सामग्रीमा जानुहोस्

वेदवती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेदवती
वेदकी ज्ञाता[]
रावणको कुप्रस्तावलाई अस्वीकार गर्दै वेदवती
आबद्ध
धर्मग्रन्थहरूपुराण, रामायण
वंशावली
अभिभावकहरू

वेदवती (संस्कृत: वेदवती) हिन्दु धर्ममा देवी सीताको पूर्वजन्म हुन्।[] उनलाई धनकी देवी लक्ष्मीको अवतार मानिन्छ।[][]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

वेदवती देवताहरूका गुरु बृहस्पतिका छोरा ब्रह्मर्षि कुशध्वज]]की छोरी थिइन्। पवित्र वेदहरूको अध्ययन र मन्त्रोच्चारणमा आफ्नो जीवन बिताएका कुशध्वजले आफ्नी छोरीको नाम 'वेदवती' राखेका थिए, जसको अर्थ "वेदको सम्पूर्ण ज्ञान भएकी" भन्ने हुन्छ। देवी लक्ष्मीप्रति उनको भक्ति र कठोर तपस्याको दिव्य फलस्वरुप वेदवतीको जन्म भएको थियो।[] वेदवतीले जन्मिएकै क्षणमा वैदिक मन्त्रहरूको उच्चारण गरेकी थिइन् र आफ्नो पहिलो श्वासदेखि नै उनले दिव्य पवित्रता र तपको ऊर्जा विकिरण गरेकी थिइन्।[]

विष्णुप्रतिको समर्पण

[सम्पादन गर्नुहोस्]

वेदवतीका पिता आफ्नी छोरीले सृष्टिका पालनकर्ता भगवान् विष्णुलाई पतिको रूपमा प्राप्त गरून् भन्ने चाहन्थे। त्यसैले उनले आफ्नी छोरीको हात माग्न आएका धेरै शक्तिशाली राजाहरू र दिव्य प्राणीहरूको प्रस्ताव अस्वीकार गरिदिएका थिए। यस अस्वीकारबाट क्रुद्ध भएका राजा शम्भुले एक औंसीको मध्यरातमा वेदवतीका मातापिताको हत्या गरिदिएका थिए।

वेदवती आफ्ना मातापिताको आश्रममै बसेर दिनरात ध्यान र भगवान् विष्णुलाई पतिको रूपमा पाउनका लागि कठोर तपस्या गर्न थाल्छिन्।

रामायण मा उनलाई एक ऋषिले जस्तै कृष्णसार मृगको छाला पहिरिएको र कपालको जटा बनाएको रूपमा वर्णन गरिएको छ। उनी अवर्णनीय रूपमा सुन्दरी थिइन्, जसको यौवन र रूप उनको तपस्याले झन् प्रज्वलित र निखारिएको थियो।

लङ्काका राजा र राक्षस जातिका नायक रावणले एक पटक वेदवतीलाई एक 'तपस्विनी' का रूपमा ध्यानमा बसिरहेको फेला पार्छन् र उनको अतुलनीय सुन्दरताबाट मोहित हुन्छन्। उनले वेदवतीसमक्ष विवाहको प्रस्ताव राख्छन्, तर उनले त्यसलाई अस्वीकार गरिदिन्छिन्। पटक-पटकको अस्वीकारबाट क्रुद्ध भएको रावणले उनको कपाल समातेर उनीमाथि दुर्व्यवहार गर्ने प्रयास गर्छन्।[]

क्रुद्ध भएकी वेदवतीले रावणलाई उनी पुनः जन्म लिनेछिन् र उनको मृत्युको कारण बन्नेछिन् भनेर श्रप दिन्छिन्।[] त्यसलगत्तै उनी नजिकै बलिरहेको पवित्र हवन कुण्डमा हामफाल्छिन् र आफ्नो देहत्याग गर्छिन्।[]

