वेल्सका राजकुमार विलियम
| विलियम | |||||
|---|---|---|---|---|---|
| वेल्सको राजकुमार | |||||
सन् २०२५ मा विलियम | |||||
| जन्म | वेल्सका राजकुमार विलियम २१ जुन १९८२ सेन्ट मेरी अस्पताल, लन्डन, इङ्ल्यान्ड | ||||
| जीवनसाथी | |||||
| सन्तान | |||||
| |||||
| घराना | विन्डसर | ||||
| बाबु | चार्ल्स तृतीय | ||||
| आमा | डायना स्पेन्सर | ||||
| हस्ताक्षर | विलियमको हस्ताक्षर | ||||
| |||||
| सैन्य कार्यजीवन | |||||
| निष्ठा | संयुक्त अधिराज्य | ||||
| सेवा/ | बेलायती सशस्त्र बल[४] | ||||
| सक्रिय सेवा | सन् २००६–२०१३ | ||||
| एकाइ |
| ||||
| संयुक्त अधिराज्य र अन्य राष्ट्रमण्डल क्षेत्रहरूको राजपरिवार |
|---|
|
|
वेल्सका राजकुमार विलियम (विलियम आर्थर फिलिप लुई; जन्म २१ जुन १९८२), बेलायती सिंहासनका उत्तराधिकारी हुन्। उनी राजा चार्ल्स तृतीय र वेल्सकी राजकुमारी डायनाका जेठा छोरा हुन्।
विलियमको जन्म उनकी हजुरआमा रानी एलिजाबेथ द्वितीयको शासनकालमा भएको थियो। उनले वेदरबी स्कुल, लुडग्रोभ स्कुल र इटन कलेज जस्ता शैक्षिक संस्थानहरूबाट शिक्षा प्राप्त गरेका थिए। उनले सेन्ट एन्ड्र्युज विश्वविद्यालयबाट भूगोल विषयमा कला स्नातकोत्तर उपाधि हासिल गरे, जहाँ उनको भेट आफ्नी भावी पत्नी क्यानरिथ मिडिलटनसँग भएको थियो। यस दम्पतीको जर्ज, सार्लोट र लुई गरि तीन सन्तानहरू छन्।
विश्वविद्यालयको अध्ययनपछि, विलियमले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टमा प्रशिक्षण लिए र पछि ब्लुज एन्ड रोयल्समा सेवा गरेका थिए। सन् २००८ मा, उनले रोयल एयर फोर्स कलेज क्र्यानवेलबाट स्नातक गरे र सन् २००९ को सुरुतिर उनी आरएएफ खोज तथा उद्धार बलमा आबद्ध भएका थिए। जुलाई २०१५ देखि दुई वर्षसम्म उनले इस्ट एङ्गलियन एयर एम्बुलेन्समा पूर्णकालीन विमानचालकको रूपमा सेवा गरेका थिए।
विलियमले राजाको तर्फबाट आधिकारिक कर्तव्य र कार्यक्रमहरू सञ्चालन गर्छन्। उनी टस्क ट्रस्ट, सेन्टरपोइन्ट, द प्यासेज, वेल्स एयर एम्बुलेन्स र लन्डन एयर एम्बुलेन्स च्यारिटी लगायतका धेरै परोपकारी र सैन्य संस्थाहरूका संरक्षक हुन्। रोयल फाउन्डेसन मार्फत उनको काम मानसिक स्वास्थ्य, संरक्षण, घरबारविहीनता र आपत्कालीन कार्यकर्ताहरूमा केन्द्रित छ। सन् २०२० मा, उनले वातावरणीय समाधानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अर्थसट प्राइजको सुरुवात गरेका थिए।
अप्रिल २०११ मा आफ्नो विवाह हुनुभन्दा ठीक अघि विलियमलाई क्याम्ब्रिजको ड्युक बनाइएको थियो। ८ सेप्टेम्बर २०२२ मा आफ्नो पिताको राज्यारोहणसँगै उनी कर्नवालको ड्युक र रोथसेको ड्युक बनेका थिए भने त्यसको भोलिपल्ट, उनलाई वेल्सको राजकुमार बनाइएको थियो।
टिप्पणीहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "The Royal Family name", Official website of the British monarchy, मूलबाट १५ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २००९।
- ↑ "Duke of Cambridge to deploy to Falklands", Ministry of Defence, १० नोभेम्बर २०११, मूलबाट २८ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०११।
- ↑ हिज रोयल हाइनेसको पदवी प्राप्त राजपरिवारको सदस्यको रूपमा, विलियमले सामान्यतया थर प्रयोग गर्दैनन्। आवश्यक पर्दा, उनको थर माउन्टब्याटन-विन्डसर प्रयोग गरिन्छ।[१] उनको सैन्य जीवनमा, उनलाई फ्लाइट लेफ्टिनेन्ट वेल्सको रूपमा चिनिन्थ्यो।[२] बीचको नाम 'लुई' को उच्चारण /ˈluːi/ गरिन्छ।
- ↑ विलियमले सशस्त्र बलका तीनवटै शाखाहरू (बेलायती सेना, शाही नौसेना र शाही वायुसेना) मा सेवा गरेका छन्।