वेब पोर्टल
इन्टरनेट पोर्टल वा वेब पोर्टल एक विशेष तरिकाले बनाइएको वेबसाइट हो जसले विभिन्न स्रोतहरू जस्तै इमेल, अनलाइन मञ्च र सर्च इन्जिनहरू अनेका प्रकारका सामग्रीहरू ल्याउँदछ। सामान्यतया, प्रत्येक जानकारीका स्रोतहरूले प्रायः जानकारी प्रदर्शन गर्नका लागि पृष्ठमा यसको समर्पित क्षेत्रहरू रहेका हुन्छन्। वेब पोर्टलहरू, व्यक्तिगत कम्प्युटर, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उपकरणहरूका मार्फतहरूबाट पहुँच योग्य रहेका हुन्छन्। वेब पोर्टलको प्रमुख विशेषताहरूमा डाटा पहुँच, व्यक्तिगत सामग्री, लेनदेन, सुरक्षा, प्रकाशित सामग्री र खोजी हुन्। यिनिहरू प्रयोगकर्ताहरूको आधारमा जानकारी प्रस्तुत गर्न सक्षम रहेका हुन्छन्।
धेरै इन्टरनेट सेवा प्रदायकहरूको आफ्नै पोर्टलहरू रहेका छन् जस्तै माइक्रोसफ्टको एमएसएन, अाक्स डटकम, याहु! अादि।
वर्गीकरण[सम्पादन गर्ने]
वेब पोर्टलहरू कहिलेकाँही तेर्सो वा ठाडो रूपमा वर्गीकृत गरिन्छ। तेर्सो पोर्टललाई एउटै आर्थिक क्षेत्रमा धेरै कम्पनी, निर्माता वा वितरकहरूको एक मञ्चको रूपमा प्रयोग गरिन्छ।[१] ठाडो पोर्टल ("भोर्टल"को रूपमा पनि जानिन्छ) एक विशिष्ट बजार वा उद्योग सुहाउँदो पद, विषय क्षेत्र, वा चासोको लागि एक विशेषज्ञ बिन्दु हो।[२] केहि ठाडो पोर्टलहरूलाई "ठाडो सूचना पोर्टल" (भिआईपी)को रूपमा पनि चिनिन्छ। भिआईपीहरूले समाचार, सम्पादकीय सामग्री, डिजिटल प्रकाशनहरू, र ई-वाणिज्य क्षमताहरू प्रदान गर्दछन्। भिआईपीहरूले सामाजिक सञ्जाल, भिडियो साझेदारी, र ब्लगिङ सहितका गतिशील मल्टिमीडियाका अनुप्रयोगहरू पनि प्रदान गर्दछन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "तेर्सो पोर्टल भनेको के हो? परिभाषा र अर्थ", बिजनेस डिसनरी डटकम, अन्तिम पहुँच ८ अगस्ट २००९।
- ↑ "ठाडो पोर्टल भनेको के हो? परिभाषा र अर्थ", बिजनेस डिसनरी डटकम, अन्तिम पहुँच ८ अगस्ट २०११।
थप पढ्ने[सम्पादन गर्ने]
वेब पोर्टलको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
पाठ्यपुस्तक विकिपुस्तकबाट |
![]() |
उद्घरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
समाचार विकिसमाचारबाट |
![]() |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |