु, दश शैयाको सघन उपचार कक्ष र आवशयक अरु सबै सुविधाहरु अस्पतालमा उपलव्ध छन् । अस्पतालका सबै भवनहरु एक अर्कासंग जोडिएका छन् ।[६]

प्रतिष्ठानको मूल आकस्मिक कक्ष नेपालकै नमुनाकै रुपमा रहेको छ जहाँ बिरामीको व्यवस्थापन गर्ने पद्धति अन्य अस्पतालभन्दा फरक तर प्रभावकारी छ । अस्ट्रेलियन ट्रियाज पद्धतिमार्फत सिकिस्तताका आधारमा बिरामीको वर्गीकरण गरी प्राथमिकताका साथ उपचार गर्नु यहाँको विशेषता हो । यस पद्धतिअनुसार सिकिस्तता आधारमा एटीएस–वान/टु/थ्री/फोर/फाइभमा विभाजित गरी ट्रियाज स्कोर कम भएको बिरामीलाई छिटो उपचार गरिन्छ । एटीएस–वान बिरामीलाई तुरुन्त उपचार गर्नुपर्ने हुन्छ भने एटीएस–फाइभ बिरामीलाई डेढ घण्टाभित्रमा उपचार गर्न सकिन्छ तर अस्पतालमा चाप नभए छिटोभन्दा छिटो बिरामीको उपचार गर्ने गरिएको छ ।[७]

बाल आकस्मिक कक्ष तथा स्त्री तथा प्रशुति आकस्मिक कक्षको विकास एवं विस्तारले बिरामी उपचार प्रक्रियालाई केही सहज बनाएको छ ।[८]

शल्य चिकित्सा सेवा[सम्पादन गर्ने]

शल्य चिकित्सा सेवा अन्तर्गत अपरेशन केशहरुलाई ठूलो, मध्यम र सानो गरि ३ वर्गमा विभाजन गरेर सोही आधारमा अपरेशन थिएटरको व्यवस्टा मिलाईएको छ ।[२]

निदान सेवा[सम्पादन गर्ने]

अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको उपचारको क्रममा रोगको सही निदान वा पहिचान गर्न विभिन्न किसिमका परीक्षणहरु गर्न, गराउन निदान सेवा अन्तर्गत प्रतिष्ठानको क्लिनिकल ल्याब सर्भिसेस र रेडियोलोजी सेवा जस्तै एक्स रे, अल्ट्रासाउण्ड, फ्लूरोस्कोपी उपकरणहरु, सिटीस्क्यान र एम.आर.आई जस्ता इमेजिंग सेवाहरु उपलव्ध छन् ।[२]

व्लड बैंक र रक्तदानसम्बन्धी सेवा, बिरामीको रगत, मलमूत्र, वीर्य, खकार जस्ता जांचका लागि प्रयोगशालाहरु राखिएका छन् । यसबाहेक, इन्डोस्कोपी र सिग्माइडोस्कोपी सेवा, स्वचालित रक्त ग्यांस, इलेक्ट्रोलाईट एनालाईजर विधिहरु, हेमोडाइलाईसिस, ट्रेडमिल टेस्ट, कलरडप्लर इको कार्डियोलोजी, एन्जियोथ्राफी, अल्ट्रासोनोग्राफी, अडियोमेट्री, इपीएस जस्ता अत्याधुनिक उपयोगी संयन्त्रहरु राखिएका छन् ।

सामुदायिक सेवा[सम्पादन गर्ने]

ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधाको विस्तारका लागि प्रतिष्ठानले पूर्वान्चलका १६ वटा जिल्लाका जिल्लास्तरीय अस्पतालहरुलाई शैक्षिक क्षेत्रका रुपमा लिएको छ । हाल प्रतिष्ठानले निम्न विभागहरुमार्फत विभागहरुमार्फत सर्वसाधारणलाई अस्पताल सेवा साथै विद्यार्थीहरुलाई पठनपाठनको सेवा पनि पुर्याउंदै आएको छ : एनेस्थेसिया, एनाटोमी (साइटोजेनेटिक्स), वायोकेमिष्ट्री, डेन्टिस्ट्री, डर्माटोलोजी एण्ड एस.टी.डी., इमर्जेन्सी, फरेन्सिक मेडिसिन, गाइनोकोलोजी एण्ड अव्सटेट्रिक्स, हेमाटोलोजी, मेडिसिन, माइक्रोवायोलोजी,, फार्माकोलोजी (ड्रग मोनिटारिंग), अप्थालमोलोजी, ओटोराइनोलारिंगोलोजी, अर्थोपेडिक्स, पिडियाट्रिक्स, प्याथोलोजी, फिजियोलोजी (ई.ई.जी., पी.एफ.टी.), साइकियाट्री, रेडियोडायग्नोसिस, सर्जरी, ट्युवरक्युलोसिस एण्ड इन्फेक्सिनस् एण्ड ट्रपिकल डिसिज[२]

शैक्षिक कार्यक्रम[सम्पादन गर्ने]

मेडीकल कलेज भवन, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
कलेज अफ डेन्टल सर्जरी, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
कलेज अफ नर्सिंग, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
स्कूल अफ पब्लिक हेल्थ, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

सन् १९९४ अक्टोबर १९ देखि प्रतिष्ठानमा एम.बी.बी.एस. कक्षा शुरु गरिएको थियो भने सन् १९९६ अगष्टदेखि बी.एस्सी.नर्सिंग कक्षाहरु पनि संचालन भयो । प्रतिष्ठानमा एम.बी.बी.स. पढ्न चाहने विद्यार्थीहरुलाई तीन समूहमा विभाजित गरिएको छ र त्यसै अनुसार शुल्क निर्धारण गरिएको छ । पहिलो समूहमा न्यूनतम शुल्क तिर्ने, दोस्रो समूहमा आंशिक शुल्क तिर्ने र तेस्रो समूहमा पुरै शुल्क तिर्ने विद्यार्थीहरुलाई राखिएको छ ।[३]

एम.बी.बी.एस. कार्यक्रममा नेपाल बाहेक दक्षिण एसियाली राष्ट्रको विद्यार्थीहरुको लागि सात वटा स्थान र दक्षिण एसिया क्षेत्र बाहिरबाट आउने मुलुकका विद्यार्थीहरुका लागि सातवटा स्थान छुट्याईएको छ । नेपाली विद्यार्थीहरुका लागि बझाङ, बाजुरा, दार्चुला, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मनाङ, मुगु, मुस्ताङ, रुकुमसोलुखुम्बु, जस्ता पूर्व र पश्चिमका पहाडी जिल्लाहरूबाट आउने विद्यार्थीहरुलाई प्रतिष्ठानले विशेष प्राथमिकता दिने व्यवस्था मिलाएको छ । पहाडी जिल्लाहरूका लागि एम.बी.बी.एस. मा ४ (चार) स्थान, बी.डी.एस.मा २ (दुई) स्थान र प्रमाणपत्र तहका नर्सिंगमा १७ (सत्र) स्थान छुट्याएको छ । [९]

महिलाहरुका लागि भने निम्नानुसारका पहाडी जिल्लाहरू अछाम, अर्घाखाँची, बागलुङ जिल्ला, बैतडी, बझाङ, बाजुरा, भोजपुर, डडेलधुरा, दैलेख, दार्चुला, धादिङ, धनकुटा, दोलखा, डोल्पा, डोटी, गोरखा जिल्ला, गुल्मी, हुम्ला, इलाम, जाजरकोट, जुम्ला, कालिकोट, खोटाङ, लमजुङ , मनाङ, मुगु, मुस्ताङ, म्याग्दी, ओखलढुंगा, पाँचथर, पर्वत, प्युठान, रामेछाप, रसुवा, रोल्पा, रुकुम, सल्यान, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, र तेह्रथुमबाट आउने विद्यार्थीहरुलाई प्रतिष्ठानले विशेष प्राथमिकता दिने व्यवस्था मिलाएको छ ।[१०]

प्रतिष्ठानले संचालन गरेको स्नातकोत्तर तहको एम.डी.एम.एस., एम.एस्सी. र पी.एचडी. कार्यक्रमका लागि न्यूनतम शुल्क निर्धारण गरिएको छ । विदेशी विद्यार्थीहरुका लागि शुल्कको छुटृै व्यवस्था गरेको छ । हरेक वर्ष अगष्ट १ का दिन प्रवेश परीक्षा लिइन्छ र सेप्टेम्बर १ देखि कक्षा संचालन हुन्छ ।

सन् २०१३ देखि नै प्रतिष्ठानले् विभिन्न नयां कार्यक्रमहरुमा पठनपाठन शुरु गरिसकेको छ :

क) विभिन्न विषयका डीएम/एमसीएच कोर्सहरु  :[११]

  • डीएम कार्डियोलोजी
  • डीएम ग्यास्ट्रोइनटेरोलोजी एण्ड हेपाटोलोजी
  • डीएम पल्मोनोरी, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन
  • डीएम न्योनाटोलोजी
  • एमसीएच युरोलोजी
  • एमसीएच जीआइ सर्जरी

ख) फेलोसिप इन इमर्जेन्सी मेडिसिन[११]

ग) एमडी इन हस्पीटल एडमिनिष्ट्रेसन (एमडीएचए)[११]

मान्यता प्राप्त[सम्पादन गर्ने]

प्रतिष्ठानद्धारा संचालित एम.बी.बी.एस. कार्यक्रमलाई नेपाल, श्रीलङ्काभारतका मेडिकल काउन्सिलहरुद्धारा पूर्ण मान्यता प्रदान गरिएको छ[१२] । प्रतिष्ठानको शैक्षिक कार्यक्रम विश्व विद्यालय सङ्गठनद्धारा प्रकाशित चिकित्साशास्त्र अध्ययन संस्थान सम्बन्धी विश्व निर्देशिकामा[१३] दर्ता भएको छ ।

स्नातकोत्तर कार्यक्रमहरु (एम.डी./एम.एस., एम.एस्सी) सन् १९९९ देखि शुरु भएका हुन् । सबै कोर्सहरु एम.डी./एम.एस., एम.एस्सी र एम.पी.एच. लाई नेपालका सम्बन्धित काउन्सिलबाट र एम.डी./एम.एस. कोर्ष (एनेस्थेसियोलोजी, डर्माटोलोजी एण्ड भेनेरोलोजी, अर्थोपेडिक्स, पिडियाट्रिक्स, शल्य चिकित्सा, रेडियोलोजी, मानसिक, नाक कान घांटी, मेडिसिन, फार्माकोलोजी र स्त्रीरोग तथा प्रसुति) हरु भारतका मेडिकल काउन्सिल अफ ईन्डिया बाट मान्यता प्राप्त भएको छ ।[१२]

कलेज अफ डेन्टल सर्जरी[सम्पादन गर्ने]

सन् १९९९ मा बी.डी.एस. (व्याचलर अफ डेन्टल सर्जरी) र विभिन्न विषयहरु जस्तै कन्जर्भेटिभ डेन्टिस्ट्री र इन्डोडोन्टिक्स, ओरल र मेक्सिल्लोफेसियल सर्जरी, पेरियोडोन्टोलोजी र ओरल इम्प्लान्टोलोजी, पिडोडोन्टिक्स र प्रिभेन्टिभ डेन्टिस्ट्री, प्रोस्थोडोन्टिक्स र अर्थोडोन्टिक्स एम.डी.एस. (मास्टर अफ डेन्टल सर्जरी) कार्यक्रममा सन् २०११ देखि कक्षा संचालन भईरेहको छ । [३][१४]

कलेज अफ नर्सिंग[सम्पादन गर्ने]

१ अगष्ट १९९६ मा प्रतिष्ठानले चार वर्षे बी.एस्सी.नसिंग, प्रमाणपत्र तह नर्सिंग र व्याचलर इन नर्सिंगमा क्रमशः सन् १९९९ र २०१० मा कक्षा सन्चालन प्रारम्भ गर्यो तर सन् २०१५ देखि प्रमाणपत्र तह नर्सिंग र व्याचलर इन नर्सिंगमा भर्ना प्रकृया बन्द गरेको छ । विभिन्न विषयहरु जस्तै कम्युनिटी हेल्थ नर्सिंग, साइकियाट्री नर्सिंग, म्याटर्नल हेल्थ नर्सिंग, चाइल्ड हेल्थ नर्सिंग र मेडिकल सर्जिकल नर्सिंग मा एम.एस्सी नर्सिंगका कक्षाहरु सन् देखि संचालन भईरहेको छ ।[१५]

स्कूल अफ पव्लिक हेल्थ एणड कम्युनिटी मेडिसिन[सम्पादन गर्ने]

