वेब फन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पनि विशेष लिपीमा लेखिएका पाठ उचित रूपमा प्रदर्शन गर्नको लागि एक विशेष किसिमको फाइल पर्दछ,त्यसलाई फन्ट भनिन्छ , त्यो कम्प्युटरमा स्थापना गरिएको हुनु पर्दछ। फन्ट भनिने उक्तफाइलमा कुन कोडको फन्टलाई कसरी प्रदर्शन गर्ने भन्ने जानकारी सङ्ग्रहित गरिएको हुन्छ। तर सबैमा यस किसिमको जानकरी पु-याउन नसकिने र वेभसाइटहरू सहि रूपमा नखुल्ने समस्याको समाधान गर्न फन्टहरूलाई वेबसर्भरमा नै राखेर वेबपेजसँगै ब्राउजरमा पु-याइन्छ र ब्राउजरले उचित लाईब्रेरी प्रयोग गरी उक्त वेबपेजलाई त्यसँगै पठाइएको फन्ट प्रयोग गरी सहिरूपमा प्रदर्शीत गरिदिन्छ, यस प्रकारको तरिकालाई वेब फन्ट भनिन्छ। तर यसको लागि CSS३ समर्थन गर्ने नयाँ ब्राउजरहरूको आवश्यकता पर्दछ।