वेड जाइलेस
वेड जाइलेस | |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रकार | रोमानीकरण | ||||||||||||||||||||
सृष्टिकर्ता | थोमस फ्रान्सिस वेड र हर्बर्ट जाइलेस | ||||||||||||||||||||
सिर्जना | १९औँ शताब्दी | ||||||||||||||||||||
भाषाहरू | मन्दारिन चिनियाँ | ||||||||||||||||||||
आईएसओ १५९२४ | |||||||||||||||||||||
आईएसओ १५९२४ | BCP 47 variant subtag: wadegile [१] | ||||||||||||||||||||
चिनियाँ | 威翟式拼音 | ||||||||||||||||||||
| |||||||||||||||||||||

वेड जाइलेस मन्दारिन चिनियाँहरूको लागि रोमनीकरण प्रणाली हो। यो १९औँ शताब्दीको मध्यतिर थोमस फ्रान्सिस वेडद्वारा निर्मित प्रणालीबाट विकसित भएको थियो र हर्बर्ट जाइलेसको अ चाइनिज–इङ्लिस डिक्सनरी (सन् १८९२) को साथ यसलाई पूर्ण रूप दिइएको थियो।
उन्नाइसौँ शताब्दीको उत्तरार्धसम्म सामान्य प्रयोगमा रहेको रोमनीकरण प्रणाली नानजिङ बोलीमा आधारित थियो, तर वेड जाइलेस बेइजिङ बोलीमा आधारित थियो र २०औँ शताब्दीको अधिकांश समय अङ्ग्रेजी भाषी संसारमा परिचित लिप्यन्तरण प्रणाली थियो। मुख्यभूमि चीनमा, वेड-जाइलेसलाई प्रायः हान्यु फिनयिनद्वारा प्रतिस्थापित गरिएको छ, जुन आधिकारिक रूपमा सन् १९५८ मा अपनाइएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]वेड–जाइलेसको विकास चिनियाँ विद्वान र चीनका लागि बेलायती राजदूत थोमस फ्रान्सिस वेडले गरेका थिए जो क्याम्ब्रिज विश्वविद्यालयमा चिनियाँ भाषाका पहिलो प्राध्यापक थिए।[२] वेडले सन् १८६७ मा, यु-येन चु-एर ची नामक (語言自邇集; 语言言迺迩集) अङ्ग्रेजीमा मन्दारिनको बेइजिङ भाषिकामा पहिलो पाठ्यपुस्तक प्रकाशित गरेका थिए जुन पछि वेड-जाइलेसको रूपमा चिनिन्छ।[३] सन् १८९२ मा चीनका एक बेलायती कूटनीतिज्ञ हर्बर्ट जाइलेस (अ चाइनिज–इङ्लिस डिक्सनरीमा) र उनका छोरा लियोनल जाइलेसले यस प्रणालीलाई थप परिष्कृत गरेका थियो।[४]
पूर्व र अन्तिम रुप
[सम्पादन गर्नुहोस्]तलका तालिकाहरूले प्रत्येक चिनियाँ ध्वनिको वेड-जाइलेस प्रतिनिधित्व (गाढा प्रकारमा), सम्बन्धित आइपिए ध्वन्यात्मक प्रतीक (वर्ग कोष्ठकहरूमा), र बोपोमोफो र हान्यु फिनयिनमा समकक्ष प्रतिनिधित्वहरू देखाउँदछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Language Subtag Registry", IANA, अन्तिम पहुँच २०२४-०३-१३।
- ↑ Wade, Thomas Francis (१८६७), Yü-yen Tzŭ-erh Chi: A Progressive Course Designed to Assist the Student of Colloquial Chinese, As Spoken in the Capital and the Metropolitan Department (चिनियाँमा), London: Trübner।
- ↑ Kaske, Elisabeth (२००८), The Politics of Language in Chinese Education: 1895–1919, Brill, पृ: ६८, आइएसबिएन 978-9-004-16367-6।
- ↑ "Chinese Language Transliteration Systems – Wade–Giles", UCLA film and television archive, मूलबाट २००७-०१-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-०४। वेब्याक मेसिन अभिलेखिकरण २००७-०१-२८ मिति (Web archive)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]