आफ्नो प्रतिज्ञा अनुसार वेदवतीले पछि सीताको रूपमा पुनर्जन्म लिन्छिन्। उनकै कारणले रावण र उनका सम्पूर्ण आफन्तहरूको विनाश हुन्छ, यद्यपि उनका पति भगवान् राम त्यस विनाशका मुख्य कारक बनेका थिए।[१०]

ब्रह्मवैवर्त पुराणका अनुसार, आफ्नो तपस्याका क्रममा वेदवतीको भेट देवी पार्वतीसँग भएको थियो। उनको भक्तिदेखि प्रसन्न भएर देवीले वेदवतीलाई आफ्नो इच्छा अनुसारको वरदान माग्न मन्छिन्। वेदवतीले पृथ्वीमा हुने भगवान् नारायणको हरेक अवतारमा उनलाई नै पतिको रूपमा पाउने र उनका चरणकमलमा भक्ति गर्ने इच्छा व्यक्त गर्छिन्।

वेदवती साक्षात् लक्ष्मीको स्वरूप भएको कुरा थाहा पाएर पार्वतीले उनले खोजेको सबै कुरा प्राप्त हुने वचन दिन्छिन्। पार्वतीले उनलाई त्रेता युगमा पृथ्वीबाट पापको अन्त्य गर्न नारायणले रामको अवतार लिने र उनी रामकी अर्धाङ्गिनी बन्ने जानकारी दिन्छिन्।[११]

यसपछि लक्ष्मीले मिथिला राज्यको एक खेतमा बालकको रूपमा पुनर्जन्म लिन्छिन्, जहाँ उनलाई राजा जनकले फेला पारेका थिए। पग्लेको सुनजस्तै चमक भएको त्यस शिशुलाई देखेर आश्चर्यचकित भएका जनकले एउटा 'आकाशवाणी' सुन्छन्, जसमा ती बालिका नारायणकी दुलही बन्ने कुरा बताइएको थियो। हर्षित भएका जनकले उनलाई आफ्नै छोरी जानकीको रूपमा हुर्काउँछन् जो पछि सीताको नामले प्रसिद्ध हुन्छिन्।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. The Rāmāyaṇa of Vālmīki: An Epic of Ancient India, Volume VII: Uttarakāṇḍa, Princeton University Press, ११ सेप्टेम्बर २०१८, आइएसबिएन 9780691182926
  2. www.wisdomlib.org (२०१७-०२-१५), "Vedavati, Vedavatī: 5 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२५
  3. Dowson, John (२०१३-११-०५), A Classical Dictionary of Hindu Mythology and Religion, Routledge, पृ: 295, आइएसबिएन 978-1-136-39029-6
  4. Sharmaao, N. Raganatha (२०१४-०१-०१), Lakshmi, Litent।
  5. Muir, J. (२०१३-०८-२१), Metrical Translations from Sanskrit Writers, Routledge, आइएसबिएन 978-1-136-38637-4
  6. Kaligotla, Subhashini (२०२४-०२-२८), Dasharatha's Oil Vat in the Mewar Ramayana, Routledge, आइएसबिएन 978-1-003-27335-6
  7. The Rāmāyaṇa of Vālmīki: An Epic of Ancient India, Volume VI: Yuddhakāṇḍa, Princeton University Press, २०१७-०१-२४, पृ: 907, आइएसबिएन 978-0-691-17398-6
  8. Gupta, Stuti (२०२०-११-१०), Magical Mythology, Sristhi Publishers & Distributors, आइएसबिएन 978-81-947908-6-0
  9. Gupta, Stuti (२०२०-११-१०), Magical Mythology, Sristhi Publishers & Distributors, आइएसबिएन 978-81-947908-6-0
  10. Vedavati, The Encyclopaedia for Epics of Ancient India
  11. Yadava, Babu Ram (१९७४), A Critical Study of the Sources of Kalidasa, Bhavana Prakashan।
  12. Books, Kausiki (२०२१-०७-०९), Brahma Vaivartha Purana: English Translation, Kausiki Books।