सन् २००५ मा स्कूल अफ पव्लिक हेल्थ एणड कम्युनिटी मेडिसिन को स्थापना भयो र सोही वर्ष देखि नै २ वर्षे एम.पी.एच. (मास्टर इन पव्लिक हेल्थ) कक्षा संचालन भईरहेहको छ ।[१६]

प्रतिष्ठानमा कार्य गर्नुभएका प्रमुख व्यक्तित्वहरू[सम्पादन गर्ने]

  • प्रा. के.एन. शर्मा प्रोजेक्ट कन्सल्ट्यान्ट, भारत
  • प्रा. ओ.पी. कालरा, प्रिन्सिपल, युनिभर्सिटि कलेज अफ मेडिकल साइन्सेस, भारत
  • प्रा. एस.सी. पारिजा, डाईरेक्टर प्रोफेसर र प्रमुख, माइक्रोवायोलोजी विभाग,JIPMER, पोन्डीचेरी, भारत [१७]
  • प्रा. रमेश लाल बिजलानी, (अङ्ग्रेजी: Ramesh Bijlani) फिजियोजी विभागका पूर्व प्राध्यापक र विभागीय प्रमुख, एम्स, भारत [१८]
  • प्रा. टी.डी् डोगरा, (अङ्ग्रेजी: Tirath Das Dogra) पूर्व निर्देशक एम्स र फरेन्सिक मेडिसिन एक्स्पर्ट, भारत [१९]
  • प्रा. बी.के. कपुर, फिजियोलोजीका प्राध्यापक र प्रोजेक्ट कन्सलट्यान्ट, भारत

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. सूचना संकलन-वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि इन्स्टिच्यूट फर प्रोफेसनल जर्नालिज्म, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २०५९, p. 5.
  2. २.० २.१ २.२ २.३ २.४ परिकल्पना र यथार्थ (१९९१ – १९९६) धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान.
  3. ३.० ३.१ ३.२ Prospectus of MBBS & BDS Program ENTRANCE EXAMINATION for Nepalese & International Candidates B.P. Koirala Institute of Health Sciences.
  4. सूचना संकलन(वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि इन्स्टिच्यूट फर प्रोफेसनल जर्नालिज्म & वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २०५९, p. 5.
  5. Hospital Services, BPKIHS
  6. सूचना संकलन(वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि इन्स्टिच्यूट फर प्रोफेसनल जर्नालिज्म & वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २०५९, p. 16.
  7. मुकेशकुमार साह, मुलुककैै नमुना आकस्मिक कक्ष, स्वास्थ्य खबरपत्रिका, २०७१ फागुन २० गते
  8. मुकेशकुमार साह, मुलुककैै नमुना आकस्मिक कक्ष, स्वास्थ्य खबरपत्रिका, २०७१ फागुन २० गते
  9. Prospectus of MBBS & BDS Program ENTRANCE EXAMINATION 2014 for Nepalese & International Candidates & B.P. Koirala Institute of Health Sciences 2014, p. 7.
  10. Prospectus of MBBS & BDS Program ENTRANCE EXAMINATION 2014 for Nepalese & International Candidates & B.P. Koirala Institute of Health Sciences 2014, p. 9.
  11. ११.० ११.१ ११.२ Prospectus of MBBS & BDS Program ENTRANCE EXAMINATION 2014 for Nepalese & International Candidates.- B.P. Koirala Institute of Health Sciences 2014, p. 3.
  12. १२.० १२.१ सूचना संकलन-वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि इन्स्टिच्यूट फर प्रोफेसनल जर्नालिज्म & वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २०५९.
  13. विश्व स्वास्थय निर्देशिका, विश्व विद्यालय सङ्गठन
  14. College of Dental Surgery, BPKIHS
  15. College of Nursing, BPKIHS
  16. School of Public Health & Community Medicine, BPKIHS
  17. "Textbook of Microbiology & Immunology", Elsevier, अन्तिम पहुँच २००९ 
  18. "Understanding Medical Physiology: A Textbook for Medical Students", Jaypee Brothers Medical Publisher, अन्तिम पहुँच २००९ 
  19. "Lyon's Medical Jurisprudence and Toxicology", Delhi Law House, अन्तिम पहुँच २००५ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]