वेल्सकी राजकुमारी क्याथरिन
| क्याथरिन | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| वेल्सको राजकुमारी | |||||||||
सन् २०२५ मा क्याथरिन | |||||||||
| जन्म | क्याथरिन एलिजाबेथ मिडलटन ९ जनवरी १९८२ रोयल बर्कसायर अस्पताल, रिडिङ, इङ्ल्यान्ड | ||||||||
| जीवनसाथी | |||||||||
| सन्तान | |||||||||
| घराना | विन्डसर (विवाह मार्फत) | ||||||||
| बाबु | माइकल मिडलटन | ||||||||
| आमा | क्यारोल गोल्डस्मिथ | ||||||||
| |||||||||
| संयुक्त अधिराज्य र अन्य राष्ट्रमण्डल क्षेत्रहरूको राजपरिवार |
|---|
|
|
वेल्सकी राजकुमारी क्याथरिन (जन्म नाम; क्याथरिन एलिजाबेथ मिडलटन,[७] ९ जनवरी १९८२), बेलायती राजपरिवारकी एक सदस्य हुन्। उनले बेलायती सिंहासनका उत्तराधिकारी राजकुमार विलियमसँग विवाह गरेकी छिन्।
रिडिङमा जन्मिएकी क्याथरिन बर्कसायरको बकलवरीमा हुर्किएकी हुन्। उनले सेन्ट एन्ड्रयुज स्कुल र मार्लबरो कलेजबाट शिक्षा हासिल गरेकी थिइा्। त्यसपछि उनले स्कटल्यान्डको सेन्ट एन्ड्रयुज विश्वविद्यालयबाट कलाको इतिहासमा स्नातक गरेकी थिइन् जहाँ उनले सन् २००१ मा राजकुमार विलियमसँग भेट भएको थियो। क्याथरिनले सन् २००५ मा स्नातक पूरा गरेकी थिइन्। नोभेम्बर २०१० मा उनीहरूको मगनीको घोषणा हुनु अघि उनले विभिन्न जागिर र परोपकारी कार्यहरू गरेकी थिइन्। २९ अप्रिल २०११ मा वेस्टमिन्स्टर एबेमा विवाह भएपछि उनी क्याम्ब्रिजकी डचेस बनेकी थिइन्। यस दम्पतीका जर्ज, सार्लोट र लुई गरि तीन सन्तानहरू छन्। ९ सेप्टेम्बर सन् २०२२ सेप्टेम्बर ९ का दिन उनका बुबा अर्थात् राजा चार्ल्स तृतीयले विलियमलाई वेल्सको राजकुमार बनाएपछि क्याथरिन वेल्सकी राजकुमारी बनेकी थिइन्। सन् २०२४ को सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो, जसका लागि उनले केमोथेरापी गराएर सोही वर्षको अन्त्यतिर आफ्ना कार्यहरूमा पुनः फर्किएकी थिइन्।
विवाहपछि क्याथरिनले राजाको समर्थनमा शाही कर्तव्य र कार्यक्रमहरू सम्हाल्दै आएकी छिन् र आधिकारिक वैदेशिक भ्रमणहरूमा शाही परिवारको प्रतिनिधित्व गरेकी छिन्। मुख्यतया रोयल फाउन्डेसन मार्फत गरिने उनको परोपकारी कार्यहरू बाल्यकालको प्रारम्भिक शिक्षा, व्यसन र कलामा केन्द्रित छन्। उनी आना फ्रायड सेन्टर, एक्सन फर चिल्ड्रेन, स्पोर्ट्सएड र नेसनल पोर्ट्रेट ग्यालेरी लगायत धेरै परोपकारी र सैन्य संस्थाहरूको संरक्षक हुन्। मानसिक स्वास्थ्यको बारेमा सार्वजनिक छलफललाई प्रोत्साहन गर्न उनले अप्रिल २०१६ मा विलियम र आफ्ना देवर ह्यारीसँग मिलेर हेड्स टुगेदर अभियान विकास गर्न मद्दत गरेकी थिइन्।
ठूलो सार्वजनिक चासोका बीच गोपनीयता कायम राख्ने उनको प्रयासले सञ्चारमाध्यमसँग क्याथरिनको सम्बन्धले निरन्तर ध्यान आकर्षित गरेको छ। फेसनमा उनको प्रभावलाई "केट मिडलटन इफेक्ट"को रूपमा वर्णन गरिएको छ। क्याथरिनलाई सन् २०११, २०१२ र २०१३ मा टाइम पत्रिकाको विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्येमा राखेको थियो।
वेल्सकी राजकुमारी
[सम्पादन]सेप्टेम्बर सन् २०२२ को सेप्टेम्बरमा क्याथरिन र विलियमले एङ्गलसी र स्वान्सी को भ्रमण गरेका थिए भने यो उनीहरू वेल्सको राजकुमारी र वेल्सको राजकुमार बनेपछिको पहिलो वेल्स भ्रमण थियो।[८] फेब्रुअरी २०२३ मा, उनीहरूले फलमाउथको यात्रा गरेका थिए जुन कर्नवालको ड्युक र डचेसको पदभार ग्रहण गरेपछिको उनीहरूको पहिलो कर्नवाल भ्रमण थियो।[९] अक्टोबर २०२३ मा, यस जोडीले इजरायलमाथि भएको अक्टोबर ७ को हमालाको निन्दा गर्दै एक सार्वजनिक वक्तव्य जारी गरेका थिए।[१०] सेप्टेम्बर २०२५ मा डोनाल्ड ट्रम्पको संयुक्त अधिराज्यको भ्रमणको क्रममा, क्याथरिन र प्रथम महिला मेलानिया ट्रम्पले फ्रगमोर गार्डेन्स मा 'स्क्विरल्स' सेक्सनका स्काउटहरूलाई ब्याज वितरण गरी उनीहरूसँग भेटघाट गरेका थिए। यस अन्तरक्रियालाई सिएनएनले "मानवीय भावना झल्काउने क्षण" भनी वर्णन गरेको थियो।[११][१२]
टिप्पणीहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Walker, Tim; Eden, Richard (१६ अगस्ट २०१३), "What has happened to Prince William's Kate?", The Daily Telegraph, मूलबाट ९ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०२४।
- ↑ Duboff, Josh (९ सेप्टेम्बर २०१६), "It's been five years; why do we still call the Duchess of Cambridge "Kate Middleton"?", Vanity Fair, मूलबाट १० जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२४।
- ↑ Kearney, Georgie (२४ सेप्टेम्बर २०२२), "Kate or Catherine? How the name of Princess of Wales changed after the Queen's death", Seven News, मूलबाट १६ अक्टोबर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२४।
- ↑ Hartmann, Margaret (२२ मार्च २०२४), "Kate Middleton news: A complete guide for daft Americans", New York, मूलबाट १४ डिसेम्बर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२४।
- ↑ Royston, Jack (२३ अगस्ट २०२३), "Why Princess Catherine is still called Kate Middleton in media", Newsweek, मूलबाट २० फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०२४।
- ↑ Kanter, Jake (२४ नोभेम्बर २०२५), "BBC received 728 complaints for failing to use Kate Middleton's correct title", Deadline, मूलबाट २५ नोभेम्बर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०२५।
- ↑ सुरुमा सञ्चारमाध्यमहरूले उनको "केट" भनेर सम्बोधन गरेका थिए जुन "क्याथरिन" को छोटो रूप हो।[१] पछि उनको नाम र पदवी परिवर्तन भएतापनि, जनताले उनलाई "केट मिडलटन" भनेर सम्बोधन गरिरहेका थिए।[२][३][४] ब्रिटिश मिडियाले खोज संयन्त्र अनुकूलनको कारणले गर्दा आफ्ना लेखहरूमा "केट" नाम प्रयोग गरिरहेका थिए।[५]नोभेम्बर २०२५ मा, क्याथरिनको सही नाम र पदवी प्रयोग नगरेको भन्दै असङ्ख्य उजुरीहरू प्राप्त गरेपछि बीबीसीले उनीसँग माफी मागेको थियो।[६]
- ↑ "Prince and Princess of Wales visit nation for first time", BBC News, २८ सेप्टेम्बर २०२२, मूलबाट ३० सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२२।
- ↑ Perry, Simon (९ फेब्रुअरी २०२३), "Kate Middleton and Prince William make first official visit to Cornwall since taking on new titles", People, मूलबाट १३ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२३।
- ↑ Elston, Laura (११ अक्टोबर २०२३), "King, William and Kate condemn 'horrors' of Hamas' attacks on Israel", The Independent, मूलबाट १७ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२६।
- ↑ Furness, Hannah (१८ सेप्टेम्बर २०२५), "Princess of Wales and Melania host Scouts at Windsor", The Telegraph, मूलबाट १९ सेप्टेम्बर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०२५।
- ↑ Klein, Betsy (१८ सेप्टेम्बर २०२५), "Melania Trump and Catherine, Princess of Wales head outside to make 'bug hotels,' with a side of diplomatic honey", CNN, मूलबाट १९ सेप्टेम्बर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०२५।